१३ मंसिर,कञ्चन
शेयर सदस्यहरुबाट सहकारीमा भएको बचत तथा लगानीले ब्यक्तिको आर्थिक अबृद्धि गर्नमा सहयोग पुग्ने कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बताउनु भएको छ । सो कुरा हरैया बचत तथा ऋण सहकारी संस्था लिमिटेड,कञ्चन ३,रुपन्देहीको १५ औं साधारण सभामा सहभागी शेयर सदस्यहरुलाई सम्बोधन गर्ने क्रममा ब्यक्त गर्नु भएको हो ।
अधयक्ष क्षेत्रीले सहकारीमा आवद्ध हुनु र नियमित बचत गर्दा शेयर सदस्यहरुको आर्थिक श्रोतको आधार बन्दै जाने र सोही रकमले नियमित आम्दानीको श्रोतका लागि आय आर्जनको काम गर्न सकिने बताउनु भएको छ। अव सहकारीले बचत संकलन मात्र नगरी सो बचतलाई उधमशिलताको क्षेत्रमा लगानी गरी रोजगारको श्रृजना गर्नु पर्नेमा जोड दिदै अध्यक्ष क्षेत्रीले सहकारीबाट लिएको ऋणलाई उधम बिकासमा लगानी गर्नु पर्ने सहकारीले आयआर्जन सम्बन्धी तालिम दिनु पर्ने बताउनु भएको छ । कोभिड १९ का कारण समस्यामा परेका बिपदमा परेका कञ्चनवासीहरुको उद्धारका लागि सहकारीका सदस्यहरुले थोरै थोरै गरी गरेको बचतबाट गाउपालिकाले स्थापना गरेको राहतकोषमा उपलब्ध गराएको सहयोग प्रति हार्दिक आभार समेत ब्यक्त गर्दै अध्यक्ष क्षेत्रीले सहकारीको बिकासको लागि सहकारीका शेयर सदस्यहरुले पनि नियमित निगरानी गर्नु पर्नेमा जोड दिनु भएको थियो । हाम्रो कञ्चन,राम्रो कञ्चन तथा समृद्ध कञ्चन,खुशी कञ्चनवासी निर्माणको आधार कञ्चनमा भएको सहकारीहरुको समुचित बिकास र सहकारीहरुले उत्पादन क्षेत्रमा गर्ने लगानी पनि एक भएको अधयक्ष क्षेत्रीले बताउनु भएको छ।
कञ्चनको अब्यबस्थित तथा भुमिहिन दलित तथा भुमिहिन सुकुम्वासीको समस्याबारे बोल्दै अध्यक्ष क्षेत्रीले कञ्चन गाउपालिका देखि जग्गा नापी गर्न शुरु गर्ने र आगामी असार महिना भित्र कञ्चनको भुमि सम्बन्धी सबै समस्या समाधान गरी कञ्चनवासीको हातमा लालपुर्जा आउने कुरा बताउनु भएको छ।चुनावको समयमा महत्वका साथ उठाइएको लालपुर्जाको बिषय टुंग्याएर मात्र संघिय गणतन्त्र पछि स्थापना भएको ७ सय ४९ स्थानिय तह मध्ये कञ्चन गाउपालिकाका पहिलो जनप्रतिनीधिहरुले बिदा हुने बिश्वास दिलाउदै कञ्चनमा स्थानिय तहको सरकार निर्माण भएपछि कञ्चन भित्रका करिब ७० किलोटिर भन्दा बढी कालो पत्रे सडक बनाउन सफल भएको र किसानहरुको समस्याको रुपमा रहेको सिंचाइका लागि हरेक बर्ष १ सय भन्दा बढी स्यालो ट्यूवेल र डिप ट्युवेल समेत ब्यबस्था गाउपालिकाले गरेको बताउनु भएको छ।
संस्थाका अध्यक्ष मेघनाथ शर्माले संस्थाको बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा संस्थाले आफ्नो शेयर सदस्य समेत रहेका स्वर्गिय कृष्ण बहादुर कुँवरको परिवारलाई राहत स्वरुप नगद ३३ हजार रुपैया आर्थिक सहयोग गरेको संस्थाले साधारण सभामा सहकारीका नियमित मासिक बचत कर्ता तथा नियमित ऋण भुक्तानी गर्ने असल ऋणीको रुपमा शेयर सदस्य कृष्ण बहादुर क्षेत्री,रमिता ज्ञवाली र बालिका पौडेललाई जनही २ हजार रुपैया र सम्मान पत्रले सम्मान गरेको थियो ।
यसैगरी संस्थाले जेष्ठ शेयर सदस्य कृष्ण कुमारी क्षेत्री र कृष्णराज ढकाललाई पनि जनही २ हजार रुपैया र सम्मान पत्रले सम्मान गरेको कार्यक्रममा संस्थाका लेखा समिति सदस्य लिलाधर पौडेलले संस्थाको ५ करोड ९९ लाख ३९ हजार २ सय ६ रुपैया बराबरको आय ब्यय प्रस्तुत गर्नु भएको थियो भने गएको एस ई ई परिक्षामा उत्कृष्ट ग्रेड प्राप्तगरी उत्तिर्ण हुने आफ्नो संस्थाका शेयर सदस्यका छोराछोरीहरुलाई पनि सम्मान गरेको थियो ।कार्यक्रममा सम्मानित हुनेहरुमा सामुदायिक बिधालय तर्फ ३.९ जिपिए लिई एस.ई.ई. उत्तिर्ण हुने हरैया माध्यमिक बिधालयका अमृता पाध्याकी छोरी सुस्मा सुबेदी र पुष्पाराज पौडेलकी छोरी प्रतिक्षा पौडेल तथा ३.८ जिपिए लिई उत्तिर्ण हुने नरिश्वर पौडेलका छोरा अस्मिन पौडेललाई सम्मान गरिएको थियो । त्यस्तै संस्थागत बिभ.धालयतर्फ ४ जिपिए लिएर उत्तिर्ण हुने मोर्डन भिजन एकेडेमीका लिलाधर पौडेलका छोरा सचिन पौडेल, खगेश्वर ढकालका छोरा सौगात ढकाल र इभरग्रिन ईंलिस बोर्डिंग स्कुलका भरत चालिसेका छोरा उत्सव चालिसे तथा ३.८ जिपिए लिई उत्तिर्ण हुने मोर्डन भिजन एकेडेमीका लाल प्रसाद शर्माकी छोरी दीक्षा शर्मालाई सम्मान गरिएको उक्त संस्थाका ब्यबस्थापक कपिल पौडेलले जानकारी दिनु भएको छ ।
४ सय ८१ शेयर सदस्य र ७ सय बाल बचतको रुपमा रहेको सहकारीले यस बर्ष देखि आई एम ई,प्रभु रेमिट,हिमाल रेमिट,सिटी एक्सप्रेस र एन आई सी रेमिट जस्ता रेमिट्यान्स सेवा समेत संचालन गरी आफ्ना शेयर सदस्यहरुलाई रेमिट्यानस सेवा प्रदान शुरु गरेको र सो बापत आउने नाफा समपुर्ण शेयर सदस्यहरुलाई नै आउने संस्थाका अध्यक्ष मेघनाथ शर्माले बताउनु भएको छ। आ.ब. २०७६ ०७७ मा ७ लाख ३५ हजार ५ सय २६ रुपैया खुद नाफा गरेको हरैया बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुको राहतका लागि राहत कोष स्थापना गरी कुनै सदस्यको मृत्यु भएमा सोही कोषबाट राहत स्वरुप रकम उपलब्ध गराउदै आएको छ भने संस्थाको चुक्ता शेयर पुंजी ६२ लाख ४५ हजार रुपैया रहेको अध्यक्ष शर्माले जानकारी दिनु भएको छ।
यसैगरी कृषि ऋण,धन जमानी ऋण,धितो जमानी ऋण,बिशेष ऋण,उतपादनमुलक ऋण गरी ५ किसिममा ऋण लगानी गर्दै आएको छ भने ५ लाख भन्दा बढीको ओ डी गर्न सकिने ब्यबस्था पनि रहेको यस संस्था र जनसुधार स्वालम्वन बचत तथा ऋण सहकारी संस्था बिच एक आपसमा मर्ज हुने तयारीका लागि कार्यदल निर्माण गर्न समेत १५ औं साधारण सभामा प्रस्ताव पेश गगरेको छ। संस्थाका अध्यक्ष मेघनाथ शर्माको अध्यक्षता तथा ब्यबस्थापक कपिल पौडेलको संचालनमा हरैया बहुमुखी कयाम्पसको सभाहलमा सम्पन्न भएको थियो ।