एसियाको उत्तर–पूर्वमा अवस्थित जापान होकाइडो, होन्सु, कोबे र क्युशुजस्ता ठुलठुला टापु मिलेर बनेको देश हो । यसको क्षेत्रफल ३ लाख ७७ हजार ८३५ वर्ग किलोमिटर छ भने सन् २०२४ मा जनसङ्ख्या १२ करोड २६ लाख ४३२ छ । जापानको पश्चिम तथा उत्तर–पश्चिममा रूस, कोरिया प्रायःद्वीप र चीन छन् भने पूर्वमा प्रशान्त महासागर र दक्षिणमा फिलिपिन्स टापु एवम् १० हजार टापुको देश इन्डोनेसिया छ ।
प्रकृतिले जापान पहाडी देश हो । यो टापुहरूको किनारको भूमि समतल र उर्वर भूमि मानिन्छ ।
सन् १८५३ मा संरा अमेरिकाले जापानमाथि तोपडुङ्गा नीति (Gunboat Diplomacy) अनुसार आक्रमण ग¥यो । (यो नीतिअन्तर्गत युद्धपोत अथवा बल देखाएर आफ्नो निर्णय थोपरिन्थ्यो ।) यसरी अमेरिकाको नेतृत्वमा पश्चिमी साम्राज्यवादी देशहरू मिलेर व्यापारको निम्ति जापानलाई ढोका खोल्न बाध्य पारे । यसपछि जापानमा अमेरिकी तथा पश्चिमी देशहरूको प्रभाव बढ्दै गयो ।
सन् १८६७–१८६८ देखि नै जापान सामन्ती समाजबाट पुँजीवादी समाजमा सङ्क्रमण गर्दै थियो । किसानहरूमाथि जमिनदार र सामन्तहरूको चर्को शोषण थियो भने मजदुरहरूको पुँजीवादी शोषणले गर्दा जनताको जीवनस्तर कहालिलाग्दो थियो । जमिनदारहरूले गरिब देशवासीलाई शोषण गर्थे भने सामन्ती खानदानी र पुँजीपतिवर्गले छिमेकी देशहरूमाथि साम्राज्यवादी नीति लिन्थे ।
जापानले सन् १८९५–१८९६ मा चीनमाथि र सन् १९०४ मा रुसमाथि आक्रमण ग¥यो । त्यसपछि चीनको ताइवान र कोरिया प्रायःद्वीप कब्जा गर्यो । कब्जा गरेका ठाउँहरूमा उसले जापानी भाषा बोल्न र सिक्न बाध्य पा¥यो । व्यक्तिका नामसमेत जापानी भाषामा राख्न बाध्य पार्यो ।
पुँजीपतिवर्गको बढ्दै गएको उद्योग र व्यापारले सामन्ती निरङ्कुशताको ठाउँमा सन् १८८९ सालमा संविधानमा संशोधन भयो र राज्य यन्त्रमा पुँजीपतिवर्गको आर्थिक प्रभुत्व बढ्दै गयो । सोही अनुसार संविधानमा निरङ्कुश राजतन्त्र र सम्राटको प्रधानताको ठाउँमा पुँजीपतिवर्ग वा संसद्को प्रधानता स्थापित भयो।
देशको उद्योगधन्दा, बैङ्क, कोइला खानी, कल–कारखाना अन्य व्यवसायहरूमा जापानमा दुई ठुला पुँजीपति कम्पनी (परिवार) को आर्थिक प्रभुत्व थियो । तीमध्ये एक थियो मित्सुइ (Mitsui) र अर्को मित्सुबिसी (Mitsubisi) । तिनीहरूको पुँजी औद्योगिक विकास, रेलमार्ग निर्माण र हतियार उद्योगमा लगाएर सरकारले दुवैलाई सहयोग गथ्र्याे ।
सानो देश भए पनि जापानीहरू कृषि उत्पादनमा गम्भीर थिए र आत्मनिर्भरतामा जोड दिन्थे ।
भनिन्छ, ५० वर्षमा जापानले आफूलाई पश्चिमेली पुँजीवादको रूपमा अगाडि बढायो । इस्पात, फलामबाहेकका धातु, भारी विद्युतीय औजारहरू, निर्माण र खानीसम्बन्धी औजार, मोटर (वाहन) र त्यसका पार्टपुर्जा, यातायात र सञ्चार तथा विद्युतीय सामान, औजार, यन्त्र एवम् तिनका ज्यावलहरू, स्वचालित उत्पादन प्रणाली, रेलका बाटा र त्यसको निम्ति आवश्यक सामान, जहाज, रासायनिक उद्योग र कपडा कारखाना, तयारी खाद्य सामग्री आदि जापानका मुख्य उत्पादन थिए । ठुलो मात्रामा ती सामानको उत्पादनले उत्पादन मूल्य घट्यो र विदेशमा निर्यात गर्न सजिलो भयो अथवा जापान अन्य देशसँग प्रतिस्पर्धामा जान सक्यो ।
मुख्य–मुख्य धातु उद्योगको निम्ति फलाम र कोइला एवम् तेललगायत कच्चा सामान जापानले आफ्ना उपनिवेशहरूबाट लान्थ्यो ।
संविधान संशोधन र संवैधानिक राजतन्त्र
सन् १८८९ मा जापानले सम्राटको निरङ्कुशतामा अङ्कुश लगाए पनि सम्राटको परिवारले नै जापानमा राज्य गर्ने संविधानमा उल्लेख गरियो ।
जापानको संसद् दुई सदनको बनाइयो । तल्लो सदन जनताद्वारा निर्वाचितहरूको प्रतिनिधिसभा थियो भने बेलायतमा जस्तै माथिल्लो सदनमा भाइ–भारदार, राजा–रजौटा र सम्राटले मनोनीत गरेका व्यक्ति रहन्थे । सम्राटले नै राज्य प्रशासनका सबै अङ्गका निजामती र सैनिक अफिसरहरूलाई मनोनीत र बर्खास्त गर्थे । सम्राटले तिनीहरूको तलब र भत्ता तोक्थे । सम्राट नै थलसेना र जलसेनाका सर्वोच्च नायक थिए । युद्धको घोषणा तथा शान्ति सन्धिहरूमा अन्तिम निर्णय गर्ने अधिकार सम्राटसँग थियो ।
राज्यका सम्पूर्ण मन्त्रीको सल्लाहमा काम गरे पनि त्यसको जिम्मेवारी सम्राटले लिनुपर्ने बन्दोबस्त थियो । यद्यपि, दस्ताबेजमा मन्त्रीहरूकै हस्ताक्षर हुन्थ्यो ।
जापानी विस्तारवाद
दुर्गम, आपसी बेमेल र लडाइँका कारण कमजोर हुनाले विशाल चीनमाथि ऊभन्दा सानो देश जापानले हमला गर्यो । जापानले चीनको उत्तरी भाग मन्चुरिया कब्जा ग¥यो† कोरियामाथि आँखा गाड्दै त्यसलाई उपनिवेश बनायो र उत्तरमा रूसको सुदूर–पूर्वी भू–भाग सखालिन टापुहरू कब्जा गर्यो ।
रूसमाथि हमला गर्दा जापानले रूसी राजा जारले थाहै नपाउने गरी गुप्तचरहरूलाई व्यापारी, नाउ, धोबी, काम नलाग्ने भाँडाकुँडा बटुल्नेहरू, तरकारी र फलफूल बेच्ने खुद्रा व्यापारी, चिच्याउँदै सामान बेच्ने बनियाँको भेषमा पूर्वी रूसमा पठाएको थियो । यसरी उसले भित्रभित्र सैनिक गतिविधि गथ्र्याे । सन् १९०४ मा जापानले रूसी जलसेनाको बन्दरगाह पोर्ट आर्थरमा हमला गर्यो ।
सन् १८९५–१९३० जापानको साम्राज्य विस्तारको अवधि थियो । सन् १९१४ देखि १९१८ सम्म चलेको पहिलो विश्वयुद्ध जापानको निम्ति द्रुत विकास गर्ने मौका बन्यो । सन् १८८५ मा जापानको विदेश व्यापार ६ करोड ६५ लाख येन बराबर थियो भने सन् १९१८ सम्ममा ४ अर्ब येन पुग्यो । सन् १९२९ मा जापान कपडा उद्योग र जहाज निर्माणमा अमेरिका र बेलायतपछिको दक्ष देश बन्न सफल भयो ।
आजको जापान
सन् २०१७ को तथ्याङ्कअनुसार जापानको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान १.१ प्रतिशतमात्र छ । जापानको १२ प्रतिशत भूमिमात्रै कृषियोग्य छ । तर, ग¥हा–ग¥हामा समेत व्यवस्थित खेती गर्दा संसारको सबभन्दा उर्वर बाली उत्पादन भयो र जापान कृषिमा झन्डै ५ प्रतिशत आत्मनिर्भर बन्यो । खेतीपातीमा सरकारको अधिकतम सहयोग र संरक्षणले अरू देशको ठुलो आकारको विस्तृत खेतीभन्दा जापानको सानो आकारको खेतीको शैली उदाहरणीय बन्यो । धान र गहुँ नै जापानको मुख्य खाद्यवस्तु हो । धान र गहुँजस्ता खाद्यान्नसँगै जापानले आधाजति मासु युरोपबाट आयात गर्छ । युरोपेली सङ्घमा जापान कृषि निर्यात गर्ने पाँचौँ देशमा पर्छ ।
समुद्री र नदीको माछा उत्पादनमा जापान संसारको सबभन्दा बढी माछा समात्ने देशमा गनिन्छ† संसारको १५ प्रतिशत माछा मार्ने देशमा गनिन्छ । माछा उद्योग जापानको तेस्रो ठुलो उद्योग हो ।
जापान विविध औद्योगिक उत्पादनमा संसारको तेस्रो स्थानमा आउँथ्यो र कुल गार्हस्थ उत्पादनमा विश्वको ३ प्रतिशत ओगट्थ्यो ।
जापान प्राविधिक विकासमा संरा अमेरिका, दक्षिण कोरिया र चीनसँग प्रतिस्पर्धामा रहेको बताइन्छ भने इलेक्ट्रोनिक, स्वचालित यान्त्रीकरण र अन्य उपभोक्ता उत्पादनमा पनि विश्वस्तरमा थियो । टोयोटा, निशान, होन्डा, सुजुकीजस्ता मोटरकारको उत्पादनमा जापान सन् २०२१ सम्म संसारको सबभन्दा ठुलो निर्यातकर्ता देश थियो ।
खनिज उत्पादनका दृष्टिले सन् २०१९ सम्म जापान आयोडिनमा संसारको दोस्रो ठुलो, विस्मुथ धातुमा चौथो ठुलो उत्पादक, गन्धक (Sulphur) मा ९ औँ ठुलो उत्पादक र जिप्सम नामक नरम धातुमा संसारको १० औँ ठुलो उत्पादक थियो ।
हवाई सेवामा सन् २०१० मा संसारका १० अब्बल देशमा जापान एक थियो । सन् २०१२–२०१३ मा पर्यटक सङ्ख्या १ करोड १२ लाख भन्दा बढी थियो र ठुला ७ औद्योगिक देश (G7) मा संरा अमेरिकापछि दोस्रो थियो । सन् २००८ मा जापानको श्रमशक्ति ६ करोड ६० लाखमा महिला श्रमशक्ति ४० प्रतिशत थियो र पछि घट्दै गयो । जापान संसारमा सबभन्दा कम कर लागु गर्ने देशमध्ये पर्छ ।
केही वर्ष अगाडिसम्म अर्थतन्त्रका हिसाबले जापान संरा अमेरिकापछि दोस्रो शक्तिशाली देश थियो भने अहिले त्यो ठाउँ जर्मनीले लियो । आज भारत दोस्रो शक्तिशाली राज्य बन्न सङ्घर्षरत छ ।
सन् २०२४ मा जापानको स्थिति
जनसङ्ख्या– १२ करोड २६ लाख ३१ हजार ४३२
कुल गार्हस्थ उत्पादन – ६७ खर्ब अमेरिकी डलर
कुल गार्हस्थ उत्पादनमा – चौथो स्थानमा (PPP)
प्रतिव्यक्ति आम्दानी – ३३ हजार १३८ डलर (Nominal)
प्रतिव्यक्ति आम्दानीको स्तर (च्बलप) – ३४ औँ (Nominal)
३४ औँ (PPP)
कुल गार्हस्थ उत्पादन (क्षेत्रगत)
कृषि– १.१ प्रतिशत, उद्योग – ३०.१ प्रतिशत, सेवा – ६८.७ प्रतिशत
निर्यात सामान र सेवा – १७ प्रतिशत (सन् २०१७ को अनुमान)
आयात सामान र सेवा – १६.८ प्रतिशत (सन् २०१७ को अनुमान)
पेसागत श्रम शक्ति
कृषि– ३ प्रतिशत, उद्योग – २५ प्रतिशत, सेवा – ७२ प्रतिशत
बेरोजगार (१५–२४ उमेरमा) १८ लाख (सन् २०२३)
मुख्य उद्योगहरू
उच्च प्राविधिक, मोटर वाहन, इलेक्ट्रोनिक, यान्त्रिक ज्यावल, इस्पात, गैर लोह धातु, जहाज, रसायन, कपडा, प्रशोधित खाद्यवस्तु
निर्यातहरू
यातायातका औजारहरू (साधन) – २१.० प्रतिशत
मेसिनरी (यान्त्रिक सामान) – १९.९ प्रतिशत
विद्युतीय यान्त्रिक सामान – १८.७ प्रतिशत
रासायनिक सामग्री – १२.४ प्रतिशत
तयारी सामानहरू – १०.४ प्रतिशत
कच्चा माल – १.७ प्रतिशत
खाद्यान्न – १.३ प्रतिशत
खनिज ऊर्जा – ०.८ प्रतिशत
अन्य – १३.८ प्रतिशत
आयात सामान
विद्युतीय मेसिनरी – १७.६ प्रतिशत
खनिज ऊर्जा – १६.६ प्रतिशत
मेसिनरी – १०.५ प्रतिशत
खाद्यान्न – ९.९ प्रतिशत
रासायनिक सामग्री – ९.९ प्रतिशत
तयारी सामान – ९.३ प्रतिशत
कच्चा पदार्थ – ६.९ प्रतिशत
यातायातका औजार – ५.० प्रतिशत
अन्य – १४.४ प्रतिशत
जापानले सामान निर्यात गर्ने मुख्य देश
चीन (हङकङ) र संरा अमेरिका – २० प्रतिशत,
आसियान मुलुक – १४.६ प्रतिशत,
युरोपेली सङ्घका साझेदार – १०.३ प्रतिशत,
दक्षिण कोरिया – ६.५ प्रतिशत र ताइवान – ५.९ प्रतिशत,
अस्ट्रेलिया – २.३ प्रतिशत र भारत – २.२ प्रतिशत (सन् २०२३)
जापानले सामान आयात गर्ने मुख्य देशहरू
चीन – २३.३ प्रतिशत, हङकङ – २ प्रतिशत, आसियान – १५.४ प्रतिशत,
संरा अमेरिका – १०.५ प्रतिशत, युरोपेली सङ्घ – १०.२ प्रतिशत,
अस्ट्रेलिया – ८.३ प्रतिशत, संयुक्त अरब इमिरेट्स – ४.७ प्रतिशत,
ताइवान – ४.५ प्रतिशत, साउदी अरब – ४.४ प्रतिशत,
दक्षिण कोरिया – ४.० प्रतिशत (सन् २०२३) ।
साभार : आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास