१९ चैत्र, रुपन्देही ।
- अर्जुन शर्मा
सामान्यतया कुन पनि ब्यक्ती ,संघसंस्था वा समुह ,पार्टी ,संगठन इत्यादि हरुको बिचार ,ब्यक्ती बिसेसको व्यवहार र कार्यपद्द्ती तथा कुनै रचना, लेख आदिको सन्दर्भमा त्यहाँ भित्र देखिएका कमि कमजोरी औल्याउँदै अभिव्यक्त गरिने मैत्रीपुर्ण सुझाव ,सल्लाह र चिरफार आलोचना हो।आलोचना लिखित र मौखिक माध्यम बाट दिन सकिन्छ। आलोचनात्मक चेतको माध्यम बाट सहि र बस्तुपरक तथा सकारात्मक ढंगले स्वस्थ र मैत्रीपुर्ण आलोचना गर्नु आलोचना भित्रको सौन्दर्यात्मक चिन्तन हो। गलत दिशातर्फ उन्मुख पक्ष लाई सुधार गर्न,सहि ट्र्याकमा ल्याउन र सहि बाटो पहिल्याउन सक्ने अन्तर्निहित क्षमता आलोचना भित्र रहने भएकोले त्यस भित्र सौन्दर्य चेत लुकेको हुन्छ।यधपी त्यो चेत लाई बोध गर्न या अनुभुती गर्न आलोचनात्मक चिन्तन को मर्म बुझ्ने ब्यक्ति ,समूह या संघसंस्था को आवस्यकता रहन्छ । आलोचना प्रती असहिष्णु र आलोचना बाट डराउने या भाग्ने प्रवृत्ति या आलोचना लाई अस्वस्थ ,अभद्र र अमर्यादित बनाउने ,इगो र प्रतिसोधको भावनाद्वारा आलोचना गर्ने या नकारात्मक चिन्तन लाई बढवा दिने प्रवृत्ति हामीकहाँ धेरै नै बिकास भएको पाइन्छ।
यस्तो प्रवृत्ति आलोचनात्मक चेतनाको प्रतिबिम्ब कदापी हुन सक्दैन।त्यो नकारात्मक चिन्तन को स्रोत हाम्रो पिछडिएको आर्थिक सामाजिक संरचना ,ब्यक्तिको तल्लोस्तरको सोचाइ र निम्न पुजीवादी चिन्तन हो।त्यो आलोचना को अँध्यारो घेरा हो,जसलाई गालिगलौज या गाली संस्कृति को रुपमा पनि चिनिन्छ।आलोचना मा अन्तरनिहित उज्यालो पक्ष भनेको चिजहरुको सहि र बस्तुनिस्ठ चिरफार हो।त्यसलाइ ग्रहण गर्न पनि आलोचनात्मक चिन्तन ले खारिएको हुनुपर्दछ।अन्यथा आलोचना बाट डराउने र आलोचक माथी नाङ्गो रुपमा प्रस्तुत हुने सम्भावना रहन्छ।नेपालको
वामपन्थी आन्दोलन ,प्रगतिशील र प्रगतिवादी साहित्य चिन्तन तथा आम मानिसहरुमा समेत आलोचनात्मक चेतना कमजोर भएको देखिन्छ ।
यहाँ समाजको समग्र पक्ष भन्दा पनि क्रान्तिकारी कम्युनिस्ट पार्टी ,वामपन्थी आन्दोलन र प्रगतिशील साहित्यको क्षेत्र सम्बन्धि , त्यो पनि सानो चर्चा मात्र गर्न खोजिएको हो। आलोचना ,आत्मआलोचना मार्क्सवाद को महत्त्वपूर्ण कडि हो।त्यसैले लेनिन लगायत त्यस पछिको क्रान्तिकारी नेतृत्व ले आलोचना आत्मालोचनालाई आफ्नो संगठनात्मक सिद्धान्त भित्र सामेल गर्दै आए र अहिले पनि त्यो महत्त्वपूर्ण पक्ष मानिन्छ।एकातिर संगठनात्मक सिद्धान्त भित्र नै त्यसलाई सामेल गर्ने तर अर्कोतिर व्यबहारमा त्यसप्रती नकारात्मक सोच राख्दै प्रतिसोध मा उत्रिनु बिडम्बनापुर्ण स्थिति हो।हुनत यो पहिल्यै देखिको नै समस्या हो तैपनि पछिल्लो समय कम्युनिस्ट पार्टीहरु भित्र जनवाद हराउनु ,आलोचना भन्दा पनि अन्धसमर्थन र अति प्रशंसा पृय हुनु,आलोचना लाई इगो र प्रतिसोधको रुपमा दुबै (आलोचना गर्ने या आलोच्य हुने पक्ष)ले लिने र आलोचना सकारात्मकता भन्दा पनि नकारात्मकता तिर उन्मुख हुनु दुखद पक्ष हो।
आलोचनात्मक अराजकतावाद बढेर जानुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी ,संगठन र प्रगतिशील साहित्यफाट को आलोचनात्मक सौन्दर्य चेतको मुल्यह्रास हो।कम्युनिस्ट पार्टी ले एकले अर्कोलाई ,एक नेताले अर्को नेतालाइ यति तल गिरेर आरोप प्रत्यारोप लगाउने स्थित छ,जुन सुन्न पनि सकिँदैन।आलोचना भित्र बिचार ,भावना र उज्यालो पर्दा च्यातीएको छ ,त्यहाँ त केवल अनावश्यक आरोप प्रत्यारोप अस्वस्थ र अमर्यादित अँध्यारोपक्ष नै मजबुत छ।एक पार्टी र अर्को पार्टी ,इतरपार्टी संघर्ष को गाली गलौज त छाडौ स्वयं भित्र अन्तर्पार्टी संघर्षमा समेत भद्दा गाली गलौज ,ब्यक्तीकेन्दृत आरोप प्रत्यारोप को लामो श्रीङ्खला निर्माण भएको छ।पार्टी भित्र अन्तरबिरोध को समाधान आलोचना आत्मालोचना र सहि बिचारको आधारमा होइन इगो हठ र गुटउपगुट को माध्यमबाट प्रस्तुत हुन थालिएको छ।यो क्रान्तिकारी आन्दोलन भित्रको भद्दा सांस्कृतिक बिचलन हो।आलोचनाको स्वस्थ ,मैत्रीपुर्ण र बिचार केन्द्रीत बहसले मात्र त्यसको वास्तविक सौन्दर्यबोध झल्काउछ।ब्यक्ती र संस्था को कि त देवत्वकरण गर्ने कि त राक्षसीकरण गर्ने यी दुबै चिन्तन सहि होइनन।
आलोचना गर्दा यी दुबै पक्ष बाट जोगिनुपर्दछ। अहिले सतह मा देखिएका केही उदाहरण हेर्ने हो भने हाम्रो सांस्कृतिक चिन्तन कति कमजोर रहेछ,हाम्रो आलोचनात्मक चेतना कस्तो रहेछ प्रष्ट हुन सकिन्छ।आज माओवादी केन्द्र, एमाले ,एकीकृत समाजवादी पार्टी भित्रका नेतृत्व को भासण हेरौं ,सुनौं,उनिहरुका लेख रचना नियालौ।के हामी ले त्यहाँ भित्र आलोचनात्मक सौन्दर्यको कुनै गन्ध भेट्न सक्छौ रुजबकी केही समय अघि सम्म उनीहरुको एउटै पार्टी थियो।यो अस्वस्थ ,अमर्यादित र नाङ्गो तान्डब नृत्य भित्र के हामीले बिचारको बहसको कुनै सानो अंश सम्म पनि देख्न सक्छौं रुके यो वामपन्थीहरू को वालरोग होइनरुआफुलाइ एकमात्र सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी दावी गर्ने नेकपा ९मसाल०लाई हेरौ। पार्टी भित्र जब अन्तरबिरोध भयो त्यसको नेतृत्व कसरी तल्लो स्तरमा गिरेर देशब्यापी ,र प्रबासमा समेत गालिगलौज ,नकारात्मक टिप्पणी र अस्वस्थ प्रतिस्पर्धा मा उत्रियो ,के त्यो प्रष्ट देखिएको छैन र ?
आज पार्टी संगठन बाट एउटा टिम बाहिरिएर क्रान्तिकारी बिचार रक्षाको पहल गरिरहेको छ,उता नेतृत्वले अराजक ,प्रतिगमनपरस्त जस्ता शब्द जाल बिछ्याएर आरोपहरुको लामो लाम तयार पारिरहेको छ।पार्टी सच्चिनु पर्दछ,क्रान्तिकारी मार्क्सवादी लेनिनवादी सिद्धान्त बाट च्युत हुन हुन्न भन्दै गर्दा आलोचित हुने,सुध्रने त परै जाओस उल्टो चरम गाली गालौज मा उत्रिरहेको छ।यो कुरा सत्य हो मसाल भित्र बाट भिन्न भएर क्रान्तिकारी बिचारको नेतृत्व गरिरहेको पङ्ती पनि त्यो अपसंस्कृती बाट चोखो छैन। पार्टी इतिहासमा अन्य समय भन्दा पनि पार्टी ,संगठन मा फुट पर्दा र संसदीय चुनावमा भाग लिदा गालि गलौजको संस्कृति भद्दा रुपमा प्रकट हुने गरेको पाइन्छ।गद्दार पुस्पलाल,सिआइडी लामा ।।। इत्यादि इत्यादि हुँदै हुँदै यहाँ सम्म आइपुग्दा पनि त्यो परम्परा अझै कायम हुनु आन्दोलन कै दुस्खद पक्ष हो। त्यो कम्युनिस्ट नामधारी अन्य साना संगठन हरुमा पनि यदाकदा देखिने गरेकै छ। यता प्रगतिशील साहित्य फाट को स्थिति पनि कम्ता नाजुक छैन।मार्क्सवादी सौन्दर्य दृष्टि साहित्य ,कला र सिर्जनाको माध्यम ले प्रस्फुटीत हुने ठाउँमा आलोचनात्मक चेतनाको कमि हुनु या आलोचना को सौन्दर्य बोध गर्न नसक्नु कति दुस्खद होला।मार्क्सवादीहरुको सौन्दर्य दृष्टि द्वन्द्वात्मक हुन्छ।साहित्य मा कला र बिचार दुबैको सामन्जस्यतापुर्ण मिलन ले उत्कृष्ट रचना निर्माण गर्दछ।त्यहा भित्र कलाको मूल्य र सौन्दर्य मूल्य को मानक मानव हुन्छ,र हुनुपर्दछ।
आज एकातिर कला लाई मात्र जोड दिने तर बिचार लाई उपेक्षा गर्ने र अर्कोतिर बिचार प्रबाहमा मात्र जोड दिने तर कला लाई पुरै उपेक्षा गर्ने प्रवृत्ति प्रगतिवाद भित्र पनि प्रसस्त देखिन्छ।बुर्जुवा हरुले नारावादी आरोप लगाउनु मा काफी मात्रामा हाम्रो त्यही प्रवृत्ति ले काम गरेको छ,त्यसबाट सच्चिनुपर्दछ।आज कोहि लेखक,साहित्यकार अमुक कम्युनिस्ट नामधारी पार्टी मा सामेल भएकोले उ प्रगतिशील साहित्यकार हुन्छ,उसको जुन सुकै जस्तो सुकै रचना पनि प्रगतिवादी हुन्छ तर पार्टी बाहिर छ भने जस्तोसुकै रचना होस , त्यो प्रगतिशील नमान्ने चिन्तन देखिन्छ ।कोहि अर्को अमुक कम्युनिस्ट पार्टी निकट छ,कोहि अर्को त्यहाँ भित्र साहित्य को पक्ष लाई हेर्दा सहि मार्क्सवादी सौन्दर्य दृस्टी अपनाउने गरिएको हुदैन ।यो तरिकाले प्रगतिशील साहित्य अगाडि जान सक्दैन।
कतिपय नबआगन्तुक साहित्यकार,लेखक हरु र कयौ कुनै कम्युनिस्ट पार्टी भित्र सामेल भएका लेखक साहित्यकार हरुका धेरै रचना हरु आलोचनात्मक यथार्थवाद र कतिपय ।यत आलोचनात्मक यथार्थवादी सम्म पनि हुदैनन् ,तैपनि हामिले समिक्षा गर्दा प्रगतीवादी भन्दिन्छौ। यसरी सहि आलोचना गर्ने,सुधार गराउन प्रयत्न नगर्ने जुन पद्धति छ,त्यसले लेखकको प्रगतीमा बाधा पुराउछ । यो कारण ले यो आलोचनात्मक यथार्थवादी भयो,यो कारण ले समाजवादी यथार्थवाद भएन भनेर मैत्रीपुर्ण आलोचना ,समिक्षा गर्दै सल्लाह सुझाव दिन सके मात्र सुध्रिन मौका मिल्दछ।हुनत सहि र बस्तुनिस्ठ आलोचना गर्दा पनि त्यसको भाव नबुझ्ने र आफुमाथीको गलत आरोप बुझेर प्रतिआलोचनामा उत्रीने साहित्यिक जमात पनि ठूलो छ तैपनि एउटा सचेत प्रगतिशील, प्रगतिवादी साहित्यकारले आफ्नो र विशेषगरी मार्क्सवादी सौन्दर्य मूल्य बिर्सनु हुदैन।
यसरी हाम्रो आन्दोलन को लामो इतिहासमा गालिगलौज एउटा संस्कृति जस्तो बनेर आएको सन्दर्भमा अझै पनि हाम्रो दृष्टि त्यतातिर पुराउन सकेनौ भने त्यसले ठूलो नकारात्मक प्रभाव पार्दछ र आन्दोलन को सहि उठान हुन सक्दैन।हामिले हाम्रो आलोचनात्मक चिन्तन जति मजबुत र ससक्त बनाउदै जान्छौं,आलोचनालाई जति सहि र बस्तुनिस्ठ बनाउन सक्छौं ,आलोचना सुनेर जति आफुलाइ सहि ठाउँमा परिबर्तन गर्न सक्छौ ,आलोचना को सौन्दर्य बोध गर्न सक्छौ त्यति नै मात्रामा गालिगलौज लाई मिल्काउन ,इगो र प्रतिसोध लाई घटाउन र क्रान्तिकारी आन्दोलन बिकास गर्न सफल हुनेछौं । त्यहीँ भित्रबाट मात्र हाम्रो सौन्दर्यात्मक चेत बिकसित भएर जान्छ।