(नेमकिपाका अध्यक्ष रोहितद्वारा लिखित ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ पुस्तकको पहिलो प्रकाशन वि.सं. २०३३ (१ सेप्टेम्बर, १९७६) मा भएको थियो । यो पुस्तक नेपाल मजदुर किसान पार्टीको स्थापनाका आधारभूत तत्वहरूमध्ये एक हो । यो सैद्धान्तिक सङ्घर्षको निचोड हो । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन नगरी कम्युनिस्ट आन्दोलन अघि बढ्दैन । यो पुस्तक अहिले पनि समय सान्दर्भिक छ । नेमकिपा स्थापना हुनाका सैद्धान्तिक आधार र ठम्याइबारे पुस्तकमा उल्लेख भएकोले पार्टी स्थापना दिवसको अवसरमा यो छापिएको हो । – सं.)
‘कम्युनिस्ट’ भई टोपलेका हाम्रा केही मपाईमार्के साथीहरू ‘चुनावमा भाग लिनु नै संसदीय बाटोलाई स्वीकार्नु हो’ भन्ने कुतर्क अघि सार्छन् । तिनीहरू हरेक कुरालाई बङ्ग्याउने र फट्याइँ गर्ने गर्छन् । अर्काथरी हाम्रा केही साथीहरू ‘परिवर्तन एकैबाजी हुन्न, विस्तारै हुन्छ’ भनेर शान्तिपूर्ण वा संसदीय बाटोबाटै क्रान्ति हुन्छ र समाजवाद आउँछ भन्ने सोच्छन् । माथिल्लो कुतर्क र तल्लो बाटो दुवै खोटा हुन् किनभने संसदीय बाटोबाट क्रान्ति हुन्छ र समाजवाद आउँछ भन्ने विश्वासमा चुनावमा भाग लिएको हुँदैन । कसैले त्यसो गर्छन् वा सोच्छन् भने त्यो खोटो विचार हो । क्रान्ति सशस्त्र सङ्घर्षबाटै सम्भव छ, यसमा शङ्का गर्ने ठाउँ छैन । सशस्त्र सङ्घर्षको उद्देश्य हो, पुरानो राज्यसत्ता, खास गरेर सशस्त्र सेनालाई ध्वस्त गर्नु र नयाँ राज्यसत्ता कायम गर्नु । चुनावमा भाग लिएर वा संसद् र राष्ट्रिय पञ्चायतमा बहुमत प्राप्त गरेर समाजवाद आउँछ भन्ने कुरो होइन । तर, चुनावमा भाग लिनु क्रान्तिको निम्ति संसदीय सङ्घर्षलाई पनि उपयोग गर्नु हो । तर, त्यसको भूमिका सीमित छ ।
यदि चुनाव र संसदीय सङ्घर्षको उपायको ‘भूमिका सीमित’ हुन्छ भने चुनावमा भाग नै किन लिनु भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । यस प्रश्नलाई हामीले माक्र्सवादी–लेनिनवादी आँखाले केलाउनुपर्छ ।
चुनाव वा मताधिकारको सीमित महत्वबारे एङ्गेल्सले औँल्याउनुभएको थियो, “…. व्यापक मताधिकार मजदुरवर्गको परिपक्वताको नापो हो । अहिलेको राज्यमा त्यो यसबाहेक केही पनि होइन, न त हुनैसक्छ, बस्, यत्ति नै हो । एक दिन व्यापक मताधिकारको वायुमण्डलको हावाको थिचाइ नाप्ने यन्त्रले मजदुरहरूलाई उम्लने चिनो देखाइदिन्छ तब मजदुर र पुँजीपतिहरू दुवैले के गर्नुपर्छ भन्ने कुरो जान्ने छन् ।”
चुनावमा भाग लिनुहुन्छ तर सङ्घर्षलाई त्यसभित्रै सीमित राख्नुहुन्न भन्दै लेनिन ‘संविधानसभाको चुनाव र सर्वहारा हुकुम’ मा हामीलाई शिक्षा दिनुहुन्छ, “क्रान्तिकारी सर्वहारा पार्टीलाई पुँजीवादी संसदीय व्यवस्थामा जनतालाई उठाउन सकियोस् भनेरै त्यसमा भाग लिनुपर्छ र यो काम चुनावको बेलामा र संसद्मा भिन्दाभिन्दै पार्टीहरूको बिचमा सङ्घर्ष हुँदा गर्न सकिन्छ । तर, वर्गसङ्घर्षलाई संसदीय सङ्घर्षमा मात्रै सीमित राख्नु अथवा संसदीय सङ्घर्षलाई यति माथि र निर्णायक रूप दिनु जसले सङ्घर्षका अरू सबै रूप त्यसको मातहत राख्न खोज्नु वास्तवमा पुँजीपतिवर्गको पक्षमा जानु हो र सर्वहारावर्गको विरोधमा जानु हो ।”
संसद् वा चुनाव जनतालाई उठाउने र शिक्षित पार्ने एक माध्यम हो । तर, त्यसमा बढी महत्व दिनाले माक्र्सवाद वा मजदुरवर्गको सिद्धान्त र हितप्रति विश्वासघात हुनेछ । यी सबै कुरालाई ध्यान दिएर २०१७ सालपछि केही क्रान्तिकारी साथीहरूले जनतालाई उठाउन र कामदारवर्गलाई शिक्षित पार्न पञ्चायत र वर्गीय सङ्गठनको चुनावमा भाग लिए, त्यहाँ तिनीहरूले जनताको सेवा गरे र जनतालाई शिक्षित गर्न थाले । तर, हाम्रा केही फलाकावादी र उत्ताउला साथीहरूले तिनीहरूलाई ‘सुधारवादी’, ‘अर्थवादी’, ‘पञ्चायतवादी’, ‘संशोधनवादी’, ‘अवसरवादी’ आदि कल्गी लगाइदिए । तिनीहरू फलाक्थे–१९०५ मा लेनिनले संसद् र चुनावलाई बहिष्कार गरेका थिए, त्यसैले हामीले पनि चुनाव र कानुनी सङ्घर्षलाई त्याग्नुपर्छ । के तिनीहरूको फतुर लगाई र ठम्याइ ठीक थियो ? आउनुहोस्, हामी लेनिनकै शिक्षालाई आधार मानेर छलफल गरौँ ।
सन् १९०५ को अगस्टमा रुसी राजा जारले ‘संसद्’ ड्युमा वा राष्ट्रिय पञ्चायत बोलाए । बोल्शेभिक पार्टीले त्यसमा भाग नलिन जनतालाई आह्वान गर्यो । लेनिन त्यस बहिष्कारबारे प्रस्ट गर्नुहुन्छ, “त्यसबेला बहिष्कार गर्ने नीति ठीक साबित भयो, यसकारणले होइन कि प्रतिक्रियावादी संसद्हरूमा भाग नलिनु साधारणरूपले ठीक छ, बरू यसकारणले हो कि हामीले त्यसबेलाको परिस्थितिलाई ठीक मूल्याङ्कन गरेका थियौँ, त्यसबेला मजदुरहरूका ठुलठुला हडतालहरू सा¥है छिट–छिटो एक राजनैतिक हडतालमा, फेरि एक क्रान्तिकारी हडतालमा र सबभन्दा पछि एक विद्रोहमा फेरिरहेको थियो ।”
तर, परिस्थिति र घटनाहरूको विकासको एक निश्चित दिशा नभएको बेला बहिष्कार गर्ने नारा सही हुन्नथ्यो । हुन त १९०५ को ‘संसद्’ मा भाग नलिएर मजदुरवर्गले एक मूल्यवान राजनैतिक अनुभव लियो त्यो हो, “सङ्घर्षको कानुनी र गैरकानुनी तथा संसदीय र असंसदीय रूपहरूलाई गाँस्ने सिलसिलामा कहिलेकाहीँ यो फाइदाजनक हुन्छ र यत्तिसम्म कि संसदीय रूपहरूलाई त्याग्नु आवश्यक पनि हुनजान्छ ।” यहाँ लेनिन चोर औँला ठड्याउनु हुन्छ, “तर, त्यस अनुभवलाई अन्धा र देखासिकी गर्नेहरूले जस्तै केही सोच–विचारै नगरिकन अर्कै परिस्थिति र अर्कै सन्दर्भमा लागु गर्नु एक ठुलो विराम हुनेछ ।”
के हाम्रा नेपाली उत्ताउला साथीहरूले त्यस्तै विराम गरेनन् ? “१९०६ मा ड्युमामा भाग नलिएर बोल्शेभिकहरूले विराम गरेका थिए, हुन त त्यो सानो विराम थियो र जसलाई सजिलैसित सच्याइयो । १९०७, १९०८ र पछिल्ला सालहरूमा ड्युमामा भाग नलिनु ठुलो विराम हुने थियो, जसलाई सच्याउनु गा¥हो हुन्थ्यो किनभने त्यसबेला क्रान्तिकारी छाल सा¥है छिटो उठ्ने र विद्रोहमा फेरिने आशा गर्न सकिन्नथ्यो र अर्को पुँजीवादी राजतन्त्रको पुनस्र्थापनाले एक पूरै ऐतिहासिक परिस्थिति यस्तो भएर गएको थियो कि जसमा कानुनी र नकानुनी कामलाई मिलाउनु सा¥है आवश्यक थियो ।” यदि बोल्शेभिकहरूले अड्डी लिएर सङ्घर्षलाई कानुनी र न–कानुनीरूपमा नगाँसेको भए, सा¥है प्रतिक्रियावादी कानुनी सङ्घ–संस्थाहरूमा काम नगरेको भए, “१९०८ देखि १९१४ सम्मको समयमा मजदुरवर्गको क्रान्तिकारी पार्टीको मुख्य भागलाई (बलियो बनाउनु, बढाउनु, विकसित गर्नु त परको कुरो हो) जोगाई राख्न पनि बोल्शेभिकहरूको निम्ति असम्भव हुन्थ्यो ।”
१९१८ तिर पनि बोल्शेभिक पार्टीमा ठुलो फुट भयो । बोल्शेभिक पार्टीभित्र ‘उत्ताउला’ कम्युनिस्टहरू एक छुट्टै गुट बनाउँदै थिए । त्यसका मुख्य प्रतिनिधिहरू रादेक र बुखारिन थिए । तर, पछि तिनीहरूले सबैको अगाडि आफ्ना विरामहरूलाई स्वीकारे । पार्टीलाई आफ्नो ‘बाबुको सम्पत्ति’ र ‘आमाको दाइजो’ सम्झेर पार्टीका इमानदार नेता र कार्यकर्ताहरूलाई बदनाम गर्ने उत्ताउला फलाकावादीहरूले ढिलो या चाँडो आफ्ना अक्षम्य अपराधहरूको पश्चाताप गर्नेछन्, तर त्यसबेला मौका तिनीहरूको हातबाट फुत्किसकेको हुनेछ ।
१९१७ मा रुसका मजदुर, सैनिक र किसानहरू सोभियत व्यवस्थालाई स्वीकार गर्न र ‘सबभन्दा प्रजातान्त्रिक’ पुँजीवादी संसद् भङ्ग गर्नको निम्ति विशेषरूपले तयार थिए । “फेरि पनि बोल्शेभिकहरूले विधानसभालाई बहिष्कार गरेनन्, बरू मजदुरवर्गले राजनैतिक सत्तामाथि अधिकार गर्नुभन्दा पहिले पनि र पछि पनि चुनावमा भाग लिएका थिए ।” लेनिन अगाडि भन्नुहुन्छ, “हामी बोल्शेभिकहरूले सा¥हैभन्दा सा¥है प्रतिक्रियावादी संसद्हरूमा भाग लिएका थियौँ र अनुभवले यसलाई साबित गरिदियो कि क्रान्तिकारी मजदुरवर्गको पार्टीलाई त्यसमा भाग लिनु फाइदाजनकमात्र नभई आवश्यक थियो ।
तर, हाम्रा नेपाली फलाकावादीहरू बोल्शेभिक पार्टीले १९०५ मा चुनावको बहिष्कार गरेको थियो भन्दै बदलिएको परिस्थितिलाई ध्यान नै नदिई ‘बहिष्कार–बहिष्कार’ फलाक्दै गए । यसबारे लेनिन आफै प्रस्ट्याउनु हुन्छ, “…. साधारण किसिमले पुँजीवादी संसद्मा कुनै पनि अवस्थामा भाग लिन अस्वीकार गर्नु अनुचित मानिन्छ भने त्यो गल्ती हुन्छ । रुसी अनुभवमा हामी बोल्शेभिकहरूले गरेको बहिष्कारको एक ठीक र सफल उदाहरण (१९०५ मा) पाइन्छ भने एक खोटपूर्ण उदाहरण पनि (१९०६ मा) पाइन्छ । पहिलो उदाहरणको विश्लेषण गर्दा थाहा हुन्छ, बोल्शेभिकहरूले प्रतिक्रियावादी संसद्लाई बहिष्कार यस्तो समयमा गरेका थिए जब जनताको संसद्विरोधी क्रान्तिकारी गतिविधिहरू (खास गरेर हडतालहरू) कहिले नभएको जस्तो तोडले बढिरहेको थियो, मजदुर र किसानहरूको एउटा पनि हिस्साले कुनै पनि रूपमा प्रतिक्रियावादी सरकारलाई समर्थन गरिरहेका थिएनन्, हडताल र किसान आन्दोलनको असर क्रान्तिकारीवर्गको साधारण पछाडि परेका जनतामाथि बढिरहेको थियो । यस्तो परिस्थितिमा बोल्शेभिकहरूले बहिष्कार गरेर प्रतिक्रियावादी सरकारलाई एक प्रतिक्रियावादी संसद् बोलाउनबाट रोक्नमा सफलता प्राप्त गरेका थिए । सा¥है प्रस्ट छ कि यस अनुभवलाई आज युरोपको स्थितिमा लागू गर्न सकिन्न । साथै यो पनि स्पष्ट छ र माथिको छलफलबाट पनि यो साबित हुन्छ कि संसद्मा भाग लिनबाट अस्वीकार गर्ने नीतिलाई समर्थन गरेर तिनीहरू यसलाई आधा काँचो, आधा पाको ढङ्गबाटै यो गरिएको होस् । डच (नेदरल्यान्ड – हल्यान्ड) को भाषा र जाति) र अरू ‘उत्ताउलावादी’ मूल रूपले विराम गर्दै छन् र क्रान्तिकारी मजदुरवर्गको उद्देश्यको निम्ति नोक्सान हुने कुरा गरिरहेका छन् ।”
२०१७ सालपछिका हाम्रा उत्ताउला र फलाकावादीहरूले यस्तै विराम गरेका थिए । ती आधा काँचा, आधा पाका नेताहरूले विदेशमा बसेर ‘लङ्का हाँक्दै’ थिए । त्यसैबेला जनताका सच्चा सेवक र क्रान्तिकारीहरू पञ्चायत र वर्गीय सङ्गठनहरूभित्रै बसेर किसानहरूको हक र हितको निम्ति खेत र खलामा शोषकवर्गसँग सङ्घर्ष गर्दै थिए । भियतनाम, हिन्दचीन, एसिया, अफ्रिका र लाटिन अमेरिकी जनताको साम्राज्यवादविरोधी सङ्घर्षको समर्थनमा लोकमत तयार गर्दै थिए र आफ्ना अन्तर्राष्ट्रिय कर्तव्य पूरा गर्दै थिए । त्यसको आकार सानो थियो, तर उज्यालो थियो । यदि ती आधा काँचा आधा पाका नेताहरूले वाधा र विरोध नगरेका भए त्यो आकार विकास हुँदै जाने थियो र हाम्रो स्थितिमा धेरै सुधार हुने थियो । तर, त्यसबेला ती नेता भई टोपलेका फलाकावादीहरूको खोटहरू आज जति उदाङ्गिसकेका थिएनन् ।
चुनावमा भाग लिनबाट तिनीहरू डराउनुको मुख्य कारण हो, पञ्चायत र वर्गीय सङ्गठनमा जाँदा ‘नेताहरू’ अवसरवादी र पञ्चायतवादी हुने सम्भावना देख्नु । यसकारण, तिनीहरू पञ्चायत र वर्गीय सङ्गठनहरूलाई प्रतिक्रियावादी र राजावादी भनेर सराप्ने र गाली गर्ने गर्छन्, त्यसभित्र गएर काम गर्न गा¥हो मान्दछन् । यस्ता काँचा नेताहरूलाई लेनिनले खूबसित झपार्नुभएको छ, “खालि संसदीय अवसरवादमाथि गाली–सराप गरेर, खालि संसद्मा भाग लिनेहरूलाई विरोध गरेर आफ्नो ‘क्रान्तिकारीपन’ साबित गर्नु धेरै सजिलो छ । किनभने यो सा¥है सजिलो काम हो । तर, त्यसले एक गा¥हो समस्यालाई, एक सा¥है नै गा¥हो समस्यालाई सुल्झाउन सकिन्न ।”
“क्रान्तिकारी उद्देश्यको निम्ति प्रतिक्रियावादी संसद्लाई उपयोग गर्ने गा¥हो कामलाई छोडेर, त्यस गा¥हो फारोबाट ‘जोगिने’ कोसिस गर्नु सरासर केटाकेटीपन हो । तिमी एउटा नयाँ समाज बनाउन चाहन्छौ र फेरि पनि प्रतिक्रियावादी संसद्मा पाका, इमानदार र बहादुर कम्युनिस्टहरूको एउटा राम्रो संसदीय दल बनाउने गा¥होफारोसित डराउँछौ । यो केटाकेटीपन होइन भने के हो ?”
चुनावमा भाग लिएपछि केही साथीहरू बिग्रे, तिनीहरूले संसद् वा राष्ट्रिय पञ्चायतमा गएर क्रान्तिकारी ढङ्गले काम गरेनन् भनेर फलाकावादीहरू गुनासो गर्छन् । यसकारण, फलाकावादीहरू त्यस्ता ‘नेताहरू’ बाट निराश हुन्छन् र ‘नेताहरू’ लाई मान्न अस्वीकार गर्छन् र आलोचना गर्छन् । तर, लेनिन भन्नुहुन्छ, “आलोचना कडाभन्दा कडा र धेरैभन्दा धेरै निर्मम आलोचना–संसद्लाई अथवा संसदीय कामलाई होइन, बरू संसद्को चुनाव र संसदीय दबुलाई क्रान्तिकारी, कम्युनिस्ट ढङ्गबाट उपयोग गर्नमा असमर्थ नेताहरूलाई गर्नुपर्छ र जो यसो गर्न मान्दै मान्दैनन्, तिनीहरूलाई त झन् बढी आलोचना गरिनुपर्छ । यस्तो आलोचनाबाट र त्यस सँगसँगै अयोग्य नेताहरूलाई निकालेर त्यसको ठाउँमा योग्य नेताहरू राखेर नै फाइदा हुनेछ र क्रान्तिको हित हुनेछ । त्यसैबाट ‘नेता’, मजदुरवर्ग र कामदार जनताको विश्वासको योग्य बन्न सिक्ने छन् र जनता राजनैतिक परिस्थितिलाई र त्यसबाट बरोबर आउने धेरै जटिल र जेलिएको समस्यालाई राम्रोसँग बुझ्न सिक्ने छन् ।”
तर, हाम्रा फलाकावादीहरू यस कुरालाई बुझ्दैनन् कि चुनावमा भाग नलिँदा पनि र भाग नलिएका साथीहरू पनि त बिग्रेका थिए र बिग्रँदै पनि छन् । पञ्चायत र वर्गीय सङ्गठनभित्र काम गरेका क्रान्तिकारी कार्यकर्ताहरूले त्यस दबुलाई क्रान्तिकारी ढङ्गले प्रयोग गर्न नमान्नेहरूलाई खुला र गुप्त आलोचना गरे, रात्री सभाहरू र जनसभाहरू राखेर निन्दा र विरोध गरे । त्यसबाट पनि आफूलाई सुधार नगर्ने अवसरवादी र जनविरोधीहरूलाई उल्टो टोपी लगाएर मार–मुक्का दिँदै नगर घुमाए, ठुलठुला जनसभाहरूमा उभ्याएर तिनीहरूको कालो कर्तुतहरूलाई नङ्ग्याइदिए । त्यस्तै, जनविरोधी र जालीफटाहा पञ्चहरूलाई क्रान्तिकारी जनताले मुखमा कालोमोसो पोतेर जुत्ताको माला लगाई टाउकोमा भित्री फरियाको फेट्टा गुथाएर गाउँ घुमाए । मार–मुक्का दिँदै जनताको अगाडि तिनीहरूको कालो कर्तुतहरूलाई नङ्ग्याए ।
पञ्चायत र वर्गीय सङ्गठनभित्र बसेर क्रान्तिकारी कार्यकर्ताहरूले मोहियानी हक र बालीको तिरो–तिरानमा मद्दत गरे । जनताको माझमा गएर काम गर्ने सिद्धान्तलाई व्यवहारमा लागु गरे । तिनीहरूले सर्वहारावर्गका महान् गुरू लेनिनका त्यस शिक्षालाई आफ्नो बुद्धि र बलले भ्याएसम्म लागु गरे, ‘मजदुरहरूले संसद्को’ क्षेत्र कब्जा गर्ने कोसिस कहिले गर्नुहुन्न, बरू जनतालाई उठाउने, बिउँझाउने र तिनीहरूलाई सङ्घर्षमा तान्ने कोसिस गर्नुपर्छ । तिनीहरूले पुँजीपतिवर्गको घोषणाहरूबाट फाइदा उठाउनुपर्छ । पुँजीपतिवर्गले जुन यन्त्र (बन्दोबस्त–ले.) बनायो, चुनावको जुन निर्णय गर्यो, जनताको नाममा जुन अपिलहरू निकाल्यो, त्यसलाई व्यवहारमा लैजानुपर्छ र जनतालाई बताई दिनुपर्छ कि बोल्शेभिकवाद के हो ? चुनावको समयमा यो काम जुन किसिमले गर्न सकिन्छ, (पुँजीवादी शासनमा) त्यो (थाहै छ, ठुलठुला हडतालको समयबाहेक, रुसमा जनताको बिचमा प्रचार गर्ने ठीक त्यस्तै बन्दोबस्त अझ चर्कोसित काम गर्दथ्यो । अरू कुनै समयमा गर्न सकिन्न ।
नेपालमा चाडपर्व, उत्सव र जात्रा, चुनाव र आन्दोलनको बेलामा जनता बाहिर देखिन्छन् । पञ्चायत र वर्गीय सङ्गठनमा भाग लिने क्रान्तिकारी कार्यकर्ताहरूले त्यसबेला जनताको बिचमा जनताको सेवा गर्न पुगे । के यो नराम्रो कुरो थियो ? के यो लेनिनवादी तरिका थिएन ? तर, विदेशमा बसेर मनको लड्डु पकाउने ‘नेताहरू’ लाई के चासो ¤ विरोधीहरूको आरोप र गालीगलौजबाट हाम्रा कार्यकर्ताहरूले झन् उत्साहित भएर जनताको अगाडि कम्युनिस्ट सिद्धान्तलाई राख्ने मौका पाए । जनतासँग मिलेर जनताको समस्यालाई अगाडि राख्न सफल भए । विरोधी र हाम्रो बिचमा उदाहरण प्रस्तुत गरेर जनताको हृदयलाई जिते । यस्ता कामहरू विदेशमा बसेर ‘कार्यक्रम’ को मस्यौदा गर्नुभन्दा कम गा¥हो र महत्वपूर्ण छैन । चुनावको प्रचार
कार्य वास्तवमा वर्गसङ्घर्षको एक भाग हो, यसबाट भाग्ने होइन, यसमा जुझ्नुपर्छ ।
चुनावमा भाग लिनु एक विराम हो भन्नेहरूलाई मुखभरिको जवाफ दिँदै लेनिन भन्नुहुन्छ , “….. संसद्लाई उपयोग गर्ने ‘नयाँ’ तरिका पनि छ भन्ने कुरा तिनीहरूलाई थाहा छैन । तिनीहरू खालि त्यही ‘पुराना’ बोल्शेभिक किसिमलाई रोइ–कराई सराप्छन् र त्यसो भनिरहन तिनीहरू कहिले थाक्दैनन् ।….. यो तिनीहरूको मुख्य विराम हो । कम्युनिज्मलाई संसदीय क्षेत्रमा मात्रै होइन, बरू कामका सबै क्षेत्रमा सैद्धान्तिकरूपले यस्ता नयाँ कुराहरू पनि देखाई दिनुपर्छ (र धेरै दिनसम्म, नरोकिकन तथा कम्मर कसेर नलागिकन यस कुरालाई देखाउन सकिन्न), त्यसले दोस्रो अन्तर्राष्ट्रियको परम्परालाई पूरै त्यागेको होस् (र त्यसमा राम्रा राम्रा कुराहरूलाई भने कायमै राखेको र अगाडि बढाएको होस् ।)”
चुनावमा भाग नलिने सिद्धान्तका पछि लाग्नेहरू चुनाव बहिष्कार गर्दैमा पार्टी र मजदुर आन्दोलनभित्र पुँजीवादी प्रभावलाई हटाउन सकिन्छ भन्ने सोच्छन् । चुनावमा भाग नलिएपछि पार्टीमा संशोधनवादी विचार निर्मूल भएर जान्छन् भन्ने सोच्छन् । यसबारे लेनिन भन्नुहुन्छ, “वास्तविकता यो हो, कि तिनीहरू आफ्नै छायाँ देखेर भाग्दै छन्, गा¥हो फा¥होदेखि आँखा चिम्ली दिन्छन् र त्यसलाई तिनीहरू खस्रा शब्दहरूले नै पन्छाउन चाहन्छन् ।” के त तिनीहरूले इच्छा नगर्दैमा सबै खराबी आफै भाग्छन् त ? हो, पुँजीवादी चुनावमा अनेक जालझेल, घुस र भ्रष्टाचारको नङ्गा नाच सुरु हुन्छ । तर, त्यो पुँजीवादी जालझेल र स्वार्थ संसद् र पञ्चायतमा मात्रै होइन, जीवनको हरेक क्षेत्रमा बाँकी छ, यहाँसम्म कि पुँजीपतिवर्गको पार्टीभित्र पनि त्यसलाई घुसाउने छन् । यो कुरो पुँजीवादी शासनमा मात्रै होइन, समाजवादी शासनमा पनि बाँकी हुने गर्छ । यसकारण, लेनिन भन्नुहुन्छ,
“सोभियत शासन कायम भइसकेपछि पुँजीवादी–बुद्धिजीवीहरूको अझै ठुलो सङ्ख्या तिम्रो मजदुर पार्टी र हाम्रो मजदुर पार्टीमा धावा बोल्न आउने छन् । तिनीहरू सोभियतहरूमा घुस्ने छन्, अदालत र प्रशासनका अङ्गहरूमा घुस्ने छन् किनभने पुँजीवादले जो मानव वस्तुहरू बनाएको छ, त्यसको सहायताबिना कम्युनिज्मको निर्माण हुन सक्दैन र पुँजीवादी बुद्धिजीवीहरूलाई हामी निकाल्न सक्दैनौँ, खतम गर्न सक्दैनौँ, बरु हामीले हराउनुपर्छ, नयाँ साँचोमा ढाल्नुपर्छ, तिनीहरूलाई आफूमा मिलाउनुपर्ने छ र तिनीहरूलाई फेरि शिक्षित गर्नुपर्ने छ । ठीक त्यस्तै किसिमले हामीले मजदुरवर्गलाई पनि मजदुरवर्गको हुकुमको आधारमा एक लामो सङ्घर्ष चलाएर फेरि शिक्षा दिनुपर्ने छ ।”
१९२० तिर लेनिनले गर्नुभएको भविष्यवाणी आज ५० वर्षपछि रुसमा सही साबित भयो । रुसी पार्टीमा पुँजीवादीवर्ग घुसेर सोभियत सङ्घमा फेरि पुँजीवादी व्यवस्थालाई फर्कायो । यसकारण, लेनिनकै शिक्षाअनुसार माओ त्सेतुङको नेतृत्वमा चीनमा ‘फेरि शिक्षित गर्ने’ आन्दोलन चलाइयो । पुनः शिक्षाको आन्दोलन सर्वहारा सांस्कृतिक क्रान्तिकै एक हाँगा हो । यस्ता एक–दुई वटा आन्दोलन र क्रान्तिले मात्रै पुँजीवाद र पुँजीवादी विचारधारा खतम हुँदैन । पुँजीवाद र पुँजीवादी विचारधारालाई अन्तिमरूपले हराउन त्यस्ता धेरै धेरै आन्दोलन र क्रान्तिको आवश्यकता हुन्छ । अनेक हार–जीत र घात–प्रतिघातपछि नागबेली बाटो लिँदै अन्तमा सर्वहारा विचारधाराको जीत हुनेछ । त्यसको निम्ति धेरै लामो सङ्घर्षको आवश्यकता हुन्छ । त्यसकारण, चुनावमा भाग लिदैमा पुँजीवादी विचारधारा बढ्छ भनेर डराउने र चुनावमा भाग लिन नमान्ने उत्ताउला र फलाकावादीहरूलाई लेनिन खबरदारी गर्नुहुन्छ,
“मेरा प्यारा बहिष्कारवादी र संसद्विरोधीहरू हो ¤ तिमीहरू आफूलाई ‘सा¥है ठुला क्रान्तिकारी’ सम्झन्छौ, तर साँचोमा तिमीहरू मजदुर आन्दोलनभित्र पाइने पुँजीवादी प्रभावहरूसँग लड्नुभन्दा पनि सानो गा¥होफा¥होदेखि डरले थरथर काँपेका छौ र यो बिर्सन्छौ कि तिमीहरूको जीतपछि मतलब पुँजीपतिवर्गलाई पल्टाउने मजदुरवर्गद्वारा राज्यसत्ता कब्जा गरिसकेपछि ठीक यी नै गा¥होफा¥होहरू आजभन्दा अझ धेरै, सा¥है धेरै हुनेछन् । तिमीहरू केटाकेटीजस्तै आज एक सानो गा¥होफा¥होसित डराउँछौ र यो बुझ्दैनौ कि भोलि र पर्सि तिमीहरूलाई तिनै गा¥होफारोहरूमा काबु पाउन सिक्नुपर्ने छ र राम्रोसँग सिक्नुपर्ने छ र फरक यतिमात्रै हुनेछ कि त्यसबेला यी गा¥होफारो आजभन्दा झन् सा¥है बढ्ने छन् र तिमीहरू कुनै किसिमले पनि यी गा¥होफारोबाट जोगिन सक्ने छैनौ ।”
के लेनिनका यी चेतावनी नेपालका हाम्रा मपाईमार्के आधा काँचा आधा पाका नेताहरूलाई लागू हुन्न ? हाम्रा नेपाली बहिष्कारवादीहरूले के सोचेका थिए भने चर्का चर्का नाराहरू र सरापले नै पञ्चायती व्यवस्था वा सामन्तवाद तासको घरजस्तै ढल्नेछ । विदेशमा बसेर कल्पना गर्दैमा, आदेश र घोषणापत्र छाप्दैमा जनता उठ्ने छन् र क्रान्ति हुनेछन् भन्ने तिनीहरूले सोचेका थिए । तिनीहरूको विरामले तिनीहरू आफूमात्रै जनता र देशबाट एक्लिएनन्, बरू पार्टीलाई नै, केही अंश र अर्थमा जनताबाट अलग्याई दिए । चुनाव र अरू कानुनी र न–कानुनी सङ्घर्षहरूबाट पार्टीलाई अलग राख्नुको अर्थ, माओ त्सेतुङले भन्नुभएजस्तै, आँधीबेहरीसित जुझ्ने आँट नगर्नु हो । ऐनाको दराजभित्र हुर्केको बिरुवाले घामपानी, आँधीबेहरी, हिउँ र असिनाको प्रहारलाई सहन सक्दैनन् । यसकारण, हामीले पार्टी र कार्यकर्ताहरूलाई अनेक किसिमको आँधीबेहरीसँग जुझ्न सक्ने गर्नुपर्छ । हरेक प्रकारको अग्नि परीक्षाबाट खारिएको पार्टीले मात्रै जनताको सेवा गर्न सक्नेछ ।
हाम्रा फलाकावादी र उत्ताउला साथीहरूको विरामबाट हामीले सिक्नुपर्छ । जीवनको हरेक क्षेत्रमा गएर जनताको सैद्धान्तिक स्तरलाई उठाउनुपर्छ र सिद्धान्तलाई व्यवहारसँग मिलाउँदै अगाडि बढाउनुपर्छ । असफल भएका पुराना विचारलाई खण्डन र विरोध नगरी त्यसलाई धुजाधुजा र च्यातच्युत नपारी नयाँ विकास हुन्न । सबै प्रकारको सफलता र असफलताबाट सकारात्मक र नकारात्मक शिक्षा लिँदै वर्गसङ्घर्षलाई सशस्त्र सङ्घर्षमा पु¥याउनुपर्छ । सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त पारेर मात्रै हामीले जनताको साँचो प्रजातन्त्र ल्याउन सक्ने छौँ ।
साभार : नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन