१८ मंसिर,कञ्चन
आफुले कुनै धर्म,जाती,लिंग र बर्णको आधारमा कसैलाई ब्यबहार नगर्ने तर मेरो नजरमा कञ्चनवासी बाहेक अरु केही नरहेको कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बताउनु भएको छ।उक्त कुरा नेपाल आदिवासी जनजाती महासंघ,कञ्चन गाउ समन्वय समितिको सभाहल आज उद्धघाटनको क्रममा ब्यक्त गर्नु भएको हो।
अध्यक्ष क्षेत्रीले आफुले सबै धर्म,जाती,लिंग र बर्णको उच्च सम्मान गर्ने र कसै प्रति भेदभावपुर्ण गर्ने ब्यबहारको बिरोधी भएको बताउदै सबै जातीको कला संस्कृतिको संरक्षणको बिकासमा कञ्चन गाउपालिकाले सक्दो सहयोग र समन्वय गरिरहेको अध्यक्ष क्षेत्रीले बताउनु भयो । आदिवासी जनजाती महांसंघको कार्यलय तथा सभाहल उद्धघाटन गर्दै गर्दा कञ्चनमा रहेका सबै संघसंस्थाहरुले अपनत्व गर्ने गरी बिस्तारै सामुदायिक भवनहरु बनाउदै जाने बताउदै कञ्चनलाई समृद्धि तर्फ दोर्याउन महत्वपुर्ण भुमिका रहने समेत बिश्वास ब्यक्त गर्नु भएको थियो ।
कञ्चनको सुरक्षा ब्यबस्थालाई चुस्त बनाउन कञ्चन २ मा स्थाई प्रहरी चौकीको छिटै नै पदास्थापन गर्नको लागि अन्तिम तयार भएको र प्रहरी चौकीको भवन नबन्दा सम्म आदीवासी जनजाती महासंघ र सफल कृषक आमा समूहको समेत भवनलाई प्रयोग गरिने समेत बताउनु भएको थियो ।यस्तै देशभरका करिब १४ लाख अब्यबस्थित बसोबासीको समस्या समाधान गर्नेगरी बनेको भुमिब्यबस्था समस्या समाधान आयोगले कञ्चन गाउपालिकाबाट नापी कार्य शुरु गर्न लागेको बताउदै अध्यक्ष क्षेत्रीले कञ्चनको अब्यबस्थित बसोबासीको समस्या समाधान गर्न मंसिर महिनाको अन्तिम साताबाट लगत संकलन गर्नको लागि अन्तिम तयारी गरिरहेको जानकारी दिनु भएको थियो।
यस्तै उपाध्यक्ष गोमा तरामुले आदीवासी जनजाती महासंघको भवन निर्माणका लागि गाउपालिकाले आवस्यक आर्थिक सहयोग उपलब्ध गराएको र अव लक्षित वर्गमा सुचिकृत जनजातीहरु आफ्नो भाषा धर्म कला र संस्कृतिको संरक्षण तथा उत्थानको लागि स्थानिय स्तरबाटै समन्वय र सहकार्य गर्नु पर्नेमा जोड दिनु भएको थियो । लक्षित बर्गहरुले आफुहरुलाई हरेक कुराहरुमा सवल र सक्षम बनाउदै जानु पर्ने बताउदै उपाध्यक्ष तरामुले महिलाहरुका लागि उपलब्ध राइएको सहयोग तथा अनुदान अन्य क्षेत्रमा गरिएको सहयोग र अनुदान भन्दा उपयोग भएको जानकारी दिनु भएको थियो ।
नेपाल आदिवासी जनजाती महासंघ रुपन्देही जिल्ला समन्वय परिषदका सचिव चित्र तुलाचनले भवन निर्माण गर्दा हरेकको लगानी भएको र भवन निर्माणका लागि तत्कालिन जिल्ला बिकास समिति र स्थानिय सरकारबाट भएको सहयोगको आभार ब्यक्त गर्दै नव निर्मित भवन आदीवासी जनजातीको मात्र नभई सबै समुदायहरुका लागि उपयोग हुने गरी सभाहलको रुपमा निर्माण भएको बताउनु भएको छ। भवन निर्माणमा सहयोग गर्ने र रात दिन मेहनत र समय खर्चिने सबैलाई धन्यवाद दिदै सचिव तुलाचनले बिशेष गरेर कञ्चन गाउपालिकाबाट भएको सहयोग आदीवासी जनजातीहरुका लागि गर्वको बिषय भएको बताउनु भएको थियो ।
नेपाल आदीवासी जनजाती महासंघ,कञ्चन गाउ समन्वय परिषदका पुर्व अध्यक्ष तथा भवन निर्माणका लागि समन्वकारी भुमिका निर्वाह गर्दै आउनु भएका शेर बहादुर श्रीसले २०७३ साल मंसिर १८ गते प्रतिनीधि सभा सदस्य भरत कु्मार शाहले भवन निर्माणको शिलन्यास गरी स्थानिय सरकारका प्रमुख गोकर्ण बहादुर क्षेत्रीबाट भवनको उद्धघाटन गरी संचालन गर्न पाउदा आफुलाई खुशी लागेको भवन निर्माणका लागि आर्थिक,भौतिक सहयोग गर्ने स्थानिय सरकार,तत्कालिन जिल्ला बिकास समिति र आदीवासी जनजाती तथा स्थानियहरुलाई धन्यवाद बक्त गर्नु भएको थियो ।
तत्कालिन जिल्ला बिकास समितिबाट ४ लाख रुपैया, १४ लाख रुपैया र जनश्रमदान बापत १ लाख २० हजार गरी १९ लाख २० हजारमा निर्माण सम्पन्न भएको कार्यलय तथा सभाहल उद्धघाटन कार्यक्रममा नेपाल आदीवासी जनजाती महासंघ,कञ्चन गाउ समन्वय परिषदका सल्लाहकार भैरव बहादुर थापा मगर,पुर्व सदस्य लिल बहादुर दर्लामी लगायतले बोल्नु भएका थियो भने कार्यक्रममा नेपाल आदीवासी जनजाती महासंघ,कञ्चन गाउ समन्वय परिषदका अध्यक्ष कृष्ण बहादुर फौजा मगरको अध्यक्षता तथा नेवा पुच: समाजका अध्यक्ष तथा नेपाल आदीवासी जनजाती महासंघ,कञ्चन गाउ समन्वय परिषदका सदस्य अशोक श्रेष्ठको स्वागत र सचिव देव बहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।