१८ पुष,कञ्चन
कञ्चन जेसिज बर्ष २०२१का लागि बर्ष २०२० का कानुनी सल्लाहकार राधिका चौधरीको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्य समिति शनिवार सर्बसम्मत निर्वाचित भएको छ। निर्वाचन आयुक्त तथा कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणी पौडेलका अनुसार एक अध्यक्ष,दुई कार्यकारीणी उपाध्यक्ष,४ उपाध्यक्ष,एक सचिव र एक सह कोषाध्यक्ष गरी ९ पदमा भएको उमेद्वारीमा सबै पदाधिकारीहरु निर्विरोध रुपमा निर्वाचित भएका हुन ।
कञ्चन जेसिज बर्ष २०२१ का लागि अध्यक्षमा राधिका चौधरी,दुई कार्यकारीणी उपाध्यक्षहरुमा भित्र तुलाचन र बुद्धि प्रसाद रेग्मी निर्विरोध रुपमा निर्वाचित भएका छन भने ४ उपाध्यक्ष पदमा प्रिया तरामु, सरला ढकाल,प्रकाश पौडेल र बिष्णु प्रसाद पौडेल निर्विरोध निर्वाचित भएका हुन ।यस्तै सचिवमा दिपा थारु र सहकोषाध्यक्षमा ममता कार्की निर्वाचित भएका छन।यसै गरी महासचिव,कानुनी सल्लाहकार र कोषाध्यक्ष पदमा भने निर्वाचित अध्यक्षले मनोनयन गर्ने नेपाल जेसिजको पद्धती अनुसार नव निर्वाचित अध्यक्ष चौधरीले महासचिवमा मोहराज शर्मा,कानुनी सल्लाहकारमा राजन शर्मा पौडेल र कोषाध्यक्षमा सुमन सुबेदीलाई मनोनयन गर्नु भई बर्ष २०२१ का लागि नया कार्य समितिलाई पुर्णता प्रदान गर्नु भएको छ।
बर्ष २०२१ का लागि समाजका लागि प्रभावकारी नेतृत्व भन्ने मुल नारालाई अगाडी सार्दै अध्यक्ष पदमा उमेद्वारी दिनु भएका चौधरीले बर्ष २०२१ लाई बिगतका अध्यक्ष तथा कार्य समितिले संचालन गर्दैै आएका केही महत्वाकांक्षी तथा ब्राण्डेड कार्यक्रमहरुलाई निरन्तरता दिने थप सामजलाई प्रत्यक्ष फाइदा हुने रचनात्मक कार्यक्रमहरु अगाडी सारेर जेसिजमय कञ्चन बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ। उमेद्वारहरुको ककसको अवधीमा जेसिजहरु राजन पौडेल,धनपति ज्ञवाली,निरोज पौडेल,खेम बहादुर क्षेत्री लगायतले सोध्नु भएको प्रश्न दिदै आफुहरुले जेसिजको आस्था,मिसन र भिजनलाई अझ प्रभावकारी बनाएर नेपाल जेसिजका राष्ट्रिय कार्यक्रमहरु प्रयटनको नगर कञ्चनमा संचालन गर्न समन्वय गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो ।
नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदै बर्ष २०२० का अध्यक्ष बाबुराम पौडेलले कञ्चन जेसिजलाई हरेक कञ्चनवासीमा पुर्याउन महत्वपुर्ण भुमिका निर्वाह गर्नमा सफलता प्राप्त हुने बिश्वास ब्यक्त गर्दै जेसिजलाई हरेक युवाहरुको मन मस्तिष्कमा पुराई उनिहरुको ब्यक्तित्व,नेतृत्व,उधमशिलता र बिश्व बन्धुत्वको भावनाको बिकास गरी समाजलाई नेतृत्व गर्दै आएका भनिएकाहरुलाई हामी जेसिज युवाहरुले एक पद एक कार्यकालको भावनाको बिकास र शन्देस दिनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
यस्तै निर्वाचन आयुक्त तथा संस्थापक अध्यक्ष चुडामणी पौडेलले कञ्चन जेसिज मार्फत समाजमा एक आपसमा एकता,सहकार्य र समन्वयको बिकास गरी भाबि पुस्तालाई यही समाजको असल र सभ्य नेतृत्व गर्न सक्ने ब्यक्तित्व र नेतृत्वको बिकास गर्दै लैजानुु पर्ने बताउनु भएको थियो । जेसिज १८ बर्ष देखि ४० बर्ष मुनिका युवाहरुमा उनिहरुको ब्यक्तित्व,नेतृत्व र बिश्व बन्धुत्वको बिकास गर्ने साझा बिश्व बिधालय भएको हुदा बिधालयमा सिक्दै गर्दा नया नया अनुभव प्राप्त हुनुको साथै नयाबाट पुरानाले र पुरानाबाट नयाले आफुले अनुभव गरेका र भोगेका कुराहरुको साटफेर गर्दा समय परिस्थिती अनुसारको भाबि कार्यक्रम र योजनाहरु प्रस्तुत गर्दै जान पनि सहज हुने कुरा आयुक्त पौडेलले उल्लेख गर्नु भएको थियो ।