०१ चैत्र,रुपन्देही/दिनेश घिमिरे
प्रदेश नं पाँच सांसद तथा नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले नयाँ वर्ष २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
नयाँ वर्ष २०७८ अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले नयाँ वर्ष ले सबै जात जाती धर्म समुदायलगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अपेक्षा गर्नुभएको छ । उहाँ ले भनु भएको छ विश्व भरी फैलिएको कोरोना भाइरस बाट नेपाली ले अपनाएको सुरक्षा पर्ती धन्यवाद दिदै नेपाल् सरकार ले घोषण गरेको लकडाउन यथाशीघ्र पालान गर्न समेत आग्रह गर्नु भयो विश्वमा करिबकरिब १ लाख भन्दा बढी को ज्यान गएको भन्दै हाम्रो नेपाल मा ९ जना मा देखिएको कोरोना संक्रमित मध्य १ जनाको उपचार पछी घरमा जानू भएको र ८ जनाको सरकारले सफलता पुर्वक उपचार गरेको बताउनु भयो हामी अहिले ठुलो संकटमा छौ यो बेला सबै राजनीतिक दल संघ संस्था नेपाली नागरिक ले सरकार लाई साथ दिनुपर्ने बताउनु भयो अहिले लकडाउन मै घर बस्न र गरिब दुखी लाई सरकारले राहत स्थानीय सरकार लाई उपलब्ध गराउन भनेको भन्दै संघीय सरकार र प्रदेश सरकारले स्थानीय सरकार संग समन्वय गरेको बताउनु भयो
हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो, यहाँ प्रचलनमा रहेका भाषा, धर्म, संस्कृति, भेषभूषालगायतका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन् भन्दै प्रमुख सचेतक ले यस्तो विविधतायुक्त साझा सांस्कृतिक पूँजीलाई हामीले संरक्षण गर्दै आएको बताउनुभएको छ ।
सन्देशमा सचेतक ढकाल ले समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै अघि बढ्न यस नयाँ साल ले प्रेरणा दिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
उहाले नेपाली को नयाँ वर्ष को छुटै महत्त्व रहेकाले यो नयाँ साल लाई राम्रो र अनुसासित ढंगले नयाँ साल मनाउन समेत आग्रह गर्नु भयो
“हाम्रो सुन्दर देशमा बहुसांस्कृतिक विशेषताहरु मौलिक पूँजीको रूपमा रहेका, एकता र सहिष्णुताको यो पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्छ, विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्, नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ”, सन्देशमा प्रमुख सचेतक ढकालले ले उल्लेख गर्नुभएको छ ।
“विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको वास्तविकता प्रस्तुत गर्दै उहाँले लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो”, सन्देशमा उहाँले भन्नुभएको छ । उक्त विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा रहेको प्रदेश सांसद ढकालले ले स्मरण गराउनुभएको छ।।