रुषा थापा
हामी आम नागरिक दिनभर काम गछौं । कमाएको पैसाले बिहान–बेलुकाको छाक टाछौं । तर, अहिले मानिसलाई पैसा भएपनि र नभएपनि तनाव नै छ । पैसा नहुनेलाई जीविकोपार्जन कसरी गर्ने ? कसरी गुजारा चलाउने ? भन्ने पेन्सन छ त पैसा हुनेलाई कहाँ राख्ने भनेर तनाव छ । घरमा पैसा राखौं भने ज्यानै असुरक्षित र बैंक, वित्तिय संस्थामा राख्दा खाताबाटै चोरी हुने डर ।
पछिल्लो समय बैंकको खाताबाटै बचतकर्ताको रकम गायब वा चोरी भएको घटना बाहिरिएका छन् । अहिले आम सर्वसाधारण भन्छन्, ‘बैंकमा पैसा राख्नु जोखिम मोल्नु बराबर भयो ।’ बैंककै कर्मचारीले बचतकर्ताको खाताबाट रकम चोरी गरेको तथ्य फेला परेको छ । अनि यस्तो अवस्थामा कसरी जनताले बैंकमाथि विश्वास गरेर पैसा जम्मा गर्ने ?
बैंक, वित्तिय संस्थामाथि सर्वसाधारणको विश्वास घट्टै गएको छ । यस्तो हुनुमा पनि यीनै दोषी छन् । सहकारीका कारण करोडौं बचतकर्ताको बिल्लीबाँठ भयो । बचतकर्ताहरु घर न घाटका बनेका छन् । सहकारीले एकै बचतकर्ताको लाखदेखि करोडौं रकम खाइदिएको छ । विश्वासमा परेर सहकारीमा पैसा राखेका ती सर्वसाधारण आज मर्नु कि बँच्नु अवस्थामा पुगेका छन् ।
पाँच वर्षअघि बैंक, सहकारी, लघुवित्त, फाइनान्समा पैसा राखेका सर्वसाधारण आफ्नो पैसा सुरक्षित छ भनेर निर्धक्क निदाउँन्थे । तर, अहिले बैंकमा पैसा राखेका जनता रातभर निदाउँदैनन् । बैंकका सञ्चालक, कर्मचारीहरुले आफ्नो पैसा त चोरेनन् भन्ने पीरले उनीहरुलाई निन्द्रा नै लाग्दैन ।
यता, सहकारी, लघुवित्त, फाइनान्समा बचत गरेका सर्वसाधारणको त पैसा डुबिसक्यो । किनकि सञ्चालक, अध्यक्ष र कर्मचारीहरु भागिसके । त्यसैले, उनीहरुलाई पनि आफ्नो जीवनभरको कमाइ डुबेपश्चात् रातभर निन्द्रा लाग्दैन । केही वर्षअघि काठमाडौंको चावहिलस्थित सरस्वतीनगरमा दिउँसै एक महिलाको हत्या भयो ।
उनको हत्या एउटा सुनको सिक्कीको लागि भएको प्रहरी अनुसन्धानको क्रममा भेटिएको थियो । यो त एउटा उदाहरण मात्रै हो । यस्ता थुप्रै घटना छन् । जसमा कमजोर आर्थिक अवस्था भएपछि मानिसहरुले पैसा वा सुनकै लागि अरुको हत्या गर्छन् । त्यसैले, अहिले घरमा पैसा राख्नु पनि जोखिमपूर्ण बन्दै गएको छ ।
फेरि बैंक, वित्तिय संस्थामा पैसा राख्नु पनि त्यत्तिकै जोखिम बनेको छ । दशकअघि बैंक, वित्तिय संस्थाको स्थापना भएको थिएन । जसका कारण मानिसहरु घरमै पैसा राख्थे । तर, अहिले जस्तो दराजमा राखिँदैन्थ्यो । त्यतिखेर माटोको ग्रागीमा पैसा राखेर खाल्टो खनेर गाडिन्थ्यो । कतिपयले त घरको छानोमा समेत कसैले थाहा नपाउने गरी पैसा राख्थे ।
बैंक, वित्तिय संस्थाको स्थापनासँगै सर्वसाधारणले घरमा पैसा राख्न छोडे । एक–दुई पैसा भएपनि ब्याज आउँछ र सुरक्षित पनि हुन्छ भनेर आम नागरिकले बैंक, वित्तिय संस्थामा आफुसँग भएको रकम जम्मा गरे । तर, आज उनीहरुले आफ्नो पैसा नै गुमाएका छन् । ब्याजको प्रलोभनमा पर्दा र पैसा सुरक्षित हुने आशमा बैंक, वित्तिय संस्थामा राख्दा साँबा नै गुमाउनु परेको छ ।
देशभर ३५ हजार बढी सहकारी दर्तामा छन् । ती सहकारीमा करोडौं बचतकर्ताले खर्बौ रकम जम्मा गरेका थिए । तर, सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीहरु बचतकर्ताको रकम लिएर रातारात फरार भएका छन् । सहकारी, लघुवित्त, फाइनान्सहरु डुबिसके भनेर सबैलाई थाहै छ । यी संस्था डुबेपनि यसको सेयरको मूल्य भने दलालीहरुले बढाइरहेका छन् ।
एक सय रुपैयाँको सेयर २८ सय रुपैयाँ पुर्याएका छन् । एकातिर सेयर दलालीहरु महँगोमा सेयर बेचेर सर्वसाधारण ठग्ने, अर्कोतिर बैंक, वित्तिय संस्था । जग्गा दलाली तथा गाडी व्यवसायीहरु पनि जनता नै लुट्ने । आनाको एक लाख रुपैयाँ नपर्ने खेतीयोग्य जमिन दलाली तथा भूमाफियाहरुले खण्डीकरण गरी आनाक करोडमा बेचेका छन् ।
इतिमात्र होइन, भारतमा एक लाखमा पाइने सवारीसाधन यहाँका अटो शोरुमहरुले पाँच लाखदेखि २५ करोडसम्ममा बेचेका छन् । अहिले बजारमा कोठा, सटर, फ्ल्याटहरु धमाधम खाली भएका छन् । घर खाली हुँदा घरधनीहरु चिन्तित भएका छन् । यता, व्यापार व्यवसाय पनि ठप्पै छ । व्यापारीहरु भन्छन्, ‘सटर खोल्नु मात्र हो । बहनी समेत हुँदैन ।’
सरकारले घरजग्गा कारोबार बढेको दाबी गरेपनि मालपोतमा घरजग्गा नामसारी शून्य छ । यातायात कार्यालयहरुमा पनि पहिलाजस्तो चहलपहल छैन । गाडीको किनबेच र नामसारीमा भारी गिरावट आएको छ । अहिले प्रधानमन्त्री केपीशर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी तीनै जना एमाले हुन् । त्यसैले, पनि ृसेयरको मूल्य बढेको बताइन्छ ।
२०८१ फागुल्नमा गर्भनर अधिकारी अवकाश हुनेछन् । अहिले काँग्रेसभित्रै एमाले–काँग्रेस सत्ता साझेदारीलाई लिएर असन्तृष्ट छ । एमालेलाई दिएको समर्थन फिर्ता लिन काँग्रेसभित्र बहस शुरु भइसकेको छ । ओली सरकार सय दिन पनि नटिक्ने आम नागरिकको भनाइ छ ।
यता, संविधानविपरीत सरकार गठन भएको भन्दै ओली सरकारविरुद्ध सर्वोच्च अदालतमा समेत रिट परेको छ । ओली सरकार ढल्नासाथ सेयरको मूल्य पनि ह्वात्तै घट्ने छ । र, पहिलाजस्तै सोझासोझी लगानीकर्ता अथवा सर्वसाधारण नराम्ररी डुब्नेछन् । अहिले बेरोजगारी बढेको छ भने महँगो छोइनसक्नु भएको छ ।
बिहान–बेलुकाको छाक टार्न समेत सर्वसाधारणलाई धौंधौं पर्न थालेको छ । सरकारले विदेशीसँग २७ खर्ब ऋण् लिइसक्यो । प्रत्येक नेपालीको टाउकोमा लाखौं रुपैयाँ विदेशी ऋण छ । विदेशी ऋण नतिरे भोलि हाम्रो देशै नरहने जोखिम र चिन्ता पनि बढ्दै गएको छ । यद्यपि, सरकारमा बसेकाहरु अहिले पनि यसप्रति गम्भीर देखिँदैनन् ।
उनीहरुलाई न राष्ट्रको चिन्ता छ न त जनताके नै मतलब । जनता कर तिर्न नसक्ने अवस्थामा पुगेका छन् भने राजस्व उठ्न समेत छोडेको छ । अहिले सरकार एउटा देशबाट ऋण लिन्छ अनि अर्कोको साँवाब्याज तिर्छ । तर, यो कहिलेसम्म ? राज्यको ढुकुटीमा राजस्व उठ्न छोडेको छ । उठेको राजस्वले सरकारी कर्मचारीलाई समेत तलबभत्ता दिन पुग्दैन ।
अनि देश विकास चाँहि कसरी हुन्छ ? कसरी जनताले सेवासुविधा पाउँछन् ? देशलाई यो अवस्थामा पुर्याउने पनि यीनै राजनीतिक दल छन् । अहिले जनताहरु नेताहरुको विरोधमा लागिसकेका छन् । उनीहरु एकजुट हुँदै छन् । जनता सडकमा उत्रिएपछि कसैको केही लाग्दैन भन्ने उदाहरण आज हामीमाझ नै छ । श्रींलकाका राष्ट्रपति र बंगलादेशकी प्रधानमन्त्री जनता सडकमा आएपछि देशै छोडेर भाग्न बाध्य भए । र, नेपालमा पनि यस्तो हुँदैन भनेर भन्न सकिँदैन ।
त्यसैले, राजनीतिक दलहरु बेलैमा सचेत हुनुपर्छ । नभए देशबाट लखेटिन तयार भएर बस्नुपर्यो । हाम्रा नेताहरुले न देश विकास गर्न सके न त जनतालाई सेवासुविधा नै दिन सके । यतिसम्म कि उनीहरुले जनताको पैसाको समेत सुरक्षा गर्न सकेनन् । महँगी नियन्त्रण त परको कुरा भयो । यसले आक्रोश जनताले जहिले पनि प्रधानमन्त्री निवास घेर्न सक्नेछन्, प्रधानमन्त्रीज्यू सचेत हुनु होला ।
भक्तपुर