१८ मंसिर,कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकाले बिभिन्न शारिरीक अपगंता भएकाहरुलाई बिभिन्न सहयोगी सामग्री प्रदान गरेको छ। २९ औं अन्तराष्ट्रिय अपांगता दिवसको सन्दर्भमा एक कार्यक्रम गरी गाउपालिकाका १३ जनालाई अपांगता सहयोगी सामाग्री बितरण गरिएको हो ।
शारिरीक अपांगता भएकाहरुलाई सहयोगी सामाग्री बितरण गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले केही गरेर आत्मनिर्भर बन्न चाहने कुनै पनि अपांगता भएकाहरुलाई सिपपुलक तालिम उपलब्ध गराएर स्वरोजगारको लागि आवस्यक अनुदान समेत उपलब्ध गराउने बताउनु भएको छ।"आफु अपांग छु,मैले केही गर्न सक्दैन" भनेर निरास नभई "म केही गर्न सक्छु र म आफै आत्म निर्भर बन्न सक्छु" भन्ने दृद्धता र आत्म बिश्वासका साथ हिम्मत लिनु पर्ने बताउदै अध्यक्ष क्षेत्रीले हिम्मतले मात्र जिन्दगीमा सफल बन्न सकिने उत्प्रेरणा समेत प्रदान गर्नु भएको थियो । गाउपालिका हरेक कञ्चनवासीको अभिभावक भएको र त्यसमा पनि असाहय,बिपन्न,शारिरीक रुपमा अपांगता भएकाहरुका लागि प्रेरणा र बैसाखी बनेर सहरा दिने भएकोले निश्चिन्त हुन अनुरोध गर्दै अध्यक्ष क्षेत्रीले आफुले गर्न चाहेको र आफुमा भएको सिप र क्षमताका आधारमा अनुदानका लागि योजना बनाएर सहयोग लिन आए हौसला सहितको सहयोग गाउापलिकाले गर्ने बताउनु भएको छ।
यस्तै गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले आफु शारिरीक अपांगता भएता पनि "मैले सक्ने योग्दान यो समाजलाई दिनु पर्छ र आपंगता भएर पनि मैले केही गरेर आत्म निर्भर बन्नु पर्छ" भन्ने संकल्प गर्न सके जीवनमा गर्न नसकिने भन्ने केही नभएको बताउनु भएको छ। अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा निरासाले जिवनलाई बोझ दिने तर उत्साह र आत्मबलले जिवनलाई सगरमाथाको चुचुरो चुमाउने भएकोले अरुको सहरामा नभई आफ्नै उधमशिलतामा बाच्नको लागि प्रयत्न गर्नु पर्ने प्रेरणा प्राप्त होस भन्दै शुभकामना ब्यक्त गर्नु भएको थियो ।
यसैगरी प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतले गाउपालिकामा भएका सबै अपांगता भएकाहरुलाई आवस्यक सहयोगी समाग्री उपलब्ध गराउन नसकेपनि निरासा नहुन आग्रह गर्दै आफुलाई "म अपांगता छु मैले केही गर्न सक्दिन" भन्ने मानसिकता हटाएर "म सवालंग छु र म संग भएको सिप र क्षमता प्रयोग गरेर जिवनलाई सार्थक बनाउछु" भन्ने सोंचको बिकास गर्न आग्रह गर्नु भएको छ। मैले केही गर्न सक्दिन मेरो केही छैन भन्ने चिन्तनले शारिरीक रुपमा अपांगता भएकाहरु पनि जिवनभर मानसिक रुपमा पनि अपांग बनाउने बताउनु भएको छ।
कञ्चन गाउपालिकाको आयोजनामा भएको कार्यक्रम अपांगता पुनस्र्थापना तथा सामुदायियक बिकास,कञ्चन समन्वय समितिका अध्यक्ष टोपलाल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले गर्नु भएको थियो ।
अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा कञ्चन गाउपालिका र नया जिवनका लागि हातेमालो,बुटवलको आर्थिक सहयोगमा कञ्चनका ४ जनालाई ट्वाइलेट कुर्ची,२ जनालाई सेतो छडी,२ जनालाई बैसाखी र ५ जनालाई सामान्य सहयोगी सामाग्री प्रदान गरिएको कञ्चन गाउपालिकाका सहायक महिला विकास निरिक्षक राधा भट्टराई आचार्यले जानकारी दिनु भएको छ । सहायक महिला विकास निरिक्षक आचार्यका अनुसार कञ्चन गगाउपालिकामा क वर्गका ६३ जना,ख वर्गका १ सय ३७ जना,ग वर्गका ४० जना र घ वर्गका ११ जना गरी २ सय ५१ जना बिभिन्न शारिरीक अपांगता भएका ब्यक्तिहरु रहेका छन ।