२२ पुष,कञ्चन
रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था,कञ्चन४,रुपन्देहीको १० औं बार्षिक उत्सव बुधवार सम्पन्न भएको छ। कञ्चन गाउपालिकामा पहिलो खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको रुपमा बि.स.२०६७ सालमा स्थापना भएको थियो ।
कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले सो बार्षिक उत्सवको उद्धघाटन गर्दै कञ्चनको स्वास्थ्य सुरक्षमा रुद्रपुर खानेपानी संस्थाले पुर्याएको योगदान अमुल्य भएको बताउनु भएको छ। कञ्चनवासीलाई स्वस्थ बनाउन संस्थाले पुर्याएको योगदान बारे चर्चा गर्दै नेपाल सरकारको नीति अनुसार एक घर एक खानेपानीको धारा जडान गरी सुरक्षित र स्वस्थ पानी पिउने अधिकारलाई सुनिश्चित गर्न गाउपालिका प्रतिबद्ध भएको अध्यक्ष क्षेत्रीले बताउनु भएको छ।
कञ्चन गाउपालिकाका वडा नं. ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले हरेक कञ्चनवासीमा सुरक्षित र स्वस्थ पानी पिउने नैसर्गिक अधिकार भएको र उक्त अधिकारलाई सुनिश्चित गर्न रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले खेलेको भुमिका निकै प्रशंसनिय रहेको बताउनु भएको थियो ।त्यस्तै नेपाली कांग्रेसका प्रतिनीधि देबिराम रेग्मीले रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई यो स्थान सम्म ल्याई पुर्याउन हरेक कञ्चनवासीको योगदान भएको र कञ्चनभरीका उपभोक्ताहरुलाई सुरक्षित पिउने पानी उपभोग गर्ने अधिकारलाई सुरक्षित गर्न कञ्चन गाउपालिकाले बिशेष योजनाका साथ बजेट ब्यबस्थापन गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमुक्ती पार्टीका दुर्ग बहादुर थापा,खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाहरुको तर्फबाट युवराज शर्मा,उपभोक्ताहरुको तर्फबाट तुलसी प्रसाद अधिकारी लगायतले उपभोक्ताहरुको घर घरमा पुग्ने पिउने पानीको धारा सम्म पुग्दा र उपभोक्ताले उपभोग गर्ने बेला सम्म पिउने पानी सुरक्षित हुनु पर्ने र त्यसको लागि उपभोक्ताहरुलाई पानीलाई सुररिुक्षत रुपमा भण्डारण गर्ने तरिकाको समेत अभिमुखीकरण गरिनु पर्नेमा जोड दिनु भएको थियो ।
बक्तृतवकला प्रतियोगितामा सरस्वती मा.बि.की सरस्वती रिजाल प्रथम
रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आफ्नो संस्थाको बार्षिक उत्सवको अवसरमा आयोजना गरेको खानेपानी संस्थामा खानेपानीको सुरक्षा योजनाको महत्व बिषयक अन्तर मा.बि. बक्तृतवकला प्रतियोगितामा सरस्वती मा.बि.की सृजना रिजाल प्रथम भएकी छन । कञ्चन गाउपालिका भरिका १० माध्यमिक बिधालय स्तरका बिधार्थीहरुले सहभाथि.गत जनाएको सो प्रतियोगितामा रिजाल प्रथम भएकी हुन ।
प्रतियोगितामा लुम्बिनी ज्ञान निकेटन मा.बि.का अस्मिता सापकोटा दोश्रो,सनमोडल ईंलिस बोर्डिंग स्कुलका पूजा गिरी तेश्रो र हरैया माध्यमिक बिधालयका हिमाल सापकोटा सान्त्वना भएका छन। प्रतियोगितामा प्रथम भएसंगै सृजना रिजालले नगद ७ हजार,दोश्रो हुने अस्मिता सापकोटाले नगद ५ हजार,तेश्रो हुने पुजा गिरीले नगद ३ हजार र सान्त्वना हुने हिमाल सापकोटाले नगद २ हजार रुपैया र प्रमाण पत्र प्राप्त गरेका छन ।
प्रतियोगितामा हरैया माध्यमिक बिधालयका हिमाल सापकोटा,प्रगती मा.बि.का बिशाल पौडेल,भैसाही मा.बि.का उमा थारु,सरस्वती मा.बि.का सृजना रिजाल,दुर्गा माध्यमिक बिधालयका रश्मी पौडेल,लुम्बिनी ज्ञान निकेटन मा.बि.का अस्मिता सापकोटा,रुद्रपुर मा.बि.का प्रभा रिजाल,सनमोडल ईंलिस बोर्डिंग स्कुलका पूजा गिरी,बुद्धदीप ईंलिस बोर्डिंग स्कुलका संस्कार पौडेल र मोर्डन भिजन एकेडेमीका अक्लेस केवटले सहभागिता जनाएका थिए।
कञ्चन गाउपालिका शिक्षा शाखाका शिक्षा अधिकृत रमेश भुसाल,शिवशक्ती आधारभुत बिधालयका प्रधानाध्यापक मैना कार्की र खानेपानी तथा सरसफाई डिभिजन कार्यलय बुटवलका खानेपानी सुरक्षा योजना प्रशिक्षक ईश्वरी प्रसाद आचार्यले प्रतियोगिताको निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष दिनानाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव रेशम बहादुर थापाले गर्नु भएको थियो भने स्वागत उपाध्यक्ष गेम बहादुर थापाले गर्नु भएको थियो । उक्त संस्थामा करिब २ हजार २ सय भन्दा बढी उपभोक्ता रहेका छन भने कञ्चनमा ६ वटा खानेपानी योजनाहरु निर्माणाधिन रहेका छन।