५ कार्तिक,कञ्चन
कञ्चन जेसिज बर्ष २०२०ले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना नोवल भाइरसको संक्रमणलाई रोकथामका लागि अग्रपंक्तीमा कार्य गर्दै आईरहेका स्वास्थ्यकर्मीहरुलाई मंगलवार सम्मान गरेको छ । मभहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका बावजुद पनि सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक सेवामा आफ्नो गतिबिधिहरुलाई निरन्तर अगाडी बढाइरहेको कञ्चन जेसिजले एक कार्यक्रमका बिच स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतले जनताको सेवामा कार्य गर्ने कुनै पनि कर्मचारीको मनोवल बढाउन गरिने सम्मान तथा उत्सव कार्यक्रमको सह्रना गर्दै कञ्चन जेसिजलाई धन्यबाद दिनु भएको छ ।कतिपयको सोंचमा तलव भत्ता खानेहरुलाई सम्मान गर्नु हुदैन भन्ने मानसिकता रहेको भन्दै प्रमुख प्रशासकिय अधिकृत बस्नेतले मानिसको स्वास्थ्य जस्तो महत्वपुर्ण बिषयमा तलवभत्ता प्रमुख नहुने उल्लेख गर्नु भएको छ।कञ्चन जेसिजले महामारीको रुपमा फैलिरहेको कोरोनाको कहरमा आफ्नो स्वास्थ्यको समेत कुनै प्रवाह नगरी जनताको सेवामा सदैव अग्रपंक्तीमा खटिदै आउनु भएको स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिनुले स्वास्थ्यकर्मी र प्रशासनिक कार्यमा खटिने हरेक कर्मचारीहरुको समेत मनोवल बढेको प्रमुख प्रशासकिय अधिकृत बस्नेतले बताउनु भएको छ ।
यस्तै कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणी पौडेलले सेवामा आधारित संस्थामा आवद्ध जेसिज युवाहरु हरेक पल आफ्नो ब्यक्तित्व बिकास संगसंगै समाजमा ब्याप्त बिकृति र बिसंगती बिरुद्ध हातेमालो गर्दै समाजमा महत्वपुर्ण योगदान पुर्याउने ब्यक्तित्वहरुको सम्मानले वहाँहरुमा सेवाको भावना अझ उजागृत भएर आउने बिश्वास गर्नु भएको छ । जेसिजले युवाहरुमा भएको अन्तरनिहित क्षमतालाई समाजमा उजागर गरेर ती युवाहरुको ब्यक्तित्व,नेतृत्व,उधमशिलता र अन्तराष्ट्रिय भावनाको बिकास गर्दै समाज सेवामा काम गर्दै आउनु भएका ब्यक्तिहरुको सम्मानले ती युवाहरुलाई प्रोत्साहन र समाजको ला िकेही गर्नु पर्छ भन्ने भावनाको बिकास गर्न कञ्चन जेसिज बर्ष २०२०ले कोरोना भाइरसको संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न सदैव अग्रपंक्तीमा खटिदै आउनु भएका स्वास्त्थ्यकर्मीहरुलाई गरेको सम्मान निकै प्रशंनिय कार्य भएको उल्लेख गर्नु भएको छ।
यस्तै कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष बाबुराम पौडेलले सम्मान कार्यक्रममा स्वागत गर्दै जसरी युद्धको समयमा सिपाईले बिजयका लागि जुन सपना र लक्ष्य लिएको हुन्छ त्यसरी नै स्वास्थ्यकर्मीहरुले कोरोना महामारीलाई नियन्त्रण र रोकथाम गर्न कोरोना भाइरसको यो महामारीका बिचमा आम नागरिकले स्वाथ्यको पुर्ण अनुभुति गराउन प्रयत्नमा हरपल कोरोना संक्रमित वा असंक्रमितहरुको नियमित अनुगमन र स्वास्थ्य अवस्था परिक्षण गराउन घरघरमा पुग्नु भएका स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्न पाउदा कञ्चन जेसिजको उत्कृष्ट कार्य भएको पनि आफुलाई लागेको बताउनु भएको छ। आज कोरोना भाइरसको जोखिमलाई रोकथाम र न्युनिकरणका लागि खटिरहदा कञ्चनका केही स्वास्थ्यकर्मीहरु समेत कोरोना भाइरसबाट संक्रमित हुनु परेकोमा दुखित हुदै वहाँहरुमा कोरोनालाई जित्ने आत्मबल प्राप्त होस भन्दै सिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नु भएको छ।
स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउन कञ्चन जेसिजले स्वास्थ्यकर्मीहरुलाई गरेको सम्मान प्रति आभार ब्यक्त गर्दै कञ्चन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले कोरोना भाइरसले नेपाल सहित बिश्वभर महामारीको रुपमा लिइरहेको अवस्थामा कञ्चनमा कोरोना भाइरसको संक्रमणलाई रोकथाम र न्युनिकरण गर्न नेपाल सरकारको निर्देशन र स्थानिय सरकारको रुपमा रहेको कञ्चन गाउपालिकाको समन्वयमा स्वास्थ्यकर्मीहरुले आफ्नो स्वास्थ्य,परिवार,भोक,प्यास केही नभनी लागि परेको कुरा कञ्चन जेसिजले मुल्यांकन गरेकोमा स्वास्थ्य शाखा प्रमुख गौतमले धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
कञ्चन जेसिज बर्ष २०२० का महासचिव चित्र तुलाचनले कार्यक्रमको संचालन गर्नु भएको थियो भने आस्थापाठ उपाध्यक्ष सुमन सुवेदी र धन्यवाद कानुनी सल्लाहकार राधिका चौरीले गर्नु भएको थियो ।