२२ साउन, कञ्चन
रुपन्देहीको कञ्चनमा ३२ औं आदीवासी दिवसको सन्दर्भमा राष्ट्रिय आदीवासी महिला महासंघ, समन्वय परिषद कञ्चनको आयोजनामा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। एकल जातीय संघ संगठन र राजनैतिक दल, आदीवासी जनजाती अगुवाहरु सहित सांस्कृतिक झांकी तथा नृत्य समेत भएको उक्त कार्यक्रमको शुभारम्भ कञ्चन गाउँपालिकाका उपाध्यक्ष मँैसमी थापा मगरले जानकारी दिनु भएको छ।
कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले आदिवासी जनजातिहरू नेपालको मौलिक पहिचान, भाषा, संस्कृति, परम्परा र सभ्यताका संवाहक भएको बिचार व्यक्त गर्नु भएको थियो। हाम्रो भाषा, कला, संस्कृति, जल, जमिन र जंगलसँग जोडिएको अधिकार केवल समुदायको मात्र नभई राष्ट्रको सम्पत्ति भएको उल्लेख गर्दै यी सम्पदाको संरक्षण र पुस्तान्तरण गर्नु हामी सबैको साझा दायित्व भएको कुरा समेत उपाध्यक्ष थापा मगरले दोहोर्याउनु भएको थियो।
उपाध्यक्ष थापा मगरले संविधानले प्रत्याभूत गरेका सबै समुदायका अधिकारको संरक्षण, मातृभाषा, संस्कृति र समावेशी विकासप्रति कञ्चन गाउँपालिका प्रतिबद्ध रहदै विशेष गरी महिलाको नेतृत्व विकास र आदिवासी जनजातिको क्षमता अभिवृद्धिमा गाउँपालिकाले निरन्तर सहकार्य गर्ने विश्वास दिलाउनु भएको थियो।
नेपाल आदिवासी जनजाति महासंघ, समन्वय परिषद रुपन्देहीका सचिव मिनबहादुर सारुले विश्व आदिवासी दिवस केवल उत्सव मात्र नभई, यो आदिवासी जनजातिको अस्तित्व, पहिचान, समानता र अधिकारप्रतिको प्रतिबद्धता व्यक्त गर्ने दिन भएको विचारमा जोड दिनु भएको थियो।
यस्तै नेपाल मगर रुपन्देहीका सचिव राधिका श्रीसले आदिवासी जनजातिहरूको इतिहास, पहिचान, संस्कृति र अधिकारको सम्मान गर्ने दिन हो विचार व्यक्त गर्नु भएको थियो। हामीले भाषा, संस्कृति, परम्परा, जल, जमिन र जंगलसँग जोडिएका अधिकारहरूको संरक्षण गर्दै संविधानले दिएका अधिकारहरूको पूर्ण कार्यान्वयनका लागि निरन्तर आवाज उठाइरहनु पर्नेमा श्रीसले विशेष गरी नयाँ पुस्तामा आफ्नो भाषा र संस्कृतिप्रतिको अपनत्व बढाउनु आजको आवश्यकता भएका विार व्यत्तल गर्नुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद कञ्चनका पूर्व अध्यक्ष पूर्णबहादुर पुनले आफ्ना भाषा, भेषभूषा, संस्कार, संस्कृति र मौलिक परम्परालाई जोगाउन सके मात्र भावी पुस्ताले आफ्नो पहिचान कायम राख्न सक्ने विचार व्यक्त गर्नु भएको थियो।
नेकपा (एमाले) का भानुभक्त भण्डारी आदिवासी जनजाति समुदायबीच आपसी एकता, सहकार्य र अधिकारप्रतिको जागरण अझ मजबुत बनाउनु पर्नेमा सुझाव व्यक्र गर्नु भयो। नेता भण्डारीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश हो। भएको र यही विविधता हाम्रो राष्ट्रिय शक्ति भएको समेत जोड दिनु भएको थियो।
कार्यक्रममा नेपाल मगर संघ कञ्चनका सल्लाहकार उम बहादुर थापा, नेवा देय दबुः कञ्चनका अध्यक्ष विष्णु नारायण श्रेष्ठ, तमु छोंज धी गुरुङ्ग राष्ट्र्रिय परिषद् कञ्चन ईकाई समितिका अध्यक्ष रेश बहादुर गुरुङ्ग लगायत वक्ताहरुले सबै समुदायको भाषा, संस्कृति, परम्परा र अधिकारको सम्मान गर्दै समान अवसरसहितको समृद्ध नेपाल निर्माण गर्नु आजको आवश्यकता भएको बताउनु भएको थियो। आज विश्व आदिवासी दिवस मनाउँदै गर्दा आफ्ना पुर्खाले संरक्षण गरेका भाषा, संस्कृति, जल, जमिन र जंगलको महत्वलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्नुपर्नेमा जोड दिनु भएको थियो।
अन्तरकृया कार्यक्रमका लागि नेपाल मगर संघ, कञ्चनका उपाध्यक्ष थम बहादुर सिंजालीले कार्य पत्र प्रस्तुत गर्दै अधिकार प्राप्ति केवल कानुन बनेर मात्र सम्भव हुँदैन, त्यसका लागि समुदायको एकता, सचेतना र सक्रिय सहभागिता हुनुपर्नेमा बिशेष जोड दिनु भएको थियो । कार्यपत्रमा जातीय पहिचान र मौलिक संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई यसको महत्व बुझाउन हामी सबैले हातेमालो गर्नुपर्ने र राजनीतिक दल, स्थानीय सरकार र समुदायबीच सहकार्य गरेर आदिवासी जनजातिको आर्थिक, सामाजिक, शैक्षिक र सांस्कृतिक विकासलाई अझ प्रभावकारी बनाउन हरेक सरोकारवाला पक्षको योगदान आवस्यक पर्ने बिषय उठान गर्नु भएको थियो।
राष्ट्रिय आदीवासी जनजाती महिला महासंघ, समन्वय परिषद कञ्चनका अध्यक्ष चेलिका भूजेलको अध्यक्षता तथा सचिव दुर्गा कुमारी गुरुङ्गको सञ्चालनमा भएको कार्यक्रम रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहको सभाहलमा सम्पन्न भएको थियो।
कार्यक्रममा नेवार, गुरुङ्ग, मगर र थारु जातीले आ आफ्नो जातीय पहिचान सहितको सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।