२७ भदौ, कञ्चन
अखिल भारत नेपाली एकता समाजको आठौ अखिल भारत सम्मेलन सम्पन्न भएको छ। २५गते भदौ देखि २६ गते सम्म संचालन भएको (१० सितंबर देखी १२) सम्म हरियाणा राज्यको औधोगिक शहर फरिदावादमा संचालन भएको थियो। अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देवल बहादुर लामिछानेले एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त सम्मेलनले लिएका महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ।
खिल भारत नेपाली एकता समाजका संस्थापक अध्यक्ष गोविन्द सिह थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले १० बुँदे राष्ट्रिय तथा अन्तराष्ट्रिय समसामयिक बिशेष प्रस्तावहरु पास गरेको छ। सम्मेलनको उद्घाटन समारोह पूर्व बिभिन्न नारा सहितको जुलुस फरिदावाद शहरका विभिन्न भाग परिक्रमा गरि सम्मेलन स्थान अग्रसेन सभाहलमा पुगि उद्घाटन समारोहमा परिणत भएको थियो। उक्त सम्मेलनमा ने.क.पा (मशाल) का महासचिव सन्त बहादुर नेपाली समाजका संस्थापक सदस्य श्री राजु नेपाली, नेपालबाट बामपंथी नेता विमल शर्मा, अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष जितामित्र सुनार, हाँक साप्ताहिकका संपादक शशीधर भन्डारी, अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष सुर्य थापा, अखिल नेपाल ट्रेड यूनियन महासंघका केन्द्रीय सचिव दयाराम खनाल, रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष नारायण शर्मा, पूर्ब अध्यक्ष नारायण योगी, अखिल नेपाल बुद्दिजीबी संघका केन्द्रीय सदस्य देवराज पौडेल, एकता समाजका पूर्ब महासचिवहरू खगेश्वर शर्मा, गंगा पौडेल र कृष्ण केसी, साउदी अरव नेपाली एकता समाजका प्रतिनिधि जेबी फौजा, ने.क.पा (मशाल) रूपन्देहीका प्रबक्ता बाबुराम आचार्य, नवलपुर जिल्ला सेक्रेटरी राम प्रसाद सापकोटा, एकता समाजकी महिला नेतृ सिमा क्षेत्री, अखिल भारत नेपाली विध्यार्थी संघका केन्द्रीय अध्यक्ष बिक्रम केसी, जनजाति विभागका केन्द्रीय सदस्य नर बहादुर गुरूङ, महिला विभाग केद्रीय सदस्य दुर्गा सुवेदी, रक्तिम विभाग केन्द्रीय सदस्य रामसिह बिक, प्रगतिशील लेखक राम बसु, अखिल भारत प्रवासी नेपाली एकता समाजका सह सयोजक दिपक तिरूवा, अखिल भारत नेपाली एकता मन्चका महेन्द्र खादिल र प्रगतिशील नेपाली समाज भारतका प्रमुख सचिव जेबी अधिकारी लगायत सहभागी भएका थिए।
अन्तराष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष दुर्गा शर्मा, जापान नेपाली एकता समाजका प्रतिनिधि देवेन्द्र बस्याल, रक्तिमका संस्थापक अध्यक्ष जीवन शर्मा, भारतीय साँस्कृतिक मन्चका महासचिव तुहिन देव, एकता समाजका पूर्व अध्यक्ष गिरधारीलाल न्यौपाने लगायत सम्मेलनलाइ लिखित शुभकामना पत्र पठाएका थिए।
समाजका महासचिव महेन्द्र बस्यालद्वारा संचालित उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष देव बहादुर लामिछानेले गर्नु भएको थियो। उपस्थित अतिथिगण प्रतिनिधि, पर्यव्यक्षक, दर्षक लगायत सम्पूर्ण सहभागीहरूलाइ समाजका सचिव नारायण शर्माले मन्तव्य द्वारा स्वागत गर्नु भएको थियो।
सम्मेलनको बन्द शत्रमा बिभिन्न नगर समितिहरूका अध्यक्ष तथा प्रतिनीधिहरुले आ(आफ्नो नगरको प्रगति रिपोर्ट पेस गरेका थिए भने समाजको संगठनात्मक प्रतिवेदन समाजका महासचिब महेन्द्र बस्यालले, विधान र घोषणापत्र केन्द्रीय अध्यक्ष देव बहादुर लामिछानेले प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदन र प्रस्ताबमाथी प्रतिनिधि, पर्यव्यक्षकहरूका बिभिन्न ६ वटा समूह बनाई छलफल गरिएको थियो। देब बहादुर लामीछानेको अध्यक्षतामा ३ उपाध्यक्ष, १ महासचिव, ३ सचिव र १ कोषाध्यक्ष सहित ४५ सदस्यिय पूर्ण १५ बैकल्पिक र २५ सल्लाकार गरी ८५ सदस्यीय केन्द्रीय समितिको निर्वाचित गरेको छ।
नव निर्वाचित उपाध्यक्षमा सुर्य पुन (हैदरावाद), खिमानन्द न्यौपाने (ईलाहावाद) र कृष्ण बि।क (बेंगलोर दक्षिण), महासचिव महेन्द्र बस्याल (चेन्नै), सचिव नारायण शर्मा (फरिदावाद), रामसिह बि.क. (बेंगलोर दक्षिण), शोभाराम सापकोटा (रोपड), कोषाध्यक्ष ईन्द्र भेटाल (मुम्बई) रहेका छन। यसैगरी सदस्यहरूमा सुर्य थापा (पान्डीचेरी), बाबुराम पराजुली (नाल्गोन्डा), थम्मन थापा (फरिदावाद), शेर बहादुर बिक (चेन्नै उत्तर), मनोहर पौडेल (हैदरावाद), कृष्ण पौडेल (हैदरावाद), मधुभुषाल (फरिदावाद), मोहन ठकुल्ला (मुम्बई), मनकाजी गुरू (रोपड), खेम न्यौपाने (फरिदावाद), करन दयाल (बेंगलोर दक्षिण), रवी गौतम (करूर), राजु थापा (पान्डीचेरी), बोमलाल बसेल (चेन्नै पूर्व), उमानन्द आचार्य (चेन्नै उत्तर), हेमराज रिजाल (चेन्नै पश्चिम), ज्योतिनारायण शर्मा (चेन्नै दक्षिण), नारायण गिरी (भेलोर), केशब गाहा (मुम्बइ), बिनिमाधव शर्मा (फरिदावद), बिक्रम के सी (चेन्नै उत्तर), अर्जुन केसी (चेन्नै पश्तिम) दुर्गा सुवेदी (चेन्नै दक्षिण), कलाधर सापकोटा ९रोपड०, रन बहादुर थापा ९चेन्नै दक्षिण०, माया हमाल (चेन्नै दक्षिण), श्याम बिक (हिसार) कोष प्रसाद पौडेल (नोयडा), धर्मराम बिक (बेंगलोर दक्षिण), प्रेम सुबेदी (पान्डीचेरी), मान बहादुर आले (कैथल), गोविन्द परियार (लुधियाना), बाबुराम बस्नेत (भिवाडी), गनेश बि।क (बेंगलोर दक्षिण) र धनबिर सुनार (कानपुर) रहेका छन। साथै १ स्थान रिक्त राखिएको छ।
त्यसै गरी बैकल्पिक सदस्यहरूमा ज्ञानमति बिक (बेंगलोर दक्षिण), हरेन्द्र नाथ (ईलाहवाद), दिनेश थापा (चेन्नै पश्चिम), सिमा क्षेत्री (फरिदावाद), राजु अधिकारी (चेन्नै पश्चिम), पम्फा न्यौपाने (ईलाहावाद), तिलकराम गोराथोकी (चेन्नै उत्तर), शेर सिह बिक (बेंगरोर दक्षिण), नर बहादुर बिक (चेन्नै उत्तर), शेर बहादुर दयाल (बेंगहोर दक्षिण), रामु शर्मा (हैदरावाद), भारती परीयार (बेंगलोर उत्तर) र कृष्ण परियार (बेगलोर उत्तर) रहेको समाजका अध्यक्ष लामिछानेद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ। यस्तै सल्लाकारहरूमा सुखदेव शर्मा (सितंबरम), फुलमाया के सी (चेन्नै उत्तर), आनन्द नेपाली (कल्कत्ता), राम बहादुर सेन (कोईम्बातुर), दिलिप बिक (बेगलोर उत्तर), टुकनाथ शर्मा (केरला, बिकास थापा (लखनऊ), देवी रिजाल (चेन्नै पश्चिम), जुक्त बहादुर कुंवर (हिसार), कल्पना पौडेल (हैदरावाद), गोविन्द बिक (कानपुर), रूद्र बहादुर थापा (हिसार), माया रोका (चेन्नै पश्चिम), खगेश्वर शर्मा (नेपाल), कलावति दयाल (बेगलोर दक्षिण), फन बहादुर घर्तीमगर (दिल्ली), गिता शर्मा (चेन्नै उत्तर), कुमारी थापा (पान्डीचेरी), मिना बिक (बेंगलोर दक्षिण), शान्ती परियार (बेगलोर उत्तर) मोहराज सुवेदी (चेन्नै उत्तर) र भुमिसरा बुढा (फरिदावाद) रहेका छन।
समाजको सम्मेलनबाट पारित समसामयिक बिशेष प्रस्तावहरु
अखिल भारत नेपाली एकता समाज आठौं अखिल भारत सम्मेलन द्वारा पारित समसामयिक विषेश प्रस्ताबहरू
- भारत लगायत विश्वभरीका विभिन्न देशहरूमा आस्थायी रूपले बस्दै आएका नेपाली नागरिकहरूलाइ आफु बसेको देशबाट नेपालको संसदीय निर्वाचनमा मताधिकार तथा प्रतिनिधित्वको अधिकार कार्यन्वयनका लागि यो सम्मेलन जोरदार माग गर्दछ।
- सन 1950 को नेपाल – भारत शान्ति तथा मैंत्री सन्धिले दुई देशका नागरिकहरूलाइ एक अर्का देशले समान व्यवहार गर्ने भनिएको छ। त्यो ब्यबस्था अनुसार भारतस्थित अस्थाई नागरिकलाइ पनि भारतमा रहदा सम्म आधारकार्डको ब्यबस्था हुनु पर्दछ। आधारकार्डको बाहानामा नेपालीहरूलाइ सताउने काम बन्द गरिनु पर्दछ।
- भारतले नेपालको अखण्ड भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाइ आफ्नो देशको नक्शामा समेटेको विषयमा यो सम्मेलन आपत्ति प्रकट गर्दछ र नेपालको सार्वभौमिकताको सम्मान गर्न भारत सरकारलाइ ध्यान आकर्षण गराउन चाहन्छ। त्यसका साथै छिमेकी चीनले आफ्नो देशको प्रचलित नक्शा तयार पार्दा उक्त क्षेत्र नेपालको भएको कुरालाइ अस्वीकार गरेकोमा पनि आपत्ति प्रकट गर्दछ।
- नेपालमा अहिले सार्वजनिक भएका नक्कली भुटानी शरणार्थी, ललिता निवास, 60 किलो सुन तस्करी लगायतका प्रकरणहरूमा गृह मंत्रालयले कडाइका साथ छानबीन गर्ने भनिएता पनि त्यसमा संलग्न योजनाकारहरूले उन्मुक्ति पाउने सम्भावनालाइ मध्येनजर गर्दै अपराधीहरूलाइ कुनै हालतमा नछाड्न र उचित सजाय दिन नेपाल सरकारसित जोडदार अपील गर्दछ।
- संसदबाट पारित तथा राष्ट्रपति द्वारा समेत प्रमाणित नागरिकता कानुन राष्ट्रघाती रहेकोमा यो सम्मेलन उक्त कानुन खारेजीको माग गर्दछ।
- एमसीसीको कार्यान्वयन प्रकृया शुरू भएको छ। त्यसबाट नेपाललाइ अमेरिकी सुरक्षा छाता भित्र राख्ने र नेपालबाट छिमेकी देशहरूलाई निगरानीमा राख्ने षड्यन्त्रमाथि बिचार गर्दा त्यो राष्ट्रघाती सम्झौतालाइ खारेज गर्नु पर्दछ।
- भारतमा नोकरी पेषा गर्ने नेपालीहरू अबकास प्राप्त भए पछि भरातमा पेन्शन लिन आउदा र जादा बिभिन्न समस्याहरू झेल्न पर्ने अवस्थाका कारण उनीहरूलाइ नेपालमै पेन्शन पाउने ब्यवस्था मिलाउन दुबै देशका सरकारसंग यो सम्मेलन जोडदार माग गर्दछ।
- संघीयता नेपालको हितमा छैन । त्यस कारण त्यसलाइ खारेज गर्नु पदर्छ।
- नेपाल भारत सिमानामा सिधासादा नेपालीहरूलाइ लुटपाट गर्ने र अलपत्र पार्ने जस्ता कामहरू यहाका असामाजिक तत्वहरूबाट भैइरहेको हुँदा यो सम्मेलन त्यस्ता दुष्कर्महरूलाइ तत्काल रोक्न भारत सरकारलाइ गंभीर ध्यानाकर्षण गराउछ।
- नेपाल तथा भारतका मानव तस्करहरूले विदेश पठाइ दिने प्रलोभन दिएर भारतका बम्बै, दिल्ली, कलकत्ता लगायतका ठूला शहरहरूमा नेपाली महिलाहरूको बेचबिखन भैरहेको समाचारहरू आउने गरेता पनि अपराधीहरूलाइ पक्रन दुबै देशका प्रहरी प्रशासन उदासीन देखिने गरेकोमा यो सम्मेलन कडा विरोध गर्दछ। साथै नेपाली चेलिवेटीको बेचबिखन रोक्न नेपाल र भारत दुबै देशका सरकारहरूसंग जोडदार माग गर्दछ।