१७ चैत्र, कञ्चन
रुपन्देहीको नेपाल मगर संघ सैनामैना नगर कमिटीले गुल्मीको पर्यटकीय क्षेत्र सत्यवती र हिलेको भ्रमण गरेको छ । उक्त भ्रमण टोलीलाई नेपाल मगर संघ ठूलो लुम्पेक र लिम्घाले स्वागत गरेको छ ।
सत्यवती क्षेत्रको अध्ययन अवलोकन तथा मगर समुदायबीच मैत्रीपूर्ण भेटघाटका लागी गुल्मीको सतयवती ३ को ठूलो लुम्पेक र वडा नं. ४ को लिम्घाका पर्यटकिय स्थलहरुको भ्रमणका लागि गएको नेपाल मगर संघ सैनामैना नगर कमिटीलाई नेपाल मगर संघ, ठूलो लुम्पेक र र लिम्घाले स्वागत गरेको हो।

भ्रमण टोलीलाई सत्यवतीमा नेपाल मगर संघ केन्द्रीय निर्वाचन समितिका सदस्य तथा वडा नं. का वडा अध्यक्ष जितु तरामु मगरले स्वागत गर्दै नेपालको १०० पर्यटकिय गन्तब्य स्थलमा सूचिकृत ठूलो लुम्पेकमा रहेको सत्यवती क्षेत्र र हिलेसिद्ध पौराणिक, ऐतिहासिक र पुरातात्विक हिसावले पनि जिकै महत्वपूर्ण रहेको र पछिल्लो समय ठूलो लुम्पेक आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि भ्रमणको आकर्षणको केन्द्र बनिरहेको बताउनु भयो । सत्यवती क्षेत्रको इतिहास र त्यहाँको वस्तुगत अवस्थाबारे जानकारी गराउदै वडा अध्यक्ष तरामुले ठूलो लुम्पेक आदीवासी जनजातीको रुपमा रहेको मगरहरुको थाकथलो भएको कुुरा यहाँ बोलिने मौलिक लवज र स्थानका नामहरुले समेत प्रमाणित गर्ने उल्लेख गर्नुभयो।

नेपाल मगर संघ सत्यवती वडा नं. ३ कमिटिका अध्यक्ष बेलबहादुर थापा, सचिव खिमकुमारी थापालगायत कार्यसमितिका सदस्यहरुले भ्रमण टोलीलाई स्वागत गर्दै लुमपेकमा प्रचलित मगर कला संस्कृति र परम्परा र लघुउद्यमबारे जानकारी दिनु भएको थियो। उक्त स्वागत कार्यक्रममा राजनीतिकर्मी खोमा तरामु मगर, वडा जनप्रतिनिधिहरु अर्जुन तरामु मगर, ओम सिंजापति मगर, समाजसेवी देव तरामु मगरलगायत सामाजिक व्यक्तित्व तथा स्थानीय अगुवाहरुको सहभागिता रहेको थियो ।
भ्रमण टोलीको तर्फबाट सूर्यविक्रम राना मगरले सत्यवती क्षेत्र गुल्मीको सबैभन्दा सुन्दर पर्यटकीय क्षेत्रको रुपमा बिकसित हुदै गएको र पछिल्लो समय सत्यवती क्षेत्र र हिलेसिद्धको पर्यटकिय क्षेत्रको व्यापक प्रचार प्रसारले हामीलाई आकर्षण गरेको बताउनु भएको थियो।

भ्रमण टोलीले बुढी सत्यवती, मसिना दह क्षेत्र, ठूलो लुम्पेक सत्यवती, हिलेसिद्ध, ऐतिहासिक लोपोन्मुख जाँतो संरक्षण क्षेत्र, लुम्पेकी थानीको मन्दिर र हचिनकोट दरवार क्षेत्रलगायतका पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन भ्रमण गर्नुको साथै लुम्पेकमा स्थापित कृषि तथा लघु उद्यमहरुको समेत अवलोकन भ्रमण गरेको थियो ।
सत्यवतीको ठूलो लुम्पेकमा व्यबसायिक कफि खेती, टनेल प्रवृधिमा आधारित कृषि खेती, कफि प्रशोधन उद्योग, घरेलु तान उद्योग लगायत उद्यमशिलताको समेत बिकास गरिएको छ।