२५ फागुन,रुपन्देही/दिनेश घिमिरे
कञ्चन गाउँ पालिका उपाध्यक्ष गोमा तरामुले ११०औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमिक दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज स्थानिय रेडियो कन्चनबाट प्रसारित अन्तरसम्वाद कार्यक्रममा कुराकानी गदै उक्त शुभकामना सन्देश ब्यक्त गर्नु भएको हो । उपाध्यक्ष तरामुले महिलाहरूको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न साझा अभियानको रूपमा ‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने राष्ट्रिय लक्ष्यका साथ यस वर्ष ११०औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै गरेको र उक्त उद्देश्यलाई साकार तुल्याउन सम्बद्ध सबै पक्ष अग्रसर हुनुपर्नेमा समेत जोड दिनु भएको छ ।
उहाले विश्वभर फैलिएको कोरोना भाइरसका कारण बिभिन्न सभा जुलुस गरी महिला दिवस मनाउन नसकेको जानकारी दिदै महिलाले पुरुषको इज्जत र पुरुषले महिलाको इज्जत दिन सके मात्रै समाज अगाडि बढ्ने बताउनु बताउदै पुरुष र महिला एक रथका दुई चक्का हुन जसरी रथको एउटा चक्का बिग्रिए पछि दोश्रो चक्का एक्लैले रथ हांक्न सक्दैन त्यसरी नै महिला पुरुष बिच एक ले अर्कालाई समान गर्न सिक्नु पर्ने उल्लेख गर्नु भयो ।
कार्यक्रमका प्रस्तोता जगिलाल थापाले संघियता स्थापना पश्चात बनेको स्थानिय तहमा काम गरी खाने महिलाहरुको पहुंच किन पुग्न नसकेको भन्ने प्रश्नमा स्थानिय तहमा स्थानिय श्रमिक महिलाहहरुको पहुंच पुर्याउन हरेक महिलाहरुलाई राजनैतिक,शैक्षिक र सांस्कृतिक रुपमा सचेत गर्नु पर्ने उल्लेख गर्दै नेपालको संविधानले लैङ्गिक समानताको प्रत्याभूति गर्न महत्वपूर्ण प्रावधानहरूको व्यवस्था गरेको र त्यसबाट महिलामाथि हुने हिंसा र विभेदलाई हटाउन ठूलो मद्दत पुगेको छ । सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरिएका दिगो विकासका लक्ष्यहरू लैङ्गिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने, न्यायमा पहुँच पुर्याउने जस्ता विषयहरू महिलाको हक संरक्षणमा केन्द्रित रहेका छन् । यी लक्ष्यहरू हासिल गर्न नीति, संरचना र कार्ययोजना सहित स्थानीय सरकार अगाडि बढिरहेको छ,उहाले बताउनु भयो ।
समृद्ध कञ्चन,सुखी कञ्चनवासी निर्माण गर्नमा श्रमिक महिलाहरुलाई के कस्ता योजनाहरुमा के कसरी संलग्न गराउदै हुनुहुन्छ भन्ने प्रस्तोता थापाको जिज्ञासामा महिलाहरुलाई उपकरण सहितको सिपले मात्र हरेक महिलाहरु आत्म निर्भर हुने गरी आफै ब्यबसायिक काम गर्न सक्ने महिला तयार हुनसक्छन र सिपयुक्त महिलाहरु जव आफै ब्यबसायिक बन्दै जान्छन तव मात्र समृद्ध कञ्चनको सामान्य आधार बन्दै जाने बताउनु भएको छ।
रोजगारदाताले तलव भत्ताको सेवा सुबिधामा महिला र पुरुष श्रमिकहरुलाई फरक फरक दिने गरेको र त्यसको बिरुद्ध श्रमिक महिलाहरुले कुनै प्रतिक्रिया दिन सक्दैनन,यस्तो अवस्थामा गाउपालिकाले के गर्न सक्छ भन्ने प्रश्नमा उपाध्यक्ष तरामुले बैकलिपक सिप नभएको र सिप भएपनि आफै काम गर्न सक्ने सिप अनुसारको उपकरण जुटाउन नसक्ने श्रमिक महिलाहरु आफु सम्बद्ध रोजगारदातासंग प्रतिबाद गर्न नसक्ने भएकोले गाउपालिकाले बिभिन्न आमा समूह तथा महिला समूह मार्फत उपकरण सहितको ब्यबसायिक तालिम प्रदान गर्नेगरी बिशेष योजना ल्याउने बताउनु भएको छ।
अन्तर्राष्ट्रिय नारी दिवसले लैङ्गिक समानताका विषयलाई आत्मसात गर्न तथा लैङ्गिक समानताका लागि क्रियाशील नयाँ र पुराना पुस्ताका अधिकारकर्मी लगायत सम्बद्ध सबैलाई थप उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस भन्ने शुभकामना दिदै कुनै पनि महिला अब उत्पीडित हुनुपर्ने बाध्यता बाट मुक्त हुनुपर्ने भन्दै महिला महिलाबाटै अपहेलित भएको भैरहेको आफ्नो अधिकारका लागि महिलानै जागरुक हुनुपर्नेमा जोड दिनु भएको छ ।कार्यक्रममा उहाले महिला र पुरुष दुबैले समृद्ध कञ्चन निर्माणको जिम्मेवारी बराबर रहेकाले महिला माथी हुने गलत ब्यबहार सोंच हटाउनु पर्ने बताउनु भएको छ।
रेडियो कार्यक्रम अन्तरसम्वाद समृद्ध स्थानिय तह,सुखी स्थानियवासी निर्माणमा जनप्रतिनिधी र आम नागरिकको भुमिका के हुन सक्छ भन्ने बिषयमा आइतवार र बिहीबार गरी साताको दुई पटक बिहान ८.१० देखि ९ बजे सम्म प्रसारण हुदै आएको छ।