म्याक्सिम गोर्कीको सिकारु अवस्था
नौला मानिसहरूसित रहनुपरेका यी कष्टमय दिनहरूमा बालक अलेक्सेयीले मानिसहरूमा झूटो र तुच्छपन थाहा पाए ।
दस वर्षको उमेर हुँदा अलेक्सेयीले सहरको मुख्य सडकको जुत्ता सिलाउने एउटा सार्कीको पसलमा एउटा सिकारु कामदार (नोकर) को रूपमा काम गरे । बिहान सबेरैदेखि बेलुकीसम्म कोठा सफा गर्ने, पसल बढार्ने, पसलको मालिक, उसकी स्वास्नी र दुईजना पसले (सेल्सम्यान) का लुगाफाटा तह लगाएर राख्ने, तरकारी काट्ने र दाउरा चिर्ने काम उनले गर्नुपथ्र्यो । यसबाहेक भान्छामा भात पकाउने काममा मालिक्नीलाई सघाउनु पथ्र्यो । ग्राहकहरूको घर–घरमा सामान पु¥याइदिने काम पनि उनले नै गर्नुपथ्र्यो । यी कामकाज र घरधन्दादेखि बाहेक पसलमा उनले कुनै पनि नौलो कुरो सिक्न पाएनन् । काम गर्दागर्दा हैरान परेको हुनाले उनी असाध्यै खिन्न र उदास थिए । बोलीचाली गर्ने साथीसम्म कोही नभएको हुनाले त्यो वातावरणलाई उनले गहिरिएर हेर्न र बुझ्न थाले । उनको मालिक र उसका कारिन्दाहरू यो संसारको विषयमा खालि नराम्रा कुराहरू मात्र सुनाउँथे । तिनीहरूको मनमा इष्र्या, द्वेष र कुविचार थियो । त्यसैले अलेक्सेयीले तिनीहरूमा कुनै पनि सराहनीय कुरो फेला पारेनन् । अलेक्सेयी जहिले पनि त्यहाँबाट कसरी फुत्कने भन्ने कुरा मात्र सोच्थे । अचानक त्यहाँबाट छुट्कारा पाउने अवसर आइलाग्यो । एकदिन ग्याँसको चुलोमा उनको हात पोलियो र उनकी हजुरआमा आएर उनलाई घरमा लगिन् ।
गर्मी यामभरि उनी हजुरआमाको साथमा लागेर दाउरा, जडीबुटी, च्याउ र गिठ्ठाभ्याकुर खोज्न जङ्गल जान्थे । हजुरआमाले उनलाई विभिन्न जङ्गली घाँस चिनाइन् । हजुरआमाको विषयमा उनमा दिनप्रतिदिन चाख बढ्यो र उनले आफ्नी हजुरआमालाई ‘दुनियाँभरमा सबभन्दा असल र सबभन्दा बुद्धिमान’ मानिसको रूपमा हेरे । उनीहरूले खोजमेल गरेर ल्याएका सबै चीज बिक्री गर्थे र त्यसैबाट निर्वाह चलाउँथे । जङ्गलमा जाँदा अलेक्सेयीलाई खुबै रमाइलो लाग्थ्यो ।
सन् १८७९ को अन्त्यतिर अलेक्सेयीलाई उनका हजुरबाले भास्या सर्जेयेभ नाम गरेका उनका एकजना नातेदार चित्रकारको घरमा नोकरीमा लगाइदिए । अलेक्सेयी बस्न गएको त्यो घर मसानघाटजस्तै थियो । त्यो दुईतले घर एउटा गहिरो खोल्सो नजिकै थियो र त्यो खोल्सामा गाउँभरिका सडेगलेका चीजबीजहरू र फोहोरमैला फ्याँकिन्थ्यो । त्यो घरको खटनपटन र चाँजो भास्या सर्जेयेमकी आमाको अधीनमा थियो । ती आइमाई चर्को स्वरले बोल्ने, असाध्यै छुच्ची थिइन् । तिनी बिहान सबेरै उठ्थिन् र हत्तपत्त नुहाउँथिन् । त्यसपछि एकसरो लुगामात्रै लगाएर एउटा मूर्तिको अगाडि गएर घुँडा टेकेर बस्थिन् र घण्टौँसम्म कराउँदै आफ्नो, आफ्ना छोराछोरी र बुहारीको दुःख हरण गरिदिन ईश्वरसित पुकार गर्थिन् । अलेक्सेयीलाई कुनै काम पनि राम्रोसित गर्ने अवसर मिल्दैनथ्यो । भास्या सर्जेयेभ भने असल स्वभावका मान्छे थिए । एकपटक उनले अलेक्सेयीलाई चित्र बनाउन सिकाउने प्रयत्न गरे । त्यो देखेर भास्याकी आमाको मनमा इष्र्याको राँको बल्यो र उनी डाहले जलेर भुतुक्कै भइन् । अनि तिनले त्यो चित्रमाथि तेल र जाँड घोप्ट्याइदिइन्, कागज च्यातचुत पारेर फ्याँकिदिइन् र टेबलका सप्पै चीज हु¥याइदिइन् । ती बूढी र उनकी बुहारीले ११ वर्षे अलेक्सेयीलाई नोकर सम्झन्थे र अलेक्सेयीको जीवनलाई कसरी कष्टमय बनाउन सकिन्छ भनेर सोच्थे । त्यतिबेला त्यो परिवार भास्याको दाजु भिक्टरको कमाइबाट चलेको थियो । भिक्टरले अलेक्सेयीलाई दिनको तीनपटकसम्म जुत्तामा पालिस लगाउन लगाउँथ्यो र त्यसको पुरस्कारस्वरूप टाउकोमा थुकिदिन्थ्यो । फेरि, अलेक्सेयीले दाउरा चिर्नुपथ्र्यो, भाँडा माझ्नुपथ्र्यो, बहारकुँडार गर्नुपथ्र्यो र पसल गएर किनमेल गर्नुपथ्र्यो । यो दुःखै दुःखले भरिएको संसारमा निर्धो अलेक्सेयीको लागि सन्तोषले सास फेर्न पाउने फुर्सदसम्म थिएन ।
तथापि त्यो परिवारले अलेक्सेयीलाई गिर्जाघरमा जान दिने निर्णय ग¥यो । अलेक्लेयीले गिर्जाघरमा रमाइलो अनुभव गरे । गिर्जाघर नै यस्तो ठाउँ थियो, जहाँ अलेक्सेयीले जङ्गलमा जस्तै शान्ति पाउँथे । उनले गिर्जाघरमा कण्ठस्थ गर्नुपर्ने भजन रट्थे । समयको कुचक्रले उनलाई बेस्करी थिच्ता उनी आफ्नै जीवनगाथाको विषयमा सोच्न थाल्थे । हिमपात र सर्दी कम भएको शान्त साँझमा अलेक्सेयी यताउता घुम्दै हिँडेर सडकका कुनाकाप्चा र नयाँ–नयाँ ठाउँमा पुग्न मन पराउँथे ।
अलेक्सेयीका तत्कालीन हाकिम त्यो जहाजका मुख्य भान्छे थिए । ती मान्छेको नाम स्मरी थियो । तिनको हात र कानमा बाक्ला रौँ थिए र रातो ढोडे नाकमुन्तिर डरलाग्दा जुँगा थिए । स्मरी निकै समय पहिले सेनामा कमान्डर भएका थिए र परेड खेलाउँथे । उनी बोल्दा धोद्रो र रुखो आवाज निकाल्थे । उनले कालो मैलो भइसकेको एउटा स्टीलको बाकसमा पुस्तकालय बनाएर राखेका थिए । त्यहाँ सन्त ओभिरका अर्ती–उपदेशहरू, तोपखानाका संस्मरणहरू, उडुस कसरी मार्ने भन्ने किताबहरू थिए । यसबाहेक सन् १८६४ देखि यताका इस्क्राका अङ्कहरू, धार्मिक उपाख्यानहरू, पेरे, गोगोल र अरू लेखकहरूका किताबहरू थिए । जब स्मरी आराम गर्न झोलुङ्गोझैँ हल्लिने कुर्चीमा बस्थे । अलेक्सेयीले यी किताबहरू पढेर सुनाउनुपथ्र्यो ।
स्मरी एक किसिमका दार्शनिक थिए र गतिलो मान्छे बन्नको लागि ‘गतिला किताब’ पढ्नुपर्छ भन्ने उनको धारणा थियो । उनले अलेक्सेयीलाई “सधैँ मेहनत गरेर पढ, किताब पढ्दा बुझिएन भने त्यसलाई सातपटक पढ, फेरि पनि बुझेनौ भने बा¥हपटक पढ” भनेर अर्ती दिन्थे । स्मरी र अलेक्सेयीको चाख उस्तै नभए पनि उनले अलेक्सेयीलाई किताबप्रति स्नेह गर्न सिकाए । यसरी, स्मरी भविष्यका लेखकका पहिलो गुरु बने । ती दुईजनामा यति धेरै हेलमेल भयो कि स्मरीले अलेक्सेयीलाई घरिघरि छुट्टी दिन थाले । छुट्टीको यो समयमा अलेक्सेयीले किताब पढेर स्मरीलाई सुनाउँथे । यो क्रियाकलापबाट अरू कामदारहरूले अलेक्सेयीमाथि निकै नराम्रो किसिमले सोच्न र इष्र्या गर्न थाले, किनभने तिनीहरूले अलेक्सेयीले भात खाएको थाल पनि माझ्नुपथ्र्यो । तिनीहरूले अलेक्सेयी ‘किताबको किरो’ भन्थे र नानातरहले हैरान गर्न थाले ।
एकदिन, ती कामदारहरूमध्ये एउटाले अलेक्सेयीलाई चोरीको अभियोग लगायो । बालक अलेक्सेयी निर्दोष थिए । त्यो अभियोगको प्रतिवाद गर्न स्मरी अगाडि सरे तर उनको केही सीप चलेन । अन्त्यमा निश्नी आइपुगेपछि अलेक्सेयीलाई जागीरबाट निकालिदिए । जागिरबाट निकालिँदाको समयमा तलबबापत् अलेक्सेयीले आठ रूबल पाए । अलेक्सेयीले त्यतिबेलासम्म आफ्नो जीवनमा कमाएको सबभन्दा ठुलो धनराशि थियो । त्यो छुट्टिने बेलामा स्मरीले स्नेहपूर्वक अलेक्सेयीको गालामा म्वाई खाँदै भने, “हेर बाबु यो ठाउँ तिमीजस्ता मानिसलाई बस्ने ठाउँ होइन । तिमीले केही चीज सिक्ने प्रयत्न गर्नुपर्छ । आँखा खुला राख र चारैतिर राम्ररी हेर, तर केही पनि नबोल र पढ ।” बिदाइको बेलामा स्मरीले उपहारस्वरूप अलेक्सेयीलाई मोतीको बुट्टा भएको सुर्ती राख्ने बट्टा दिए । स्मरीको सम्झना गर्दै गोर्कीले लेखका छन्, “मैले अत्यन्त दुःखको पहाड ममाथि ओइरिएको ठानेँ । स्मरी फर्केर जहाजतिर – लाग्दा म झन्डै चिच्याइनँ ।”
हजुरबा हजुरआमाको घरमा फर्कनुबाहेक अलेक्सेयीको लागि अरू कुनै बाटो थिएन । त्यतिबेला हजुरबा हजुरआमाहरू एउटा माटोले बनाएको झुप्रोमा सरेका थिए । एउटा चोरका रूपमा जहाजबाट आफू लखेटिनुपरेको कुरोलाई अलेक्सेयीले बडो गम्भीरतापूर्वक लिए र धेरै चिन्तित भए । तर, हजुरआमाले उनलाई सान्त्वना दिइन् । उनले अलेक्सेयीलाई भनिन्, “असल कुराहरूलाई मनमा लिइराख र खराब कुराहरूलाई बिर्सिदिऊ ।”
पैसा जम्मा गर्नका लागि अलेक्सेयीले जङ्गल गएर चराचुरुङ्गी समात्ने काम गर्न सुरु गरे । दिनदिनैजसो बा¥ह वर्षका बालक अलेक्सेयी जङ्गलमा गएर झाडीको पछाडि लुकेर बस्न थाले । उनले ती सुखपूर्वक रमाएर उड्दै गरेका चराहरू समात्न पर्दा दुःखको अनुभव गर्थे र ती चराहरूको सङ्गीत सुन्न र तिनीहरूलाई हेर्न रमाउँथे । तर, ती चराहरू समातेर बेच्दा उनलाई पैसा आउँथ्यो र यसै गर्न विवश थिए ।
सन् १८८० को हिउँदको सुरुमा बालक अलेक्सेयीलाई हजुरबुबाले फेरि चित्रकार सर्वेयेभको घरमा लगे । त्यो परिवारमा केही परिवर्तन आएको थियो । साँझमा त्यो परिवारका सबै जहानले अलेक्सेयीलाई उनको यात्रा वर्णन गर्न लगाउँथे । अलेक्सेयीले जङ्गल र जहाजको सुन्दर र चाखलाग्दा जीवनका संस्मरणहरू सुनाउन पाउँदा खूबै रमाइलो माने । उनले त्यतिबेला आफ्ना कथाहरू भन्दै जाँदा ती वृद्ध स्रोताहरूलाई बिर्सन्थे र आफूलाई आफ्नो सम्झनाका लहरहरूमा उराल्दै लग्थे । कथा सुन्न बसेका स्वास्नीमानिसहरूमध्ये कसैले पनि जहाजको यात्रा गरेका थिएनन् । जब अलेक्सेयी स्मरी र उनका किताबहरूका विषयमा कुरा गर्थे, ती स्रोताहरू अलेक्सेयीप्रति सशङ्कित भएर हेर्थे । बुढी आइमाईहरू पागल र मूर्खहरूले मात्र किताब लेख्छन् भन्ठान्थे र तरुनी आइमाईहरू पढ्ने काम एउटा खतरनाक कुरो हो भन्ने सोच्थे । अझ त्यसमा पनि तन्नेरी तरुनीहरूले त पढ्नै हुन्न भन्ने तिनीहरूको धारणा थियो ।
दमिनीसितबाट ल्याएका ठुलठुला किताबका ठेलीहरू लुकाउन अलेक्सेयीलाई निकै मुस्किल पथ्र्यो । यसो भएको हुनाले अलेक्सेयीले एउटा पुस्तक पसलबाट स–साना कमसलखाने पुस्तक ल्याउन थाले । ती पुस्तकहरू पढिसकेपछि फिर्ता गरिदिनुपथ्र्यो र प्रत्येक पुस्तकको लागि अलेक्सेयीले एक कोपेक तिर्नुपथ्र्यो । ऐतिहासिक उपन्यासहरू र सन्त–महन्तका दन्त्यकथाहरू उनलाई बढी मन पथ्र्यो । उनले बढीभन्दा बढी पढ्ने समय र एकान्तस्थलको खोजी गर्दै गए र पुस्तक पसलमा उनको ऋण पनि बढ्दै गयो । अलेक्सेयीले पुस्तक पसलमा तिर्नुपर्ने ऋण सतचालीस कोपेक पुगेपछि पुस्तक पसलेले सर्जेयेभहरूबाट असुल गर्ने धम्की दियो । अलेक्सेयीको तलब उनका हजुरबा आफैले बुझ्थे र नोकरीबाट अलेक्सेयीलाई पैसा मिल्दैनथ्यो । सर्जेयेभले निकै घोरिएर विचार ग¥यो र भन्यो “पढ्दा के हुन्छ थाहा पाइनस् – किन र कसरी भन्ने कुरा म जान्दिनँ तर तेरो पढाइले तँलाई विपत्तिको खाडलमा लगेर जाक्छ ।” त्यसपछि उसले अलेक्सेयीलाई आधा रुबल दियो र नयाँ वर्षको उपलक्ष्यमा प्रकाशित हुने एउटा राम्रो पत्रिका अलेक्सेयीको लागि किनिदिने वाचा ग¥यो ।
यो बेलादेखि अलेक्सेयीले घरका सबै मान्छेहरू चिया खान बसेको बेलामा, मस्कोबाट निस्कने पर्चाहरू पढेर सुनाउन थाले । यो पत्रिकामा मस्को र रोस्कानिनका उपन्यासहरू र अरू वाक्कलाग्दा साहित्यिक विकृतिहरू छापिन्थे । अलेक्सेयी कराएर पढ्न मन पराउँदैनथे । कराएर पढ्दा उनले किताबको कुरो राम्रोसित बुझ्न सक्दैनथे । तर, अरू स्रोताहरूले भने त्यो समय खूब रमाइलो मानेर बिताउँथे र ध्यानपूर्वक सुन्थे । त्यो पत्रिकामा सकभर पढ्न पुग्ने सामग्री हुँदैनथ्यो । त्यसैकारण, अलेक्सेयीले उनका मालिकले गरेका केही ठुलो किताब ल्याउने अनुमति पाए । अलेक्सेयीले भान्छामा काम गर्दा पनि ती किताबहरू पढ्ने अनुमति पाए । घरकी मालिक्नीले भने भान्छाको बत्ती निभाइदिने निधो गरिन् । त्यसपछि प्रत्येक दिन एक्लै भएको बेलामा अलेक्सेयीले पग्लिएर भुइँमा झरेको मैन बटुलेर एउटा बट्टामा हाले । पूजाकोठाबाट झिकेर ल्याएको तेल पनि त्यसैमा खन्याए र बत्ती कातेको एउटा धागोको टुक्रा बेरेर त्यो भाँडोमा हाले । अनि त्यो अनौठो बत्तीको उज्यालोमा पढ्न थाले । त्यो बत्तीबाट निस्केको धुवाँले उनका आँखालाई नराम्रो असर गथ्र्यो, तर पढ्ने उत्कृष्ट इच्छाले उनले सबै कष्ट र विपत्तिहरू सहे ।
“पुस्तकहरूसितको मेरो सम्बन्ध घनिष्ट भयो म पुस्तकविना एकछिन पनि बस्न नसक्ने भएँ । एउटा जँड्याहाले रक्सीको विषयमा जसरी सोच्छ त्यसरी नै मैले किताबको विषयमा सोच्न थालेँ । मेरो वरिपरिको यो वातावरणभन्दा भिन्दै खाले, राम्रा राम्रा काम गर्ने असल मानिसहरू भएको संसार पनि हुँदोरहेछ भन्ने कुरो मलाई किताबहरूले बताए । अहँ, कुनै पनि हालतमा, म त्यस्तो किसिमको वातावरणमा रहन चाहन्नथेँ ।”
प्रत्येक किताब पढ्दा रूस र अरू देशहरूबिचको भिन्नताले पहिलेभन्दा बढी यसपटक उनलाई छोयो । आफ्नो देशका सिमानापारिको अर्को देशको सिमानामा जीवन बढी सरल र सुखमय देखिन्थ्यो । एकदिन उनले वाल्जाकको युजेनी ग्य्रान्ड्रेट पढ्ने मौका पाए । यो किताब उनलाई निकै राम्रो लाग्यो । यो किताब ‘ज्यूँदा मान्छेहरू’ को विषयमा लेखिएको थियो र यसका प्रत्येक शब्द र छाँटकाँट सत्य प्रमाणित हुन्थ्यो । यसरी अन्त्यमा उनले एउटा ‘साँचो किताब’ फेला पारे । सके स्मरीले भनेको पनि यस्तै हुनुपर्छ ।
गोर्कीले उनकी रानी मार्गोटलाई कहिल्यै पनि बिर्सेनन् र उनका धेरैजसो कृतिहरूमा उनलाई सम्मानपूर्वक चित्रित गरेका छन् ।
एउटा पर्वपछि अलेक्सेयीले सर्जेयेभ परिवारलाई छाडेर हिँडे र पेर्म भन्ने जहाजमा महिनाको सात रूबलमा भाँडा माझ्ने काम गर्न थाले । जहाजमा सबैभन्दा हँसिला रसिला मान्छे इन्जिन ड्रात्र थिए । तिनको नाम शुमोभ थियो । उनले निकै रमाइला र अनौठा किसिमका कथाहरू जानेका थिए । उनी संसारका सबै देशहरू देखेको छु भनेर गफ लगाउँथे । यतिबेला अलेक्सेयीले पढाइगुनाइबाट र व्यावहारिक कामको आधारमा आफूले अनुभव गरेका र आफूलाई भिजेको कुरोलाई छोएर कविता लेख्न सुरु गरिसकेका थिए । पछि गएर ती कवितामा आफ्नो लय थपे । उनले पढेका र सुनेका कुराहरूलाई समष्टिगत तानाबाना मिलाएर एउटा आफ्नै संसारको सिर्जना गरे ।