२६ पुष,कञ्चन
कञ्चन जेसिज बर्ष २०२१ का लागि पद हस्तान्तरण तथा सम्मान कार्यक्रम आइतवार सम्पन्न भएको छ। कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष बाबुराम पौडेलले बर्ष २०२१ का लागि नव निर्वाचित अध्यक्ष राधिका चौधरीलाई पद हस्तान्तरण तथा बर्ष २०२०मा कञ्चन जेसिजको बार्षिक कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न सम्पन्न सफल बनाउन सहयोग गर्ने कार्यकारी समिति,सहयोगदाता र बिभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुमा सहभागीहरुलाई सम्मान गर्नु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा बिघटित प्रतिनीधि सभाका सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले राजनैतिक दलका नेता र कार्यकर्ताहरुमा पद र पैसाको लोभी हुने र उनिहरुले आफ्नो ब्यक्तिगत स्वार्थका लागि गैरकानुनी कार्य गर्ने र गर्दै आइरहेको बताए । पद र पैसा भागबण्डामा कुरा नमिले पछि दक्षिण एशियाकै सबै भन्दा ठूलो भनिएको नेपालको कम्युनिष्ट पार्टीमा आपसी झगडा भएको र त्यो झगडालाई समाधान गर्न नसक्दा ओलीले आवेशमा आएर संसद बिघटन गरी जनताको बिश्वासलाई घात गरेको प्रमुख अतिथि शाहले आरोप लगाएका छन। प्रमुख अतिथि शाहले समाजमा स्वच्छ छवि भएका निस्वार्थ भावका समाजसेबी,शैक्षिक ब्यक्तित्व र दिग्गजहरुका सामु लोभ र लालच भएका नेताहरुले असल ब्यक्तित्वहरुलाई अगाडी आउन नदिन आफु जस्तै लोभी मान्छेहरु प्रयोग गर्ने गरेको बताए । आफु पहिलो पटक संसदमा सार्वजनिक लेखा समितिको सभापति हुदा देशमा भ्रष्टचार,अनियमितता,कमिसनका नायकहरु अचम्म लाग्दो रुपमा फस्टाई रहेको र उनिहरुको संरक्षण हामी जस्ता सांसद,मन्त्री र सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुबाट भइरहेको पाएको बताउदै उनिहरुलाई कार्वाहीका लागि सिफारिस गर्दा ओली सरकारले अनेक बहानामा आलटाल गर्दै आएको अन्तमा केही सिप नलागे पछि घर झगडाको बहानामा प्रतिनीधि सभा बिघटन गरेको आरोप लगाए ।
लुम्बिनी प्रदेशका सांसद तथा नेपाली कांग्रेस संसदिय दलका प्रमुख सचेतक फकरुद्धिन खाँले नेपाली राजनितीमा अहिले जत्तिको फोहोरी खेल र भ्रष्टचार बिगतमा कहिलै नभएको बताएका छन।हिजो कम्युनिष्टको सरकार आएपछि सबै बराबर हुन्छन र सबैले बराबर आधिकार पाउछन र देशमा समृद्ध हुने कथा सुनाउने कम्युनिष्ट नामका कपटी कथाकारहरु नै भ्रष्टचार र अनियमितता अनि कमिसनमा चुर्लुम्म डुबेको आरोप लगाएका थिए । हिजो भ्रष्टचार र अनियमित गर्नेहरु औलामा गनिने हुन्थे आज हरेक गल्ली,हरेक पसल,उधोग र कारोबारहरुमा समेत भ्रष्टताको नमुना छरपस्ट भएको र ती भ्रष्ट,कमिसनवालाहरु भनेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता कार्यकर्ताहरु रहेको समेत बताए ।
लुम्बिनी प्रदेशका अर्का सांसद पुष्पा चौधरीले नेपाल कम्युनिष्ट पार्टी(नकपा)का पुर्व प्रधानमन्त्री,मन्त्री र सांसद भइसकेकाहरुले आफ्नो मान प्रतिस्था र मर्यादा भुलेर आफ्नै घरभित्रका सदस्यहरुको आलोचना गर्दा निकृष्ट र अमर्यादित भाषा प्रयोग गर्नु भनेको कम्युनिष्ट पार्टीमा अनुशासन बिहिन नेता उत्पादन भइरहेको बुझ्न पाइएको बताएका छन।सांसद चौधरीले भने प्र.म.ओली र राष्ट्रपति बिधा भण्डारीले जुन असम्बैधानिक कार्य गरी प्रतिनीधि सभा बिघटन गरे त्यसको दोष उनिहरु बिचको अबैध सम्बन्धलाई देखाएर आफ्नो घरभित्र भएको बास्तबिक झगडा लुकाउने प्रयास गरेको आरोप लगाइन।
यसैगरी नेपाल जेसिज बर्ष २०२१ का महासचिव सिनेटर बिकास मानन्धरले नेपाल जेसिज बर्ष १८ देखि ४० बर्ष उमेर समूहका युवाहरुमा भएको अन्तरनिहित क्षमताको पहिचान गरी उनिहरुको नेतृतव,ब्यक्तित्व,उधमशिलता र बिश्वबन्धुत्व भावनाको बिकास गरी सभ्य समाजका लागि सभ्य र असल नेतृत्व उत्पादन गर्दै आत्म निर्भरताका लागि उधमशिलताको समेत बिकास गर्ने साझा बिश्व विधालय भएको बताए भने एरिया डि का लागि निरुपित उपाध्यक्ष सुमन कृष्ण श्रेष्ठले जेसिज युवाहरुको लागि साझा बिश्व बिधालय हो जस्ले समाजको लागि आवस्यक पर्ने असल,सभ्य र अनुशासित नेतृत्वको बिकास गरी युवाहरुलाई उधमशिलता तर्फ उन्मुख बनाउने बताए । कञ्चन जेसिजको मातृ शाखा सैनामैना जेसिज बर्ष २०१८ का अध्यक्ष तथा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष बिमल ज्ञवालीले कञ्चन जेसिजले समाजिक क्षेत्रमा पुर्याएको योगदानले जेसिजको उचाईलाई अझ उचो बनाउन महत्वपुर्ण भुमिका रहेको बताए।
कञ्चन जेसिज बर्ष २०२१ का लागि पुष १८ गतेको दोश्रो अधिबेशनले राधिका चौधरीको अध्यक्षतामा १३ सदस्यिय कार्यकारी समिति निर्विरोध निर्वाचित गरेको थियो । सो अधिबेशनले चित्र तुलाचन र बुद्धि प्रसाद रेग्मीलाई कार्यकारिणी उपाध्यक्ष,सरला ढकाल,प्रिया तरामु,बिष्णु प्रसाद पौडेल र प्रकाश उपाध्यायलाई उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको थियो भने सचिवमा दिपा थारु र सह कोषाध्यक्षमा ममता कार्की निर्वाचित भएका थिए । यस्तै नेपाल जेसिजको बिधान अनुसार महासचिव पदमा मोहराज शर्मा,कानुनी सल्लाहकारमा राजन शर्मा पौडेल र कोषाध्यक्ष पदमा सुमन सुबेदीलाई अध्यक्ष चौधरीले मनोनित गरी समितिलाई पुर्णता दिएका हुन भने निर्वतमान अध्यक्ष पदेनको रुपमा रहने चलन छ।
कञ्चन जेसिज बर्ष २०२१ को नारा समुदायका लागि प्रभावकारी नेतृत्व रहेको छ भने नव निर्वाचित अध्यक्ष चौधरीले आफ्नो कार्यकालमा कञ्चन जेसिजको ब्राण्डको रुपमा रहेको भ्वाइस अफ कञ्चन,१ लाख रुपैया बराबरको अक्षय कोष स्थापना र आन्तरिक प्रयटन बिकास र प्रबद्र्धनका लागि लुम्बिनी देखि मुक्तीनाथ धाम सम्मको भ्रमण जस्ता महोतवाकांक्षी कार्यक्रमहरु सार्बजनिक गरेका छन।