हामी सिद्धान्त तथा प्राथमिकताको विषयमा छलफल गर्दै छौँ । यहाँ माक्र्स र माक्र्सवादको प्रसङ्ग फेरि पनि उठ्यो । कार्ल माक्र्सले औद्योगिकरूपमा विकसित केही मुलुकहरूमा समाजवाद चाँडै स्थापना हुने अनुमान गर्नुभएको थियो । तर, त्योभन्दा पनि अलि फरक अत्यन्त पिछडिएको देश रूसमा समाजवादी क्रान्ति भयो । अत्यन्त पिछडिएको देश चीनमा समाजवादी क्रान्ति भयो । क्युवा, कोरिया, भियतनाम यी सबै देशहरूको स्थिति उस्तै थियो । त्यस हिसाबले भन्ने हो भने समाजवादको फल पाक्ला र खाउँला भनेर बस्ने होइन । पुँजीवाद उच्चत्तम बिन्दुमा पुग्ला र समाजवादी क्रान्ति होला भनेर बस्नु संशोधनवादी विचार हो ।
अहिले सिद्धान्त तथा प्राथमिकतामा छलफल गरिरहँदा माक्र्सवादी पार्टीहरूको बारेमा अघि पनि केही भनियो । माक्र्सवादी पार्टीहरूसँग त अरू केही चाहिँदैन । आजभन्दा डेढ सय वर्षभन्दा अगाडि सन् १८४८ मा कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले लेख्नुभएको कम्युनिस्ट घोषणापत्र नै पर्याप्त छ । अरू कोहीसँग नभएको हामीसँग सबैभन्दा ठूलो बौद्धिक तथा सैद्धान्तिक हतियार छ । त्यो बौद्धिक तथा सैद्धान्तिक हतियारलाई हामीले चलाउन जान्यौँ, हामी कम्युनिस्ट भयौँ । चलाउन जानेनौँ, हामी को हौँ को हौँ हुन्छौँ ! अनि, हामी समाजवादी पनि रहन सक्दैनौँ । यो विषयमा पनि अलिकति जानकारी राखौँ ! साथसाथै, सिद्धान्त केको निम्ति ? सिद्धान्त आमूल परिवर्तनको निम्ति । मानव समाजको परिवर्तनको निम्ति । समाजको हितको निम्ति । यस विषयमा पनि अलिकति ध्यान पु¥याऔँ !
अहिलेसम्म यहाँका सरकारहरूले छुट्याउन नजानेको, नसकेको या असफलता भनेको प्राथमिकता छुट्याउनेमा हो । प्राथमिकता केमा ? पदमा ! प्राथमिकता केलाई ? आफ्नो क्षेत्रलाई ! आफ्नो गाउँलाई ! आफ्नो करेसोबारीलाई ! त्यो सङ्कीर्ण मानसिकताबाट काम गर्नाले हामी माथि उठ्न सकेनौँ । त्यसकारण, प्राथमिकतासमेत छनोट गर्न नजान्नेहरूको सरकार हुनु नै अहिलेसम्मको विडम्बना हो ।
हामीले अभैm पनि मनमा राखौँ । हाम्रो देशको उत्तरतिरको भाग चीनसँग जोडिएको छ । चीन यतिखेर संसारको पहिलो अर्थतन्त्रको रूपमा उदाङ्ग्याउँदै छ । वाग्मती प्रदेश चीनको तिब्बतसँग जोडिएको प्रदेश हो । किन हामी दुई देशबिच भरपर्दो तथा राम्रो वातावरण तयार गर्न बारम्बार असफल भइरहेका छौँ ? सोचौँ ¤ आज लामो व्याख्या वर्णन गर्ने समय छैन । हामी सङ्केतमा भन्दै छौँ ।
साथै, एउटा ऐतिहासिक पक्ष छ । भृकुटी नुवाकोट, रसुवाको बाटो हुँदै तिब्बत पुगेकोे बताइन्छ । भृकुटी गएको ऐतिहासिक मार्ग पत्ता लगाउन सके इतिहास बिउँतिनेछ । पर्यटनमा टेवा पुग्नेछ । अर्थतन्त्रमा सिधै प्रभाव पार्न सम्भव हुनेछ । चीनले इटालीसम्म जोड्ने वा सिङ्गो संसारलाई जोड्ने रेशम मार्ग अर्थात् ‘बीआरआई’ भनेर अगाडि बढायो । हाम्रो सानो मुलुकमा वाग्मती प्रदेशमा रहेको सानो मार्गका बारेमा आजसम्म यहाँ उल्लेखसमेत भएको छैन । मैले सङ्केत गराएँ । त्यो हाम्रो अर्थतन्त्रको निम्ति एउटा मौका हुनसक्दछ ।
यो वाग्मती प्रदेशसँग जति सम्पदा अरू कोसँग होला ? काठमाडौँ उपत्यकाका ती ऐतिहासिक सम्पदा, धरोहर र सौन्दर्यको सदुपयोग र प्रदेशवासीको हितमा हामीले किन काम गर्न सकिरहेका छैनौँ ? कुन सङ्कीर्णताले, कुन अहङ्कारले, कुन फासीवादी सोचले हामी प्रेरित छौँ ? त्यसको जवाफ व्यवहारबाट दिन आवश्यक छ । संसारमा आज फासीवादको उदय हुँदै छ । फासीवाद भनेको जात, भाषा, धर्मको आधारमा आफ्नो आधिपत्य जमाउन खोज्ने र दबाउन खोज्ने दमनकारी नीति हो । आज अमेरिकामा होस् या भारतमा होस्, फासीवादको जगजगी छ । आज हामी पनि त्यसको शिकार बनिरहेका छौँ ? त्यसको विषयमा पनि छलफल गर्न आवश्यक छ ।
अहिलेको विश्व आर्थिकरूपमा जर्जर अवस्थामा पुग्दै गरेको हामीले देखिरहेका छौँ । हाम्रो देश त्यसको प्रतिछायामा छ । युक्रेनमा युद्धको समस्या छ । नाटो सङ्गठन या अमेरिकाको कारण युक्रेनमा युद्ध चालू छ । त्यसले विश्व अर्थतन्त्रमा प्रभाव पार्दै छ । प्यालेस्टिनमाथि इजरायलले युद्ध जारी राखेको छ । तेलको खानी र सभ्यताको खानीमा हमला गर्दैछ । त्यसले गर्दा विश्व अर्थतन्त्र प्रभावित छ । त्यसबाट अब हामीले सिक्ने के हो भने देशको निम्ति आत्मनिर्भर अर्थतन्त्र आवश्यक छ । त्योबाहेक हामीसँग अर्को उपाय नै छैन । विश्व वातावरण जुनसुकै बेला प्रतिकूल हुनसक्छ । अरुको भर नपरी आत्मनिर्भर बन्नुनै उत्तम उपाय हो । त्यति ज्ञान हासिल गर्नलाई हामीले ३४ वर्ष कुर्नुपर्ने ? अनि हामीले आपूmलाई माक्र्सवादी, कम्युनिस्ट पार्टी भन्ने ? आत्मनिर्भर अर्थतन्त्रको पाइला आजसम्म हामीले किन चाल्न सकेनौँ ?
जबसम्म हामी शिक्षामा जोड दिँदैनौँ तबसम्म हाम्रो भावी पुस्ताले सुख पाउने छैनन् । त्यसकारण विद्यालय, कक्षाकोठा, विद्यार्थी र शिक्षकहरू प्राथमिकताको विषय बन्नुपर्दछ । विद्यालय शिक्षा समस्या नै समस्याले ग्रस्त छ । शिक्षकहरू रोइरहेका छन् । शिक्षकहरू विचलित छन् । त्यसको परिणामस्वरूप आज विद्यार्थीहरू हामीले सोचेभैmँ तयार भइरहेका छैनन् । नयाँ पुस्ता अर्को प्राथमिकतातिर गइरहेका छन् । त्यसको अर्थ पाठ्यक्रममा खोट छ; त्यसको अर्थ कक्षाकोठामा समस्या छ; त्यसको अर्थ शिक्षा प्रणाली गलत छ, त्यसको अर्थ विद्यालय शिक्षा समस्याग्रस्त छ । शिक्षामा हामीले प्राथमिकता दिन नसकेसम्म हाम्रो भविष्य सुन्दर हुनेछैन । हाम्रा भावी पुस्ताले सुख पाउनेछैनन् । त्यो विषयमा पनि हाम्रो प्रदेश सरकारले ध्यान देओस् भन्ने अनुरोध गर्न चाहन्छु । हाम्रो विशेष आग्रह छ ।
भौतिक विकासमात्र विकास होइन. बौद्धिक, सांस्कृतिक, आध्यात्मिक विकासमा ध्यान पु¥याउन आवश्यक छ । विकासको आधुनिक अर्थले त्यही भन्छ । भौतिक विकासले मात्र अब जनतालाई शान्ति, सुख र समृद्धि दिँदैन । हामीले बुद्धिजीवीकरणमा ध्यान दिनुपर्छ । विकास गर्दा मौलिकता जोगाउने गरी र आफ्नोपन जोगाउने गरी गरौँ ! आफ्नो बीउबिजन र प्रविधिहरू जोगाउने गरी र आफ्नो ज्ञानसमेत परिचालन गर्ने गरी अगाडि बढौँ !
सिद्धान्त तथा प्राथमिकता ‘फोकस आउट’ भएको छ । प्राथमिकता भनिएको छ, प्राथमिकताविहीन छ । सिद्धान्त भनिएको छ, सिद्धान्तविहीन छ । सरकारले प्रस्तुत गरेको यो सिद्धान्त र प्राथमिकताको सारमा परिचय यही हो ।
(वाग्मती प्रदेश सरकारद्वारा गत जेठ १ गते प्रस्तुत विनियोजन विधेयक २०८१/०८२ को सिद्धान्त र प्राथमिकतामाथि जेठ ७ गतेको बैठकको छलफलमा भाग लिँदै नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले राख्नुभएको विचारको सम्पादित अंश)