समाजवादको आधारभूत मान्यता देशको उत्पादनको मालिक जनता हुनुपर्छ भन्ने हो । जमिन कसैको पनि व्यापार हुनुहुन्न ।यो त जनताको अधिकारको विषय हो । त्यसैले प्रत्येक देशमा जनताको बीचमा परिवर्तन ल्याउन जरुरी छ । जनता स्वतन्त्र हुन राज्य स्वतन्त्र हुन जरुरी छ ।
सचेत जनताले देशको रक्षा गर्छन् । त्यसैकारण सचेत जनता बनाउन सबै राष्ट्रमा जनतालाई दिने शिक्षा स्वतन्त्र र निःशुल्क हुन जरुरी छ । सचेत जनतालाई मात्र कसैले पनि ठग्न सक्दैन, ठगीबाट बच्न जनतालाई शिक्षित र सचेत बनाउन जरुरी छ ।
अर्को पक्षमा देश विकासको लागि जनतालाई स्वस्थ बनाउन जरुरी छ । त्यसैले सबै जनताको लागि स्वास्थ्य र शिक्षा निःशुल्क रुपमा व्यवस्थित गरिनुपर्छ । त्यसको लागि राष्ट्रमा अवश्य रुपमा आर्थिक सबल अवस्था र पैसा जरुरी छ । शिक्षा र स्वास्थ्य जनतालाई निःशुल्क गर्न हामीले गरेको चिजमा हाम्रो अधिकार हुनुपर्छ, त्यसमा कसैको व्यापार हुनुहुन्न । यी कुराहरु मानव जीवनका लागि अति आवश्यक छन् ।
शिक्षा, स्वास्थ्य, गाँस, बास, कपास, जहाँ हाम्रा जनताको लागि रात बिताउन एउटा घर होस् । त्यही भएर सबै जनताले आफ्नो राष्ट्रमा आफैं उत्पादनमा सहभागी हुनुपर्छ । सबै जनतामा आफूले क्षमतावान भई काम गर्न क्षमताको विकास गर्न जरुरी छ ।
जब हामी यी परिवर्तन गर्न खोज्छौं, अवश्य पनि धेरै कठिनाइ आउँछन् । यो सम्पूर्ण देशहरुमा भएको कानूनमा आधारित कुरा पनि हो । यदि हामीले हाम्रो ऐन-कानूनमा रहेका कमजोरी हटाएर अघि नबढ्ने हो भने यस्तो परिर्वतनको अपेक्षा असम्भव छ । अरु पनि यस्तै गम्भीर समस्याहरु छन् ।
महिलाको सक्रिय सहभागिताविना कुनै पनि क्रान्ति सफल हुँदैन । किनभने महिला वर्ग भनेको आफ्नो क्षेत्रको लागिमात्र लड्ने होइनन् । महिला वर्ग भनेको समाजको परिवर्तनको लागि लड्ने र भविष्यको सन्तानको लागि पनि लड्ने प्राणी हुन् । त्यही भएर समाजवादी राष्ट्र स्थापनाको लागि महिला र पुरुष समान रुपमा अघि बढ्नुपर्छ र बराबरी हक अधिकार पाउनुपर्छ ।
हामी सोच्न सक्छौं, हाम्रो आर्थिक अवस्थालाई छिटो परिवर्तन कसरी गर्ने ? तर, आर्थिक अवस्थालाई परिवर्तन गर्ने निहुँमा आफ्नो देशको शीर झुकाउने विचार ल्यायौं भने त्यसले लामो परिवर्तनको बाटो लिँदैन । त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा जनतालाई शिक्षित गर्ने, सांस्कृतिक परम्परालाई पनि अंगीकार गर्दै विचार परिवर्तन गर्नु महत्वपूर्ण कुरा हो ।
मेरो व्यक्तिगत अनुभव तपाईंहरुसँग शेयर गर्न चाहन्छु । महिलाको सक्रिय सहभागिताविना कुनै पनि क्रान्ति सफल हुँदैन । किनभने महिला वर्ग भनेको आफ्नो क्षेत्रको लागिमात्र लड्ने होइनन् । महिला वर्ग भनेको समाजको परिवर्तनको लागि लड्ने र भविष्यको सन्तानको लागि पनि लड्ने प्राणी हुन् । त्यही भएर समाजवादी राष्ट्र स्थापनाको लागि महिला र पुरुष समान रुपमा अघि बढ्नुपर्छ र बराबरी हक अधिकार पाउनुपर्छ ।
एउटा क्रान्तिकारी नेताले देशमा परिवर्तनको लागि समाज र राष्ट्रको लागि संस्कृति र नैतिकतालाई बिर्सनु हुँदैन । धेरैभन्दा धेरै समय कतिपय समस्या नेताको कारणमा मात्र नभएर जनताको र समाजको परिवारको कारण पनि उत्पन्न हुन्छन् ।
मेरो बुबा चे ग्वेभाराले भन्नुहुन्थ्यो, जब म मेरो छोरालाई जुत्ता लगाइदिने कुरा सोच्छु, त्यसबेला भ्रष्टाचारको सोच आउँछ । सबै जनताले जुत्ता लगाउने कुरा सोच्नुपर्छ । यो विचार नयाँ पुस्ताको लागि एकदमै सिकाउन जरुरी छ । कुनै पनि नेतालाई भगवान जस्तै मान्नुभन्दा पनि हामी सबै मानव जस्तै ठानियो भने त्यहाँ समानता हुन्छ । |
कुनै पनि नेताले हाम्रो समाजमा रहेका युवालाई कुनै पनि कुरामा बाध्य बनाउन उचित हुन्न । त्यो कामको लागि सक्षम छैन भने बाध्य पार्न हुन्न । मेरो बुबा भन्नुहुन्थ्यो, अरुलाई जबरजस्ती धकेल्न हुन्न । देश विकास र समाजवाद स्थापनाका लागि बलियो जनता चाहिन्छ ।
जनता एकजुट भएमा मात्र त्यो ऊर्जा शक्ति प्राप्त गर्न सक्छौं । क्युबामा नेपालको तुलनामा धेरै जनता छन् । तर, क्युबामा नेपालमा भन्दा थोरै क्षेत्रमा पनि धेरै उत्पादन गर्ने क्षेत्र विकास भएको छ । पहिलेदेखि अहिलेसम्म क्युबाको क्रान्ति निरन्तर अघि बढिरहेको छ । आर्थिक रुपमा नाकाबन्दी भए पनि देश स्थिर र सक्षम भएर बसेको छ ।
मेरो बुबा चे ग्वेभाराले भन्नुहुन्थ्यो, जब म मेरो छोरालाई जुत्ता लगाइदिने कुरा सोच्छु, त्यसबेला भ्रष्टाचारको सोच आउँछ । सबै जनताले जुत्ता लगाउने कुरा सोच्नुपर्छ । यो विचार नयाँ पुस्ताको लागि एकदमै सिकाउन जरुरी छ । कुनै पनि नेतालाई भगवान जस्तै मान्नुभन्दा पनि हामी सबै मानव जस्तै ठानियो भने त्यहाँ समानता हुन्छ ।
कुनै पनि नेताले हाम्रो समाजमा रहेका युवालाई कुनै पनि कुरामा बाध्य बनाउन उचित हुन्न । त्यो कामको लागि सक्षम छैन भने बाध्य पार्न हुन्न । मेरो बुबा भन्नुहुन्थ्यो, अरुलाई जबरजस्ती धकेल्न हुन्न । देश विकास र समाजवाद स्थापनाका लागि बलियो जनता चाहिन्छ ।
जनता एकजुट भएमा मात्र त्यो ऊर्जा शक्ति प्राप्त गर्न सक्छौं । क्युबामा नेपालको तुलनामा धेरै जनता छन् । तर, क्युबामा नेपालमा भन्दा थोरै क्षेत्रमा पनि धेरै उत्पादन गर्ने क्षेत्र विकास भएको छ । पहिलेदेखि अहिलेसम्म क्युबाको क्रान्ति निरन्तर अघि बढिरहेको छ । आर्थिक रुपमा नाकाबन्दी भए पनि देश स्थिर र सक्षम भएर बसेको छ ।
क्युबाको अवस्था अहिले पनि गाह्रो नै छ । तर, कसैले पनि क्युबा र क्युबाली जनतालाई हेप्न सक्दैन । किनभने क्युबाली जनता एकजुट छन् । क्युबाका धेरैभन्दा धेरै भूभागमा सबै जनता एकापसमा एकजुट भएर आफूले गर्ने काममा क्षमताका साथ लागेका छन् । समाजवाद पूर्ण भएको छैन । तर, क्युबामा समाजवाद विकास भइरहेको छ ।
दिनानुदिन सबैले आफ्ना कमजोरी औंल्याएर आफैं सुधार्ने कोसिस गर्दैछन् । त्यही भएर जनताको एकता सबैभन्दा महत्वपूर्ण विषय हो । अनि हाम्रो आफ्नो नेतृत्वलाई गर्नुपर्ने आदर पनि उत्तिकै महत्वपूर्ण छ । वास्तवमै यो कुरा सत्य हो, समाजवाद हाम्रो भविष्यको लागि महत्वपूर्ण विषय हो । त्यसैले जब हामी समाजवादको कुरा गर्छौं, के हो समाजवाद भनेर देखाउन जरुरी छ ।
क्युबामा नेपालको तुलनामा धेरै जनता छन् । तर, क्युबामा नेपालमा भन्दा थोरै क्षेत्रमा पनि धेरै उत्पादन गर्ने क्षेत्र विकास भएको छ । पहिलेदेखि अहिलेसम्म क्युबाको क्रान्ति निरन्तर अघि बढिरहेको छ । आर्थिक रुपमा नाकाबन्दी भए पनि देश स्थिर र सक्षम भएर बसेको छ ।
यदि तपाईं हामी कोही खेतमा काम गर्ने किसानसँग समाजवादको कुरा गर्दैछौं भने उसले काम गर्ने धर्तीको महत्वबारे कुरा गर्नुपर्छ । यदि तपाईं लिडरको हिसाबले समाजवादको कुरा गर्दै हुनुहुन्छ भने सधैं आफ्ना जनताको पक्षमा हुनुपर्छ । यदि किसानबाट आफ्नो खेत छिन्यो भने, कुनै कर्मचारीलाई आफ्नो कामबाट निकाल्यो भने त्यहाँ उनीहरुसँग हुन जरुरी छ, क्रान्तिकारी नेतृत्व समाजवादको लागि ।
यदि वास्तवमा हामीले जनतासँग परिवर्तनको अपेक्षा राख्ने हो भने यही जनतालाई नेतृत्वको हिसाबले देखाउन जरुरी छ, किन समाजवाद आवश्यकता छ भनेर । वास्तवमै समाजवाद ल्याउनु त्यति सजिलो विषय होइन । तर, केही कुरा चाहिँ म भन्नसक्छु । समाजवाद जरुरी छ । किनभने संसारमा मानव जातिलाई स्वतन्त्र रुपमा बाँच्न दिने हो भने । त्यही भएर आजदेखि नै काम गर्न थालौं ।
यी सबै कामको लागि सबै जनाको लागि एउटै उद्देश्य र मिसनका साथ अघि बढ्न एउटा कम्युनिष्ट पार्टी आवश्यक पर्छ । विभिन्न पार्टीहरुको नाम फरक भएर केही फरक पर्दैन । तर, उद्देश्य साझा हुन जरुरी छ । मुख्य उद्देश्य भनेको हाम्रा जनताको स्वास्थ्य, शिक्षा ठीक हुनु नै सबै पार्टीको साझा उद्देश्य हुन जरुरी छ । जनताको राम्रो जीवनयापनको लागि सबै नेतृत्वले साझा उद्देश्य लिएर अघि बढ्नुपर्छ । सबै जना त्यही बाटोमा हिँडौं, समाजवाद आउनेछ ।
(एमाले निकट नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको समाजवादको सम्भावनाबारे विचार मन्थन कार्यक्रममा डा.अलिदा ग्वेभारा व्यक्त बिचार)