१० अप्रिल,पेइचिङ (सीआरआई) ।
क्यामेरालाई हल्लाएर लुकेर खिचेको बहाना तथा अस्थिर प्रकाशबाट अँध्यारो दृश्यको रचना र भताभुङ्ग सडक दृश्यको छनोट गरी डामाडोल अवस्थाको सिर्जना गरेर वास्तविकतालाई बङ्ग्याएर निर्णायक व्याख्या थप्ने बीबीसीले समाचार रिपोर्ट गर्ने तरिका भएको नेटिजनले निचोड निकालेका छन् ।
हालै चीनको सिनच्याङ युगुर स्वायत्त प्रदेश प्रचारप्रसार विभागका उपप्रमुख सु क्वी स्याङले चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटिएन) लाई अन्तर्वार्ता दिँदै सिन च्याङले सधैँ पश्चिमा सञ्चारमाध्यमलाई स्वागत गरिरहेको बताउँदै पहिले बीबीसीले सिनच्याङमा रिपोर्ट गर्दा समर्थन पनि देखाएको तर पछि सार्वजनिक गरिएको कार्यक्रममा दृश्य तथा व्याख्याको विषय पूर्णरूपमा विपरीत हुनुका साथै गम्भीररूपमा वास्तविकतालाई बङ्ग्याएको जानकारी दिनुभएको छ ।
बीबीसीको नक्कली समाचार रचना गर्ने तरिकाबाट परिचित मानिसलाई यस्तो भनाइबाट अचम्म लागेको छैन । किनभने बीबीसीले पहिलो पटक नक्कली समाचारको रचना गरेको होइन । गत वर्षको मार्चमा बीबीसीका पत्रकार जोन सदवर्थले चिनियाँ केन्द्रिय टेलिभिजन स्टेशन (सीसीटिभी) को सन् २०१७ को कार्यक्रमलाई पुनः सम्पादन गरेको थियो । उक्त कार्यक्रममा चीनको आनह्वी प्रान्तले सिन च्याङलाई सहयोग गरेको ‘हजारौँ रोजगारी प्रदान योजना’मा सिन च्याङकी एक युवतीले आनह्वीमा काम गरी रहे तापनि आफ्नो जन्मस्थल छोड्न अनिच्छुक रहेको भावना व्यक्त गरेकी थिइन् । बीबीसीको कार्यक्रममा यस्तो भावनालाई ‘चीनले अल्पसङ्ख्यक जातिमाथि बाध्यात्मकरूपमा श्रम गराएको’ रूपमा बङ्ग्याएको थियो ।
चीनको सिनच्याङ क्षेत्र बीबीसीको नक्कली समाचारबाट पीडित बनेको एउटा मात्रै क्षेत्र होइन । बीबीसीका वृत्तचित्र ‘एसियाको साहसिक अनुभव’ ‘नेपालकी पवित्र युवती’ भारतकी छोरी आदिमा दक्षिण एसिया तथा सारा एशियाको दृश्यहरूमा कोलाहल सडक, भीडभाड, अस्वच्छ खानेकुरा, बाटोमा गाडी जाम तथा तेर्सो परेको, सधैँ कुहिरो तथा तुवाँलो लागेको, सडकमा उभिएका काम नपाएका दुब्ला, पातला मानिस, अनुहारमा दुःख व्यक्त यस्ता यस्ता छन् । यी दृश्य पश्चिमा सञ्चारमाध्यमले देखाउने एसिया हो ।
हालै बेलायती पूर्व पत्रकार ब्यारीले सार्वजनिक सञ्चारमाध्यममा पश्चिमा सञ्चारमाध्यमले नक्कली समाचारको रचना गर्ने तरिकाबारे खुला रूपमा बताएका छन् । उनका अनुसार, दुईटा मुख्य उपाय रहेका छन् । पहिलो भनेको उग्रवादी तत्वलाई धेरै पैसा दिएर यी उग्रवादी तत्वले लगानीकर्ताको इच्छा अनुसार झूटबाट समाचार सङ्कलन गरेका छन् । ब्यारीको विचारमा यस्ता नक्कली समाचार पैसाको व्यापार हो । दोस्रो भनेको धेरैजसो पश्चिमा मुख्य सञ्चारमाध्यम लगानीकर्ताको हातमा रहेकोले लगानीकर्ताको हितको लागि, सर्वसाधारणमाथि धारणा थप्ने, सम्पादनमार्फत यी धारणालाई उचित बनाएर सर्वसाधारणको विचारलाई नियन्त्रण गरेका छन् । ब्यारीका अनुसा, यो पश्चिमा स्वार्थी समूह तथा राजनैतिक दलको प्रचार–प्रसार उपाय हो ।
वास्तवमा, दीर्घकाललेखि केही पश्चिमा सञ्चारमाध्यमले नक्कली कुराको प्रचारप्रसार गरेर अरू देश र अरू जातिमाथि लेबल टाँसेर सर्वसाधारणलाई एसियालीहरू गरिब तथा अज्ञानी भएको छवि बनाइदिएका छन् ।
सञ्चारमाध्यमले निष्पक्ष र वास्तविक नियमअनुसार रिपोर्ट गर्नुपर्छ, झूट बोलेर नक्कली समाचार बनाएर स्वार्थ पूरा गर्ने तथा राजनीतिको सेवा गर्ने हुँदैन । यस पटक चीनको सिनच्याङ युगुर स्वायत्त प्रदेश प्रचारप्रसार विभागका उपप्रमुखको अन्तर्वार्तामार्फत सर्वसाधारणले थाहा पाए कि चीनले कहिले पनि सिन च्याङको रिपोर्ट गर्ने कामलाई बिथोलेको छैन, बीबीसीले वास्तविकतालाई बङ्ग्याएर नक्कली समाचारको रचना गरेको थियो ।
धेरै नक्कली समाचार प्रसारण गरेकोले नेटिजनले बीबीसीलाई एउटा पूर्वाग्रहित प्रसारण कर्पोरेसनको नयाँ नाम दिएका छन् । बीबीसीजस्तै अरू पश्चिमा सञ्चारमाध्यमले पनि निरन्तर नक्कली समाचार प्रसारण गर्ने हो भने ती संस्थाहरूको प्रतिष्ठा पनि लोप हुने छन् ।
हाल इन्टरनेटको उच्च विकास भएकोले सर्वसाधारणले धेरै तरिकाबाट सूचना पाउन सक्छन् साथै पारदर्शी छन् । यति धेरै नक्कली समाचार देखेपछि सर्वसाधारणले पनि सेतो र कालो छुट्याउन सक्छन् । यसकारण बीबीसीजस्ता सञ्चारमाध्यम तथा यसका पछाडिका राजनीतिक दल तथा स्वार्थी समूहको सञ्चारमाध्यमलाई नियन्त्रण गरी अरूलाई हिलो छ्याप्ने उपाय विफल हुने छ । आशा छ, यी पश्चिमा सञ्चामाध्यमले पेशागत नियमको पालना गरी वास्तविक तथ्य कुराको सम्मान गर्नुका साथै सर्वसाधारणको ज्ञानको पनि सम्मान गर्नेछ ।