२८ कार्तिक,रुपन्देही
आज देश भर बिभिन्न कार्यक्रमहरु गरी आरोग्यताका पर्वर्तक तथा प्रथम आरोग्य चिकित्सक धन्वन्तरी जयन्ती मनाइएको छ। राष्ट्रिय आरोग्य दिवसको रुपमा समेत मनाइदै आएको धन्वन्तरी जयन्तीलाई आयुवेद चिकित्सा बिज्ञानमा पिडामा परेका ब्यक्तिहरुलाई रोग अर्थात पिडाबाट मुक्ती दिलाउने भएकोले रक्षाका पालनपोषण गर्ने भगवान बिष्णुको अवतारको रुपमा समेत पुजा गर्ने चलन रहि आएको छ।
यसैक्रममा रुपन्देहीको कञ्चन गाउपालिकाको आयुर्वेद शाखाको आयोजनामा कञ्चनमा रहेको रुद्रपुर आयुर्वेद औषधालय,कञ्चन ३ हरैयामा कार्यक्रम गरी राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइएको छ। कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा शुभकामना मन्तब्य दिदै आयुर्वेदको महत्ववारे बिभिन्न बयान र चर्चा गरिएपनि ब्यवहारमा प्रयोग नगरिने भएकोले कुनै पनि रोगको जरै देखि निको बनाउने आयुर्वेदिक औषधीको महत्वबारे सबैमा पुग्न नसकेको बताउनु भएको छ। आयुर्वेदिक औषधीको ब्यबहारिक प्रयोग नगर्ने बानीकै कारण र तत्काल निको हुने औषधीको पछि दौडिदा मानिसहरु दिर्घ रोगी बन्नु परेको उल्लेख गर्दै अध्यक्ष क्षेत्रीले स्थानिय श्रोत साधनहरुको उपयोगलाई प्राथमिकता दिएर आयुर्वेद औषधलायलाई हरेक सेवाग्राहीहरुको पहुंचमा पुर्याउनु पर्नेमा समेत जोड दिनु भएको छ।
कञ्चनमा भएको अब्यस्थित बसोबास र सुकुम्वासी समस्या समाधानका लागि यहि मंसिर महिना देखि काम शुरु हुने र कञ्चनमा भएको अब्यबस्थित बसोबासीहरुको लगत संकलन कार्यलाई अगाडी बढाउन टोल बिकास संस्थाका पदाधिकारीहरुको समन्वयमा जनप्रतिनीधिहरु गाउ गाउमा आउने बताउदै अध्यक्ष क्षेत्रीले गाउपालिकाले जग्गा नापी कार्यका लागि आवस्यक पर्ने सम्पुर्ण प्राबिधिक र प्रबिधिहरुको ब्यबस्थापन गर्न आवस्यक श्रोत ब्यबस्थापन गर्न लागेको बताउनु भएको छ। निर्वाचनको समयमा गरेको प्रतिबद्धता अनुरुप मौजुदा स्थानिय सरकारले हरेक कञ्चनवासीको हात हातमा भोगाधिकार सहितको जग्गाधनी पुर्जा दिएर आफुहरु बिदा हुने र हाम्रो कार्यकालको अन्तिम समयमा भएपनि हरेक कञ्चनवासीको मुहारमा खुशी र सुखको चमकता दिन पाउनेमा आफु ढुक्क भएको अध्यक्ष क्षेत्रीले बिश्वास ब्यक्त गर्नु भएको छ।
कञ्चन ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले धन लक्ष्मीको प्रतिक पित्तलको घडा भित्र्याउने शुभ दिनर अर्थात आयुर्वेदका पर्वर्तक धन्वन्तरीको जयन्तीको अवसरमा नियमित ब्यायम र योगलाई निरन्तरता दिन सके आरोग्यता प्राप्त हुने बताउनु भएको छ। हामी आयुर्वेदीक औषधीहरुको वरीपरी हुर्किएको र हामीले प्रयोग गर्ने हरेक खाने कुरामा आयुर्वेद युक्त भएको बताउदै वडा अध्यक्ष अधिकारीले आयुर्वेदको नियमित प्रयोग गर्न पर्नेमा जोड दिनु भएको छ । वडा नं. १ का वडा अध्यक्ष हरि नारायण थारुले धन्वन्तरी दिवसले बिशवभर फैलिरहेको काोभिड १९ को संक्रमणलाई पनि पराजित गरी हरेक कञ्चनवासीमा आरोग्यता प्राप्त होस भन्दै आयुर्वेद औषधालयबाट प्राप्त हुने सेवा सुबिधाहरुको बारेमा बिशेष ध्यान दिनु पर्ने उल्लेख गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका प्रतिनीधि लिलाराम खनाल,हरैया माध्यमिक विधालयका सहायक प्रधानाधयापक प्रकाश आचार्य,न्यायिक समिति कञ्चन ३ का संयोजक इन्द्र बहादुर पुन लगायतले आयुर्वेद औषधी र त्यसको उपयोगिताको बारेमा चर्चा गर्दै अन्य स्वास्थ्य केन्द्र तथा चौकीहरुमा जस्तै रुद्रपुर आयुर्वेद औषधालयको स्तर उन्नती र ब्यबस्थापनका लागि स्थानिय सरकारले बिशेष ध्यान दिनु पर्ने बताउनु भएको थियो ।
रुद्रपुर आयुर्वेद औषधालयका बैध निरीक्षक तप्त प्रसाद पौडेलको स्वागतमा सम्पन्न भएको कार्यक्रममा कञ्चन गाउपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा रुद्रपुर आयुर्वेद औषधालय ब्यबस्थापन समितिका अध्यक्ष नगेन्द्र्र बहादुर लामिछानेले कञ्चनमा रहेको सामुदायिक बनहरुको समन्वयमा सामुदायिक बनका केही क्षेत्रहरुमा आयुर्वेद औषधीयुक्त जडीवुटीको बृक्षारोपण गरी जडीबुटी क्षेत्र निर्माण गर्नु पर्ने र सोको लागि आवस्यक योजना तयार गरी गाउपालिकामा आउनु पर्ने बताउनु भएको छ। आयुर्वेद औषधालयले कञ्चनलाई जडीवुटीको हव बनाउन आवस्यक बजेट र प्राबिधिकरुको गाउपालिकाले ब्यबस्थापन गर्न लगाउने तर औषधालयबाट योजना बनाउन आवस्यक रहेको बताउनु भएको थियो ।
परापुर्वकालमा समुन्द्र मन्थन गर्दा कामधेनु गाई,कालीमाता,धन्वन्तरी भगवती लक्ष्मी तथा कालकुट बिष पैदा भएपश्चात भगवान शंकरले उक्त कालकुट बिषपान गरेका बेला धन्वन्तरीले अमृतको रुपमा जडीबुटी दिए पछि शंकर निविर्षमय बनेको किवदन्ती रहेको र दिवोदेश धन्वन्तरी प्रथम शल्य चिकित्सक भई उनले आफ्ना शिष्य तथा ऋषि पिशवामित्रका पुत्र सुश्रृतलाई ज्ञान दिएपछि काशीमा स्थापना भएको बिश्वको पहिलो बिश्वबिधालयमा सुश्रृत शल्य बिभागका प्रधानाचार्य भएका थिए ।
धन्वन्तरी जयन्तीका दिन बिशेष गरी सकेसम्म पित्तलको भांडा किनेर घर भित्र्रयाउने प्रचलन रहेको रुद्रपुर आयुर्वेद औषधालयका कार्यलय प्रमुख तथा कविराज खिमानन्द खनालले बताउनु भएको थियो । आजबाट शरद ऋतुको शुरुवात हुने आजकै दिन धन्वन्तरीको पृथ्वीमा अवतरण स्मरण गर्दै सोही दिनलाइ नै राष्टिरय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइएने गरेको समेत कविराज खनालले उल्लेख गर्नु भएको थियो । कञ्चन खवर डटकमका प्रकाशक तथा सम्पादक जगिलाल थापाले कार्यक्रम संचालन गर्नु भएको थियो ।