२२ फागुन ,अर्जुन । खत्री फर्साटिकर
सामाजिक सदभाव ,खेलकुद तथा युवा एकता भन्ने मुल नाराका साथ रुपन्देहीको शुद्धोधन गाउपालिका वडा न: ४ फर्साटिकरमा फागुन २३ गतेबाट २६ गतेसम्म हुन लागेको दोस्रो एम. एल. पोख्रेली ढुङ्गा सप्लायर्स खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७६ को तयारी पूरा भएको छ। फर्साटिकरमा आज पत्रकार सम्मेलन आयोजना गरि आयोजकले जानकारी गराएको छ।
एम. एल पोख्रेली ढुङ्गा सप्लायर्स एण्ड बेतबास फर्निचर शुद्धोधन ४ फर्साटिकरको आयोजनामा हुने प्रतियोगितामा
विभिन्न जिल्लाबाट १६ देखि १८ सम्म टिम सहभागी हुने
कार्यक्रम संयोजक मेख क्षेत्रीले जानकारी दिनुभयो । रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ स्थित फर्साटिकर माविको खेल मैदान बर्मेलीटोल हुने खेलमा Nva र राष्ट्रियस्तरका खेलाडी खेल्न नपाइने र टिम दर्ता शुल्क रु २५००रहेको संयोजक क्षेत्रीले जानकारी दिनुभयो।
विगतको वर्षबाट सुरु गरेको खुल्ला पुरुष भलिबल प्रतियोगितामा आफ्नो मुनाफाको २५% शुद्धोधन अपांग संघलाइ सहयोग गरेको जानकारी गराउदै यो वर्षको मुनाफाको २५% छुट्याइ स्थानिय खेलाडिका तालिम सञ्चालन गरि अन्य सामाजिक कार्यक्रममा लगाइने एम. एल. पोख्रेली ढुङ्गा सप्लायर्सका सञ्चालक मिलन निउरेले जानकारी दिनभयो। खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको आयोजकले आगामी दिनमा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने बताएको छ।
। प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो टिमले क्रमशः ३३ हजार , २२ हजार र ११ हजारका साथमा मेडल तथा सम्मान पत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीलाइ विभिन्न विधा विभाजन गरि नगद सहित पुरस्कृत गरिने आयोजकले बताएको छ।