१६ पुस बुटवल/यमलाल भुसाल
बुटवलमा संचालित दोस्रोे सडक खाना महोत्सवको साढे दुई लाख दर्शकले अवलोकन गरेका छन । तीन दिने सडक खाना महोत्सवमा ६ करोड बढीको कारोवार भएको संघका कोषाध्यक्ष टंक प्रसाद पराजुलीले बताएका छन ।
खाना महोत्सवको पहिलो दिन ५० हजार दर्शकले महोत्सव अवलोकन गरेको र ८० लाखको कारोवार भएको थियो भने दोस्रो दिन १ लाख दर्शकले अवलोकन गरि साढे दुई करोडको कारोवार भएको संघका महा सचिव माधव कुमार खनालले बताउनु भएकोछ। । महोत्सवको अन्तिम दिन बुधवार १ लाख दर्शकले अवलोकन गरेको र ३ करोडको कारोवार हुने अपेक्षा गरिएको र सोही अनुसार कारोबार भएको प्रचार प्रसार समितिका संयोजक बावुराम गौतमले बताएका छन ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले संचालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ सडक खाना महोत्सव आयोजना गरिएकोमा अत्यन्तै सफल भएको आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक समुन्द्र जिसीले बताएका छन । खाना महोत्सवमा सोचे भन्दा बढी दर्शकको आगमन भएको कारोवार पनि राम्रो भएको भन्दै अध्यक्ष जिसीले महोत्सव सफल वनाउन सवै क्षेत्रवाट भएको सहयोगको उच्च सम्मान गदै धन्यवाद समेत दिनु भएको छ ।
सडक खाना महोत्सवमा जातिगत रुपमा थारु ,मगर ,थकाली, गुरुङ ,क्षेत्री ,नेवार समुदायका खानाका परिकारहरु सडकमै पकाएर खुवाईएकोले यसक्षेत्रको रौनक नै पृथक बनेको थियो । सडक खाना महोत्सवमा नेपाली जातिगत खाना वाहेक इण्डियन चाईनिज,जापानिज,इटालियन र थाई खाना तथा अन्य खानाका ६० बढी परिकार राखिएको थियोे ।
सडकलाई दुलही झै सिगारिएकोले बुटवलको रौनक नै बदलिएको दर्शकहरुले अनुभव बताएका छन ।
महोत्सवमा तिनै दिन सहभागि हुनु भएका दर्शक, पत्रकार तथा स्थानिय वासिन्दा दीपक न्यौपानेले सडक खाना महोत्सवले यस क्षेत्रमा रौनक ल्याएको बताउदै खानाको परिकारमा नयाँपन ल्याउन सुझाव दिनु भयो ।
अतिथि देवो भव,पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान,सडकमै खाऔं सडकमै नाचौं ,सडकमै रमाऔं भन्ने नाराका साथ संचालित सडक खाना महोत्सवमा १ सय २५ वटा स्टल रहेका थिए । वडा नं.९ कालिकापथको तिनकुनेदेखि शिवालयचोक सम्मको सडकको दायाबांया सडक खाना महोत्सव स्थलमा खानाका परिकारले सजाएर निकै सुन्दर बनाईएको थियो । खानाका परिकार संगै राष्ट्रिय तथा स्थानिय कलाकारको वेजोड प्रस्तुति रहेको थियो ।