१३ मंसिर,रुपन्देही
रुपन्देहीको कञ्चन जेसिज बर्ष २०२०को ब्राण्डको रुपमा प्रस्तुत हुदै आइरहेको भ्वाइस अफ कञ्चन २ को ग्य्राण्ड फिनालीको उपाधी हरैया माधयमिक बिधालयकी प्रसिद्धि अधिकारीले हात पार्न सफल हुनु भएको छ । गत बर्ष देखि प्रतियोगिताको रुपमा संचालन हुदै आएको भ्वाइस अफ कञ्चनको सजिन २ को रुपमा प्रस्तुत गरिएको अन्तिम फाइनल प्रतियोगितामा अधिकारीले उपाधी हात पार्न भएको हो ।
अन्तिम फाइनलका लागि गत मंसिर ५ र ६ गते प्रगती माध्यमिक बिधालय र हरैया माध्यमिक बिधालयमा छनौट प्रतियोगिता संचालन भएको थियो ।
यसैगरी अन्तिम प्रतियोगितामा प्रपितस्पर्धामा सहभागी भएका आभास ढकालले दोश्रो स्थान हासिल गर्न सफल हुनु भएको छ भने बिशाल पौडेलले तेश्रो स्थान हासिल गर्नु भएको छ ।प्रतियोगीतामा पहिलो,दोश्रो र तेश्रो हुने प्रतियोगीहरुले क्रमश ८ हजार,६ हजार र ४ हजार नगद पुरस्कार सहित प्रमाणपत्र र शिल्ड प्राप्त गर्न सफल भएका छ। भ्वाइस अफ कञ्चनको पहिलो सिजनको उपाधी भने अस्मिन पौडेलले हात पार्न सफल भएका थिए ।
भ्वाइस अफ कञ्चनको सिजन २ को ग्य्राण्ड फिनालीका अन्तिम प्रतिस्पर्धीहरुलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश,रुपन्देही क्षेत्र नं. ५(क)का सभासद भुमिश्वर ढकालले भबिष्यका युवा नेतृत्वको सम्भवाना रहेको स साना बालबालिकामा भएको अन्तरनिहित क्षमताको बिकासका लागि भएको प्रतिस्पर्धाले प्रतियोगीहरुमा उत्साहप्रद कार्य हुने कुरा बताउनु भएको छ । बिधार्थी उमेरबाटै आफु भित्र भएको सृजनात्मक कलालाई अझ सम्बन्धित बिषयबस्तुसंग खेल्न सके सृजनात्मक अभिब्यक्तिकलाको बिकास हुने बताउदै सभासद ढकालले हरेक बिषयमा तर्क गर्नु पुर्व ती बिषयहरुको आलोचनात्मक ढंगले गहन अध्ययन गर्दा बिषयबस्तु प्रतिको ज्ञान बढी हुने बताउनु भएको छ ।
फरक प्रसंगमा बिचार ब्यक्त गर्दै सभासद ढकालले बर्षौं देखि अब्यबस्थित बसोबासीको रुपमा सास्ती झेल्दै आएका कञ्चन लगायत देशभरका करिब १४ लाख भुमिहिन दलित,भुुमिहिन सुकुमवासी र अब्यबस्थित बसोबासीहरुले आगामी ३ बर्ष भित्रमा जग्गाधनी पुर्जा पाउने बताउनु भएको छ। भुमिहिन दलित,भुुमिहिन सुकुमवासी र अब्यबस्थित बसोबासीहरुका लागि ब्यबस्थित बसोबास सहितको जग्गाधनी पुर्जा बितरण गर्नका लागि तिनै तहका सरकारहरुले आ आफ्नो अधिकार र जिम्मेवार अनुसारको काम गरिरहेको र छिट्टै नै कञ्चनबाट पहिलो पटक जग्गा नापी हुने समेत सभासद ढकालले बताउनु भएको छ ।
यस्तै लुम्बिनी देखि फायरलाईन सम्मको सडकलाई दुईलेनको बनाउन केन्द्र सरकारबाट डिपिआर निर्माणको शुरुवात पनि छिटै नै हुने बताउदै सभासद ढकालले कञ्चनलाई बिश्व शान्तीका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीसंग सिधा जोडेर पर्याप्रयर्टनको बिकास गरिने समेत बताउनु भएको छ।
यसैगरी कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बिधार्थीहरुमा भएको अन्तर निहित क्षमता बिचको प्रतिस्पर्धात्मक प्रतियोगिताले बिधार्थीहरुको सुजनात्मक अभिब्यक्ति कलाको बिकास हुने उल्लेख गर्नु भएको छ। प्रतियोगगीहरुको अभिब्यक्ती कला सुनेर आफुले आफ्नो बाल्य अवस्थाको स्मरण गर्दै अध्यक्ष क्षेत्रीले आफुलाई अझै पनि बाल्यअवस्थामा प्रतियोगितामा सहभागी भई आफ्नो क्षमताको परिक्षा दिइरहेको अनुभुती गर्न पाएकोमा खुशी ब्यक्त गर्नु भएको थियो । अव कञ्चनलाई हरेक क्षेत्रमा उत्साहप्रद सहभागिता गराई समृद्ध कञ्चनको निर्माण गर्नमा सरिक गराउने खालका कार्यक्रमहरु ल्याइएने ती कार्यक्रमहरु संचालन गर्नका लागी कञ्चन जेसिज जस्ता सामाजिक संस्थाहरुको सहयोग सल्लाह र समन्वयलाई प्राथमिकता दिइने अध्यक्ष क्षेत्रीले बताउनु भएको छ । भौतिक पुर्वाधारको हिसावले करिब करिब ५० प्रतिशत भन्दा बढी बिकास भईसकेको र शिक्षा,स्वास्थ्य,आर्थिक,सामाजिक तथा सांस्कृतिक बिकासमा पनि गाउपालिकाले हरेक बर्ष प्राथमिकताका साथ कार्यक्रमहरु संचालन गर्दै आरहेको बताउनु भएको छ ।
कञ्चन जेसिज बर्ष २०२० का संस्थापक अध्यक्ष चुडामणी पौडेलले बिधार्थीहरुमा भएको अन्तरनिहित क्षमतालाई सृजनात्मक र भावार्थ रुपमा अभिब्यक्त गर्ने बानीको बिकास गर्न कञ्चन जेसिजको स्थापना बर्ष देखि ब्राण्डको रुपमा भ्वाइस अफ कञ्चनको शुभारम्भ गरिएको र बर्ष २०२० ले पनि यसलाई सिजन २ को रुपमा निरन्तरता दिएको प्रति हार्दिक आभार ब्यक्र गर्नु भएको छ । बिधार्थीहरुमा अनेकौं प्रतिभा र क्षमताहरु छन तर ती प्रतिभा र क्षमतालाई अभिब्यक्त गर्ने कला र स्थानको मात्र अभाव रहेको महसुस गरी भबिष्यमा यही समाजमा नेतृत्व गर्ने तिनै बिधार्थीहरुबाट नै छनौट हुने भएकोले सभ्य र अनुशासित नेतृत्व र ब्यक्तित्वको बिकास गर्न सहयोग हुने बिश्वासका साथ भवाइस अफ कञ्चन संचालन गरिएको समेत स्मरण गर्नु भएको थियो ।
सैनामैना जेसिज बर्ष २०१८ का अध्यक्ष तथा नेपाल जेसिज बर्ष २०२१ का लागि राष्ट्रिय उपाध्यक्षका उमेद्वार बिमल ज्ञवालीले छोटो समयमा पनि आकर्षक कार्यक्रमहरु संचालन गरेर नेपाल जेसिजमा कञ्चन जेसिजले आफ्नो फरक पहिचान बनाउन सफल भएको र निरन्तरताको कामना गर्नु भएको थियो । यदि युवाहरुमा सृजनात्मक कार्ययोजना बनाई सही समयमा संचालन गर्न सक्ने क्षमता भए जेसिजको ती ठाउहरुमा फरक पहिचान हुने कुरा कञ्चन जेसिज भित्र भएको सृजनात्मक कार्ययोजनाले साबित गरेको समेत उल्लेख गर्नु भएको थियो ।
कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष बाबुराम पौडेलले भ्वाइस अफ कञ्चनको सिजन २ को ग्य्राण्ड फिनालीमा आमन्त्रित प्रतियोगी र अतिथिहरुलाई स्वागत गर्दै भ्वाइस अफ कञ्चनले जेसिजको मात्र नभई सिंगो कञ्चनको गरिमा बढाउने र भबिष्यमा असल,सभ्य ब्यक्तित्व सहितको नेतृत्वको बिकास हुने र ती नै ब्यक्तिहरुबाट समाजको सहि नेतृत्व हुने बताउनु भएको छ।जेसिजले ब्यक्तिको ब्यक्तित्व,नेतृत्व,ब्यबसायिकता र अन्तराष्ट्रियताको बिकास गरी समाज र देशलाई आवस्यक पर्ने नेतृत्वको बिकास गर्ने भएकोले १८ देखि ४० बर्ष उमेर समूहका युवाहरुको साझा बिश्व बिधालय भएको अध्यक्ष पौडेलले बताउनु भएको थियो ।
कञ्चन जेसिजका सदस्य सुभाष पौडेलले जेसिज आस्था पाठ र जेसिजको मिसन भिजनका बारेमा कार्यकारी उपाध्यक्ष मोहराज शर्माले बताउनु भएको कार्यक्रमको संचालन कञ्चन जेसिज बर्ष २०२० का महासचिव चित्र तुलाचनले गर्नु भएको थियो भने बिष्णु प्रसाद बेलबासे र धनि प्रसाद शर्माले प्रतियोगिताको निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो ।