१४ माघ, कञ्चन
रुपन्देहीको कञ्चनमा माघ २२ गते देखि १० बर्ष देखि १४ बर्ष उमेर समूहका किशोरीहरुका लागि एचपीभी संक्रमणबाट हुने पाठघरको मुखको क्यान्सरको जोखिम विरुद्धको एच.पी.भि.खोप लगाउने अभियान शुरु हुने भएको छ। कञ्चन गाउापालिका स्तरीय खोप समन्वय समितिका पदाधिकाहरुका लागि संचालन गरिएको अभिमुखीकरण कार्यक्रममा एच.पी.भि. खोप अभियानबारे जानकारी गराइएको हो।
हरेक बर्ष २,१६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने अनुमान गरिएको र उक्त समस्यालाई न्ययुनिकरण गर्ने उद्धेशयका साथ नेपाल सरकारले स्वास्थ्य संस्थाहरु मार्फत नेपालका कक्षा ६ देखि १० कक्षामा अध्यनरत १० बर्ष देखि १४ बर्ष उमेर समूहका लागि एच.पी.भि.खोप लगाइने भएको हो । एच.पी.भि.खोप अभियान सम्बन्धी पालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारी, जनप्रतिनीधि, विद्यालयका प्रधानाध्यापक, पत्रकार तथा सञ्चारकर्मीहरुका लागि संचालन गरिएको अभिमुखीकरण कार्यक्रमको शुभारम्भ कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गर्नु भएको थियो।
खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ढकालले हरेक वर्ष १,३१३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र उक्त क्यान्सरबाट औसतमा प्रत्येक दिन ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने अनुमानित तथ्यांकलाई न्युनिकरण गर्ने उद्धेश्यका साथ नेपाल सरकारले संचलन गर्न लागेको राष्ट्रिय अभियानलाई कञ्चनका सबै पक्षहरुबाट सहयोग र सहकार्यका लागि आग्रह गर्नु भयो।
यस्तै उपाध्यक्ष मौसमी थापा मगरले महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने यो पहिलो मुख्य कारण रहेकोले एच.पी. भी. खोप सहायकसिद्ध सावित हुने विश्वास व्यक्त गर्नुभयो। उपाध्यक्ष थापा मगरले घरभित्रको काममा व्यस्त महिलाहरु आफ्नो स्वास्थ्यमा भन्दा परिवारको व्यबस्थापनमै रहेर नियमित स्वास्थ्य जाँच गर्नबाट बञ्चित रहेकै कारण धेरै महिलाहरुमा पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित हुन नपाइरहेको समयमा एच.पी.भी. खोप महिलाहरुका लागि महत्वपुर्ण हुने बताउनु भयो।
अभिमुखीकरण कार्यक्रमको सहजिकरण गर्दै कञ्चन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले हरेक वर्ष ५ लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र सन् २०३० सम्ममा ७ लखा सम्म पुग्ने अनुमान गरिएको बताउनु भयो। स्वास्थ्य शाखा प्रमुख गौतमले बताउनु भएको विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार हरेक वर्ष ३ लाख ११ हजार जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने र सन् २०३० सम्ममा ४ लाख पुग्ने पुग्ने अनुमान गरिएको छ।
एच.पी. भी. खोप अभियानमा कञ्चनका १९ सामुदायिक र संस्थागत गरी २९ विद्यालयका १० देखि १४ बर्ष उमेर समूहका करिब २ हजार ३ सय विद्यार्थीहरुलाई खोप लगाइने स्वास्थ्य शाखा प्रमुख गौतमले जानकारी दिनु भयो। कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले समेत एच.पी.भि. खोप अभियानलाई सफल बनाउन सबैको साथ र सहयोग प्राप्त हुने बताउनु भयो ।
कञ्चन गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा पालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारी, वडा अध्यक्ष, पालिकाका बिषयगत शाखाका शाखा प्रमुखहरु तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो। माघ २२ गते कञ्चन १ नं. वडाको लागि प्रगती नमुना माध्यमिक विद्यालय, २ नं. वडाको गजेडी माध्यमिक विद्यालय, ३ नं. वडाको हरैया माध्यमिक विद्यालय, ४ नं. वडाको रुद्रपुर माध्यमिक विद्यालय र वडा नं. ५ को बुद्धदीप ईङ्गलिस बोर्डिङ्ग स्कुलबाट अभियान शुरु हुने स्वास्थ्य शाखा प्रमुख गौतमले जानकारी दिनु भएकोछ।
के हो एचपीभी भाईरस ?
HPV (Human Papilloma Virus ) हरेक मानिसको शरीरमा हुनेगर्छ। यो भाईरसले मानिसलाई खासै केहि असर गर्दैन तर केही मानिसमा भने यसको असर देखिन सक्छ।
यसका असरहरुमा गुप्ताङ्ग वरिपरि घाउ , खटिरा आउने र पछि त्यहि बढेर क्यान्सर हुनसक्ने भनेर बैज्ञानिकहरुको रिसर्चले भन्छ। केहिलाई घाँटी तथा अन्य भागमा क्यान्सर हुनेजस्ता कुराहरु पनि रिसर्चमा उल्लेख छन् तर यहि भाईरसकै कारण मात्र क्यान्सर हुने हो भन्ने चाहिँ प्रमाणित कुरा हैन । ५० वर्ष माथिका महिलाहरुमा जचाउने हो भने यो भाईरस प्रत्येक ५ जनामा ४ जनामा हुने गर्छ भने उनीहरुकै रिसर्चले भनेको छ र यो भाईरस यति कमजोर छ कि यसलाई २ वर्षमा शरीर आफैंले एन्टीबडि तयार गरि शरीरबाट फ्याँकीदिन्छ भनेर पनि उनीहरुले नै गरेको रिसर्चले भन्छ। यो भाईरस २०० भन्दा धेरै प्रकारको रहेको छ तर लगाउन लागिएको भ्याक्सिनले भने २०० प्रजातिमध्ये केही प्रजातिबाट मात्र सुरक्षा दिनेगर्छ भनेर फेरि त्यही रिसर्चमा उल्लेख गरिएको छ ।
एच.पि.भि. भाईरस कसरि सर्छ ?
एच.पि.भि. भाईरस सर्ने सबैभन्दा सजिलो र सबैभन्दा साझा माध्यम भनेको शारीरिक सम्वन्ध नै हो। असुरक्षित यौन सम्वन्ध र कैयौं व्यक्तिसंगको शारीरिक सम्वन्धबाट यो भाईरस एक-अर्कामा सर्ने गर्छ।
यो भाईरस सबैको शरीरमा हुने कारण छालाबाट समेत यो भाईरस सर्नसक्ने भएपनि मुख्य कारण यौन संवन्ध नै हो । हरेक ब्यक्तिले यौन सम्पर्क गर्दा यो भाईरस एकको शरिरबाट अर्कोको शरिरमा सरेकै हुन्छ । यदि यस्ले क्यान्सर फैलिने दर त्यस्तो उच्च थियो भने हाल सबै मानिसमा क्यान्सर हुन्थ्यो किनकी यो भाईरस शारिरिक सम्पर्कमा आएका हरेक १० जना मध्ये ९ जनाको शरिरमा छ ।
खैर यो भाईरस जुनै माध्यमबाट सरेपनि यो भाईरसलाई शरिरले आफैं नियन्त्रण गर्न सक्षम छ। धेरै केसमा २ वर्ष भित्रमा शरीर आफैंले यस्को एन्टिबडि तयार गरि भाईरसलाई नियन्त्रणमा शरीर आफैंले राखेको हुन्छ र यो गर्न शरिरको इम्युन सिस्टम सक्षम छ । त्यसैले त हामिमध्ये केहिलाई छाडेर एचपिभी इन्फेक्सन भएको छैन आजसम्म ।
एच.पि.भि. विरुद्धको खोप भनेको के हो ?
एच.पि.भि. विरुद्धको खोप एच.पि.भि. भाईरससंग शरीर लड्न सकोस भनेर दिईने खोप हो। यो खोप ३ प्रकारका हुन्छन् जसमध्ये Cervarix ( १६,१८) , Gardasil (१६,१८,६,११) र Gardasil – 9 (१६,१८,६,११,३१,३३,४५,५२,५८) रहेका छन् । यी ३ थरि भ्याक्सिनले HPV का २०० बढी प्रजातिमध्ये यहाँ उल्लेख केही प्रकारहरुको एच.पि.भि. भाईरस विरुद्ध एन्टिबडी शरिरमा बनाउने काम गर्छ ।
एच.पि.भि. भ्याक्सिनले कसरी काम गर्छ ? एन्टिबडी कसरी बन्छ ?
एच.पि.भि. भ्याक्सिन शरिरमा लगाएपछी एच.पि.भी. भ्याक्सिनले मानव मस्तिस्कमा एच.पि.भि. संक्रमण भएको सिग्नल पठाउँछ । यो सिग्नल पाएपछी मानव शरिरले एच.पि.भि. विरुद्ध एन्टिबडी निर्माण गर्ने काम गर्छ । यहाँ सबै एन्टिबडी बनाउने काम शरिरले नै गर्ने हो । भ्याक्सिनले मानव मस्तिस्कमा एचपिभी संक्रमण भएको सिग्नल पठाउने मात्र हो ।