कञ्चन/जगिलाल थापा
थारु गायक सरगम चौधरीको 'आइल माघि रे' गितले बजार तताएको छ। दुई दिन अगाडी भिडियो सहित रिलिज भएको एक दिन नबित्दै माघ महिना नआउदै चर्चा कमाएको छ। विभिन्न ठाउमा लागरिहेको माघि तथा खिचडी महोत्सवहरुको स्टेजहरुमा मा धमकेदार 'आइल माघि रे' गित बजिरहेको छ।
थारु कला र संस्कृतिको जगेर्ना गर्नमा निकै महत्व दिएको 'आइल माघि रे' गितमा थारु समुदायले प्रयोग गर्ने ढकिया र पहिरनलाई प्राथमिकता दिई भिडियोमा प्रस्तुत गरिएको छ। यसैगरी तराईमा सवारी साधनको रुपमा प्रयोग गरिएको लडिया(गाडा) झुमरा, लेहेंगा, अङिया जोडा जामा, फेटा लगायत पहिरनको चर्चा गर्दै थारु समुदायको नयां बर्ष माघको महिनामा रमाइलो गर्ने र आपसमा खुशी साट्ने कुरालाई सन्देश बनाइएको छ। नयाँ उमंग ल्याएर नयाँ तरंग ल्याएर आएको माघको महिनाले घर घरमा खुशीको बहार छाउने भएकोले माघ हर्षको पर्व भएको गितमा उल्लेख गरिएको छ। सरगम चौधरीको शव्द र संगित रहेको 'आईल माघी रे' मा उनकै स्वर रहेको छ।
सांस्कृतिक गितको रुपमा रहेको गितमा कुशल प्रस्तोता राज चौधरी, बिरु चौधरी, रचना चौधरीको अभिनयले गितलाई अझ जिवन्त बनाएको छ। थारु समुदाय भित्रै छायांकन गरिएको भिडियोमा माघ महिनामा फुल्ने तोरीवारीको क्यानभास बनाउदा गितलाई मौलिकता प्रदान गरेको छ। लट्ठी नाच,झर्रा र झुमरा नाच समेत भिडियोमा समावेस गरी भिडियोलाई सजिव बनाउनु भिडियो सम्पादक विनोद चौधरीको क्षमता अझ खारिएको देखिन्छ।
अभिषेक सेनको कोरियो ग्राफीलाई गितमा अभिनय गर्ने कलाकारहरुले खुबै न्याय दिएका छन। 'आइल माघी रे'को निर्देशक अशोक के परियारले गितलाई जिवन्त बनाउन निकै मेहनत गरेको देखिन्छ। फर्साटिकर मल्टी मिडिया & फर्साटिकर भिडियो प्रोडक्सन हाउसले गितलाई बजारमा ल्याएको हो भने बि & जी इन्टरटेन्मेन्ट नेपाल नामक युटुव च्यानलबाट दर्शक सामु गितको रिलिज गरिएकोछ। घर आगन सजाई ढोल तथा मनरा बजाउदै सुख दुख साट्ने नयाँ बर्षको रुपमा अनि झुमरा र झर्रा सुनाउदै माघी आएको र सबैमा हर्ष तथा उल्लास ल्याएको गितले सन्देश दिन खोजेको छ। गितलाई सांस्कृतिक बनाउन थारु खानाका परिकारहरु ढिकरी, घोंगी, खिचडी, पचसुनीलाई समेत भिडियोमा देखाइनुले भिडियोका लागि स्क्रिप्ट परिकल्पना सृजनशिल देखिन्छ।
गायक सरगम चौधरीले रिमझिम बर्षात, माघी मनाए, आशिक बना के, आई एम इन लभ,प्रदेशिया, अवकी माघि मे लगायत उत्कृष्ट थारु गितहरु गाइसकेका छन।