२६ मंसिर, कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चन पर्यटन प्रर्बद्धनका लागि कञ्चनमा रहेको बिभिन्न धार्मिक स्थल र मेलाहरुको संस्थागत बिकास गर्न आवस्यक रहेको बताउनु भएको छ। भैरमघाट मेला संचालन समिति, कञ्चन ४ रुपन्देहीद्वारा संचालन गरिएको भैरमघाट बाला चतुदर्शी मेला २०८० कोशुभारम्भ गर्दै अध्यक्ष ढकालले कञ्चनको समृद्धिसंग जोडिएको हरेक धार्मिक स्थल र सांस्कृतिक मेलाहरुलाई संस्थागत गर्न सकेमात्र कञ्चनको पर्या पर्यटनको बिकास र प्रर्बद्धन गर्न अत्यन्त जरुरी रहेको बताउनु भएको हो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष ढकालले भैरमघाट बालाचतुदर्शी मेलाको ऐतिहासिकताबारे स्मरण गर्दै ४० को दशकबाट पितृहरुको सम्झनामा शतबिज छर्ने र तोरण तार्ने चलनको शुरुवात गरिएको र बि.सं. २०४३ सालमा कञ्चन ३ निवासी स्वर्गिय तोयनाथ उपाध्यायले ६ महिनासम्म फलाहरी वर्त बसी सप्ताह गर्नु भएको र सप्ताह सम्पन्न भएपछि सप्ताह सेलाउन बाजागाजा र भजन किर्तन सहित भैरमघाटमा ल्याई तोरण तारी मेलाको रुपमा बिकास हुदै गएको उल्लेख गर्नु भयो।
आगामी बर्षहरुमा कञ्चनमा भएका हरेक धार्मिक स्थल र सांस्कृतिक मेलाहरुको ब्यबस्थित रुपमा सञ्चालन गर्न पालिकास्तरबाटै बिस्तृत योजना बनाएर अगाडी नबढेसम्म मेला र पर्वहरुको ऐतिहासिकता विलिन हुदै जाने अध्यक्ष ढकालले बताउनु भयो।
कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले भैरमघाट मेलाको ब्यबस्थित रुपमा संचालन गर्न वडा र पालिकाबााट आवस्यक बजेटहरुको ब्यस्बथापन गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो। वडा अध्यक्ष खत्रीले मेला स्थलमा बिधुत र खानेपानीको ब्यबस्थापन गरेको र यसको दिगो बिकासका लागि आफु सधै निरन्तर अगाडी बढने समेत उल्लेख गर्नु भयो।
यसैगरी वडा नं. ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले कञ्चनलाई चिनाउने बिभिन्न स्थल र मेलाहरुको समुचित बिकास गर्नुको कुनै विकल्प नरहेको कुरा बताउनु भएको छ। यहाँ भएका कुनै पनि सम्पदा र श्रोतहरु नै कञ्चनको पहिचान र समृद्धिसंग जोडिएर रहेको वडा अध्यक्ष सापकोटाले बताउनु भएको छ।
कार्यक्रममा तोयनाथ उपाध्यायका नाती तथा समाजसेवी दुर्गा प्रसाद ढकालले भैरमघाटमा शतबिज छर्ने र तोरण तार्ने चलनको सन्दर्भ र त्यसको महत्वको बारेमा उल्लेख गर्नु भएको थियो। पञ्चायत कालिन समयमा बहुदल र निर्दलको आन्दोलन भैरहेको र त्यतिबेला बहुदलबादीहरुले भुमिगत रुपमा आन्दोलन गर्नेक्रममा सो आन्दोलनमा लागेर आफ्नो नाति (भुमिश्वर ढकाल) भुमिगत भै बेपत्ता भएको र "आफ्नो नाति जे जस्तो अवस्थामा भए पनि घर आओस र मुख हेर्न पाउ" भनि फलफुल मात्र खाइ छ महिना फलहारी बसी यज्ञ गरेको र पुजामा प्रयोग भएको सामग्री र तोरण सेलाउन कञ्चन नदीमा बाजागाजा सहित ल्याएको त्यसै दिन देखि ब्यबस्थित मेला लाग्ने चलनको शुरुवात भएको समाजसेवी ढकालले बताउनु भएको थियो।
भैरमघाट मेला सञ्चालन समितिका संयोजक ठाकुर प्रसाद गौतमको अध्यक्षता तथा रेडियो कञ्चनका स्टेशन मयानेजर गोविन्द आचार्यको संचालनमा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायिका संगिता चितौरे मगर, खेम बमरेल, मिलन चौधरी लगायतले सांगेतिक प्रस्तुती प्रस्तुत गरेका थिए। यस्तै राष्ट्रिय नृत्यङ्गाना तथा स्थानीय कलाकाहरुको समेत बिभिन्न नृत्य प्रस्तुत रहेको थियो।
मंसिर २१ गते देखि २५ बर्ष भन्दा माथी उमेर समूहका भेट्रान्स फुटवल प्रपतयोगिता सञ्चालन गरिएको थियो भने आज फाइनल प्रतिस्पर्धाको खेल रहेको छ।