१ बैशाख,कञ्चन
कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रि तथ उपाध्यक्ष गोमा तरामुले संयुक्त रूपमा नयाँ वर्ष २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
नयाँ को अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँहरुले नयाँ वर्षले सबै जात जाती धर्म समुदाय लगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अपेक्षा गर्नुभएको छ ।
उहाले २०७६ कोरोना भाइरस संक्रमणको महामारी भए पनी २०७७ देश बासिको लागि राम्रो हुने बताउनु भएको छ साथै गाउँ पालिका भित्रका सबैलाइ नेपाल् सरकारले घोषणा गरेको लकडाउन को पालना गर्ने समेत आग्रह गर्नु भएको छ ।
कञ्चन गाउपालिका पनि बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त गाउपालिका हो, यहाँ प्रचलनमा रहेका भाषा, धर्म, संस्कृति, भेषभूषा लगायतका विविधता कञ्चनको गरिमामय बहुमूल्य सम्पत्तीको रुपमा संरक्षित हुने उल्लेख गर्दै गाउपालिकाका अध्यक्ष रतथा उपाध्यक्षले संयुक्त रुपमा ब्यक्त गर्नु भएको शुभकामना
सन्देशमा समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै अघि बढ्न यस नयाँ वर्षले प्रेरणा दिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
“विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको वास्तविकता प्रस्तुत गर्दै उहाँले लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो”, सन्देशमा उहाँहरुले भन्नुभएको छ । उक्त विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सार्थक बनाउन समृद्ध कञ्चन,सुखी कञ्चनवासी निर्माणको अभियानलाई कञ्चनका हरेक पक्ष,समुदाय र नेतृत्वहरुको सहकार्यलाई अझ बलियो बनाएर लैजान महत्वपुर्ण भुमिका खेल्न सबैमा महत्वाकांक्षी भावनाको बिकास हुने गाउपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री तथा उपाध्यक्ष गोमा तरामुले शुभकामना शन्देसमा बिश्वास ब्यक्त गर्नुभएको छ ।