सत्य-तथ्य छानबिन हुनुपर्छ भन्न पनि कसैले छोड्दैनौ अनि तपाईं हामी जो भएपनि सत्यतथ्य बाहिर ल्यानुपर्छ दोषीलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ, पिडितले न्याय पाउनुपर्छ भन्ने मात्र भयो कि जस्तो लाग्छ किनकी समयमै यो घट्ना यसरी सत्यतथ्य बाहिर आयो, कार्वाही भयो अनि हिजोआजका दिनमा घट्नाहरु कम भएका छ्न भनेर आनन्दको साहस फेरेका पनि त छैनौं ।
प्रसङ्ग हो कन्चन गाउँपालिका वडा न १ मा गत साउन २२ गते राती घटेको घट्नाको जुन घट्नाले निर्मला बलात्कार पछि हत्या काण्डको जस्तै पीडा दिराछ । जुन घट्नामा १५/१६ वर्षकी किशोरी करुणाको जङ्गलमा झुन्डिएको अवस्थामा शव भेटिको थियोे भने प्रेमी भनिने १६/१७ वर्षको किशोर आरोपित छ । घट्नाको प्रकृतिलाई आधार मान्ने हो भने सरासर हत्या जस्तो छ रिपोर्टले भने मरेको देखाउछ । किशोर किशोरी विगत ६ महिना देखि प्रेम सम्बन्धमा थिए भन्ने सुन्नमा आएको छ (उमेर नपुगेका केटाकेटीको प्रेम प्रसङ्ग र विवाहको नतिजा के हुन्छ भन्ने त तपाईं हामि सबैलाई अवगत नै छ) प्रेमी भनिने किशोरले घट्ना हुने राती ११ बजे सम्म फोन गर्छ, म्यासेज गरि आउ भन्छ आउदा लाइटर वा सलाई ल्यादिएर आउ भन्छ त्यसपछि किशोरी घरमा हुँदिन, आमाले नभएको थाहा पाएपछि छोरीको छरछिमेकमा खोजि गर्छिन यताउता हारगुहार गर्छिन तर छोरी भेट्टिन्न । केटालाई फोन गर्दा उठाउन्न,कसैले त्यही केटासँग भागी भन्छ्न, कसैले खोज्नुपर्छ भन्छ्न यस्तै गर्दागर्दै बिहानको ५ बजेतिर केटाको घरमा जादा केटा मात्र भेट्टिन्छ धेरै बेरको सोधपुछ र म्यासेजको कुरा गर्दा बोलाएको हो भन्छ, रातीसम्म संगै बसेको बताउँछ, सल्लाहमा शारीरिक सम्बन्ध राखेको भन्छ तर मैले मारेको होइन भन्छ ।
घट्नाको प्रकृतिलाई आधार मान्ने हो भने सरासर हत्या जस्तो छ रिपोर्टले भने मरेको देखाउछ । किशोर किशोरी विगत ६ महिना देखि प्रेम सम्बन्धमा थिए भन्ने सुन्नमा आएको छ (उमेर नपुगेका केटाकेटीको प्रेम प्रसङ्ग र विवाहको नतिजा के हुन्छ भन्ने त तपाईं हामि सबैलाई अवगत नै छ) प्रेमी भनिने किशोरले घट्ना हुने राती ११ बजे सम्म फोन गर्छ, म्यासेज गरि आउ भन्छ
केटिको अवस्था भने झुण्डाइएको जस्तो छ, गुप्ताङ्ग र अनुहार सुन्निएको थियो, चप्पल फरकफरक ठाउँमा छ, भित्री बस्त्र पनि सरिरमा छैन यताउता छरिएको छ, लागाएको अलादिन सुरवाल पनि च्यात्तिएको छ, डरलाग्दो जङ्गल छ केटिसङ्ग न लाईट न मोबाइल छ, पोस्टमार्टम गर्न पनि काठमाडौमा गरिएको छ ,घट्नाको प्रकृतिसङ्ग रिपोर्ट मिल्दैन अझै केही रिपोर्ट आउन बाकी नै छ । परिवारका अनुसार भने आफू र छिमेकिलाई धम्की आएको हुनाले पाउनुपर्ने साथ नपाएको बताउँछन ।
गलत कुरालाई गलत भन्न पनि डर भएपछि, छानबिनमा ढिलाइ देखिएपछि, छिमेकिलाई बोल्न डर लागेपछि, मर्ने मरिहाल्यो बाच्नेलाई हेर्नुपर्छ भन्ने भावना जुन घट्नामा पनि हावी हुन थालेपछि साच्चिकै न्याय मिल्ला र ? न्याय दिने निकायले प्रमाणका आधारमा न्याय देला, छानबिन गर्नेलाई समय लाग्ला, कसैका आफन्ती होलान, कसैका पावर र पैसा होलान यी सबै संयन्त्रबिचको तछाडमछाडले त केही समय हङ्गामा पक्कै मच्चाउछ । यस्तो देख्दा धर्मग्रन्थमा लेखिएको यो वाक्य "सतिले सरापेको देश " याद आउँछ अनि हो रैछकी झै लाग्छ । यसो भनिरहदा कहिकतै म गलत हुन नि सकौला तर... । मात्र यो कुरामा मेरो जोड हो कि गलत प्रवृतिलाई कसैले ढाकछोप नगरौं चाह