पुँजीपतिहरूले मजदुरहरूलाई सा¥है कम ज्याला दिन्छन् र मालिकहरूको सेवासम्म गर्नसक्ने बनाउँछन् । जतिसुकै नाफा भए पनि त्यसमा मजदुरहरूको कुनै हात र हिस्सा हुँदैन । नाफा सबै पुँजीपतिहरूको हुन्छ ।
उत्पादन कार्यमा अनुमानबाट काम हुन्छ । अनुमान असफल भएमा मजदुरहरूको सहुलियत र आफ्नो जाँगर गुमाउँछन् । मुट्ठीभर पुँजीपतिहरूले समाजका बहुमत मजदुरहरूलाई नियन्त्रणमा राख्छन् । आर्थिक जीवनमा पनि निजी सम्पत्तिको अत्यन्त ठुलो हिस्सा अल्पमतले सबै किसिमको मूल्यमा राज्यमार्फत नियन्त्रण गर्छ । यस्तो स्थितिमा कुनै प्रकारको औचित्यता साबित हुँदैन । यो सा¥है ठुलो व्यङ्ग हो ।
उत्पादनको साधन र सम्पत्तिको वितरणमा ठुलो असमानता छ । त्यसैले मजदुरहरूको जीवन असुरक्षित छ, बेकारी एवं भेदभाव व्यापक छ । पुँजीपतिवर्गले घाम, पानी र भूमिजस्तो प्राकृतिक वरदानमा समेत एकहति गर्दै छ । ज्यालाको बन्दोबस्त पूरै दोषपूर्ण र अप्रजातान्त्रिक छ । उत्पादनका साधनहरूबाट पुँजीपतिवर्गले आफ्नो पारिश्रमिक, पुँजीको ब्याज, भूमिको कूत, कर्मचारीको तलब, कच्चा माल र खिइएको मेसिनको क्षतिपूर्ति आदि पछि मात्रै मजदुरहरूले ज्याला पाउँछन् । मजदुरहरूले आफ्नो इच्छा, आकाङ्क्षा र व्यक्तित्वलाई समेत गुमाउँछन् ।
वर्तमान निर्वाचन पद्धति र प्रतिनिधित्व अप्रत्यक्ष हो । यसले मतदाताहरू आफैँले आ– आफ्ना विचारहरू राख्न पाउँदैनन् । मतदाताहरूले आफ्ना प्रतिनिधिमार्फत आफ्ना भावना व्यक्त गर्न सक्छन्, अत्यन्त बहुमत मतदाता सरकारको गतिविधिमा प्रत्यक्ष भाग लिन पाउँदैनन् । यसकारण, भनिन्छ प्रजातन्त्रले अप्रजातान्त्रिक प्रवृत्तिलाई अगाडि बढाउँछ । वर्तमान बन्दोबस्तले निजी सम्पत्तिलाई सुरक्षा गर्छ, पुँजीपतिहरूको हातमा उत्पादनका साधनहरू पु¥याउँछ । यसकारण, यो व्यवस्था पूर्ण अप्रजातान्त्रिक छ र यसको प्रशासन असक्षम छ ।
पेसागत समाज (Guild Society) कस्तो हुन्छ ?
पेसागत समाजको विशेषता निम्न हुनेछन् –
(१) क्षेत्रीय प्रतिनिधित्वको व्यवस्थाको ठाउँमा कार्यको आधारमा समाजको प्रतिनिधित्व हुनेछ । आ–आफ्नो पेसामा मात्रै हित र इच्छा हुने हुँदा प्रतिनिधित्व पेसाको आधारमा हुनुपर्छ । हरेक पेसाको आधारमा उचित विधायिकाको बन्दोबस्त हुनुपर्छ । त्यसमा पेसागत क्षेत्रको प्रतिनिधित्व हुनेछ । त्यस विधायिकालाई कर लगाउने अधिकार रहन्छ र राष्ट्रिय हितमा त्यसले जनताको हेरविचार गर्छ । यस्तो सङ्गठन बढी केन्द्रिकृत हुँदैन र राष्ट्रिय हितको संरक्षण गर्छ ।
(२) सबै उद्योग पेसाको आधारमा सङ्गठित हुनुपर्छ । निश्चित समाजको फरकफरक कामको जिम्मेवारीको निम्ति आपसमा निर्भर रहेका सङ्गठित जनताको स्वशासित समाज नै Guild हो – जी.डी.एच. कोल (GD.H. Cole) ।
यसको अर्थ हो – हरेक उद्योगको उत्पादनको स्रोत र विस्तार तथा मजदुरहरूको हितको सुरक्षा पेसागत समाजले गर्छ । हरेक पेसागत समाजको प्रमुख नै निर्वाचित प्रतिनिधि हुनेछन् । सबै पेसागत समाज मिलेर औद्योगिक पेसागत महाधिवेशन बन्नेछ ।
(३) राज्यले आफ्नो कार्यको निम्ति अलग काम देखाउने कार्यकारी वा मन्त्रिपरिषद् चाहिँदैन । रक्षा, परराष्ट्र मामला र शान्ति सुरक्षाको काममा सीमित रहनेछ । स्वायत्त निकायहरूको रूपमा काम गर्ने पेसागतहरूको गतिविधिमा हस्तक्षेप हुनेछैन ।
(४) राष्ट्रिय पेसागतले उत्पादन, मजदुरहरूको कामको स्थिति, मालको मूल्य निर्धारण र बजार व्यवस्थापनको नीतिको निर्णय गर्छ । त्यसैले बजारको अस्थिरताको जिम्मेवारी लिनेछ र हरेक सामानको मूल्य निर्धारण गर्नेछ ।
(५) पेसागत संसद् र राजनैतिक संसद् गरी दुई प्रतिनिधिसभाको कल्पना गरिएको छ र सम्भावित विवादलाई छिनोफानो गर्न ‘कार्यकारी पेसागतको प्रजातान्त्रिक अदालत’ भन्ने अर्को संस्था रहनेछ ।
(६) उपभोक्ताहरूको हितलाई हेर्न उपभोक्ता परिषद्को बन्दोबस्त रहनेछ । उपभोक्ता परिषद्ले उत्पादक परिषद्को घनिष्ठ संलग्नतामा काम गर्नेछ ।
(७) पेसागत समाजमा तलबमा समानता हुनेछ ।
पेसागत समाजवादको परिपाटी
पेसागत समाजवाद वैज्ञानिक समाजवाद र सिन्डिकेली समाजवादबिचको बाटो हो । समाजवादीहरू आफ्नो उद्देश्य राजनैतिक उपायहरूद्वारा पूरा गर्न चाहन्छन् भने सिन्डिकेलीहरू आर्थिक उपायहरूद्वारा आफ्नो उद्देश्य पूरा हुने विश्वास गर्छन् । पेसागत समाजवादीहरू वर्तमान प्रतिनिधित्वको बन्दोबस्तको ठाउँमा कार्यमूलक आधारमा प्रतिनिधित्वको कार्यान्वयनलाई व्यवहारिक मान्छन् ।
पेसागत समाजवादीहरू राज्यको सार्वभौम अधिकारलाई विकेन्द्रित गर्न चाहन्छन् । ‘पेसागत समाजवादका मुख्य उद्देश्य राज्यको पुनः संरचना हो र राज्यको विघटनभन्दा राज्यको शक्तिलाई पुनः वितरण गर्नु हो ।’ – गेटेल (Gettel)
पेसागत समाजवादीहरूको कार्यान्वयनको पद्धतिमा मजदुर सङ्घहरूको ठुलो भूमिका रहन्छ । हरेक मजदुर सङ्घ स्वयम् एउटा पेसागत हुन्छ । मजदुर सङ्घहरूले आ–आफ्नो सदस्यता बढाउन कोसिस गर्छन् । हरेक उद्योगका हरेक मजदुर सङ्घ पूर्ण सदस्य हुनेछन् । ती मजदुर सङ्घहरूले उद्योगलाई बढीभन्दा बढी नियन्त्रणमा राख्नेछन् । अति आवश्यक नभएसम्म हिंसा र शक्तिको प्रयोग हुनेछैन र मजदुर सङ्घहरूको शान्तिपूर्ण कार्यमा पुँजीपति वा मालिकहरूले निश्चय पनि प्रतिरोध गर्नेछन् ।
अन्तमा, मजदुर सङ्घहरूको हातमा उद्योगको अधिकार जानेछ र सङ्क्रमणकालमा मजदुर सङ्घहरूले ठेक्काको बन्दोबस्त गर्ने प्रस्ताव राख्नेछन् । त्यस बन्दोबस्तमा मजदुर सङ्घहरूले मजदुरहरूलाई सचेत पार्नुपर्छ र पुँजीपतिहरूले कसरी नाफा कमाउँछन् भनी ती उपायहरूलाई उदाङ्ग्याउनुपर्दछ ।
पेसागत समाजवादको आलोचना
(१) पेसागत समाजवादीहरू हरेक कारखानाका धेरै र कम ज्याला पाउने र शारीरिक एवं बौद्धिक काम गर्नेहरूको एक पेसागत बनाउने कल्पना गर्छन् । धेरै तलब पाउने व्यवस्थापनका कर्मचारीहरू मालिकहरूकै पक्षमा रहने हुँदा तिनीहरू मजदुरहरूसँग मिल्दैनन् । आफ्नो पक्षमा माथिल्ला कर्मचारीहरूलाई राख्न मालिकहरूले सहुलियतहरू दिने उपायहरू गर्छन् । यसकारण, यो व्यावहारिक दृष्टिकोण देखापर्दैन ।
(२) निश्चित उपाय नहुँदा राज्यको सुधारले मात्र राम्रो नगर्ने निश्चित छ । तिनीहरू राज्यशक्तिबाट प्रतिरोधको विरोध गर्छन् । यसको अर्थ पेसागत समाजवादीहरूको सबै योजना अव्यवहारिक हुन्छन् ।
(३) राजनैतिक संसद् र आर्थिक संसद्को कल्पना व्यवहारमा लागू हुन्न । राजनीति र आर्थिक पक्षलाई मानव जीवनबाट एक आपसमा अलग्याउन सकिन्न, हार र जीत जे भए पनि राजनैतिक दलहरूले आर्थिक समस्या सुल्झाउनै पर्छ, मजदुर सङ्घ र हडताललाई राजनीतक र आर्थिक संस्थानलाई अलग्याउन सकिन्न । राजनीति र अर्थतन्त्र एउटै ढयाकका खुकुरी र त्रिशुल हुन् ।
(४) उद्योग र मजदुर सङ्घमा विश्वासघाती हुँदैनन्, व्यवस्थापनले अधिकार छोड्छ, मजदुरहरूमा झै–झगडा हुँदैनन् भन्नेजस्ता कुरा मानवीय स्वभावमा बढी आशावादीमात्र हुनेछ ।
(५) कार्यकारी प्रतिनिधित्वले राष्ट्रिय एकता ल्याउँछ, संसद्ले सबैको हित र प्रखरता हेर्छ भन्ने कुरा सत्य देखिन्न ।
(६) मानिसहरूको बौद्धिकस्तर धेरै उँचो भएपछि मात्रै प्रशासक समिति र संयुक्त समितिका जटीलताहरू बुझ्नेछन्, साधारण जनताले व्यवहारमा त्यसलाई अनुभव गर्ने छैनन् ।
(७) दुई संसद्को झगडा सर्वोच्च अदालतले हेर्छ, त्यही मुख्य अधिकारको केन्द्र हुनेछ । जो अप्रजातान्त्रिक संस्था हुनेछ ।
(८) मुख्यमुख्य उद्योगका प्रतिनिधिहरू संसद्मा बढी हुनेछैनन् । पूर्ण समानता मौलिकरूपले खोटपूर्ण हुन्छ । समान वितरण व्यवस्थाले अनिश्चित परिणाम ल्याउनेछ ।
पेसागत समाजवादका प्रवर्तकहरू
(१) ए.जे. पेन्टी (१८७५–१९३५) Restoration of the Guild System –1906
(२) ए.आर. ओरेम्ज (१८७३–१९३४)
(३) एस.जी. हब्सन (१८६४–१९४०)
(४) G.D.H. Cole (१८८९–१९५९, १४ जनवरी)
– Self Government in Industries 1917.
– Guild Socialism Restated
– Fabian socialism (१९५२ मा अध्यक्ष)
(५) वट्र्रम रसेल – १८ मई १८७२ जन्म, १९७० मृत्यु
१८९० मा अध्ययन गर्न क्याम्ब्रिज – गणित र दर्शनशास्त्र अध्ययन
१९१० मा क्याम्परिजमा प्राध्यापक (The Principle of Mathematics) १९०३
विश्व सरकारका समर्थक – वैज्ञानिक, (Practice and Theory of Bolehemism 1920, The Problem of China – 1922)
(६) आर.एच. टोनी
(४) History of socialist thought
(५) Phiralism
हेराल्ड जे. लास्कि (H.J. Laski) १८९३ मेनचेस्टर, १९२० मा मैकगिल र हार्डवर्डमा शिक्षक, वेब दम्पत्तिले School of Economics स्थापना गर्दा Political Science को ३० वर्षसम्म प्राध्यापक, १९२२ मा फेवियाली समाजका कार्यकारिणी परिषद्का सदस्य, १९३४ सोभियत सङ्घको भ्रमण र प्रभावित १९५० मा ५७ वर्षको उमेरमा बिते ।
(१) Studies on the problems of sovereignty
(२) Authority in the Modern State
(३) Foundation of sovereignty
(४) A Grammar of Politics
(५) Freedom and Socialism
(६) Karl Marx
(७) Communism