५ पुष,कञ्चन
लायन्स क्लव अफ कञ्चन हरैयाले रुपन्देहीको कञ्चनमा आइतवार देखि आँखा स्वास्थ्य क्लिनिक संचालन गरेको छ। लायन्सको मुख्य सेवा क्षेत्र स्वास्थ्य,वातावरण जस्ता क्षेत्रमा कार्य गर्दै आइरहेको लायन्स क्लवले कञ्चनमा पनि कञ्चन लायन्स आंखा अस्पताल संचालनका लागि आधार निर्माण गर्न आँखा स्वास्थ्य क्लिनिक संचालन गर्न लागेको हो ।
कञ्चन लायन्स क्लवद्वारा संचालन हुने आँखा स्वास्थ्य क्लिनिकको शुभारम्भ गर्दै लायन्स क्लव इन्टरनेश्नल डिस्ट्रिक गोभरमेन्ट एम.जे.एफ. शम्भु नकर्मीले कञ्चन लायन्स क्लवदरा संचालन हुने लायन्स आँखा अस्पतालको लागि आधार तयार गर्नको लागि संचालन गर्न लागेको आँखा शिविरबाट बिस्तारै कञ्चन लायन्स आँखा अस्पतालमा परिणत हुने कुरामा बिश्वस्त हुदै आंखा अस्पताल निर्माणका लागि आफुले आवस्यक सहयोग गर्ने बताउनु भएको छ।

यस्तै लायन्स क्लव अफ कञ्चन लेडीको चार्टर गर्दै डिस्ट्रिक गर्भनर नकर्मीले संसार भरिका लाखौं लायन्सहरुको परिवारमा कञ्चनका महिलाहरु सेवाभावले आवद्ध हुनु गरिवी र बिपदले थला परेका असाहयहरुको हातमा राहतको केही अंश थपिनु भएको बताउनु भएको छ। लायन्समा लागेर कमाउनु भन्दा पनि गरिब तथा असाहय र बिपदमा छटपटिएकाहरुको सेवा गर्नु बाहेक अरु केही नभएको र सेवा गर्ने भन्नासाथ आफुसंग भएको बेचेर होइनकी आफ्नो सम्पुर्ण खर्चबाट बचेको केही अंश दान गर्नु भन्ने बुझ्न गर्भरनर नकर्मीले आग्रह सम्म गर्नु भएको छ।

यसैगरी प्रथम भाइस डिस्ट्रिक गर्भनर राम प्रसाद भट्टले लायन्स एक अन्तराष्ट्रवादी संस्था भएको र कञ्चनमा गरेको सेवामुलक कार्यलाई बिश्वका लायन्सहरुले अवलोकन गरेर मुल्यांकन गर्ने बताउनु भएको छ।दो?दाश्रो भाइस डिस्ट्रिक गर्भनर सि.बि. चन्दले लायन्स क्लव सेवा गर्न चाहने हरेक दानबिर र सहयोगदाताको लागि साझा घर भएको बताउनु भएको छ।
कार्यक्रममा डिस्ट्रिक जि.ए.टी. डिप्युटी गर्भनर दीपक कुमार श्रेष्ठ,एरिया ४ का एरिया चिफ अनुप कशौधन लगायतले नव गठित लायन्स क्लव अफ कञ्चन लेडी र लियो क्लवका सदस्यहरुलाई प्रशिक्षण दिदै हरेक लायनसहरु अनुशासित,सेवाभावले प्रेरित हुनु भनेको लायन्स प्रतिको उच्च सम्मान र लायनिजमलाई अनुसरण गर्नु भएको बताउनु भएको थियो ।

लायन्स क्लव अफ कञ्चन हरैया बर्ष २०२०/०२१ का अध्यक्ष राम बहादुर थापाको अध्यक्षता,सचिव गणेश आचार्यको संचालनमा भएको कार्यक्रममा शिक्षा,स्वास्थ्य तथा सामाजिक क्षेत्रमा क्रियाशिल महिलाहरुको सहभागितामा गठित लायन्स कलव अफ कञ्चन लेडीका पदाधिकारी सदस्यहरुलाई डिस्ट्रिक प्रथम महिला रेजिना नकर्मीले चार्टर ब्याच लगाइइदिई पदास्थापन गर्नु भएको थियो ।भने लायन्स क्लव अफ कञ्चन लेडीको चार्टर प्रेसिडेन्टको रुपमा मैना कुमारी कार्की रहनु भएको छ ।उक्त क्लवलाई लायन्स क्लव अफ कञ्चन हरैयाले मातृत्व प्रदान गरेको हो भने सोही कलवका आई पि.पि. दुर्गा सिंह क्षेत्री र बर्ष २०२०/२१ का अध्यक्ष राम बहादुर थापाले स्पोन्सर गर्नु भएको हो ।
कञ्चन लायन्स आँखा अस्पताल स्थापना गर्नको लागि लायन्स क्लव अफ कञ्चन हरैयाका सदस्य तथा समाजसेवी किरन के.सी. र राम बहादुर के.सी.ले करिव २ कट्ठा जग्गा निशुल्क रुपमा उपलब्ध गराउनु भएको छ भने आँखा अस्पताल स्थापना हुनु पुर्व लायन्स आँखा स्वास्थ्य क्लिनिक संचालन गर्न किरन के.सी.ले आफ्नै घर समेत निशुल्क उपलब्ध गराउनु भएको छ।