२६ मंसिर, कञ्चन/गोविन्द आचार्य
रुपन्देहीको कञ्चन गाउपलािकाले चालु आ.ब.को चौमासिकमा सञ्चालन भएका सेवा प्रवाहबारे जानकारी दिने उद्देश्य अनुरुप सार्बजनिक सुनुवाई गरेको छ। कञ्चन गाउँपालिकाको आयोजना तथा सामुदायिक रेडियो कञ्चनको समन्वयमा उक्त कार्यक्रम गरिएको हो।
गाउँपालिकाले चालु आर्थिक वर्षको चौमासिकमा सञ्चालन भएका विकास निर्माण, सेवा सुविधा र सार्वजनिक कार्यक्रमहरूको प्रगति तथा प्रभावकारिताबारे नागरिक समक्ष प्रत्यक्ष जानकारी दिने उद्देश्य सहित सार्बजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो
कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ढकालको अध्यक्षता गर्दै स्थानीय तहमा पारदर्शिता, उत्तरदायित्व र सुशासन सुनिश्चित गर्न सार्वजनिक सुनुवाई कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै नागरिकका सुझावहरूलाई आगामी योजनामा प्राथमिकताका साथ समावेश गरिने बताउनुभयो।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत माधव प्रसाद पोखरेलले कञ्चन गाउपालिकाले चालु आर्थिक बर्षमा भए गरेका कार्यक्रम, सेवा प्रवाह, योजना सञ्चालन, स्वास्थ्य, कृषि, पशु सेवा बिकास, पञ्जिकरण, रोजगार सेवा, लघुउधम, न्यायिक सेवा सम्पादन, शिक्षा, मानसिक स्वास्थ्य, राजश्व संकलन, संस्थागत बिकास लगायत बिषयमा भए गरेका कार्य र उपलब्धीहरुको संक्षिप्त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।
यस्तै उपाध्यक्ष मौसमी थापा मगरले सार्बजनिक सुनुवाई कार्यक्रमले सेवाग्राहीमा भएको सन्तुष्टि, प्रतिकृया, राय सुझाब प्राप्त हुने आगामी दिनहरुमा पालिकाको सेवा प्रबाहलाई अझ गुणस्तरिय र सेवाग्राहीहरुको पहुंचमा पुर्याउन सहयोग पुग्ने बताउनु भयो।
यसैगरी शिक्षा शाखाका शाखा प्रमुख रमेश भुसाल, कृषि सेवा शाखाका शाखा प्रमुख मगरेपाल गडरिया, सूचना तथा प्रबिधि शाखाका शाखा प्रमुख अनिल थापा, भौतिक पूर्वाधार शाखाका शाखा प्रमुख प्रकाश गुरुङ्ग, योजना शाखाका शाखा प्रमुख चन्द्रमणी घिमिरे, महिला तथा बाल बिकास शाखाका शाखा प्रमुख राधा भट्टराई, आर्थिक प्रशासन शाखाका शाखा प्रमुख सन्तोष गैरे, पशु सेवा बिकास शाखाका शाखा प्रमुख ध्रुबराज ज्ञवाली, पञ्जिकरण शाखाका शाखा प्रमुख सुरेन्द्र पोख्रेल, रोजगार संयोजक ईश्वरी ज्ञवाली, स्वास्थ्य शाखा प्रमुख डि.बि. जि.सी. ले आ आफ्नो शाखाबाट कार्य सम्पादन भई सरोकारवालाहरुबाट उठेको सवालहरु जवाफ दिनु भएको थियो।
कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, संघ सस्थाका प्रतिनिधि, सामुदायिक बिद्यालयका प्रधानाध्यापक तथा बिद्यालय व्यबस्थापन समितिका प्रतिनिधि, टोल बिकास संस्थाका प्रतिनिधि, स्थानीय व्यबसायी, सरोकारवाला लगायतले पालिकाबाट सञ्चालन भएका सेवाबारे टिप्पणी गर्दै स्थानीय सरकारले स्थानीयहरुको भावना अनुरुप काम गर्न नसकेको, सेवाग्राहीहरुको पहुंचमा पुर्याउन नसकेको तर किसानहरुलाई पशु सुत्केरी स्याहार कार्यक्रम निकै प्रभावकारी रहेको प्रतिकृया दिएका थिए।
कार्यक्रममा पालिकाको तर्फबाट स्वागत गर्दै शिक्षा शाखा प्रमुख रमेश भुसालले गाउँपालिकामा सञ्चालन भएका विभिन्न सेवा तथा योजना बारे बताउनु भएको थियो।
कञ्चन गाउँपालिका वडा नम्बर ३ निवासी श्रीकान्त बसौला, धरोहर बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष तथा कञ्चन सहकारी सञ्जालका अध्यक्ष पुष्पराज शर्मा, राष्ट्रिय जनमोर्चा पार्टी कञ्चनका अध्यक्ष लिलाराम खनाल, नेपाली कांग्रेस कञ्चन गाउँपालिका सभापति देवीराम रेग्मी, वडा नं. १ निवासी केजी कुमार पौडेल, वडा नं. ४ थकालीचोक निवासी हिमलाल विश्वकर्मा, कञ्चन गाउँपालिका निवासी मनिराम सापकोटा, थकालीचोक टोल विकास संस्थाका अध्यक्ष नन्द बहादुर खड्काथोकी, वडा नं. १ निवासी दुर्गा बहादुर थापा, वडा नं. १ निवासी दिनेश घिमिरे, वडा नं. ५ निवासी बिष्णु थारु लगायतले विकासका ठूला तथा साना योजनाको पारदर्शिता, सहकारीको नियमन, सामाजिक सुरक्षा भत्ता वितरण, शिक्षामा सुधार, स्वास्थ्य सेवाको पहुँच, सडक मर्मत तथा स्थानीय सरोकारका बिषयहरु उठाएका थिए। साथै स्वास्थ्य, शिक्षा, पूर्वाधार, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा देखिएका समस्या, सुधारका उपाय तथा सेवा प्रवाहमा अपनाउनुपर्ने कदमबारे आफ्ना सुझाव तथा गुनासा खुला रूपमा राखेका थिए।
कञ्चन गाउँपालिका वडा नम्बर २ वडा कार्यालयको प्राङ्गणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सञ्चालन कञ्चन गाँउपालिका प्रशासन शाखा प्रमुख गिरीराज अर्यालले गर्नुभएको थियो भने सहजीकरण सामुदायिक रेडियो कञ्चनका स्टेशन म्यानेजर गोविन्द आचार्यले गर्नुभएको थियो।