१ असार, बुटवल
रुपन्देहीको बुटवलमा आदीवासी जनजाती मातृभाषी चलचित्रको निर्माण, प्रर्द्धन, बजारीकरण बिषयक बिचार गोष्ठी तथा अन्तरकृया भएको छ । शुक्रवार भएको अन्तरकृयामा सहभागी वक्ताहरुले मतृभाषी चलचित्र निर्माण र लगानीमा जोड दिनु पर्ने र सिनेमा घरहरुसंग हिकार्यमा मातृभाषी चलचित्रको प्रदर्शनीमा सरोकारवालाहरुसंग सहकार्य र समन्वय गर्नु पर्नेमा जोड दिएका छन।
नेपाल चलचित्र विकास बोर्ड, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिको आयोजना तथा आदिवासी जनजाति चलचित्र महासङ्घ, लुम्बिनी प्रदेश समिति र मगर चलचित्रकर्मी सङ्घ, जिल्ला समिति रुपन्देहीको सह आयोजनामा बुटवलमा उक्त कार्यक्रम भएको हो ।
अन्तरकृयामा उठेका सवालहरुमाथी टिप्पणी गर्दै आदिवासी जनजाति चलचित्र महासङ्घ, केन्द्रीय समितिका अध्यक्ष पुर्खजित राईले मातृभाषी चलचित्रमा काम गरिरहेका सङ्घ संस्थाहरूसित महासङ्घले सहकार्य गरिरहेको स्पष्ट पार्नु भयो । आफ्नो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष राईले आदिवासी यहाँको मूलवासी भएका कारण हाम्रो भाषा नेपालको मूल भाषा भएको र मूल भाषामा बनेका चलचित्रहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा पुर्याउने महासङ्घको उद्देश्य भएको पनि बताउनु भयो । महासंघका अध्यक्ष राइले आदीवासी जनजाती चलचित्र महासंघले आफ ्नो हकहितका लागि र आदीवासी जनजातीहरुको बिषमा निर्माण भएका चलचित्रहरुको संरक्षणमा जुर्मुराउन थादेपछि सरकार र सरकार पक्षका ढोंगीहरु अत्तालिएको बताउनु भयो।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा मगर चलचित्रकर्मी सङ्घ, केन्द्रीय समिति अध्यक्ष भिम मास्की रानामगरले मातृभाषामा चलचित्र निर्माण गरिरहेका र गर्न चाहनेहरूलाई आजको गोष्ठीले थप हौसला प्रदान गर्ने आशा व्यक्त गर्नु भयो । त्यस्तै शिक्षासेवी एवम् भाषिक अभियन्ता भिम गुरुङले भाषा र संस्कृतिले नै हाम्रो पहिचान बचाउने भन्दै यसबारेमा सबै सचेततापूर्वक लाग्नुपर्ने औंल्याउनु भयो।नेपाल मगर सङ्घ, केन्द्रीय समितिका सह अध्यक्ष दलबहादुर बीरकट्टा मगरले भाषा प्रत्यक्ष अर्थसित पनि जोडिने भएको हुँदा आर्थिक सवलीकरणका लागि भाषा र लिपिलाई चलचित्र र लेखन पठनमा प्राथमिकता दिइनुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल आदीवासी जनजाती समन्वय परिषद तिलोत्तमाका अध्यक्ष राधिका श्रीसले मातृभाषामा निर्माण हुने चलचित्रहरुको बजारीकरण हुन नसक्नु विडमवना भएको उल्लेख गर्नु भयो। सञ्चारकर्मी तथा रेडियो देवदहका स्टेशन म्यानेजर यम रानाले हामीले निर्माण गर्ने चलचित्रलाई गैर मातृभाषीहरुका लागि पनि हेर्न अभिप्रेरित गर्नु पर्ने, चलचित्रलाई मनोरञ्जनको माध्यम मात्र नभई सूचना, समाज रुपान्तरणको न्यायपुर्ण संघर्षको कथा र सामाजिक तथा सांस्कृतिक सन्देशमा आधारित निर्माण गर्नु पर्नेमा जोड दिनु भयो।
आदीवासी चलचित्र महासंघ लुम्बिनी प्रदेशका महासिचव तथा लेखक जे.वी दर्लामीले मातृभाषी तथा आदीवासी जनजातीको कथा र बिषयबस्तुमा चलचित्र निर्माण गर्नु भन्दा पहिले कथा र स्कृप्ट लेखन कार्यशाला गोष्ठी, प्राविधिकहरुका लागि कार्यशालाको आवस्यक रहेको बताउनुभयो।
आदीवासी जनजाती चलचित्र महासंघ रुपन्देहीका उपाध्यक्ष तुल्जी सारु मगरले आदीवासी जनजातीहरुको संस्कार, संस्कृति र पहिचानका बिषयमा निर्माण भएका चलचित्रहरुको अभिलेखिकरण गरिनु पर्नेमा जोड दिनु भयो। संचारकमी आकृत थापा मगरले आदीवासी जनजाती चलचित्रहरुको बजारीकरणमा संचार माध्यमहरुलाई प्रयोग गर्न सके र ती चलचित्रहरुको बजारीकरणका लागि चलचित्रका बारेमा संचारकर्मीहरु मार्फत प्रचार प्रसार गर्न कन्जुसाई गर्न नहुने उल्लेख गर्नु भयो।
यस्तै अशोक पुन मगरले कुनै पनि चलचित्रहरुको निर्माण गर्दा कुन विषयमा कसरी र के कालागि उठान गर्ने भन्नेबारे चलचित्र निर्माणकर्मी र निर्देशकहरुमा ज्ञान हुन आवस्यक रहेको बताउनु भयो। आदीवासी जनजातीहरुको बिषयमा चलचित्र निर्माण गर्दा लहडमा भन्दा पनि आवस्यकता र आदीवासी जनजातीहरुको भाषा, कला, साहित्य, संस्कृति र पहिचानलाई पुस्तान्तरणका लागि चलचित्र निर्माण गरिनु पर्नेमा पुनले जोड दिनु भयो।
शिक्षक तथा अध्येता ज्ञानसिंह रानाले हालसम्म निर्माण गरिएका कुनै पनि क्षेत्रका चलचित्रहरुले शासक दलहरुको कार्यशैलीलाई दर्शकका बिचमा अभ्यस्त बनाइरहेको र उनिहरुले जे जस्तो गरे पनि सहनु पर्छ भन्ने नकारात्मक सन्देश दिइरहेको बताउदै चलचित्र भनेको भाषा र साहित्यको उत्कृष्ट माध्यम र पहिचानसंग जोडिएको बलियो हतियार भएको बताउनु भयो।
सामाजिक अभियान्ता शंकर गाहाले अवको चलचित्र महोत्सव काठमाण्डौ केन्द्रित नभई काठमाण्डौ बाहिर पनि महोत्सवका लागि उपर्युक्त स्थान बन्न सक्छ भन्ने कुरा आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति र आदिवासी जनजाति चलचित्र महासङ्घले बुझ्नु आवस्यक रहेको बताउनु भयो। अभियान्ता गाहाले हरेक बर्षको असार ३२ लाई आदीवासी जनजातीहरुको भाषामाथी दमन गरिएको स्मरण गर्दै मातृभाषा निरंकुशता बिरोधी दिवसको रुपमा मनाउनु पर्नेमा जोड दिनु भयो।
लेखक पारस राहादी मगरले चलचित्रलाई आन्दोलनसंग जोड्न आवस्यक रहेको बताउनु भयो। आदीवासीहरुको भाषा, साहित्य, संस्कृतिलाई विगत, वर्तमान र आगतको राजनैतिक, शैक्ष्ँिक, सामाजिक, आर्थिक दृष्टिकोणबाट अध्ययन र मुल्यांकन गर्न सकिएन भने र चलचित्र निर्माण गर्दा आदीवासी जनजातीहरुको सामुहिकतामा आधारित संस्कृतिलाई जोड्न सकिएन भने चलचित्र मनोरञ्जनको माध्यम बाहेक केही हुन नसक्ने बताउनु भयो।
लेखक राहादीले आदीवासी जनजातीहरुको भाषा, कला, संस्कृति र पहिचानको बिषयमा अध्ययन गर्न अव छुट्टै आदीवासी जनजाती बिश्व बिद्यालयको अवधारणा ल्याउनुको विकल्प नभएको बताउनु भयो।
साहित्यकार छविलाल (कोपिला) चौधरीले भाषा पहिचानसंग जोडिएको हुने र उक्त पहिचानलाई भाषा, कला र संस्कृतिलाई नयाँ पुस्तामा पुस्तारन्तरण हुनेगरी हरेक साहित्यको श्रृजना हुनु पर्नेमा जोड दिनु भयो। आदीवासी जनजाती चलचित्र निर्माणकर्मीहरुले त्यो समुदायमा आधारित चलचित्र निर्माण गर्दा उसको बारेमा सुक्ष्म अध्ययन गरिनु पर्ने र आदीवासी जनजातीको नाममा बाह्य संस्कृतिलाई प्रसय दिने कुनै पनि कथा, स्कृप्ट र दृश्यलाई स्थान नदिइनु पर्ने बताउनु भयो।
पत्रकार लकनेश ढेंगा मगरले आदीवासी जनजातीको बिषयमा निर्माण भएका चलचित्रहरुको पर्बद्र्धनका लागि निर्माणकर्मीहरुले संचार माध्यमको अधिक्तम उपयोग गर्न आदीवासी जनजाती पत्रकारहरुसंग समन्वय र सहकार्य गर्नु पर्ने बताउनु भयो। चलचित्रहरुको संचार माध्यममा कसरी पुर्याउने र संचार माध्यममा पुगेपछि त्यसको प्रचार प्रसार कसरी गर्ने भन्नेबारे फोनिजकर्मीहरुसंग समन्वय गर्नु पर्ने पत्रकार ढेंगाले बताउनु भयो ।
नोपल मगर संघ, रुपन्देहीका अध्यक्ष थर्क बहादुर बाह्रघरेले चलचित्रले समाज र जिवनसंग सहसम्बद्ध कायम गरिदिनु पर्ने बताउनु भयो। आदीवासी जनजाती चलचित्र निर्माकर्मी मेजन पुन मगरले आदीवासी जनाजातीको बिषयमा बनाईएका चलचित्र र निर्माणकर्मीहरुको संरक्षण र अभिभावकत्व ग्रहण गर्नु पर्नेमा बिषयमा जोड दिनु भयो। आजसम्म निर्माण भएका आदीवासी जनजाती चलचित्रहरुको संरक्षण र बजारीकरण नहुँदा चलचित्र निर्माणकर्मीहरु चलचित्र क्षेत्रबाट पलायन भइरहेको र ब्यबसायिक कलाकारहरुको कमी हुदै आइरहेको बताउनु भयो। चलचित्र निर्माणकर्मी पुनले आदीवासी जनाजातीहरु भित्रै पनि आफ्नो भाषा र संस्कृतिमाथी अन्तरद्वण्ड भएको उल्लेख गर्दै आफ्नै भाषामा चलचित्र निर्माण गर्दा खस भाषामा बनाएको भए सबैले बुझ्दथे भनेर टिप्पणी गर्ने र खस भाषामा निर्माण गर्दा आफ्नो भाषामा चलचित्र बनाएको भए अझ राम्रो हुने भन्दै भाषिक रुपमा स्पष्ट नभएको उल्लेख गर्नु भयो
यसैगरी मगर चलचित्र निर्माणकर्मी भिम राना मगरले चलचित्र निर्माण गर्दा लगानी मुख्य बिषय भएपनि चलचित्रको स्कृप्ट र कथा अनि कथाले मागे अनुसारको कलाकारबाट हुने प्रस्तुतीलाई परिस्कृत गर्न सकियो भने मुलधारको भनिएका चलचित्र भन्दा गुणस्तर र कथानकमा कुनै कमी नआउने बताउनु भयो। चलचित्र राम्रो गराउन सकियो भने लगानीको अभाव नरहेको भन्दै राना मगरले आदीवासी जनजाती चलचित्रहरुको अभिभावकत्व आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति र आदिवासी जनजाति चलचित्र महासङ्घले गर्नुको बिकल्प नरहेको बताउनु भयो।
कलाकार तथा चलचित्र निर्माणकर्मी धन बहादुर गुरुङ्गले सरकारले भाषिक र सांस्कृति दमन गरेकै कारण आदीवासी जनाजातीहरुको कथामा निर्माण गरिएका चलचित्रहरुले बजार पाउन नसकेको र त्यसको अपनत्व आदिवासी जनजाति चलचित्र महासङ्घले गर्न नसक्दा आफु चलचित्र क्षेत्रबाटै विस्थापित हुनु परेको बताउनु भयो।
आदीवासी जनजाती मातृभाषी चलचित्र पर्बद्धन समितिका अध्यक्ष ज्योतीराज राईले आदीवासी जनजाती चलचित्रको पर्बद्धनका लागि पर्बद्धन समिति गठन भएको र यही पर्बद्धन समिति मार्फत आदीवासी जनजाती चलचित्रहरुको संरक्षण, पर्बद्धन, बजारीकरणमा बिशेष ध्यान दिएर आगडी बढि रहेको बताउनु भयो। अव चलचित्र निर्माण गर्दा आदीवासी जनजातीहरुको भावनामा ठेस नलाग्नेगरी उनिहरुको भाषा कला, साहित्य र संस्कृतिलाई नयाँ पुस्तामा सहज रुपमा हस्तान्तरण गर्नेगरी कथाशैलीमा परिवर्तन गर्नु पर्ने औलाउदै चलचित्र निर्माण गर्नु भन्दा पहिले बिषय बस्तुमाथीको गम्भिर अध्ययन र अनुसन्धान हुन अवस्यक रहेको आदीवासी जनजाती मातृभाषी चलचित्र पर्बद्धन समितिका अध्यक्ष ज्योतीराज राईले जोड दिनु भयो ।
कार्यक्रममा मातृभाषा र सामुदायिक मुद्दामा आधारित चलचित्र निर्देशन, निर्माण र प्रवर्द्धनमा योगदान पुर्याएका मेजन पुनमगर, धनबहादुर गुरुङ र छविलाल ‘कोपिला’ चौधरीलाई सम्मान गरिएको थियो ।
आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक ज्योतिराज राईको अध्यक्षता तथा अमर लामाको संचालनमा भएको कार्यक्रममा मगर चलचित्रकर्मी संघ केन्द्रीय अध्यक्ष भिम मास्की रानामगर, आदिवासी जनजाति मातृभाषी चलचित्र पर्बद्र्धन समितिका सदस्य एवम् चलचित्रकर्मी विश्वास आलेमगर, आदिवासी जनजाति चलचित्र महासंघ, लुम्बिनी प्रदेश समिति अध्यक्ष श्याम थापामगर, मगर चलचित्रकर्मी संघ, रुपन्देही जिल्ला अध्यक्ष टीका आलेमगर, प्राज्ञ एवम् मूर्तिकार यमबहादुर थापामगर, चित्रकार सुमित्रा राना, नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष गीता सारुमगर, संघका केन्द्रीय समिति अनुशासन विभाग सदस्य उमेश थापा लाटोमगर, संघकै लुम्बिनी प्रदेश समिति कोषाध्यक्ष तारा पुनमगर, नेपाल मगर महिला संघ, लुम्बिनी प्रदेश अध्यक्ष केशरी तरामुमगर, मगर महिला संघ, रुपन्देही जिल्ला समिति अध्यक्ष निर्मला थापामगर, थारु कल्याणकारिणी सभा, रुपन्देही जिल्ला अध्यक्ष कमल चौधरी, मगर चलचित्रकर्मी संघका पूर्व सचिव एवम् अभियन्ता शंकर गाहामगर, अभिनेत्री विना थापामगर, मरीना बलालमगर, मनोज थापा श्रीसमगर, सूर्यबहादुर श्रीसमगर, नन्दा बुढामगर, फिल्मकर्मीहरू केशरजङ्ग थापामगर, वसन्त सिंजालीमगर, लेखक साहित्यकारहरू दुर्गा थापामगर, जयन्ती मगर सरगम, लगायतले अन्तक्र्रियामा भाग लिएका थिए ।