१७ जेठ, गोरखा
गोर्खामा जारी नेपाल मगर संघको २८ औं राष्ट्रिय सम्मलेन ८ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले तत्कालिन राणा शासन विरुद्ध संगठीत बिद्रोहको नेतृत्व गर्ने नेपालका प्रथम शहिद लखन थापा मगरलाई राष्ट्रिय विभुती घोषणा गर्न नेपाल मगर संघले माग गरेको छ ।
शनिबार र आइतबार गोरखामा भएको २८ औँ राष्ट्रिय सम्मेलन मगरात सभ्यता सहितको समृद्ध मगर समाज निर्माण गर्दै देशलाई समृद्ध बनाउने सकल्पसहित जारी गरेको ८ बुँदे गोरखा घोषणापत्र संघले उक्र माग राखेको हो।
घोषणापत्र मार्फत लखन थापा मगरलाई राष्ट्रिय विभुती घोषणा तथा लखन सूगै आहुती दिने जयसिंह चुमीमगर, पलसिंह अछामी मगर, पहल सिंह अछामी मगर, विराज थापा मगर, जुठ्या थापा मगर, जितमान गुरुङ र अजपसिं थापा मगरलाई शहिद घोषणा गराउन पनि मगर संघले माग गरेको छ । त्यस्तै काठमाडौ उपत्यकामा प्रथम शहिद लखन साँस्कृतिक संग्रहालय भवन निर्माण गर्न प्रतिवद्ध रहेको पनि घोषणापत्रमा उल्लेख छ ।
सवै प्रदेशको सदरमुकामहरुमा प्रथम शहिद लखन थापा मगरको शालिक राख्न पहल गर्ने, मगर समुदायको प्राचिन साँस्कृतिक सामाजिक पहिचानका विभिन्न पक्षहरुको वृहत्तर अध्ययन अनुसन्धन गर्दै मगरात सभ्यताको दस्तावेजिकरण तथा मगरात र्दन निर्माण गराउन प्रतिवद्ध रहेको पनि घोषणा पत्रमा उल्लेख छ ।
नेपाल एकिकरण पुर्व विभिन्न गणराज्य संचालन गरेका गोरखाका राजा मानसिंह खड्का मगर, लिगलिकोटका राजा दलसुर घले मगर र पाल्पा बल्ढेङ्गडीका राजा बलिहाङ राना मगरको बास्तविक इतिहासको पुनर्लेखन गरि राजतन्त्रको इतिहासमा समावेश गर्न गराउन पनि सम्मेलनले माग गरेको छ ।
मगर मौलिक संस्कार, संस्कृति, संरक्षण र सम्वर्द्धनका लागि नेपाल सरकार र युनेस्कोमा सुचिकरण गर्न पहलकदमी गर्ने र संरक्षण प्रवर्द्धन गर्न विभिन्न मगर वस्तीहरुमा मगर साँस्कृतिक महोत्सवको आयोजना गरि कार्यन्वयन गर्न पनि प्रतिवद्ध रहेको घोषणा पत्रमा उल्लेख छ । आत्मनिर्भरता र उद्यमशिलताको प्रवर्द्धन गर्नका लागि गाउँवस्तीमा उत्पादन भइरहेको घरेलु मदिरा हरुलाई ब्यवस्थित गर्दै ब्रान्डिङ्ग गर्नका लागि नेपाल सरकारसँग माग गर्ने मगर संघका महासचिव टेक नाम्जालीले बताए ।
नेपाल मगर संघको २८ औँ राष्ट्रिय सम्मेलन ऐतिहासिक महत्व बोकेको गोरखा जिल्लामा सम्पन्न गर्दा आन्तरिक तथा वाह्य पर्यटनमा प्रवद्र्धन भएको पनि मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगरले बताए । नेपालको वास्तविक इतिहास सम्वन्धि अध्ययन, अनुसन्धानका लागि अध्ययन भ्रमण गर्न र यस जिल्लामा रहेको पुरातन ऐतिहासिक महत्व बोकेका स्थानहरु अवलोकन गर्न आउन पनि आग्रह गरिएको छ ।
घोणणा पत्रको पुर्ण पाठ
नेपाल मगर संघ, केन्द्रीय समिति २८औं राष्ट्रिय सम्मेलन (२०८१ जेष्ठ १२ र १३ गते)- गf]रखा
गf]रखा घोषणा पत्र
नेपाल मगर संघको २८औं राष्ट्रिय सम्मेलन "आर्थिक समृद्धि र राजनैतिक सशक्तिकरणसहितको सचेत मगर समुदाय निर्माण हाम्रो अभियान ! मगरात सभ्यताको दस्तावेजीकरण र मगरात दर्शन निर्माणको पक्षमा २८औं राष्ट्रिय सम्मेलन!!" भन्ने मुल नारा सहित ऐतिहासित गोरखा जिल्लाको गोरखा दरवार संग्राहलयमा सम्पन्न भयो । मगरात सभ्यता सहितको समृद्ध मगर समाज निर्माण गर्दै देशलाई नै समृद्ध बनाउने संकल्प सहित ८ बुँदे गोरखा घोषणा पत्र जारी गरिएको छ ।
१. नेपाली जनताको स्वतन्त्रता र प्रजातन्त्रका लागि तत्कालिन शासक जङ्गबहादुर राणाको बिरुद्धमा संगठित बिद्रोहको नेतृत्व गर्ने नेपालको प्रथम सहिद लखन थापामगर लाई राष्ट्रिय विभूति घोषणा गराउदै लखन संगै आहुती दिने देशभक्तहरु जयसिंह चुमीमगर, पलसिंह अछामी मगर, विराज थापा मगर, जुठ्या थापा मगर, जितमान गुरुङ र अजपसिंह थापा मगरलाई सहिद घोषणा गराउन नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
२. काठमाडौँ उपत्यकामा प्र थम सहिद लखन साँस्कृतिक संग्राहलय भवन निमार्ण गर्न हामी प्रतिवद्ध हुदै सबै प्रदेशको सदरमुकामहरुमा प्रथम शहिद लखन थापा मगरको शालिक राख्ने पहल गर्ने निर्णय गरियो ।
३. मगर समुदायको प्राचिन सांस्कृतिक सामाजिक पहिचानका विभिन्न पक्षहरुको बृहत्तर अध्ययन अनुसन्धान गर्दै
मगरात सभ्यताको दस्तावेजिकरण गदै मगरात दर्शन निमार्ण गर्न गराउन हामी प्रतिबद्ध छौ ।
४. नेपालको एकिकरण पूर्व विभिन्न गणराज्य संचालन गरेका गोरखाका राजा मानसिंह खड्कामगर, लिगलिगकोटका राजा दलसुर घलेमगर र पाल्पा बल्डेङगढीका राजा बलिहाङ राना मगरको वास्तविक इतिहासको पुनर्लेखन गरि राजतन्त्रको ईतिहासमा समावेश गर्न गराउन यस सम्मेलन जोडदार माग गर्दछ ।
५. मगर मौलिक संस्कार, सस्कृति, संरक्षण र सम्बर्द्धनका लागि नेपाल सरकार र UNESCO सुचिकरण गर्न पहलकदमी गर्ने र संरक्षण प्रवर्धन गर्न विभिन्न मगर बस्तीहरुमा मगर साँस्कृतिक महोत्सव आयोजना गरि कार्यन्वयन गर्न प्रतिवद्ध छौ ।
६. आत्मनिर्भरता र उद्यमशिलताको प्रबर्धन गर्नका लागि गाउँबस्तीमा उत्पादन भईरहेको घरेलु मदिराहरुलाई व्यवस्थित गर्दै ब्रान्डिङ गर्नका लागि नेपाल सरकार संग जोडदार माग गर्ने ।
७. नेपाल मगर संघको २८औं राष्ट्रिय सम्मेलन ऐतिहासिक महत्व बोकेको गोरखा जिल्लामा सम्पन्न गर्दा आन्तरिक तथा बाह्य पर्यटनमा प्रबर्द्धन भयो भन्ने विश्वास गरिएको छ । नेपालको वास्तविक ईतिहास सम्बन्धी अध्ययन, अनुसन्धानका लागि अध्ययन भ्रमण गर्न र यस जिल्लामा रहेका पुरातन ऐतिहासिक महत्व बोकेका स्थानहरु अवलोकन गर्न सम्पूर्ण देशवासीहरुलाई गोरखा आउन हुन अपिल गर्दछ ।
८. २८औं राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्न पाल्नु हुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरु र सम्पूर्ण प्रतिनिधि, पर्यवेक्षक, गोरखा दरवार संग्राहलय, सुरक्षाकर्मी, पत्रकार मित्रहरु लगायत सम्पन्न गर्न व्यवस्थापकीय सहयोग गर्नुहुने नेपाल मगर संघ गोरखा र यस जिल्ला मातहतका पालिका, ईकाई, भातृसंस्थाहरु, गोरखा नगरपालिका लगायत सबै सहयोगी संघसंस्था, व्यक्ति व्यत्तित्वहरुलाई नेपाल मगर संघ केन्द्रीय समिति आभार व्यक्त गर्दछ ।
मिति : २०८१ जेष्ठ १४, गोरखा