२३ असार, कन्चन।
अनिश्चित कालका लागि स्थगित भएको ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग आगमी साउन तेस्रो सातादेखि आयोजना हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० ले बुधबार एक विज्ञप्ति जारी गर्दै अनिश्चित कालका लागि स्थगित भएको ‘ए’ डिभिजन राष्ट्रिय फुटसल साउन २३ गतेदेखि पोखरामै आयोजना हुने जानकारी गराएको छ । दोस्रो चरणको कोरोना भाइरसको संक्रमणसँगै देशभर निषेधाज्ञ लागु भएपछि एन्फाले गत १ देखि २२ जेठसम्म पोखराको बहुउद्देशीय कभर्डहलमा हुन लागेको ‘ए’ डिभिजन फुटसल लिग अनिश्चित समयका लागि स्थगित गरेको थियो ।
एन्फाले नेपाल सरकारद्धारा हाल कोभिड १९ का कारण खेलकुद गतिविधिहरु गर्न रोक लगाइरहेको अवस्थामा नेपाल सरकारसँग स्वीकृति लिइ आवश्यक स्वास्थ्य मापदण्ड अपनाई लिग सञ्चालन गरिने बताएको छ । लिगका लागि एन्फाले गत वर्षको १ देखि २०७८ ५ बैशाखसम्म सातै प्रदेशमा छनोट प्रतियोगिता आयोजना गरेको थियो । लिगमा १० टिमको सहभागिता रहनेछ ।
यो प्रतियोगिताबाट एशियाली फुटबल महासंघ ९एएफसी० द्धारा आयोजना हुने एएफसी फुटसल एसियन कप २०२२ को छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिमका लागि खेलाडी छनोट गरिने छ । एन्फाले एन्फा फुटसल कमिटिको सिफारिसमा गौरव बस्नेतलाई ६ महिनाका लागि नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । यसअघि विष्णु गुरुङ फुटसल टोलीको मुख्य प्रशिक्षक रहेका थिए ।
प्रदेश १ बाट फुटसल फाइभ धरान र दि राइजिङ क्लब धरान, बागमती प्रदेशबाट ढुकु फुटसल हब प्रालि, शंखमुल फुटसद प्रालि, प्रभातफेरि युथ क्लब र स्काइ गोल्स फुटसल काठमाडौं छनोट भएका छन् । गण्डकी प्रदेशबाट स्पोर्ट्स क्यासल प्रालि, सविन मेमोरियल फुटसल क्लब प्रालि पोखरा र लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशबाट लुम्बिनी फुटसल प्रालि र झरना स्पोर्ट्स क्लब रुपेन्देही लिगका लागि छनोट भएका छन् ।
बस्नेत सहायक प्रशिक्षकको रुपमा रहेका थिए । उनले एएफसी र एन्फाको ‘ए’ लाइसेन्स कोर्स पुरा गरेका छन् । नेपालले २०२२ को एएफसी फुटसल एसियन कप क्वालिफायर खेल्दैछ । सोही छनोट खेलबाट नै बस्नतेले आफ्नो जिम्मेवारी सम्हाल्ने छ ।
लिगको विजेताले १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको थियो ।