निसान
विश्वको ठुलो तेलको भण्डारमा एकछत्र पकड जमाउन संरा अमेरिकाले इरानमाथि फागुन १७ गते (मार्च १) मा हवाई हमला ग¥यो । केही दशक अगाडिदेखि अमेरिकाले त्यो अपार प्राकृतिक स्रोत हात पार्न खाडी देशहरू इरान, इराक, साउदी अरब, कतार, कुवेत, बहराइन, संयुक्त अरब इमिरेटस, यमन, ओमन आदिलाई विकासको नाममा आर्थिक सहयोग हतियार दिएर एक आपसमा लडायो, भिडायो । यस लडाइँमा खाडी देशका जनता मरे । त्यस क्षेत्रको भौतिक संरचना पनि ध्वस्त भयो । हतियार व्यापारी संरा अमेरिकाले ती देशका दल, नेताहरूलाई हातमा लियो । ती सबै लगाम आफ्नो हातमा पारे । त्यसपछि देशभित्रका दल, जनताबिच, खाडी देशबिच जुधाउने, भिडाउने काम गर्दै आयो । आफूले भनेजस्तो नबस्ने सरकार प्रमुखलाई अपदस्थ र हत्या गराएर आफ्नो कठपुतली सरकार बनायो । यिनीहरूमार्फत विभिन्न देशघाती सन्धि सम्झौता गराएर ती देशको तेल अमेरिकाले लगिरहेको छ । यी साम्राज्यवादी देशहरूले अफ्रिकाको प्राकृतिक सम्पदा पनि त्यसरी नै लुटिरहेका छन् ।
संरा अमेरिकाले पानी बाराबारको अवस्थामा पु¥याएका ती खाडी देशहरूलाई दुई तीन वर्षअगाडि चीन छिमेकी मित्रको हात मिलाउन सफल भयो । ती देशहरूसँग चीनको न्यानो सम्बन्ध, सद्भाव र प्रभाव हुने नै भयो । यो संरा अमेरिकालाई सह्य हुने कुरै भएन । संरा अमेरिका देश–देश र जनता–जनताबिच फुटाएर लडाएर, काटमार गर्न लगाएर वा आक्रमण गरेर त्यहाँको प्राकृतिक सम्पत्ति लुट्छ भने चीन यसको ठीकविपरीत विकासमा सहयोग र साथ दिन्छ । उसले शान्ति र विकासको अवधारणाअनुसार सबै देशसँग आपसी मित्रता र सहयोगको हात बढाइरहेको विश्वले देखिरहेकै कुरा हो । त्यसअनुसार चीनको इरानसित पनि न्यानो र सुमधुर सम्बन्ध हुने नै भयो । खाडीको प्राकृतिक स्रोत एकछत्र लुट्न बाधकको रूपमा रहेको इरानको मित्र राष्ट्र चीनसँग सम्बन्ध हुनु संरा अमेरिकाको सह्य हुने कुरै भएन । त्यसैले संयुक्त राष्ट्र सङ्घको बडापत्रविपरीत केही दिनअगाडि अमेरिकाले आक्रमण गर्यो । चीनले र अरु देशले यसमा आपत्ति र विरोध जनाए ।
संरा अमेरिकाले सन् १९७० को देशकमा इरान र इराकलाई भिडाइदियो । यसैले दुबै देश वा दाजुभाइको ठुलो धनजनको क्षति भयो । त्यसको अमेरिकाले फाइदा लियो । खाडीको तेल भण्डार भनेको अमेरिकाको प्राण हो । त्यो रोक्यो भने अमेरिका एक महिना पनि टिक्न सक्दैन । त्यसैले भेनेजुयलाको तेल लुट्न अमेरिकाले मादुरो दम्पत्तिलाई अपहरण ग¥यो । अहिले ट्रम्पले त्यहाँको राष्ट्रपति पनि आफै भएको घोषणा गरेको समाचार पनि सञ्चारमाध्यममा बाहिर आयो । यो सद्दे दिमाग भएको मान्छेले गर्न सक्ने कुरा थिएन । यसअघि क्यानाडालाई आफ्नो ५१ औँ प्रान्त बनाउने घोषणा गरेको पनि भाइरल बनेको थियो । तर इराक, इरान, लिवियालगायतका देश भने उनले भनेजस्तै गरेनन् । देशभक्त नेता, राष्ट्रपति भएकै कारण उनीहरूले आफ्नो प्राकृतिक सम्पत्ति अमेरिकालाई लुट्न दिएनन्† झुकेनन् । उनीहरू देशको रक्षा, स्वाभिमानको निम्ति लड्न तयार भए । त्यसैले अमेरिकाले ती देशघाती, देशद्रोहीहरूलाई हातमा लिएर आन्तरिकरूपमा विद्रोह गर्न लगाए । संरा अमेरिकाले नाटो देशको सहयोगमा हमला गरेर सद्दाम हुसेन, कर्णेल गद्दाफी र हाल आएर खुमेनीको हत्या गरे । उनीहरू कसैले पनि आत्मसमर्पण गरेनन्, झुकेनन् बरु लडेरै मरे ।
हाल ट्रम्प प्रशासनले इरानको सरकार, सत्ता पल्टाउन फिलिपिन्स, बङ्गलादेश, नेपाल र श्रीलङ्कामा जस्तो सहयोग दिएर, उक्साएर इरानी सरकारले त्यसलाई असफल पा¥यो । त्यसमा ट्रम्प प्रशासन असफल भएपछि वार्ताको नाटक मञ्चन भयो । हप्ता दिनअगाडि जेनेभामा अमेरिका र इरानी प्रतिनिधि वार्तामा बसे । अमेरिकाले इरानी वार्ताकारसमक्ष तीन वटा सर्त तेस्र्याएको सञ्चारमाध्यममा आयो । ती हुन्;
१) इरानको सबै युरेनियमको भण्डार अमेरिकालाई दिनुपर्ने ।
२) इरानसँग भएको सबै प्यालेस्टिक मिसाइल नष्ट गर्नुपर्ने ।
३) इरानबाट उत्पादित सबै तेल अमेरिकालाई दिनुपर्ने ।
इरानी वार्ताकारले इरानको त्यो घाँटी रेट्ने सर्तलाई ठाडै अस्वीकार गरेर देशभक्त अडान राखे । हामी देशको लागि लड्छौँ, मर्छौँ तर झुक्दैनौँ भनी कूटनीतिक जवाफ दिएर वार्तास्थलबाट बाहिरिएको कुरा पनि बाहिर आयो । अमेरिकाले इरानलाई वार्ताको नाटक मञ्चनबाट झुकाउन वा आत्मसमर्पण गराउन खोजेको थियो तर, सफल भएन । त्यो वार्ता असफल भएपछि कठपुतली जनता सरकारको विरोधमा विद्रोहमा उत्रिन्छ भन्ने सोचमा थिए । तर, परिणाम ठीक उल्टो भयो । इरानी सरकारको पक्षमा त्यहाँका युवा र जनता उभिए । उनीहरू अमेरिकी आक्रमणको विरुद्धमा खटे, उत्रिए । अमेरिकी साम्राज्यवादको अगाडि हामी इरानी जनता, देशभक्त युवा, सरकार झुक्दैन बरु देशको लागि लड्छौँ, मर्छौँ भनेर ट्रम्पलाई चेतावनी दिए । देशको निम्ति लड्ने र मर्ने हामी छँदै छौँ भनेको सञ्चारमाध्यममा आएको थियो । आखिर अमेरिकी मिसाइल आक्रमणमा उनको हत्या भयो ।
खुमेनीको हत्यापछि त्यसको बदला लेला भनेर अमेरिकाले वार्ताको आह्वान ग¥यो । तर, इरानले ठाडै अस्वीकार गर्यो । खुमेनी हत्याको हामी बदला लिनेछौँ । इरानी रक्षामन्त्री अजिजनासिर जादेहले भने, “यदि अमेरिका र इजरायलले हामीमाथि मिसाइल, बम आक्रमण गर्यो भने हामीले पनि खाडी र मध्यपूर्वस्थित इजरायल, जोर्डन, साउदी अरब, कुवेत, कतार, बहराइन, संयुक्त अरब इमिरेटस् आदि देशमा रहेको अमेरिकी सैनिक बेसक्यामामा मिसाइल हान्छौँ । ती सैनिक बेस क्याम्पहरूमा मिसाइल, हमला गरेर देखाए । इरानको ड्रोन आक्रमणले कतारमा रहेको १.१ अर्ब डलर खर्चेर बनाएको राडार पनि ध्वस्त पा¥यो । तर, विडम्बना ¤ इजरायल, अमेरिकाको मिसाइल आक्रमणमा रक्षामन्त्री अजिज नासिर जादेहको मृत्यु भयो । उनको जिम्मेवारी तत्काल कार्यवाहक इरानी रक्षामन्त्री इमन अल रेजाले सम्हालिसकेका छन् । मध्यपूर्वको इजरायल, जोर्डन, साइप्रसको अमेरिका बेस क्याम्पसमा पनि इरानले मिसाइल प्रहार गरेपछि अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई देश फर्कन उर्दी जारी गरिसकेको छ । अमेरिकालगायतका युरोपेली देशहरूमा तेल लाने पर्सियन खाडीको बाटो इरानले कब्जा गरेर बन्द गरिदिएको छ । यसले अमेरिका टावामा परेको माछाजस्तो छटपटाइरहेको छ । हिजो इराकलाई पनि आफूमाथि आक्रमण गर्न आउने अमेरिकासँग लड्न सक्षम हुने कूटनीतिक सुझाव सल्लाहभित्र राष्ट्रहरूले दिएको चर्चामा आएको थियो । इरानले जस्तै नै विगतमा इराकका सद्दाम हुसेनलाई हतियार प्रयोग गर्न सक्ने अप्रत्यक्ष सुझाव दिएको भन्ने कुरा पनि त्यसबेला सुनिएको थियो । तर, सद्दाम हुसेनले बुझ्ने वा जे गरे पनि चुप लागेर उनीहरूले भनेजस्तो गर्न दिए । त्यसैले अमेरिकाले सद्दाम हुसेनलाई सिध्याइदियो र उसका कठपुतली सरकार गठन गरिदियो । तर, इरानले भने इराकबाट पक्कै पाठ सिकेर त्यो हतियार प्रयोग गरेको अनुमान लगाउन सकिन्छ ।
आज इरानमाथि अमेरिका र इजरायलले जुन अन्तर्राष्ट्रिय मान्यताविपरीत आक्रमण गर्यो† त्यसको संसारभरबाट विरोध भइरहेको छ । ट्रम्पको यो कदमको विरोधमा अमेरिकी शान्तिप्रिय जनताले अमेरिकाकै विभिन्न सहरमा विरोधसभा र ¥याली गरिरहेका छन् । चीन, रुस, उत्तर कोरिया, क्यानाडा, स्पेनलगायतका देशले पनि विरोध गर्नुको साथै वार्ताको माध्यमबाट समस्या समाधान गर्न अपिल गरेका छन् ।
यदि खाडी र मध्यपूर्वका देशहरू अमेरिकाको पिछलग्गू, कठपुतली नहुने हो भने आफ्नो देशको स्वाभिमान, स्वतन्त्रता, शान्ति र विकास चाहने हो भने ती देशहरू असल छिमेकी मित्रको न्यानो सम्बन्धको हात अगाडि बढाएर एक ढिक्का हुन जरुरी छ र आफ्नै खुट्टामा उभिनु आवश्यक छ । अमेरिकी सैनिक अखडा, बेस क्याम्प आ–आफ्नो देशबाट फर्काउनु र हताउनु आवश्यक छ । उनीहरूले त्यस क्षेत्रका छिमेकी मित्र देशको विरोधमा तेल भर्न, हवाई अड्डा, जल, थल र हवाई मार्ग प्रयोग गर्नबाट निषेध गर्नु आवश्यक छ । यो इरानको देशभक्ति अडानको पाठ अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूले पनि सिक्नु जरुरी छ ।