४ पुष,बुटवल ।
नेपाल जेसिजको वर्ष २०२१ को अध्यक्षमा अरूणेश्वर खनाल बिजयी भएका छन् । उनी २० हजार जेसिजका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका थिए ।पुस १ गतेदेखि ४ गतेसम्म रुपन्देहीको तिलोत्तमा भएको ४७ औं राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा खनालले १०९० ल्याएर बिजयी भए भने उनका निकटतम प्रतिद्वन्दि लालमणी भण्डारीले ५१२ मत ल्याएका थिए। उक्त महाधिवेशनमा १७ पदका लागि ६७ जनाको उम्मेदवारी दर्ता भएको थियो ।
यस्तै कार्यकारिणी उपाध्यक्षमा सुमन कृष्ण श्रेष्ठ,भोजराज चापागाइ,अरूणकुमार दाहाल,शिबप्रसाद भुसाल निर्वाचित भएका छन भने राष्ट्रिय उपाध्यक्षमा रजनी थापा,बिमल ज्ञवाली, कल्पना पाण्डे कुशुम, राजन गौतम, पायल शर्मा, सुजन बरुवाल, गौतम शाह , सुनिल तिमिल्सिना, बिमला सुबेदी, प्रमिशा काफ्ले, दीपेन्द्र निरौला र अनोज जोशी बिजयी भएका छन ।
महासचिवमा भने विकास मानन्धर,कोषाध्यक्षमा फडिन्द्र भट्टराई र कानुनी सल्लाहकार गोकुल सापकोटा मनोनित भएका छन् । ती पदमा अध्यक्षले मनोनित गर्न पाउने जेसिजको विधानमा व्यवस्था छ ।
महाधिवेशनमा एक जना अध्यक्ष, चार जना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष गरी १७ पदमा एक वर्षे कार्यकालका लगि निर्वाचन भएको हो ।
वर्ष २०२१ का लागि अध्यक्ष पदका लागि ७ जना,कार्यकारिणी उपाध्यक्ष पदका लागि १७ जना र उपाध्यक्ष पदका लागि ४३ जनाको उम्मेदवारी दर्ता भएको थियो । नेपाल जेसिज वर्ष २०२१ लागि अध्यक्षमा अरूणेश्वर खनाल २० हजार जेसिज, विकास मानन्धर काभ्रे जेसिज, रविन पोखरेल नुवाकोट जेसिज, श्यामसुन्दर पौडेल विराटनगर जेसिज, लालमणि भण्डारी त्रिभुवन नगर जेसिज, शोभा खरेल हेटौंडा लेडी र गोकुल सापकोटा मैदानमा थिए ।
एक हजार सात सय जना मतदाता रहेको जेसिज महाधिवेशनमा देशभरका १५६ वटा शाखाका अध्यक्ष, बोर्ड डाइरेक्टर, पूर्वअध्यक्षहरूको सहभागिता रहेको थियो ।
महाधिवेशनशनको नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले भैरहवामा उद्घाटन गरेका थिए
राष्ट्रिय उपाध्यक्षमा सैनामैना जेसिजका बिमल ज्ञवाली
बर्ष १८ देखि ४० उमेर पुगेका बिश्वभरका युवाहरुको साझा बिश्वबिधालयको रुपमा स्थापितनेपाल जेसिजको १२ राष्ट्रिय उपाध्यक्ष मध्ये सैनामैना जेसिजका पुर्व अध्यक्ष बिमल ज्ञवाली बिजय भएका छन। बर्ष २०२० का लागि पनि चितवनको भरतपुुरमा भएको ४६ औं महाधिबेशनमा प्रत्यासी उमेद्वार रहेका बिमल ज्ञवालीलाई अहिलेको महाधिवेशनबाट राष्ट्रिय उपाध्यक्षमा जिताउन कञ्चन जेसिजले प्रचार अभियान समिति गठन गरी देशभरका जेसिजहरुलाई बिमल ज्ञवालीको पक्षमा मतदान गर्न आव्हान गरेको थियो । बिमल ज्ञवाली बर्ष २०१८ मा सैनामैना जेसिजको अध्यक्ष हुदा कञ्चनमा कञ्चन जेसिज स्थापना गर्न सैनामैना जेसिजले मातृत्व प्रदान गरेको थियो । नेपाल जेसिजको देशभर १ सय ६५ शाखाहरु रहेका छन भने युवाहरुलाई ब्यक्तित्व,नेतृत्व,उधमशिलता र अन्तराष्ट्रिय बन्धुत्वको बिकासमा बिभिन्न तालिम प्रदान गर्दै आएको छ।