क्रिश्चिना
‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई नेपालीमा ‘अमेरिकी आर्थिक सहयोग परियोजना’ भन्नु उपयुक्त देखिन्छ । नेपाली काङ्ग्रेसको सरकारले अर्थात् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सन् २०१२ मा त्यस अमेरिकी परियोजनामा हस्ताक्षर गरेका थिए । सन् २०१९ मा नेकपा सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यसमा सही गरे । तर, त्यस अमेरिकी ‘परियोजना’ एक रणनीतिक ‘परियोजना’ अथवा सैनिक सम्झौता हो भनी नेपालका लागि अमेरिकी राजदूत र सम्बन्धित अमेरिकी अधिकारीहरूले पनि नलुकाइकन भनेका छन् । तर, ओली सरकारका जिम्मेवार व्यक्तिहरूले भने दुईजिब्रे कुरामा अड्डी लिए ।
सरकारमा बस्ने हरेक व्यक्तिले गम्भीर भएर सोच्नुपर्ने विषय के हो भने संरा अमेरिका त्यस अमेरिकी आर्थिक सहयोग परियोजनालाई किन संसद्बाट पारित गराउन खोज्छ ? सरसती हेर्दा त्यसका दुई कारण छन् – एक, कथंकदाचित सम्झौता संसद्बाट पारित भएमा नकारात्मक पक्षबाट देशलाई विध्वंसतर्फ लैजाने पक्का छ भनी पछि बुझेमा पनि बहुमत सांसदहरूले पारित गरेको प्रस्तावलाई मन्त्रिमण्डल वा संसद्को सामान्य बहुमतले अस्वीकार गर्नसक्नेछैन । दुई, अमेरिकाले दुईतिहाइ बहुमत पु¥याउन आवश्यक सङ्ख्यामा दलहरूमा आफ्नो पहुँच पक्का छ भन्ने विश्वास राखेको प्रस्ट छ ।
ओलीले दुईतिहाइको निम्ति कसरत गरेको देखिए तापनि त्यसको निम्ति संरा अमेरिका र भारतको प्रशासनको ठूलो हात छ भन्ने प्रस्ट छ । पछि नेकपा वा एमाले वा एमाओवादीमध्ये कुनै गुट बिच्किए पनि नैतिकरूपले कुनै पक्ष भाग्नसक्ने छैन किनभने नेपालीले नुनको सेवा गर्ने धर्मलाई पालन गरी आएकै छन् । इमानदार नेपाली जनता गोर्खाली राजा र सरकारप्रति पूर्णरूपले बफादार नभए पनि बेलायती राजतन्त्रको मुकुट र अमेरिकी प्रशासनलाई नकारात्मक रूपमा लिँदै छन् किनभने नेपाली बुद्धिजीवीहरू पश्चिमी विचारलाई आलोचनात्मकरूपले होइन बरू सकारात्मकरूपले हेर्ने गर्छन् ।
नेपाली विद्यालयदेखि विश्वविद्यालयका पाठ्यक्रम र निर्धारित गरिएका सहयोगी पुस्तकहरूमा समेत दक्षिण अमेरिका, क्यारेवियाली देशहरू, सारमा ल्याटिन अमेरिका, अफ्रिकी देशहरू, दक्षिणपूर्व देशहरू र त्यहाँका जनता तथा यताका दुई–तीन दशकभित्र अफगानिस्तानदेखि इराक, लिविया, सिरिया, इरान र अन्य साना वा ठूला अरब देश र जनताले संरा अमेरिकाको हस्तक्षेप, आक्रमण र कुटीलताका भोगाइका पुस्तकहरू नै लेखेका छैनन् । यसकारण प्रजातन्त्रको नाममा वा स्वतन्त्रताको नाममा अमेरिकी आतङ्कलाई विध्वंसको रूपमा होइन बरू सुधार, उपचार र उद्धारको रूपमा लिन्छन् – नेपाली स्वतन्त्र र प्रजातन्त्रवादी बुद्धिजीवीहरू ।
यस्तो परिस्थितिमा ‘अमेरिकी सहयोग परियोजना’ मा नेपाल मजदुर किसान पार्टीले केही समय अगाडि गरेको विरोध प्रदर्शन एवम् काठमाडौँस्थित अमेरिकी राजदूतमार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विरोध पत्र बुझाएको दिन युवा–विद्यार्थी, मजदुर, किसान, महिला र अभिभावकहरू सहभागी भएकोमा केही पत्रपत्रिका तथा टेलिभिजनले केटाकेटीलाई समेत प्रयोग गरियो भन्ने खालको गुनासा गरे । इतिहास, भूगोल, राजनीतिशास्त्रजस्ता विषयमा विश्वविद्यालयमा अध्ययन र अध्यापन कम हुँदै गएकोमा बुद्धिजीवीहरूले चिन्ता व्यक्त गर्दै छन् ।
नयाँ पुस्ता स्वयंस्फूर्तरूपले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयमा चाख र चासो राखेर सडकमा सहभागी हुनु अत्यन्त महत्वपूर्ण विषय हो । प्रवेशिका उत्तीर्ण हुनासाथ आफ्नो देशलाई हेला–होचो गरी विदेश गएर काम गर्ने जुन प्रवृत्ति देखाप¥यो, त्यसले देशमा खेती–पाती र निर्माण कार्यमा काम गर्ने श्रमशक्तिको अत्यन्त अभाव अनुभव गरिँदै छ, कृषि उत्पादन र कारखानाबाट उत्पादित वस्तुसमेत देखिन छोड्यो तथा कोरोना भाइरसको कारण सम्भवतः चीनबाट आउने दैनिक उपभोगका सामानसमेत कम आउने वा महँगो भएमा नेपाली साधारण जनताले एक प्रकारको सङ्कट भोग्नुपर्ने स्थितिको अनुमान गरिँदै छ ।
यस्तो परिस्थिति हेर्दा कम उमेरका तर सचेत र कलेज एवं विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरू देशभक्तिको भावनाले सडकमा आउनु अत्यन्त उत्साहजनक छ र यो भविष्यमा भरपर्दाे शक्ति सावित हुने देखिन्छ । यस्तो परिस्थिति बेलायती पुँजीवादी क्रान्ति, फ्रान्सेली राज्य क्रान्ति र अमेरिकी स्वतन्त्रता आन्दोलनमा पनि देखिएको थियो । भारतीय स्वतन्त्रता आन्दोलनमा चन्द्रशेखर आजाद र अन्य युवाहरूले पनि मातृभूमिको निम्ति आफूलाई बलिबेदीमा चढाएका थिए ।
यही कुरो रूसी समाजवादी क्रान्ति, मातृभूमिको रक्षाको दोस्रो विश्वयुद्ध, कोरियाली युद्ध (सन् १९५०–५३) र भियतनाम युद्धमा कम उमेरका किशोर–किशोरीहरूमसेत अमेरिकी र फ्रान्सेली साम्राज्यवादी आक्रमणको विरोधमा सक्रिय थिए । संसारमा कुन यस्ता ऐतिहासिक सङ्ग्राम र आन्दोलन होला जसमा युवा–युवती, किशोर–किशोरी र सारा सचेत जनताले आफूलाई देशभक्तिपूर्ण पुनित कार्यमा समर्पित नगरेको होस् ¤
भियतनामी क्रान्तिको बेला विद्यालयका विद्यार्थीको एक कविता स्मरणीय छ –
ए, मेरो पहेँलो कुकुर
मैले तिमीलाई हिजो
र आज पनि तिम्रो
खाना राखेको छु ।
तिमी आएनौ, सायद
तिमी अमेरिकी बमको
तल पुरिएका हौला,
ए, मेरो पहेँलो कुकुर
म तिमीलाई पर्खिरहेछु ।
अर्को विद्यार्थीले विद्यालयको एक कार्यक्रममा एउटा कविता वाचन ग¥यो –
मेरो शिक्षक र शिक्षिका
चन्द्र र सूर्यजस्तै चम्किरहने छन्
अनन्तसम्म ताराहरूजस्तै ।
अमेरिकी बम खसाल्ने हवाइजहाजहरूले
बम खसाल्नुभन्दा पहिले
हामी ओडारमा भाग्ने छौँ
एकै इसारामा कक्षा सञ्चालन गर्ने
आदि …. ।
यस्तै यस्तै भावका कविता र कथाहरू यत्रतत्र छन् हरेक क्रान्तिमा । चीनको हैनान टापुका ‘गुरिल्ला काकाहरू’, ‘बहादुर तीन किशोरहरू’ जस्ता साम्राज्यवादी आक्रमणविरोधी तत्कालीन कथाहरू र किशोर–किशोरीहरूका वीरताका कथाहरू … ।
श्रोत मजदुरअनलाइन