कृषि र उद्योगको समाजवादी रूपान्तरण
आन्दोलनकै सिलसिलामा कृषि सहकारीको बनोटमा तीन शैली अपनाइयो । पहिलोमा, खेत र कृषि औजार सामूहिकीकरण नगरी एकअर्कालाई खेतीपातीमा मात्र सघाउने सहयोगी दल बनाइयो । दोस्रोमा, खेत र कृषि औजार समूहमा ल्याई मिलेर काम गर्ने र आ–आफ्नो खेतको आकार अनि कामको मात्राअनुसार आम्दानी बाँड्ने अर्ध–समाजवादी शैली अपनाइयो । तेस्रोमा, खेत अनि उत्पादनका आधारभूत साधन जम्मा गरेको र कामको मात्राअनुसार आम्दानी बाँड्ने सहकारी अर्थतन्त्रको उच्चतम समाजवादी शैली अपनाइयो ।
सुरुमा १५ देखि २० घरधुरीका स–साना सहकारी बनाइयो । परिस्थिति परिपक्व भएपछि सहकारीमा ४० देखि १०० घरधुरीलाई समेटियो । सन् १९५५ भित्रमा आधाजति कृषि सहकारीमा निजी खेतीपातीलाई दोस्रो शैलीमा उकासियो । सन् १९५६ सम्ममा ८०.९ प्रतिशत घरधुरी कृषि सहकारीमा प्रवेश गरे । समाजवादी कृषि सहकारी दोस्रो चरणमा प्रवेश ग¥यो । सहकारी आन्दोलनको सिलसिलामा राज्यले ३० लाख टन खाद्यान्न र बीउबिजन ऋण दियो । गरिब किसानलाई २४ अर्ब ३० करोड ओन कृषि ऋण दियो । यसबाट सरकारले १६ लाख टनको अन्न र गहुँको कर साथै ऋणमा १ अर्ब ४० करोड ओन घाटा व्यहो¥यो । पुँजीवादी व्यवस्थामा नाफा नोक्सान र हिसाब–किताबमा बढी जोड दिइन्छ भने समाजवादी व्यवस्थामा जनताको सेवा र हितमा सरकार वा राज्यले घाटासमेत व्यहोर्न तयार रहन्छ ।
सहकारीको सङ्ख्या बढिरह्यो । परिणामस्वरूप, पुराना १३,३०९ कृषि सहकारीमा पछि ३,८४३ कृषि सहकारी जोडिए । प्रत्येक कृषि सहकारीमा सालाखाला ८० देखि ३०० किसान परिवार पुगे । एउटा सहकारीको खेत सालाखाला १३० देखि ५०० हेक्टर पुग्यो ।
गाउँले भेगमा तीनथरी कृषि सहकारी आन्दोलन चलाएजस्तै सहरी क्षेत्रमा पनि तीन शैलीमा निजी व्यापार र उद्योगलाई समाजवादमा ढाल्ने आन्दोलन चलाइयो । सहरी क्षेत्रका निजी शिल्पशाला, पुँजीवादी व्यापार र उद्योगलाई समाजवादी बाटोमा डो¥याउन सन् १९४५ मा नै प्रयास थालिएको थियो । यसको लागि एकातिर व्यापारी र उद्योगपतिलाई आर्थिक गतिविधि गर्न दिएर सकारात्मक पक्षको उपयोग गर्ने र नकारात्मक पक्षलाई निषेध एवम् नियन्त्रण गर्ने नीति लिइयो । अर्कोतिर, निजी कालिगडहरूको बलियो एकता र सहकारितामा जोड दिने नीति लिइयो । पुँजीवादी व्यापार र उद्योगलाई समाजवादी सङ्गठनमा रूपान्तरण गर्ने कार्य जटिल र गाह्रो थियो । किम इल सङले भन्नुभयो, “सङ्क्रमणकालीन अवधिमा पुँजीवादी व्यापार र उद्योगको सम्बन्धमा हाम्रो पार्टीको नीति तिनको सकारात्मक पक्षको सदुपयोग र नकारात्मक पक्षलाई नियन्त्रण गर्दै तिनलाई बिस्तारै समाजवादी अर्थ व्यवस्थामा रूपान्तरण गर्नु हो ।
सोहीअनुसार साझा स्वामित्वमा औजार नराख्ने र सामूहिकरूपमा मात्र काम गर्ने सहकारीको पहिलो शैली† साझा र निजी दुवै स्वामित्वमा औजार राख्ने र काम एवम् लगानीको आकार अनुसार आम्दानी वितरण गर्ने दुवै किसिमको वितरण प्रणाली रहेको दोस्रो अर्ध–समाजवादी शैली र उत्पादनका सबै साधन र पुँजी पूर्णरूपले साझा सम्पत्ति हुने एवम् समाजवादी वितरण गरिने तेस्रो पूर्ण समाजवादी शैली अपनाइयो । साथै, पहिलोलाई दोस्रोमा र दोस्रोलाई तेस्रो शैलीमा रूपान्तरण गर्दै लाने कार्यमा जोड दिइयो ।
कानसोन (Kangson) स्टिल कारखानाका मजदुरले ९० हजार टन इस्पातका छड उत्पादन गरे । पहिले कारखानाको उत्पादन क्षमता ६० हजार टनमात्र थियो । पछि १ लाख २० हजार टन उत्पादन भयो । किम चाएक फलाम कारखानाका मजदुरहरूले २ लाख ५० हजार टन कच्चा फलाम उत्पादन गर्ने लक्ष्य लिएकोमा २ लाख ७० हजार कच्चा फलाम उत्पादन गरे । कारखानाको उच्चतम उत्पादन क्षमता १ लाख ९० हजार टन थियो । हलुका कारखानाहरूले थप जनशक्ति र साधनविना नै ७ अर्ब ओन मूल्य बराबरका सामान उत्पादन गरे ।
समाजवादका लागि पञ्चवर्षीय योजना (सन् १९५७–१९६२)
सन् १९५३ देखि १९५६ सम्मको ३ वर्षे योजनाले समाजवादको जग हाल्न आवश्यक वातावरण बनायो । १९५८ अगस्तसम्ममा कृषि सहकारी आन्दोलन पूर्ण सफल भयो । यसै वर्ष ३७ लाख टन अन्न उत्पादन भयो । सन् १९६० मा अन्नको उत्पादन ३८ लाख ३० हजार टन पुग्यो । सन् १९५७ देखि १९६० बिच औद्योगिक जग बसालेर प्रजग कोरिया औद्योगिक–कृषि देशमा फेरियो ।
सन् १९५८ मा कोरियाली मजदुर पार्टीको पूर्ण बैठकमा किम इल सङले भन्नुभयो, ’१० लाख हेक्टर भूमिमा सिँचाइ फैलाउन हामीले सकेको सबै उपाय गर्नु छ । त्यही वर्ष एउटा सभामा उहाँले भन्नुभयो, “समाजवादी समाजको निर्माण गर्न उत्पादन सम्बन्धलाई समाजवादी दिशामा रूपान्तरण गरेर मात्र पुग्दैन । अर्थतन्त्रका सबै क्षेत्रलाई आधुनिक प्रविधिले सुसज्जित पार्न उत्पादन र समाजवादको भौतिक आधारलाई अझ बलियो बनाउनुपर्छ । समाजवादी उत्पादन सम्बन्ध विजयी भएपछि प्राविधिक पुनःनिर्माणको खाँचो बढेर जानेछ ।”
कियाङ कारखानामा मजदुरहरू पशुले तान्ने कृषि औजार निर्माण गर्थे भने तोकचोनका मजदुरले केही स्वचालित उपकरण निर्माण गर्दै थिए । पछि उनीहरूले ट्याक्टर र स्वचालित यन्त्र निर्माणमा ध्यान केन्द्रित गरे । यन्त्रका रूपरेखा र अन्य सुविधा उपलब्ध नहुनाले उनीहरूले आफै नक्साङ्कन गर्नुपथ्र्याे । उनीहरूले हरेक उपकरणको एक–एक भाग निकालेर राम्ररी नियाल्थे र पार्टपुर्जा जोड्थे । यसरी रूपरेखा तयार गर्दै उनीहरूले हरेक समस्याको गाँठो फुकाए । रातदिन कठोर मिहिनेत गर्दै जाँदा बिचबिचमा केही गल्ती र कमजोरी पनि भए । गल्ती सच्याउँदै उनीहरूले ३० दिनभित्र ट्याक्टर र ४० दिनभित्र स्वचालित यन्त्र उत्पादन गरिछोडे ।
रागवन (Ragwon) र प्योङसङ (Pyongson) यन्त्र कारखानाका मजदुरहरूले माटो खन्ने फाली, बुलडोजर, धातु काट्ने खराज (Lathe) जस्ता थरीथरीका आधुनिक मेसिन र उपकरण उत्पादन गरे । आवास निर्माणमा पनि ठुला र नयाँ–नयाँ विधि आए । प्योङयाङ बेग’ नामक विधिअनुसार १४ मिनेटमा घरको एउटा तला थप्न सकिने भयो । एउटा मेसिनबाट थुप्रै औजार उत्पादन गर्ने आन्दोलन सुरु भयो । यस आन्दोलनलाई अर्थतन्त्रका सबै शाखामा ‘सारा जनताको आन्दोलन’ को रूपमा उठाइयो । सन् १९५९ मा मात्र १३ हजार मेसिन उत्पादन गरियो । छोटो अवधिमै मेसिन उद्योगको जग बलियो भयो । जस्तोसुकै मेसिन निर्माण गर्न सकिने कुरामा मजदुरहरू विश्वस्त भए । हरेक सहर र काउन्टीमा कम्तीमा एउटा स्थानीय उद्योग स्थापना गर्ने विषयमा निकै जोड दिइयो । स्थानीय कच्चा पदार्थबाटै दैनिक उपभोग्य सामान उत्पादन गर्न ती उद्योगमा उपकरणलगायत सुविधा उपलब्ध गराइयो । हलुका उद्योगलाई केन्द्रले नियन्त्रण गर्दै साना र मध्यम खालका कारखानाको विकास गर्ने नीति लागु गरियो । हरेक काउन्टीमा ४–५ का दरले १ हजार स्थानीय उद्योग स्थापना भए ।
कृषि विकासको लागि सिँचाइ आयोजनामा विशेष जोड दिइयो । देशभरमा १० हजार सिँचाइ आयोजना सञ्चालन गरियो । अन्न फल्ने र नफल्ने गरी ३ सय ८० हजार हेक्टर भूमि सिँचाइ गर्ने ‘सिँचाइ आयोजनाहरू’ ६ महिनामै निर्माण गरियो ।
सन् १९५८ मै एसियामै पहिलोचोटि प्रजग कोरियामा माध्यमिक शिक्षा अनिवार्य गरियो । सन् १९५९ मा विद्यालयका सबै तहमा निःशुल्क र अनिवार्य शिक्षा लागु गरियो । पञ्चवर्षीय योजनाकै अवधिमा क्याम्पसको सङ्ख्या १९ बाट ७८ पुग्यो र विद्यार्थी सङ्ख्या २५ लाख ३० हजार पुग्यो । यो जनसङ्ख्याको एकचौथाइ थियो ।
सन् १९५६ र १९६० को बिचमा औद्योगिक उत्पादनको वृद्धिदर प्रतिवर्ष ३६.६ प्रतिशत थियो भने अन्न उत्पादनको दर ३२ प्रतिशत थियो । राष्ट्रिय आम्दानी २.१ गुणा बढ्यो । मजदुर तथा कर्मचारीको वास्तविक ज्याला २.१ प्रतिशत बढ्यो । गरिब किसानहरूको जीवनस्तर पहिलेका मध्यम किसानको दाँजोमा पुग्यो । खाद्यान्न, लत्ता कपडा र आवासको समस्या पूर्णरूपले हट्यो । पञ्चवर्षीय योजना ४ वर्षमै सम्पन्न भयो । त्यस योजनाले समाजवादी अर्थतन्त्रको बलियो जग हाल्यो । प्रजग कोरिया विकसित समाजवादी औद्योगिक–कृषि राज्यमा फेरियो ।
चौतर्फी समाजवादी निर्माण र पहिलो ७ वर्षे योजना
सन् १९६१ बाट चौतर्फी समाजवादी निर्माणलाई तीव्रता दिइयो । यसको लागि पहिलो सातवर्षे योजना (सन् १९६१–१९६८) अघि सारियो । यसबारे किम इल सङले भन्नुभयो, “समाजवादको पूर्ण विजयको लागि हामीले अझ धेरै काम गर्न बाँकी छ । समाजवादी आधारबाट उपलब्धि हासिल गरेपछि पनि राज्यले राजनीतिक, आर्थिक र सांस्कृतिक सबै क्षेत्रमा क्रान्तिलाई निरन्तरता दिनुपर्छ । सात वर्षीय योजनाको आधारभूत अभिभारा भन्नुको अर्थ विजयी समाजवादी व्यवस्थामा टेकेर व्यापक प्राविधिक पुनःनिर्माण एवम् सांस्कृतिक क्रान्तिलाई अघि बढाउनु र जनताको जीवनस्तरलाई कायापलट गर्नु हो । हामीले समाजवादी औद्योगीकरणलाई अघि बढाउनुपर्छ† अर्थतन्त्रका सबै शाखालाई आधुनिक प्रविधियुक्त पार्नुपर्छ र सारा जनताको भौतिक एवम् सांस्कृतिक स्तरलाई निर्णायकरूपले माथि उठाउनुपर्छ । यसरी, समाजवादको शिखर चुम्नुपर्छ ।”
यसबिच पार्टी, राज्य र आर्थिक सङ्गठनहरूको काम गर्ने शैलीमा नयाँ परिवेश र चुनौतीको सामना गर्नसक्ने गरी परिवर्तन ल्याउनुपर्ने भयो । १५ दिनसम्म चोङसान–रि (Chongsan–ri) र काङसो काउन्टी (Kangso County) गरी दक्षिण प्योङयाङका दुई क्षेत्रमा स्थलगत निरीक्षणमा जाँदा किम इल सङले जनसङ्गठनका समस्याबारे ठोस अध्ययन गर्नुभयो । उहाँले त्यस विषयमा पार्टी सदस्य, किसान, रि र काउन्टी सदस्यहरूसँग गम्भीर छलफल गर्नुभयो । उहाँले तल्ला समितिहरूमा पुगेर त्यहाँको यथार्थ वस्तुस्थिति एवम् मनस्थिति बुझेर पार्टी नीतिहरू अघि बढाउन सही उपायको खोजी गर्नुपर्ने निर्देशन दिनुभयो । यसलाई ‘चोङसान–रि भावना’ र ‘चोङसान–रि कार्यविधि’ भनियो । यसको अर्थ हुन्छ – माथिल्लो एकाइले तल्लो एकाइलाई सघाउनु; माथिल्लो तहका पदाधिकारीले मातहतका पदाधिकारी र कर्मचारीलाई सघाउनु† वास्तविक परिस्थिति बुझ्न र समस्या समाधानका उपाय पहिल्याउन तल्ला एकाइमा निरीक्षण गर्न जानु; उद्योग, कलकारखानाजस्ता उत्पादनका हरेक क्षेत्रका जनताबिच राजनीतिक गतिविधि गर्नु र होसियारीपूर्वक जनतामा उत्साह–उमङ्ग तथा नेतृत्व लिने भावना जगाउने कार्यलाई प्राथमिकता दिनु । यसबाट क्रान्तिकारी कार्य सुगठित बन्नुका साथै कार्यकर्ता र पदाधिकारीहरूको वैचारिक स्तर एवम् व्यावहारिक क्षमतामा उल्लेखनीय वृद्धि भयो ।
ताएन (Taen) विद्युतीय मेसिन कारखानाको निरीक्षणमा जाँदा किम इल सङले अर्थतन्त्र व्यवस्थापनको जाँचबुझ गर्नुभयो । सन् १९६१ नोभेम्बरमा सम्पन्न कोरियाली मजदुर पार्टीको पूर्ण बैठकको निर्णयअनुसार उहाँले आर्थिक मार्गनिर्देशन र व्यवस्थापनमा देखापरेका समस्याहरूको गाँठो फुकाउन निर्देशन दिनुभयो । पार्टी समितिको सामूहिक नेतृत्वभित्र उद्योग र कल–कारखानाको व्यवस्थापन गर्ने, प्राविधिक मार्गनिर्देशनलाई तीव्रता दिने उत्पादन–मार्गनिर्देशन प्रणाली, माथिल्ला एकाइले तल्ला एकाइलाई सामान उपलब्ध गराउने भौतिक आपूर्ति प्रणाली, मजदुरहरूका लागि नौलो आपूर्ति सेवा प्रणालीको विकास, निर्देशकले व्यवस्थापन गर्ने पुरानो एक–व्यक्ति प्रणालीको ठाउँमा हरेक आर्थिक एकाइमा पार्टी समितिको सामूहिक नेतृत्वले व्यवस्थापन गर्नेजस्ता विषयवस्तु थिए । यसबाट व्यक्ति विशेषको मनोगत र स्वेच्छाचारी व्यवस्थापनका साथै आर्थिक, प्राविधिक, प्रशासनिक एवम् व्यापारिक विधिबाट अर्थतन्त्रको व्यवस्थापन गर्ने म्याद नाघेको थोत्रो तौरतरिका उन्मूलन भयो । यसलाई ‘ताएन कार्यविधि’ भनियो । यस विधिलाई कृषि व्यवस्थापनमा पनि लागु गरियो ।
समाजवादी औद्योगिक राज्यमा रूपान्तरण
‘सबथोक भाइनालन (Vinalon) कारखानालाई’ भन्ने नाराका साथ विश्वविख्यात ‘भाइनालन कारखाना’ वर्षदिनमै निर्माण भयो । चुनढुङ्गाको धागोलाई भाइनालन भनिन्छ । मौलिक कोरियाली प्रविधि, घरेलु कच्चा पदार्थ र कोरियालीहरूको कठोर परिश्रमबाट चुनढुङ्गाको कपडा बन्न थाल्यो । त्यो कारखाना देखेर विश्व नै आश्चर्यचकित भयो । कारखाना निर्माणको बेग अद्भूत थियो । यस्तो तीव्रतालाई ‘भाइनालन बेग’ भनिन्छ ।
वार्षिक साढे २ लाख टन फलाम उत्पादन गर्ने क्षमता भएको ह्वाङ हाइ कारखाना ६ महिनाभित्रै निर्माण भयो । सन् १९६२ मा मात्र ५० लाख टन अन्न, २५ करोड मिटर कपडा, ८ लाख टन समुद्री (Marine) पैदावार, २ लाख परिवारलाई आवासगृह, १२ लाख टन इस्पात र १ करोड ५० लाख टन कोइला उत्पादन भयो । अमेरिकी साम्राज्यवादसँग कुनै पनि बेला युद्ध लड्नुपर्ने हुनाले सन् १९६३ मा प्रतिरक्षामा विशेष ध्यान दिनुपर्यो । यसले गर्दा अन्य विकास अलि सुस्तायो । सन् १९६४ पछि समाजवादी विकास फेरि तीव्र भयो । सन् १९६६ तिर फेरि संरा अमेरिकासँग युद्धको बादल मडारियो । त्यसकारण, सन् १९६६ अक्टोबरमा बसेको कोरियाली मजदुर पार्टीको ऐतिहासिक बैठकले सातवर्षे योजनामा अर्को ३ वर्ष थप्ने निधो ग¥यो । प्रतिरक्षा क्षमता दर्बिलो बनाउन पार्टी, नेता, सेना र सारा जनता तन–मनले लागे ।
सप्तवर्षीय योजनाको बेला ठुल्ठुला जलविद्युत् र तापविद्युत् पूर्वाधार निर्माण गरियो । त्यसपछि साना–ठुला उद्योग र कलकारखाना जलविद्युत्मा मात्र भरपर्नुपर्ने आवश्यकता रहेन । सन् १९७० मा भारी उद्योगले साढे १६ अर्ब किलोवाट बिजुली, २ करोड ७५ लाख टन कोइला, २२ लाख टन इस्पात, १५ लाख टन रासायनिक मल र ४० लाख टन सिमेन्ट उत्पादन गरे । यसबिच थुप्रै हलुका कारखाना खुले । यसमा वार्षिक ४० करोड मिटर गुणस्तरीय कपडा उत्पादन गर्ने उद्योग, खाद्यान्न उद्योग, दैनिक उपभोग्य सामान उत्पादन गर्ने उद्योग थिए । प्रतिव्यक्ति उत्पादन १ हजार १८४ किलोवाट बिजुली, १ हजार ९७५ किलोग्राम कोइला, १५८ किलो इस्पात, १०८ किलो रासायनिक मल र २८७ किलो सिमेन्ट पुग्यो ।
ग्रामीण इलाकामा पनि विद्युतीकरण गर्नाले हरेक गाउँबस्तीमा बिजुली–बत्ती पुग्यो । गाउँमा बिजुलीको खपत १ अर्ब किलोवाट पुग्यो । बिजुलीबाट चल्ने ८५० किलोमिटर रेलमार्ग निर्माण भयो । कुखुरापालन उद्योगले वार्षिक ७० करोडभन्दा बढी अन्डा र प्रशस्त मासु उत्पादन गर्न सके ।
मुक्तिभन्दा पहिले कोरिया अति पिछडिएको देश थियो । १५– १६ वर्षको छोटो अवधिमै कोरिया उद्योग र कृषिमा विकसित मुलुकको दाँजोमा पुग्यो । विकसित पश्चिमा देशहरूले सयौँ वर्ष लगाएर गरेको विकास समाजवादी कोरियाले १५–१६ वर्षमै गरेर देखायो । सप्तवर्षीय योजना सफलतापूर्वक सम्पन्न भएपछि समाजवादी औद्योगीकरणको ऐतिहासिक कार्य पूरा भयो । प्रजग कोरिया समाजवादी औद्योगिक राज्यमा रूपान्तरण भयो ।
६ वर्षे योजना (१९७१–७६) मा ‘करमुक्त देश’
सन् १९७० नोभेम्बरमा कोरियाली मजदुर पार्टीको पाँचौँ महाधिवेशन सम्पन्न भयो । महाधिवेशनले सन् १९७१ देखि १९७६ सम्मको लागि ६ वर्षे योजना पारित ग¥यो । त्यस योजनाका प्रमुख तीन लक्ष्य थिए । पहिलो, भारी र हलुका परिश्रमबिचको भेद कम गर्ने† दोस्रो, कृषिजन्य र औद्योगिक कार्यबिचको भेद घटाउने† तेस्रो, महिलाहरूलाई घरधन्दाको बोझबाट मुक्त गर्ने । ६ वर्षमा यी लक्ष्य हासिल पनि गरियो ।
६ वर्षे योजनाको अवधिभरि औद्योगिक उत्पादनको वृद्धिदर सालाखाला १६.३ प्रतिशत रह्यो । कुल औद्योगिक उत्पादन सन् १९७० को तुलनामा सन् १९७६ मा २.५ गुणा बढ्यो । अन्य क्षेत्रमा पनि वृद्धिदर सालाखाला २ गुणा बढ्यो । अर्थतन्त्रका सबै क्षेत्रको आर्थिक जग अझ सबल बनाइयो । श्रमिक जनताको अवस्थामा निकै ठुलो प्रगति भयो । सन् १९७४ मार्च २१ मा प्रजग कोरियालाई ‘करमुक्त देश’ घोषणा गरियो । आयकरलगायत सबै किसिमको करप्रथा उन्मूलन भयो । आफ्ना नागरिकसँग कुनै पनि कर नलिने संसारको एक मात्र देश प्रजग कोरिया बन्यो । मानव इतिहासमै नभएको नौलो कार्य गरेर प्रजग कोरियाले विश्वभरिका जनताको प्रशंसा बटुल्यो ।
दोस्रो ७ वर्षे योजना (सन् १९७८–१९८४)
अर्थतन्त्रको जुछेमुखी आधुनिकीकरण र वैज्ञानिकीकरणलाई अघि बढाई समाजवादको आर्थिक जग अझ सुदृढ बनाउने र जनताको जीवनस्तरलाई निकै माथि उठाउनु दोस्रो ७ वर्षे योजनाको मूल लक्ष्य थियो । यी ७ वर्षमा ५६ देखि ६० अर्ब किलोवाट बिजुली, ७–८ करोड टन कोइला, ७४–८० लाख टन सिमेन्ट, ३५ लाख टन समुद्री पैदावार, वार्षिक १ करोड टन अन्न उत्पादन गर्ने योजना थियो । १ लाख हेक्टर समुद्री तटको जग्गालाई माटोले पुरी सम्याएर खेतीयोग्य भूमिमा फेर्ने र राष्ट्रिय अर्थतन्त्रका सबै शाखाको उत्पादन पहिलेभन्दा २ गुणा बढाउने योजना थियो । कोरियाली जनताले त्यो भीमकाय लक्ष्य पनि पूरा गरिछोडे । समाजवादको यात्रामा पूर्ण विजय प्राप्त गर्ने सङ्घर्षमा त्यो एउटा युगान्तकारी घटना थियो । कोरियाका सारा जनताले राजनीतिक, आर्थिक, सांस्कृतिक एवम् अन्य क्षेत्रमा अझ सुखद र गौरवान्वित जीवन प्राप्त गरे ।
सन् १९८५ र १९८६ मा समाजवाद निर्माणमा उल्लेख्य प्रगति भयो । कोरियाली प्रविधि, नमुना, साधन र लगानीबाटै विशाल समुद्री बाँध निर्माण गर्न एउटा आयोग बनाइयो । निर्माण भइसकेको त्यो पश्चिम समुद्री बाँध ८ किलोमिटर लामो छ । यसले पश्चिमी समुद्रका ठुलठुला र डरलाग्दा समुद्री छाललाई रोक्ने काम गर्छ । यसमा ५० हजार, २० हजार र २ हजार टनका जहाज आवतजावत गर्नसक्ने तीनवटा जलमार्ग छन् । यसमाथि ८ किलोमिटर लामो पुल छ ।
तेस्रो ७ वर्षे योजना (सन् १९८७–१९९३)
तेस्रो ७ वर्षे योजनामा पनि ठुलो लक्ष्य राखियो । १ खर्ब किलोवाट बिजुली, १२ करोड टन कोइला, १ करोड टन इस्पात, १७ लाख टनभन्दा बढी फलामरहित इस्पात, २ करोड २ लाख टन सिमेन्ट, साढे १ करोड टन अन्न, १ करोड १० लाख समुद्री पैदावार, ७२ लाख टन रासायनिक मल, साढे १ अर्ब मिटर कपडा उत्पादन गर्ने लक्ष्य राखियो । ३ लाख हेक्टर समुद्री किनार सम्याएर खेतीयोग्य भूमि बनाउनु यस योजनाको अर्को ठुलो लक्ष्य थियो ।
मजदुर र किसानबिचको भेद हटाएर, कृषिलाई पूर्णरूपले यान्त्रीकरण, विद्युतीकरण र उर्वरीकरण गरेर; गाउँ र सहरको भेदलाई अझै झारेर, सहकारी स्वामित्वलाई जनताको पूर्ण समाजवादी स्वामित्वमा रूपान्तरण गरेर, वर्गविहीन समाजमा पुँजीवादी विचारधारा पालेका व्यक्तिलाई प्रशिक्षित गर्दै वैचारिक वर्गसङ्घर्षलाई तीव्रता दिएर समाजवादको उच्च तहमा प्रवेश गर्ने योजना थियो । तेस्रो ७ वर्षे योजना पनि बेलैमा पूरा भयो । यसरी शोषण र वर्गविहीन समाज साम्यवादतर्फ जाने बाटो खुल्यो ।
त्यसपछि पनि प्रजग कोरिया अविराम प्रगतिपथमा लम्किरह्यो । एकपछि अर्को आवधिक योजना पूरा गर्दै ऊ अन्तरिक्ष युग हुँदै आणविक युगमा प्रवेश ग¥यो । आज प्रजग कोरिया निकै शक्तिशाली र समृद्ध समाजवादी देशमा रूपान्तरण भयो ।
समाप्त
साभार : आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास