सिन्डिकेटलीवाद (Syndicalism)
सिन्डिक्यालिज्म वा सिन्डिकेटवाद फ्रान्सेली शब्द सिन्डिकेट अर्थात् मजदुर सङ्घबाट बनेको हो । यो दर्शन १९ औँ शताब्दीको अन्तमा फ्रान्सेली मजदुर आन्दोलनबाट प्रादुर्भाव भएको हो । यसको सम्पूर्ण दर्शन मजदुर सङ्घवादको चारैतिर घुम्छ । यो माक्र्सवाद र अराजकतावादको समिश्रण हो । १८४८ र १८७० तिर श्रमिक सङ्घवाद अगाडि बढ्यो । १८८७ मा श्रमिक सङ्घवादको महासङ्घ बन्यो ।
जिटेल (Gittel) को भनाइमा “यस दर्शनको प्रादुर्भाव एक शताब्दीको क्रान्तिकारी परिस्थिति र राजनीतिक भ्रम र अविश्वासको परिणाम हो ।” फ्रान्सेली पुँजीवादी क्रान्तिले मजदुर वर्गमाथि दमन सुरु गर्यो र अविश्वास बढायो । यसकारण राज्य सत्ताप्रति नै ठुलो अविश्वास बढ्यो ।
सिन्डिकेटवाद श्रमिक सङ्घको सङ्गठन र त्यसकै माध्यममा कल्पना गरिएको नयाँ समाजको जग हो । त्यसैको आधारमा तयार भएको सिद्धान्तको एउटा रूप हो ।
यसका सिद्धान्तकारहरू सोरेल (Sorel र पोलिओटाएर (Pelliotier) हुन् । त्यस दर्शनलाई फ्रान्सको एक मजदुर सङ्गठन (CGT– केन्द्रीय श्रम सङ्गठन) बाट लागू गर्न खोजिएको थियो ।
यस सिद्धान्तका मुख्य–मुख्य आधारहरू
१) राज्य शक्तिको विरोध
तिनीहरूको भनाइमा राज्यले खास वर्ग वा पुँजीपतिवर्गको हितलाई मात्रै रक्षा गर्छ । राज्यले सुविधा प्राप्त र सुविधा नभएका जनताको वर्गलाई निर्माण गर्छ र त्यसले वर्ग भेदलाई चर्काउँछ । पुँजीपतिहरूलाई रक्षा गर्न राज्यले हडतालहरूलाई दबाउन र असफल पार्न शक्तिहरू (प्रहरी, सेना र दमनका उपायहरू) लाई प्रयोग गर्छ ।
२) आर्थिक शक्ति नै शक्तिको स्रोत
सबै राजनैतिक शक्तिको स्रोत र प्राधिकारको पछाडि आर्थिक स्रोत हुन्छ र साँचो सार्वभौमिकता मजदुरहरूमा निहित हुन्छ ।
तिनीहरू सबै प्रकारका राजनैतिक सरकारहरूको विरोध गर्छन् । उत्पादनमूलक आर्थिक समाजको गैरराजनीतिक सङ्गठनहरूका पक्षमा छन् । ऐनका प्रबल नियन्त्रणले व्यक्तिगत अगुवाइलाई नास गर्छ र तिनीहरू सक्रिय राजनैतिक गतिविधिलाई अस्वीकार गर्छन् । तिनीहरू राजनैतिक दबाबभन्दा प्रत्यक्ष आर्थिक सङ्घर्षलाई स्वीकार्छन् । राज्यसत्ता कर्मचारीतन्त्रमा जकडिएको सहानुभूति हिन संस्था हो, कोरा ऐन नियम र निश्चित कार्यप्रणालीलाई मात्रै बढावा दिन्छ । राज्यसत्ता सम्हाल्नेहरू उत्पादन र वितरणको बन्दोबस्तबारे अज्ञानी हुन्छन् र तिनीहरूको हातमा उद्योगलाई नियन्त्रण गर्न दियो भने त्यो बर्बाद हुन्छ ।
३) श्रम प्राधिकारमा विश्वास
राज्य शक्ति र अधिकार मजदुरहरूको हातमा सुम्पिनुपर्छ भन्ने सिन्डिकेटवादीहरूको विश्वास छ । पुँजी चोरी हो र पुँजीपतिहरूले राज्यलाई सबभन्दा गलत ढङ्गले नियन्त्रण गरेको छ । त्यही नियन्त्रणले शोषणलाई चर्काउन पाएको छ र त्यसको सबभन्दा ठुलो भार मजदुरहरूमाथि परेको छ । यसकारण उत्पादन गर्ने मजदुरहरूले नै उत्पादनका साधनहरूमाथि नियन्त्रण राख्नुपर्छ र त्यसले उत्पादनमा वृद्धि ल्याउँछ र गुणस्तर पनि बढ्छ ।
यस सिद्धान्तअनुधार मजदुरहरू पेसागत सङ्घहरूमा सङ्गठित हुनुपर्छ, उत्पादन कार्यमा राज्यबाट प्रतिनिधित्व गरिएको उपभोक्ताहरू वितरणको माध्यममा पनि तिनीहरूकै नियन्त्रण हुनुपर्छ ।
४) बहुलवादी प्रकृतिको समाज
समाज भौतिकरूपले बहुलवादी हो, त्यसकारण संविधान र ऐन–कानुनले वास्तविकरूपमा समाजलाई एकरूपता ल्याउन सकिन्न । राज्यले सामाजिक एकताको काम गर्न सक्छ भन्ने कुरा गलत हो । राज्यले समाजमा एकरूपता ल्याउनु असम्भव छ ।
५) अन्तर्राष्ट्रिय दृष्टिकोण
सिन्डिकेटवादले अन्तर्राष्ट्रिवादी दृष्टिकोणलाई बढावा दिन्छ । तिनीहरूको भनाइमा मजदुर आन्दोलन विश्वव्यापी छ । माक्र्सले भन्नुभएजस्तै तिनीहरू मजदुरहरूको आफ्नो कुनै देश हुन्न र संसार नै तिनीहरूको जन्मभूमि हो तथा संसारभरिका उत्पादनका साधनहरूलाई मजदुरहरूले नियन्त्रण गर्नुपर्छ भन्ने कुरालाई मान्छन् । त्यसो गरेपछि मात्रै काम गर्ने अवस्थामा अनुकूल परिवर्तन ल्याउन सकिन्छ र मजदुरहरूको आवश्यकता पूरा हुन्छ ।
सिन्डिकेली समाज
वर्गीय चेतनाको विकासलाई प्रतिरोध गर्न नसकिने हुनाले सरकार वा राज्य विश्रृङ्खलित हुने अनिवार्य छ । मजदुरहरूले आ–आफ्ना पेसाका आधारमा सिन्डिकेटमा सङ्गठित हुनेछन् र समाजलाई नियन्त्रण गर्नेछन् । पेसाकै आधारमा राष्ट्रिय सङ्घहरू हुनेछन् । स्थानीय श्रमिक सङ्घले न्यायिक र नीतिगत कार्यहरू वा प्रशासन चलाउनेछ । राष्ट्रिय मजदुर सङ्घहरूको प्रतिनिधिहरूबाटै राष्ट्रिय प्रतिनिधिसभा बन्नेछ । पूर्ण विकेन्द्रीकरण र कार्यमूलक ढङ्गले शक्तिको पृथकीकरणको सिद्धान्त लागू हुनेछ ।
जिटेल (Gittel) को भनाइमा यसले नियन्त्रणलाई खुकुलो पार्छ । यसले अराजकतावादी व्यक्तिवादको आन्दोलनलाई प्रोत्साहित गर्छ । मजदुर सङ्गठनको आधरमा आर्थिक एकाइहरू प्रयोग गर्छ र यसले गाइल्ड समाजवाद वा सोभियत व्यवस्थाको रूप लिन्छ । यसको आदर्श हो –आर्थिक सङ्घ र पुँजीवादी सरकारको ठाउँमा एक सर्वहारा वर्गको नियन्त्रण लागु गर्नु हो ।
सङ्घर्षका रूपहरू
सिन्डिकेलीहरूको भनाइमा पुँजीवादी व्यवस्था राम्रोसँग स्थापित व्यवस्था भएका हुनाले राज्य शक्ति र अधिकारलाई त्यसै छोडाउन सकिन्न । तर, राजनैतिक लडाइँबाट सम्भव नभएकै कारण आर्थिक क्षेत्रको लडाइँ लड्नुपर्छ । सामूहिक गतिविधिहरूबाट विधायिका सभामा पुगेर मजदुरहरूको लोककल्याणका ऐनहरू बनाउन पनि सम्भव छैन । यसकारण, तिनीहरू क्रान्तिकारी भावना र सघन वर्गीय नेता विकास गर्ने र आफ्नै ढङ्गको सङ्घर्षमा विश्वास गर्छन् –
१) प्रभावकारी मजदुर सङ्घ र मजदुर सभाहरूले वर्तमान संसदीय संस्थाहरूको ठाउँ लिनुपर्छ । सांसदहरूले मजदुरहरूको प्रतिनिधिको रूपमा काम गर्न सकेका छैनन्, राजनैतिक पार्टीहरू पनि क्रान्तिको उपयुक्त माध्यम रहेनन् । यसकारण मजदुरहरूले राजनैतिक संस्थाहरूलाई बहिष्कार गर्नुपर्छ र हरेक पेसाको स्थानीय मजदुर सङ्घहरूको प्रभावशाली स्वाभाविक प्रतिनिधि सभाको निर्माण गरिनुपर्छ ।
२) सम्झाइ बुझाइबाट काम नहुने हुँदा राजनैतिकभन्दा प्रत्यक्ष आर्थिक सङ्घर्ष गर्नुपर्छ । सबै पेसाका मजदुरहरूको देशव्यापी हडताल नै सबभन्दा प्रभावशाली हतियार हो । हरेक हडतालले एक प्रकारको वर्गीय चेतना बढाउँछ । यसकारण, स्थानीयरूपले पनि त्यसलाई स्वीकार्छ र बरोबर हडतालहरू गरि रहनुपर्दछ । हडतालले मजदुरहरूमा एकता, भाइचारा चेतनाको भावनाको विकास गर्छ ।
३) गलत उपायबाट पुँजीपतिवर्गको मजदुर आन्दोलन दबाउन खोज्छ । यसकारण ध्वंसात्मक गतिविधिले पनि मजदुरहरूलाई सन्तोष पार्नुपर्छ र इमानदारीपूर्वक मात्रै काम गर्नु हुन्न र मेसिनहरूसमेत ध्वस्त गर्नुपर्छ ।
सिन्डिकेलीहरू माक्र्सले भन्नु भएजस्तै राज्य ओइलिएर जान्छ भन्ने कुरामा विश्वास गर्छन् ।
देशव्यापी हडतालको शक्ति
सिन्डिकेटवादीहरू देशव्यापी हडतालको शक्तिलाई कायम गरिराख्न चाहन्छन् । ठाउँठाउँ र बेला मौकामा हुने हडतालले पुँजीवादी व्यवस्थालाई फाल्न सम्भव नभए पनि राज्यको प्राधिकारलाई देशव्यापी हडताल एक सशक्त मुक्का हुन्छ । रेलवे, यातायातका साधनहरू, सञ्चार र बिजुलीजस्ता मुख्यमुख्य उद्योगहरूको हडतालले राज्यको सारा शासन यन्त्रलाई छताछुल्ल पारिदिन्छ किनभने त्यसमा मजदुरहरूको अत्यन्त ठुलो सङ्ख्याको सहभागी हुने गर्छ ।
सोरेल (Sorel) को भनाइमा देशव्यापी हडतालको दृष्टिकोण र उपायले मजदुरहरूमा आवश्यकताभन्दा बढी विश्वासबाट अन्धविश्वासमा फस्ने वा पूर्ण भ्रम फैलिने डर रहन्छ । तैपनि, तिनीहरू हडतालले पुँजीवादका खराबीहरूलाई फेर्ने एक प्रभावशाली हतियारको रूपमा विश्वास गर्छन् ।
आलोचना
सिन्डिकेलीवादको दर्शनलाई प्रजातन्त्रविरोधी, औचित्यहीन र गैरबुद्धिजीवी भनी निन्दा गरिएको छ । त्यस दर्शनका मुख्यमुख्य आलोचनाहरू यी हुन् –
१) अवैज्ञानिक दर्शन
यो दर्शन तर्कपूर्ण चित्तबुझ्दो र आकर्षक छैन । यो एक टुङ्गोमा पनि पुग्दैन । यो द्वन्द्वात्मक भौतिकवादजस्तो सिद्धान्तमा आधारित छैन ।
२) भ्रमपूर्ण (अस्पष्ट)
मुख्य गरेर यो सिद्धान्त साहै अस्पष्ट छ । राज्यसत्ता कब्जा गर्ने उपाय र सत्ता कब्जा गरिसकेछि सरकार के कस्तो बन्छ भन्नेबारे प्रस्ट छैन । देशव्यापी हडतालको उपायले कसरी राज्य उर्लिन्छ र ओइलिन्छ भन्नेबारे पनि स्पष्ट धारणा छैन ।
३) नकारात्मक सिद्धान्त
यस सिद्धान्तको स्वरूप नकारात्मक छ । सम्पत्तिलाई ध्वस्त गर्ने र मेसिनलाई बिगार्ने कुरामा विश्वास गर्छ । सुधारहरूलाई लागू गराउने संसद जस्तो संस्थाहरूमा समेत मजदुरहरूलाई भाग लिन दिन अस्वीकार गर्छ ।
४) अस्वस्थ समाजको निर्माण
यस सिद्धान्तलाई उत्पादकहरूको मात्र हितको रूपमा लिइन्छ । एक स्वस्थ समाजमा उत्पादक र उपभोक्ता दुवैको हितलाई ध्यान दिइन्छ । यस सिद्धान्तमा उपभोक्ताहरूको हितलाई पटक्कै ध्यान दिइएको छैन । सबभन्दा चित्त नझुक्ने कुरा यहीँ हो ।
५) अधिकारको दुरूपयोगको निश्चितताको अभाव
उपभोक्ताहरूको हितलाई इमानदारीपूर्वक र ठीकसित सुरक्षित हुन्छ भनेर कसरी भन्ने र राम्रो उत्पादनको सुनिश्चिततामा कसरी विश्वास गर्ने ? उपभोक्ताको हितको सुरक्षा र उतपादनको इमानदारीको उचित बन्दोबस्तको अभाव हुँदा उत्पादकहरूको स्वार्थकै कारण अधिकारहरूको दुरूपयोग हुने सम्भावना छ ।
६) देशव्यापी हडतालको शक्ति
सिन्डिकेटवादीहरू देशलाई हडतालको उपायबाट राज्यसत्ता कब्जा गर्नेबारे सा¥है आशावादी छन् । तर, हरेक स्थानीय हडताल र देशव्यापी हडताल सफल नै हुन्छ भन्ने होइन । हडतालको हरेक असफलता र दमनले मजदुरहरूलाई हतोत्साहित पनि पार्छ । हडताल लामो भयो भने भोकमरी फैलिन्छ र हडताल असफल हुन्छ । किनभने सबै मजदुरहरू त्यति नै दृढ र अनुशासित हुन्छन् भन्ने होइन ।
फ्रान्समा एउटा भनाइ नै चल्यो, ‘देशव्यापी हडताल अनावश्यक छ र महानिर्वाचन कहिल्यै सकिन्न ।’
७) एकोहोरो दर्शन
उत्पादकहरूको मात्रै हेर्ने र उपभोक्ताहरूको ध्यान नदिने दर्शन, आर्थिक पक्षलाई मात्रै जोड दिई राजनैतिक समस्याको पक्षलाई पूर्ण बेवास्ता गर्ने भएकोले यसलाई एक पक्षीय दर्शन भनिएको हो । आर्थिक सबलताको साथसाथै राजनैतिक सबलताले मात्रै राज्ययन्त्रको पूर्ण रूपान्तरण सम्भव छ ।
८) तर्कहीन दर्शन
यो मजदुर आन्दोलनमा मात्रै भर परेको छ । यस सिद्धान्तको पछाडि तर्कपूर्ण दर्शन छैन । औचित्यता र तर्कहीन भएको हुनाले यसलाई तर्कहीन र बुद्धिहीन भनिएको हो –सोरेल (Sorel) तर । जिटल (Gittel) । को भनाइमा सबै दर्शन खराब छैन किन भने यो ध्वंसात्मक दर्शनमा आधारित भएपनि सामाजिक सङ्गठनबारे यसको ध्यान रचनात्मक र आवश्यक छ ।
श्रमिक सङ्घवादका प्रवर्तकहरू
१. Pellutier केन्द्रीय श्रम सङ्गठन (CET) मजदुरले राजनीतिमा भाग लिनु हुन्न
२. Sorel
३. Pouget श्रमिक नेता होइन लेखक, १८८९ मा यसमा सामेल (Reflection of Voilence General Struk, Sabotage शारीरिक हिंसाले मानिसलाई माथि उठाउँछ, वीरता, साहस र आत्म–सम्मान बढाउँछ, सर्वहारा वर्गको हिंसा र गतिविधिको समर्थन, सम्पत्तिको विध्वंस आदि ।)
४. Loger Delle
५. Berth
काल्पनिक समाजवाद
(१) प्लेटो (४२४ इ.पू. ३४७ इ.पू.) गणतन्त्र
(२) थोमस मोर (सन् १४७८ – १५३५) कल्पनालोक, बेलायती काल्पनिक समाजवादीहरूको चिन्तन र अनुभवले वैज्ञानिक समाजवादको निम्ति पनि सहयोग पु¥यायो ।
(३) सेन्टसाइमन (१७६० १८२५) फ्रान्सेली
(४) रोबर्ट ओबेन (१७७१ – १८५८) बेलायती
(५) चाल्र्सफ्युरिये (१७७२ – १८३७) फ्रान्सेली
सेन्ट साइमन
फ्रान्सेली पुँजीवादी क्रान्ति (१७८९) भन्दा पहिले सामन्त र पुरोहितहरूको विशेष अधिकार – अल्छि वर्ग
क्रान्तिपछि सत्ता कारखानाका मालिक पुँजीपतिवर्ग अर्थात् सानो सामाजिक पक्षको हातमा विशेषाधिकार गयो ।
(१) समाजको उत्पादन र आर्थिक समस्या मिलाउन बैङ्क मालिकहरूलाई दिनुपर्छ ।
(२) सामन्तवर्गको अन्याय–अत्याचारको ठाउँ पुँजीपतिवर्गले लियो ।
(३) १८०२ मा क्रान्ति सामन्त र पुँजीपतिवर्गको बिचमा मात्र नभई सम्पत्ति भएका र नभएकाहरूको बिचको पनि भयो ।
(४) हरेक मानिसले काम गर्नुपर्छ – जेनेवाको चिट्ठी (१८०२) ।
(५) उद्योग – १८१७
(६) सङ्गठनकर्ता १८१९
(७) उद्योग व्यवसाय – १८२१
(८) उद्योगपतिहरूको आलोचना – १८२१
(९) नयाँ क्रिस्तानवाद – १८२५
(१०) उत्पादनका सबै साधनलाई समाजको कोषमा दाखिल गर्ने ।
(११) प्रबन्धक, निर्माणकर्ता र सामाजिक कर्मचारी सबै जना
(१२) सम्पत्तिको मालिक मानिस नभई राज्य ।
(१३) हरेक व्यक्तिलाई योग्यताअनुसारको काम र काम अनुसारको ज्याला ।
(१४) लोग्ने र स्वास्नी हुँदै समान र सामाजिक व्यक्ति ।
(१५) सर्वहारावर्ग अझै शोषित र स्वतन्त्र नभएको ।
(१६) कति समाजवादी विचारमा उहाँको चिन्तनको बीउ थियो ।
(१७) मृत्यु शøयामा भन्नुभयो छिट्टै मजदुर पार्टी बन्नेछ र भविष्य त्यही पार्टीको हुनेछ ।
उहाँलाई थाहा नभएको कुरा
(१) वर्गसङ्घर्षको अनिवार्यता र महत्वलाई देख्नुभएन ।
(२) पुँजीवादलाई समाप्त गर्ने र मानव जातिलाई त्यसबाट मुक्त गर्ने बाटो देखाउनुभएन ।
उहाँका समर्थकहरू
(१) बाजारेल र इन्फाइन्टाइन
(२) पैरेरोलेक्स
चाल्र्स फ्युरिये
(१) व्यापारीहरूको बेइमानी र बढी नाफा खाने तरिका उदाङ्ग्याउनुभयो ।
(२) पुँजीवादी व्यवस्था–व्यापारिक हानथाप, योजनाहीन र भद्रगोल
(३) मजदुरहरू बढी उत्पादनले बेकारी, भोकमरी र गरिबी सहने
(४) समाजका सदस्यहरूको स्वार्थ बाँझिएको
(५) ‘फाक्लेंसि’ भन्ने बस्ती र तीनकुने घर निर्माण सहर र गाउँको भेद हट्ने – ‘कम्युन’
(६) पेसा फेरि रहन पाउने शारीरिक र मानसिक कामको भेद हट्ने ।
(७) उपग्रहहरूको कल्पना, समूहको पानी पिउन हुने, सहारा मरुभूमिमा बगैँचा ।
(८) श्रमलाई प्रेम गर्ने र शिक्षालाई उत्पादन श्रमसँग मिलाउने ।
(९) पुँजीवादको खरो आलोचना – सभ्यता र प्रचुरताकै मुनि गरिबी जन्मने ।
रोबर्ट ओबेन एक कारखानाका हिस्सेदार
(१) ‘नयाँ समाजको दर्शन’, ‘समाजको नयाँ दर्शन’
(२) मानव चित्रको निर्माणका सिद्धान्तका निबन्धहरू
(३) ‘कम्युनिस्ट’ बस्ती र पत्रपत्रिकाहरू प्रकाशित
(४) गरिबका छोराछोरीलाई विद्यालय – आइमाई र केटाकेटीको कामको घण्टाभन्दा काम नगर ाउन ऐन पारित
(५) श्रमका घण्टाहरूको नोट वा मुद्राको प्रचलन
(६) ३० वर्ष मजदुरबिच काम गर्नु भयो र धेरै ठाउँमा प्रयोगका बस्तीहरू बसाल्नुभयो ।
(७) ‘गरिबी ऐन समितिलाई रिपोर्ट’ ‘नयाँ नैतिक संसारको किताब मानव जातिको विचार र व्यवहारमा क्रान्ति’
(८) कारखानाको कामको घण्टा निर्णय वातावरणमा सुधार–सहकारी आन्दोलन आदिमा जीवन दिनुभयो ।
उहाँलाई थाहा नभएको कुरा
(१) वर्गसङ्घर्षलाई स्वीकार गर्नु हुन्नथ्यो ।
(२) सम्पत्तिबाट कसैलाई बञ्चित नगर्ने ।
(३) साम्यवादी समाजको निर्माणको निम्ति आवश्यक विषयको कमी
समर्थक
(१) अब्राम कोम्वे
-अनलाइन मजदुरबाट