९ असार,गैडहवा
कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र व्यापार, पर्यटन सहितको पूर्वाधार, गैंडहवा विकासको आधार भन्ने नारा सहित रुपन्देहीको गैडहवा गाउपालिकाको छैठौं गाउसभा एवं चौथो बर्षे अधिबेशन शुरु भएको छ । गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले एक कार्यक्रमका बिच उद्धघाटन गरी गाउसभा एवं बर्षे अधिबेसनको शुभारम्भ भएको हो ।
छैठौं गाउसभा तथा बर्षे अधिबेशनको उद्धघाटन गर्दै गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले आगामी बर्षका लागि गाउपालिकाको बार्षिक नीति तथा कार्यक्रम सार्बजनिक गर्नु भएको छ । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र, रुपन्देहीको उत्तरी भेग प्राकृतिक सम्पदा र सौन्दर्यको मनोरम भूमि, कृषि र पर्यटनको केन्द्रको रुपमा स्थापित, पुरातात्विक ऐतिहासिक, सांस्कृतिक गौरवको अमूल्य निधि, विविध सम्भावना, श्रोत एवं कृषि उपजहरुको उर्वर भुमिको रुपमा हुदाँहुदै पनि गैडहवा गाउपालिका छायामा परेको उल्लेख गर्दै गैडहवाको सुन्दरतालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा परिचित गराउने लक्ष सहित आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सहितको महत्वपुर्ण योजना तर्जुमा गरिएको अध्यक्ष केवटले बताउनु भएको छ।
बिशेष गरी महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरसको बढदो संक्रमण्मलाई रोकथाम तथा न्युनिकरण गर्न देशभर गरिएको लकडाउनका कारण चालु आ.व.का कतिपय लक्षित कार्यक्रमहरु हटाएर कोरोना भाइरस नियन्त्रणका लागि बजेट ब्यबस्थापन गर्नु परेको र शुरु गरिएका कतिपय योजनाहरु पनि लकडाउनबाट प्रभाबित भई समयमै कार्य सम्पन्न हुन नसकेको तथा केही योजनाहरु शुरुवात गर्न नपाएको बिषम परिस्थितीलाई मध्यनजर गर्दै आगामी बर्षमा कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि खर्च ब्यबस्थापन गर्नेगरी अध्यक्ष केवटले गाउपालिकाको बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको छ।
रोजगारको शिलशिलामा छिमेकी देश भारत लगायत तेश्रो मुलुकमा गएका तर कोरोना भाइरसबाट प्रभाबित भई रोजगार गुमाएका गैडहवाका युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन कृर्षिमा बिशेष अनुदान सहितको बजेट ब्यबस्थापन गर्नेगरी बार्षिक कार्ययोजना प्रस्तुत भएको छ ।यस्तै शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने गरी बार्षिक कार्ययोजना प्रस्तुत भएको र गैडहवाको प्रयटकिय क्षेत्रहरुलाई आकर्षक र भ्रमण गन्तब्य बनाउने उद्धेश्यका साथ गाउँपालिका क्षेत्रभित्र रहेको गैडहवा ताल, तुल्सीहवा ताल, शहिद पार्क, रामजानकी मन्दिर, सन्तेश्वर घाट, जोगडेश्वर महादेव, यसोधरा माताको मन्दिर र वाल उद्यानलाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न र त्यसलाई आर्थिक विकासका अवसरहरुसगँ जोड्ने गरी निरन्तरता दिईनेछ । लुम्बिनी आउने पर्यटकलाई गैडहवासम्म ल्याउने र उनीहरुको वसाई यस क्षेत्रमा रहने गरी होमस्टे संचालनमा ल्याउने पालिकाको बार्षिक कार्ययोजनाम समाबेश गरिएको छ ।
गैडहवा गाउपालिकाबाट आगामी बर्ष २०७७/०७८ का लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रमहरु
क) आर्थिक विकास
क.१. कृषि
यस गा.पा.मा कृषि क्षेत्र मार्फत गाउँको समृद्धिका सम्भावनाहरु प्रर्याप्त भएको हुँदा यस सम्वन्धमा निम्न अनुसारको नीति अबलम्वन गर्ने गरी प्रस्ताव गरेको छु ।
१. कृषि क्षेत्रको ब्यवसायीकरणका माध्यमबाट कृषि उपजहरुको उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्य तथा पोषण सुरक्षा, आत्मनिर्भता र निर्यात गर्न सक्ने अवस्थामा पुर्याउन प्राविधिक सेवा तथा उत्पादन सामाग्रीहरुको उपलब्धता सुनिश्चित गरिनेछ ।
२. कृषिमा एक गाउँ एक उत्पादन कार्यक्रमलाई प्रोत्साहन हुने किसिमका कार्यक्रम संचालनमा जोड दिइनेछ र कृषि स्मार्ट गाउँ विकसित गरिदै लगिनेछ ।
३. कृषिमा युवा विशेष कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउदै लगिनेछ र आयआर्जन, पोषण तथा खाद्य सुरक्षाको लागि महिला, युवा तथा विपन्न वर्ग विशेषलाई गरिबी निवारण तथा खाद्य सुरक्षा कार्यक्रमहरु संचालन गरिनेछ ।
४. कृषि पेशलाई सम्मानजनक पेशाका रुपमा विकास गर्न र कृषकहरुलाई सामाजिक सम्मान प्रदान गर्ने व्यवस्थाका लागी उत्कृष्ट कृषकहरुलाई पुरस्कारको व्यवस्था गरिनेछ ।
५ .सिंचित क्षेत्रफल विस्तारका कार्यक्रम संचालनमा ल्याइनेछ र सिंचाई पुगेका क्षेत्रहरुमा सघन बाली विकास कार्यक्रम संचालन गरिनेछ ।
६. कृषि बाली, पशुबस्तु तथा क्षेत्र विशेष मूल्य श्रृंखला विकास गर्दै कृषकलाई बजारको सुनिश्चिता
गराउने उद्देश्यका साथ बजार पूर्वाधार बिकास आयोजाना संचालन गरिनेछ ।
७. कृषि र पशुपालन क्षेत्रमा विभिन्न प्राकृतिक विपद बाट हुनेसक्ने क्षतिको न्युनिकरण, उद्धार तथा राहतका कार्यक्रम संचालन गरिनेछ । कृषि तथा पशुपन्छी विमा कार्यक्रममा कृषकको पहुंच बृद्धि गर्न सहजीकरण गरी संरक्षित कृषिको नीति अवलम्बन गरिनेछ ।
८.कृषि क्षेत्रलाई प्राथमिकता दिई लगानीमैत्री वातावरण सृजना गरी जनतालाई आत्मनिर्भर बनाउने तर्फ विशेष जोड दिइने छ । स्वरोजगार र उद्यमशिलता अभिवृद्धि गरी गैडहवावासीको जीवनस्तरमा प्रत्यक्ष परिवर्तनको अनुभुति गराउने खालका कार्यक्रमहरु क्रमशः कार्यान्वयन गर्न
कृषि क्षेत्रमा दिंदै आएको विभिन्न अनुदानलाई निरन्तरता दिईने छ । .
९. चैते धान खेती गर्ने कृषकहरुलाई प्रोत्साहन गरिनेछ ।
१०.स्थानीय कृषकहरुसँग जोडीएका रैथाने विउविजन, ज्ञान, शिप र प्रविधिलाई संरक्षण गर्दै गाँउपालिकालाई आधुनिक कृषि प्रणाली एवं व्यवसायीकरणका साथै अर्गानीक खेती प्रणालीमा जोड दिइने छ ।
११. कोरोना माहामारीले गाँउपालिकामा कृषि उत्पादन र विक्री वितरणमा असर परेकोले सम्पुर्ण कृषि उत्पादन तेलहन,खाधान्न,दलहन,तरकारी आदी लगायतमा अनुदान दिईनेछ र सो अनुदानको लागी निर्देशीका बनाई कार्यान्वयन गरिनेछ ।
१२. दुध, मासु, अण्डा तथा पशु जन्य उत्पादन वृद्धिमा आधारित कार्यक्रम संचालनलाई विशेष प्राथमिकता दिइने छ ।
१३. युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न युवा लक्षित गाई भैंसी पालन, भेडा बाख्रा पालन, कुखुरा पालन, मत्स्य पालन सम्बन्धी तालिमको व्यवस्था, अनुदानको व्यवस्था, जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिने छ ।
१४.कृषकहरुको उत्पादनलाई असर पु¥याउने विभिन्न प्रकारका रोग, महामारी, परिजीवि व्यवस्थापन गर्न जनचेतना मुलक कार्यक्रम, शिविर, भेक्सीनेशन तथा उपचारका कार्यक्रमहरु संचालन गरिने छ ।
१५. पशु पालन पद्धतिलाई आधुनिकीकरण र व्यवसाय उन्मुख बनाउन उचित कदम चालिने छ ।
१६.स्वच्छ मासु उत्पादन, मासु पसलको सरसफाई, गुणस्तरीय अण्डा तथा मासु उपभोक्ता समक्ष पु¥याई खाद्य सुरक्षा गर्ने कार्य अगाडी बढाइनेछ ।
१७.कारोना भाइरसको महामारी सम्बन्धी समस्यालाई ख्याल राखी पशुपंक्षी तथा गाईबस्तु संगको असुरक्षित सम्पर्क सम्बन्धी जन–चेतना मुलक कार्यक्रम, उत्पादन, बजार तथा उपभोक्ता सम्बन्धी जनचेतना बढाइने छ ।
१८. फिस सुपर जोन कार्यक्रम अन्तर्गत रहेको मत्स्य पालन पद्धतिलाई थप जोड दिइने छ ।
१९. कृत्रिम गर्भाधान, वर्णशंकर पशु उत्पादनमा जोड दिइने तथा पशु शिविरहरु संचालन गरिने छ ।
क.२. उद्योग तथा वाणिज्य
१. पाँच करोड भन्दा बढी लगानीको उद्योग स्थापना गर्ने उद्योगीहरुको लागि ५ वर्ष बराबरको गैडहवामा लाग्ने सम्पूर्ण कर छुट दिईनेछ । आन्तरिक आय मजबुद बनाई स्वावलम्बी तथा दिगो गाउँपालिका निर्माण गर्न सबै व्यवसायलाई करको दायरामा ल्याईनेछ ।
२. वजारलाई व्यवस्थित र स्वच्छ प्रतिस्पर्धी वनाउन तथा उपभोक्ताहरुलाई ठगीनबाट जोगाउँनको लागि व्यापारीहरुको सहभागितामा व्यापार आचार संहित लागू गरिनेछ ।
३. युवाशक्तिमा रहेको व्यवसायिक प्रतिभाको पहिचान गरी उनीहरुको रुची र क्षमता अनुसार उद्यमी बनाई स्वरोजगार गराउँनका लागि उद्यमशिलता तथा सीपमूलक तालिम दिई युवा उद्यमशिल कोष स्थापना र परिचालन गरी आगामी आ.व.मा युवाहरुलाई उद्यमी र व्यवसायी बनाउँन जोड दिइनेछ ।
४. गाउँपालिका भित्र उद्यम विकासको सम्भाव्यता अध्ययन गरी गाउँपालिका भित्र सम्भावित नयाँ उद्योगहरु स्थापना गर्न लगानी मैत्रि वातावरण बनाईनेछ ।
क.३. पर्यटन
१. गाउँपालिका क्षेत्रभित्र रहेको गैडहवा ताल, तुल्सीहवा ताल, शहिद पार्क, रामजानकी मन्दिर, सन्तेश्वर घाट, जोगडेश्वर महादेव, यसोधरा माताको मन्दिर र वाल उद्यानलाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न र त्यसलाई आर्थिक विकासका अवसरहरुसगँ जोड्ने गरी निरन्तरता दिईनेछ । लुम्बिनी आउने पर्यटकलाई गैडहवासम्म ल्याउने र उनीहरुको वसाई यस क्षेत्रमा रहने गरी होमस्टे संचालनमा ल्याइनेछ ।
२. प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरी सुविधा सम्पन्न यशेधरा पार्क निर्माण गरी राष्टिय पर्यटकीय स्थलहरुको रुपमा विकसित गरिनेछ ।
३. विभिन्न जातजातिको संस्कृतिक परम्परा झल्काउने कार्यक्रम संचालन गरी आन्तरीक तथा वाह्य पर्यटकलाई आकर्षित गर्ने र पर्यटकीय गन्तव्य स्थलको रुपमा घोषणा गर्न समन्वय गरिनेछ ।
४. गैडहवालाई भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी गेटको रुपमा विकास गरी आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गरिनेछेछ । संघीय तथा प्रदेश सरकारको समन्वयमा गैडहवा तालको संरक्षण, सम्बद्र्धन, सौन्दर्यकरण र प्रचार प्रसार गरी पर्यटकीय स्थलको रुपमा विकसित गरिदै लगिने छ ।
५. यस गाउँपालिकाको नामसँग जोडिएको गैडहवा ताललाई संरक्षण गर्दै आसपासका बस्तीहरुमा होमस्टे संचालन गरिनेछ । तालको डकुमेन्ट्री निर्माण फोटो प्रदर्शनी र तालको प्रचारप्रसार गर्ने कार्यक्रम संचालन गर्ने तथा गैडहवा ताल संरक्षण विकास समिति गठन गरिने छ ।
६. गैडहवा तालको पुर्ननिर्माण गरी पर्यटकीय गन्तव्य बनाउन राष्टपति चुरे तराई मधेस संरक्षण विकास समितिसँग समन्वय गरी निर्माण प्रक्रिया अगाडि बढाईने छ ।
क.४. सहकारी
१. सहकारीलाई गैडहवाको आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गरिनेछेछ । साना र उत्पादनमुलक सहकारीलाई गैडहवा गाउँपालिकाको योजना कार्यान्वयनमा आवद्ध गरिनेछ ।
२. सहकारी शिक्षालाई प्रथामीकताका साथ जोड दिदै थप सहकारी संस्था विस्तार गरिनेछ ।
क.५. वित्तिय क्षेत्रहरु (राजश्व परिचालन)
१. राजश्वको दायरा बृद्धि गर्ने, राजश्व संकलन प्रक्रियालाई सरलीकरण गर्ने, करदाता शिक्षा प्रदान गर्ने, कर तिर्ने, अभिप्रेरित गर्ने, प्रत्येक वडामा राजश्व संकलन र राजश्वको क्षेत्र पहिचान गर्ने अभियान संचालन गरिनेछ ।
२. करका दायरमा सुचिकृत हुने करदाताहरुको अभिलेखलाई कम्प्यूटराईज गरी अद्यावधिक गरिनेछ । गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधालाई कर संग आवद्ध गरी गाउँपालिकाको आन्तरिक आयमा बृद्धि गर्ने रणनीति अवलम्वन गरिनेछ ।
३. राजश्व परामर्श समितिले दिइएको सुझाबलाई आधारमानि अन्य कर दस्तुर, शुल्क आदी निर्धारण गरी गाउँपालिकाको आयश्रोतलाई दिगो बनाइनेछ ।
४. आगामी आ.व. देखि वैज्ञानिक एकिकृत सम्पत्ति कर लाई लागु गर्दै जाने नीति लिइने छ ।
५. यस गाउँपालिकाका नदी तथा खोलाको घाटमा प्रारम्भिक वातावरणीय परिक्षण (IEE) गरी नदी तथा खोलाबाट बालुवा गिट्टी, मिस्कट लगायतका निर्माण सामाग्री उत्खनन् तथा संकलनको लागि आयठेक्का गरी प्रस्ताव गरिएको वजेट घाटा पुर्ति गरिनेछ ।
६. जुन वडामा राजस्व उठेको छ, सो राजस्वको ३०% रकम त्यही वडामा रहने गरी गा.पा.को निर्णय र समन्वयमा सम्बन्धित वडाको विकास निर्माण र श्रोत संरक्षण गर्न खर्च गरिनेछ ।
७.आर्थिक सहायता, विपद ब्यवस्थापन, औषधोपचार, बिपन्न प्रमाणित, विद्यार्थी छात्रवृति र योजना सम्बन्धी सम्पूर्ण सिफारिस बाहेकका वडा तथा गाउपालिकाबाट प्रदान गरिने जुनसुकै सिफारिसमा तोकिए बमोजिम सिफारिस दस्तुर लाग्नेछ । सेवा लिदा त्यस्तो दस्तुर तिरेको नगदी रसीद सिफारिस साथ अनिवार्य संलग्न गर्नुपर्ने छ ।
ख) सामाजिक विकास
ख.१.शिक्षा
१. जेहेन्दार, गरिव, दलित र छात्राहरुलाई छात्रबृत्ति एवं प्रोत्साहन स्वरुप शैक्षिक सामाग्री प्रदान गरी अध्ययनको बातावरण सुनिश्चिता गरिनेछ ।
२. आधारभुत विद्यालयस्तरको गुणस्तरीय शिक्षाको लागि गा.पा स्तरीय संचालन हुने परीक्षालाई थप मर्यादित बनाउँदै लैजाने नीति लाई निरन्तरता दिइनेछ ।
३. सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन गराउने विद्यालयलाई प्रोत्साहनको नीति अगाडि वढाइनेछ ।
४. समुदायको आवश्यकता र शिक्षा प्रति छात्रछात्राको आकर्षण बढ्दै गएको कारण संचालनमा रहेका मा.वि स्तरका विद्यालयहरुमा थप ११ र १२ कक्षा संचालनमा ल्याईने नीति अवलम्बन गरिनेछ ।
५. माध्यमिक विद्यालयहरुमा प्राविधिक धारको शिक्षा संचालनमा जोड दिईनेछ ।
६. विद्यालय स्तरीय शिक्षामा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्दै पठन पाठनलाई गुणस्तरीय एवं समयानुकुल वनाउन शिक्षण संस्थाहरुमा इ हाजिरी, Email Internet सहित इ–पुस्तकालयहरूको विकास गरी सि सि क्यामरा जडानमा निरन्तरता दिइनेछ ।
७. गैडहवा गा.पा भित्रका संस्थागत, सामुदायिक र मदरसाहरुको संयुक्त कार्यक्रमहरु खेलकुद, अतिरिक्त क्रियाकलाप जस्ता कार्यक्रमहरुमा विषेश जोड दिँदै विद्यार्थीको अनुशासित, मर्यादित, समाजिक, मानसिक र संबेगात्मक विकासमा जोड दिइने कार्यक्रम ल्याइनेछ ।
८. विद्यालयस्तरमा रहेका न्यून पारिश्रमिकको रुपमा रही सेवा गर्दै आएका बालबिकास सहयोगी र कर्मचारीहरुका लागि विषेश सुविधाको प्याकेजलाई निरन्तरता दिइनेछ ।
९. शिक्षामा गुणस्तरीय सुधारको लागि प्रत्येक परिक्षामा प्राप्त भएको नतिजा तथा समग्र शैक्षिक उपलब्धी मापन गरी शिक्षक विद्यार्थी र विद्यालयलाई प्रोत्साहन र दण्ड को नीति अपनाइनेछ ।
१० विद्यार्थी शिक्षक र कक्षा अनुपातका आधारमा बिद्यालय मर्ज गर्ने नीति ल्याइने छ र्।
११. तालिम प्राप्त नगरेका, अवसरबाट बन्चित रहेका शिक्षकहरुलाई क्रमशः शैक्षिक तालिम तथा प्रत्येक विद्यालयका शिक्षकलाई ICT तालिम दिइनेछ ।
१२. पढाईको गुणस्तर सुधारका लागि गा पा भित्रका सम्पुर्ण सामुदायिक संस्थागत बिद्यालयहरुको बार्षिक परीक्षा समान स्तर अनुसारका बिद्यालयहरुका एक अर्का बिद्यालयका प्र अ हरुले परीक्षा संचालन गर्ने र परीक्षाफल प्रकाशन गर्ने गराउने नीति ल्याइने छ ।
१३. गा. पा. भित्रका सम्पुर्ण सामुदायिक बिद्यालयहरुलाई एकरुपता ल्याउन रंगरोगनको ब्यवस्था गरिने छ ।
१४. शिक्षाबाट कुनै पनि बालबालिका बञ्चित नहुनको लागि भर्ना अभियान चलाइने छ ।
१५. कोरोना जस्ता उच्च महामारीको जोखिम बाट बचाउन बालबालिकाहरुको स्वास्थ्यलाई ध्यान दिदै प्रत्येक बिद्यालयहरुमा स्वास्थ्य शिक्षा तालिम संचालन गर्ने नीति ल्याइने छ ।
१६. हरित र शीतल बिद्यालय बनाउन बिद्यालयहरुमा बृक्षारोपण र बिद्युतीकरण कार्यक्रम ल्याइने छ ।
१७. प्रत्येक बिद्यालयहरुमा साबुन पानी र सेनेटाइजरको ब्यवस्था गर्ने नीति ल्याइने छ ।
१८. गा पा भित्रका प्राविधियुक्त उच्च शिक्षा हासिल गर्न चाहने बिद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराइने छ ।
ख.२. स्वास्थ्य
१. सवै गाउँपालिकावासीलाई आधारभूत स्वास्थ्य सेवाको सहज पहुँचको व्यवस्था मिलाईनेछ । आ. व. ०७७।०७८ मा थप एक स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर स्थापना गरिनेछ र भवन नभएका स्वास्थ्य संस्थाहरुको भवन निर्माण प्रक्रियालाई निरन्तरता दिइनेछ ।
२. खोप तथा गाउघर क्लिनिकहरुलाई भौतिक सरचना निर्माण गरी व्यवस्थित गरिने छ । यस आ. व. मा थप ३ वटा खोप केन्द्र तथा गाउघर क्लिनिक निर्माण गरिने छ ।
३. गर्भवति महिलाले ४ पटक गर्भ जाँच गरेवापत स्वास्थ्य सस्थावाट क्याल्सियम तथा थप प्रोत्साहनको व्यवस्था गरिनेछ ।
४. स्वास्थ्य उपचार गर्न नसक्ने विरामी, अति विपन्न नागरिक, हिसा पिडित महिला, कुपोषित वालवालिका लगायत नागरिकलाई राहत स्वरुप प्रदान गर्न आर्थिक सहायता कोष स्थापना गरिनेछ ।
५. आयुर्वेद उपचारलाई व्यवस्थापन गर्न विशेष कार्यक्रम ल्याइने छ । नसर्ने रोग व्यवस्थापनका लागि आयुर्वेद सेवालाई वडा स्तरमा विस्तार गरिनेछ ।
६. जडीवुटी संरक्षण, सम्बद्र्धधन तथा विकासका लागि आवश्यक कार्यक्रम तर्जुमा गरी आय आर्जनसँग जोडिदै योग, होमियोप्याथिक तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिहरुको विकास, विस्तार तथा नियमनको लागि आवश्यक व्यवस्था गरिनेछ ।
७. जनस्वास्थ्य तथा आयुर्वेद जनशक्तिको क्षमता विकासका लागि प्राविधिक तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि कार्यक्रम ल्याइने छ ।
८. गैडहवा गाउपालिका भित्रका परम्परा देखि रहेका परम्परागत चिकित्सा विधि तथा आयुर्वेद सेवा कार्यक्रमको प्रभावकारिता सम्बन्धी खोजमूलक अध्ययन गरिने छ ।
९. सम्पूर्ण स्वास्थ्य सस्थाहरुलाई अपाङ्ग, किशोर,किशोरी मैत्री वनाईने छ ।
१०. गाउँपालिका पूर्ण खोपयुक्त भैसकैको हुदा यसलाई दिगो र निरन्तरता दिन विशेष पहल गरिने छ ।
११. वर्षमा १ पटक सघ तथा प्रदेश स्वास्थ्य निकायसग समन्वय गरी स्थायी वन्ध्याकरण शिविर सचालन गरिने छ ।
१२. एच आइ भि पीडितहरुलाई सहयोग गर्ने नीति अवलम्वन गरिने छ ।
१३. आकस्मिक प्रसूति सेवालाई व्यवस्थित तथा थप जिम्मेवारी वनाउन वर्थिङ सेन्टरहरुमा थप उपचार आवश्यक परेमा वा प्रेषण गर्नु परेमा गरिव तथा विपन्नको लागि लाग्ने एम्वुलेन्स खर्च व्यहोर्न सम्वन्धित सस्थामा सहयोग कोषको स्थापना गरिने छ ।
१४. गाउपालिकाको कुनै एक वार्ड लाई Zero home delivery घोषणा गरिने छ जसको लागि आवश्यक कार्यक्रम ल्याइने छ ।
१५. महामारीको पूर्व तयारी तथा व्यवस्थापनको लागि च्च्त् लाई तयारी अवस्थामा राख्नुको साथै उक्त कार्यलाई प्रभावकारी वानउन औषधि तथा स्वास्थ्य सम्वन्धि सामाग्रिहरु तयारी हालतमा राखिने छ ।
१६. रोग वल्झि आएका क्षयरोगका विरामीलाई पोषण भत्ताको व्यवस्था गरिनेछ ।
१७. गैडहवा गा पा भित्र ८० जना महिला स्वास्थ्य स्वंय सेविकाहरुलाई प्रोत्साहन भत्ता प्रदान गर्ने कार्यक्रम सचालन गरिने छ र ६० वर्ष पूरा भएका तथा अन्य कारणले सेवा प्रदान गर्न कठिन भएका महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई स–सम्मान विदाई हुने व्यवस्था मिलाईने छ ।
१८. पन्ध्र शैया सम्मको अस्पताल निर्माण कार्य अगाडी वढाइने छ ।
१९. स्वास्थ्य सूचना प्रणालीको चुस्तताको लागि म्ज्क्ष्क् प्रणालीलाई सशक्त वनाईने छ ।
२०. जेष्ठ नागरिकलाई निशुल्क रुपमा आयुर्वेद उपचारर स्तनपान आमाहरुलाई दुग्धवर्धक आयुर्वेद औषधि वितरण कार्यक्रमलाई सवै स्वास्थ्य स्वास्थ्य सस्था मार्फत वितरण गर्ने व्यवस्था मिलाईने छ ।
२१. लोन्डिहवा तथा अहिरन्डिहमा आयुर्वेद क्लिनिकलाई निरन्तरता दिइने छ ।
२२. सिकलसेल एनिमिया तथा थालासेमिया रोग सम्बन्धी उपचार तथा सामाजिक व्यवस्थापकीय कार्यक्रम चलाइने छ ।
२३. कोभिड १९ रोगको व्यवस्थापनका लागि विशेष कार्यक्रम ल्याइने छ । कोभिड १९ अनुसन्धान तथा केस ट्रेसिङ (CICTT) को लागि आवश्यक श्रोतको व्यवस्थापन गरिने छ ।
२४. कोभिड–१९ रोगको रोगथाम नियन्त्रण तथा उपचारका लागि संघ प्रदेश तथा अन्य संघसंस्था , स्थानीय तहसंग समन्वयात्मक कार्यक्रम सचालन गरिनेछ ।
२५. ८० वर्ष उमेर पुगेका वृद्धहरुको लागि घरदैलोमा स्वास्थ्य उपचार सेवा कार्यक्रम सचालन गरिनेछ ।
२६. क्षयरोग तथा कुष्ठरोग व्यवस्थापनका लागि उपचारात्मक साथै सामाजिक व्यवस्थापनलाई सगसगै अगाडी लगिने छ ।
२७. स्वास्थ्य सेवा अन्तर्गतका कार्यक्रमहरुको प्रभाव विश्लेषणका लागि खोज अनुसन्धान कार्य गरिने छ ।
२८. सरुवा तथा मौसमी रोग (डेङगू औलो) लगायतको व्यवस्थापनका लागि आवश्यक व्यवस्थापन गरिनेछ ।
ख.३. खानेपानी तथा सरसफाई
१. शौचालय वनाएपनि सोको उचित प्रयोग नगरि खुल्ला शौच गरेको भेटिएमा दण्डको व्यवस्थालाई कडाईका साथ लागु गरिनेछ ।
२. गाउँपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भईसकेको अवस्था रहेको हुदा यसलाई दिगो र निरन्तरता दिन विशेष पहल गरिनेछ ।
३. लामखुट्टेको प्रकोपबाट रोगको महामारी फैलनसक्ने अवस्थालाई रोक्न नियन्त्रणका कार्यक्रम संचालन गरिनेछ ।
४. सबैका लागि स्वच्छ खानेपानी भन्ने नाराका साथ सुविधा नपुगेका स्थानहरुमा खानेपानीका लागि स्यालो तथा डिप–ट्युबेल एवंम ओभरहेड ट्याङक निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ संचालन गरिनेछ ।
५. खानेपानीको मूलहरुलाई संरक्षण गरी सबै गाउँपालिका बासीलाई स्वच्छ खानेपानीको प्रत्याभुति गरिनेछ । सबै स्वस्थ्य संस्था र वडा कार्यलयहरुमा खानेपानी प्रशोधन प्रणाली जडान गरिनेछ ।
६. सबै वडाका उदीयमान बजारहरुमा सरसफाईका लागि डस्टबिन वितरण गरिनेछ र स्थानीय युवाको सक्रियतामा एक सरसफाई समिति गठन गरिनेछ ।
ख.४. संस्कृति प्रर्वद्धन
१.स्थानीय भाषा-भाषीकाहरुलाई लोप हुनबाट बचाउन प्रस्तावमा आधारीत कार्यक्रम संचालन गर्ने र सांस्कृतिक कार्यक्रम संचालन गर्दा सांस्कृतिक पहिचानलाई अनिवार्य शर्तको रुपमा अवलम्वन गरिनेछ ।
२. गाउँपालिका भित्रका सबै जातजाति, भाषा, धर्म, उनीहरुको मौलिक संस्कृति र परम्पराको संरक्षण गर्न गाउँपालिकाले अलग्गै नीति बनाई लागु गर्नेछ ।
३. जाति र स्थान विशेषका धार्मीक संस्कृतीको संरक्षण संम्वर्धन गर्नको लागि प्रवर्धनात्मक कार्यक्रमहरु संचालन गरिनेछ ।
ख.५. खेलकुद तथा मनोरञ्जन
१. प्रदेश सरकारको साझेदारीमा गाउँपालिका भित्र एउटा रंङ्गशाला निर्माणको लागि यथोचित प्रवन्ध मिलाईनेछ ।
२. गाउँपालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगितामा संचालन गरिनेछ । अर्धवार्षिक रुपमा विद्यालय स्तरीय खेलकुद प्रतियोगिता संचालन गरिनेछ । राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने टिमलाई आर्थिक सहायता प्रदान गरिनेछ ।
३. खेलकुदमा युवा वर्गको सहभागीता अभिवृद्धि गर्ने स्थानीय संघ संस्था समेतको सहभागीतामा पालिका तहमा विभिन्न खेलकुद प्रतियोगिताहरु संचालन गर्न प्रोत्साहन गरिनेछ । निजी सामुदायिक र संघ संस्थाहरुको सहकार्यमा जिल्ला, क्षेत्र तथा पालिका स्तरिय खेलकुद प्रतियोगिताको आयोजना गरिनेछ । निजी सामुदायिक र संघ संस्थाहरुलाई राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा भाग लिन प्रोत्साहित गरिनेछ ।
४. गाउँभित्रका क्लबहरुको क्षमता अभिबृद्धि, खेलकुद प्रवर्धन लगायतका क्रियाकलाप संचालन गर्न बजेटको व्यवस्था गरिनेछ ।
ख.६. लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण
१. बेटी बचाउ, बेटी पढाउ अभियान अन्र्तगत गर्वमा छोरी पहिचान गरी गर्व पतन गराउने परिपाटीको अन्त्य गर्ने र बालबिवाहालाई निरुत्साहित गर्दै छोरी प्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्न जन्मेका बालिकाको बिस वर्षे वालिका बिमाको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
२. मुस्लिम तथा पिछडिएको वर्गको आय आर्जन, सिप विकास जस्ता प्रत्यक्ष फाईदा पुग्ने कार्यक्रमहरु उनीहरुकै सहभागितामा संचालन गरिनेछ ।
३. महिला हिंसा, लैङ्गिक विभेद, बालश्रम, बालबिवाह, अनमेल विवाह जस्ता सामाजिक समस्याहरुलाई न्युनिकरण गर्ने कार्यमा प्रत्येक वडालाई जिम्मेवार बनाई प्रत्येक टोलमा महिला समुह गठन र परिचालन गर्ने नीति लिइनेछ ।
४. सामाजिक विकृतीको रुपमा रहेको छुवाछुत, जातिय विभेद, दाईजो प्रथा मुक्त सामाजको निर्माण गरिनेछ ।
५. महिलाहरुको आय आर्जनमा सुनिश्चित गर्ने सिप मुलक र रोजगारी मुलक कार्यक्रमहरु संचालन गरी उनीहरुको आयमा पहुच र नियन्त्रण पुग्ने नीति लिइनेछ ।
६. गाउँपालिकाको समग्र विकासका लागि सामाजिक, आर्थिक तथा वैयक्तिक विकासको आधारको रुपमा टोल विकास संस्थाहरुलाई संस्थागत गरी परिचालन गरिनेछ ।
७. वेदर्ता जग्गामा बसोबास गर्ने अव्यवस्थित बसोबासीहरुको लगत तथा तथ्यांक संकलन गरी समस्या समाधान गर्ने नीति ल्याईनेछ ।
८. सिमान्तकृत विपन्न तथा अति गरिबहरुका लागि आय आर्जन सम्बन्धी सीपमूलक कार्यक्रम संचालन गरिनेछ ।
९. घाट तथा सवदाह स्थललाई सुविधा युक्त बनाइनेछ ।
१०. महिला, दलित, आदिवासी-जनजाति, थारु, मुस्लिम, पिछडावर्ग, अपाङ्गता भएका व्यक्ति लगायत पिछडिएको वर्ग र समुदायको सशक्तिकरणका कार्यक्रमलाई अझ प्रभावकारी रुपले संचालन गरिनेछ । आर्थिक, सामाजिक र प्रशासनिक क्षेत्रमा यी वर्गको पहुचमा अभिवृद्धि गरिनेछ ।
११. जेष्ठ नागरिकहरुको आधारभुत अधिकारको संरक्षण गर्दै उनीहरुका लागि सम्मानजनक एंव सन्तुष्टि पूर्वक जिवनयापनको लागि आवश्यक कार्यक्रम कार्यान्वयन गर्ने तर्फ जोड दिइनेछ ।
१२. महिला विरुद्ध हुने सबै किसिमका हिंसा, विभेद र वहिष्करण अन्त्यका लागि लैङ्गिक समानता तथा महिला सशक्तिकरणमा सहयोग पुग्ने कार्यक्रम संचालन गरिनेछ ।
१३. अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मानिर्भर र स्वाभिमान बनाउनका लागि समान अवसर तथा सेवा सुविधामा पंहुच बढाउन उनीहरुलाई सहयोग पुग्ने किसिमका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
१४. बालबालिका माथि हुने शारीरिक, मानसिक तथा यौनजन्य दुव्र्यवहार न्युनिकरण गर्ने नीति लिइनेछ साथै बालक्लब गठन संचालन तथा नियमन गर्ने नीति लिइनेछ ।
१५. कडा रोग लागेर उपचार गर्न नसक्ने अति गरिब र विपन्न बिरामीहरु, विपन्न नागरिकहरु, हिंसा पडितहरु, कुपोषित बालबालिकाहरुको लागि सामान न्याय र अवसर दिलाउन गाउँपालिका स्तरिय सामाजिक सहायता, आपतकालिन तथा विपन्न सहयोग कार्यक्रम कोष खडा गरी सो कोष मार्फत आर्थिक सहयोग गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ ।
१६. सुकुम्बासी समस्या समाधानका लागि संघीय तथा प्रदेश सरकारले लिएको नीतिलाई यस गाउँपालिकाले सहयोग र समन्वय गरी सुकुम्बासी समस्या समाधान गर्ने नीति लिईनेछ ।
१७. गैडहवा गाउँपालिकाका घरवास जग्गालाई नापी नक्सा गराई लालपुर्जा वितरण गर्ने नीति लिईनेछ ।
ग) पूर्वाधार विकास
ग.१. स्थानीय सडक, पुल पुलेसा
१.गाउँपालिका क्षेत्रका हाल भैरहेका मुख्य सडकहरुको स्तरोन्नती गर्ने र क्रमश कालोपत्रे गर्ने कार्यलाई निरन्तरता दिई सडक गुरुयोजना समेत तयार गरी लागु गरिनेछ ।
२.सडक अधिकार क्षेत्र मिच्ने, सार्वजनिक स्थानमा टहरा बनाउने कार्यलाई निरुत्साहित गर्दै त्यस्ता कार्य भए गरेमा कानुनी सजायको दायरामा ल्याउने नीति लिइनेछ ।
३.स्वीकृत योजनाहरुको कार्य सञ्चालन गर्दा गाउँपालिकाका प्राविधिकहरुको पुर्व निगरानीमा रही कार्य गर्ने शर्त सहित उपभोक्ता समितिसंग सम्झौता गरिनेछ । योजनाको अनुगमन तथा प्राविधिक प्रतिवेदनको आधारमा भुक्तानीको व्यवस्था गरिनेछ । उपभोक्ता समितिको कार्य क्षमता, कार्यकुशलता अभिवृद्धि गर्ने सम्बन्धीमा अभिुखिकरण कार्य संचालन गरिनेछ ।
४.गैडहवा गाउँपालिकाको प्रत्येक वडा अन्तर्गत मुख्य सडक कालोपत्रे गरिनेछ । गाउँपालिका भरका मुख्य–मुख्य सडकको अधिकार क्षेत्र कायम गरिनेछ र गाउँ भित्रको बाटोलाई पि.सी.सी. र आर.सी.सी. तथा बाहिरी बाटोलाई कालोपत्रे गर्दै लगिनेछ ।
५.गाउँपालिकाबाट संचालन गरिने पुर्वाधार विकासको काममा दिगोपना र प्रभावकारिताका लागि गुणस्तर सुनिश्चित कार्य योजना बमोजिम प्रदेश सरकारको सहयोगमा प्रयोगशाला परीक्षणलाई व्यवस्थित र प्रभावकारी रुपमा संचालन गरिनेछ ।
६.गाउँपालिका भित्रका सडकहरु नियमित रुपमा मर्मत गर्नका लागि आवश्यक समपुरक कोष तथा मर्मत सम्भार कोषको व्यवस्था गरिनेछ । संघ र प्रदेशसंग सहकार्य गरी विकासको लागि समपुरक कोषको व्यवस्था गरिनेछ ।
ग.२. सिंचाई
१. व्यवस्थित तथा व्यसायिक कृषि प्रणालीका लागि सिंचाइलाई प्राथमिकता दिइनेछ । व्यवसायिक कृषि कार्य गर्दै आएका किसानहरुलाई डिपट्युववेल जडान गर्न लागत साझदारीमा अनुदान दिइनेछ ।
२. कञ्चन नदी सिंचाई परियोजनाको लागि आवश्यक व्यवस्था गरिनेछ ।
३. भै.ल.भु.ज.तथा अन्य सिंचाईमा दिइएको अनुदानलाई निरन्तरता दिइनेछ ।
ग.३. भवन तथा सहरी विकास
१. एकीकृत बस्ती विकास योजनाका लागि अध्ययन प्रारम्भ गरिनेछ । भवन संहिता पालनाका लागि गैडहवा इन्टिगे्रटेड बिल्डिङ्ग कोड सिस्टम निर्माण र कार्यान्वयन गरिनेछ । प्रत्येक नयाँ घर बनाउँदा दुई वटा बिरुवा अनिवार्य रुपमा रोपेर मात्र कार्य सम्पन्न प्रमाण प्रदान गरिनेछ ।
२. आगामी आ.व.को शुरु देखिनै घर जग्गा नक्सा पासलाई अनिवार्य गरी भुकम्पीय जोखिमलाई न्युनिकरण गर्दै व्यवस्थित योजनाबद्ध बजारीकरणको शुरुवात गरिनेछ ।
३. स्थानीय तहमा कार्यरत प्राविधिकहरुबाट घरको डिजाइन एंव ड्रईङ (नक्सा) गर्न नपाउने हुदा प्राईभेट कन्सल्टेन्सीहरु एवंम प्राविधिकहरुलाई यस गाउँपालिकामा आफ्नो सेवा विस्तारको लागि प्रोत्साहन गरिने नीति लिइनेछ ।
४. सुर्यपुराबजार, शान्तिबजार, मैनहियाबजार, मंगलपूर, कञ्चनपुर, गुलरिया, लोन्डिहवा, जोगडा र साडीलाई व्यवस्थित बजारको रुपमा विकसित गरिनेछ ।
५. बजारहरुमा नाली निर्माण तथा सरसफाई प्रक्रिया अघि बढाइनेछ र सुर्यपुरा बजारलाई शहरको मापदण्ड अनुरुप विस्तार गर्दै लागिनेछ ।
ग.४. ऊर्जा, लघु तथा साना जलविद्युत
१. स्वास्थ्य संस्था लगायत सबै सरकारी निकायमा सोलर सिस्टम जडान गर्ने नीति लिनेछ ।
२. गाउँपालिका क्षेत्र भित्रको वैकल्पिक ऊर्जाको सम्भाव्यता अध्ययन गरिनेछ ।
३. मुख्य मुख्य बजार क्षेत्रहरुमा सडक सेन्सर विद्युतबत्ती जडान कार्यलाई निरन्तरता दिदैं विद्युत नपुगेका क्षेत्रमा क्रमश विद्युतीकरण गरिनेछ ।
ग. ५ सूचना, प्रविधि तथा सञ्चार
१. गाउँपालिका र सबै वडा कार्यालयहरुमा फाईवर नेट जडान गर्ने नीति अवलम्बन गरिनेछ ।
२. कार्यालयको सोधपुछ कक्षलाई व्यवस्थित गर्ने एवं फोन, इमेल र एस. एम.एस. बाट सेवा उपलब्ध गराई सेवाग्राहीहरुलाई कार्यालयमा आउनु पर्ने बाध्यतालाई कम गर्ने व्यवस्था मिलाउनेछ ।
३. कार्यालयबाट प्रवाह गरिने सेवालाई सामाजिक दुरी कायम राख्ने गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र आवश्यकता अनुसार टोकन प्रणालीको समेत प्रयोग गरिनेछ ।
४. गाउँपालिकाको सूचना र जानकारीहरुको लागि गाउँपालिकाको वेवसाइटलाई निरन्तर सक्रिय राख्दै आई.ओ.एस. (IOS) मोबाईल एप को समेत व्यवस्था मिलाउने र सर्भर प्याक, राजश्व, जिन्सी, प्रशासनीक लगायतका सफ्टवेयर, अफिस अटोमेसन सफ्टवेयर र सबै वडा कार्यालयहरुमा CCTV केमरा जडान तथा आइ.पी टेलिफोनको व्यवस्था मिलाइनेछ ।
५. रेडियो तथा पत्रपत्रिकासंग समन्वय गरी गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविधा, विविध जानकारीहरु, सूचना तथा शिक्षा मुलक सन्देश प्रवाह गरिनेछ ।
६. गाउँपालिकाबाट हुने क्रियाकलापहरुको सार्वजनिकिकरण गर्नको लागि संचारका माध्यबाट आम नागरिकलाई जानकारी गराउने नीति अवलम्बन गरिनेछ ।
७. सकारात्मक रुपमा गाउँपालिकाका सूचना प्रसारण, संचार प्रवाह गरी सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्ने मिडियाकर्मीहरुलाई प्रोत्साहन गरिनेछ ।
घ वातावरण तथा विपद व्यवस्थापन
घ.१. वन तथा भू संरक्षण
१. गाउँपालिकाका क्षेत्रका सार्वजनिक तथा सामुदायिक वनमा रहेका वनजन्य स्रोतहरु तथा वन्यजन्तु तथा जैविक विविधताको संरक्षण गरिनेछ ।
२.वडा नं. ४ स्थित गैडहवा ताल नजिकै रहेको वन संरक्षण गरी जटायु रेष्टुरेन्टको प्रवद्र्धन गरिनेछ ।
३. गाउँपालिकामा रहेका नदी उकास जग्गा, सामुदायिक वन, निजीवन तथा सार्वजनिक र खाली जग्गाहरुमा जनसहभागितामा वृक्षारोपण कार्यक्रम संचालन गरिनेछ ।
४. सामुदायिक वनहरुले गर्ने आय आर्जनलाई गाउँपालिकाको विकास निर्माणमा सहयोग पुग्ने गरी नीति बनाई लागु गरिनेछ ।
५. कञ्चन तथा दानव नदी, नदी उकास जग्गामा वृक्षा रोपण कार्यक्रम संचालन तथा पार्क निर्माण गरी पिकनीक स्पोटको रुपमा विकसित गरिनेछ ।
६. गाउँपालिका क्षेत्र भित्र रहेका वनलाई संरक्षण गर्नका लागि सरोकारवालासंग साझेदारी गरिनेछ । भु संरक्षणका लागि खाली सार्वजनिक जग्गामा वृक्षारोपण गरिनेछ ।
७. वातावरण संरक्षण गरी जलवायु परिवर्तनको दुश्प्रभाव न्युनिकरण गर्न प्रत्येक वडा अन्र्तगत खालि जग्गाहरुमा एक हजारका दरले वृक्षारोपण गरिनेछ ।
घ.२. विपद व्यवस्थापन
१. नदी नियन्त्रण तथा श्रोत संरक्षणका लागि तटवन्ध एवं वातावरण संरक्षणका लागि आवश्यक कार्यक्रमहरु क्रमश संचालन गरिनेछ ।
२. स्थानीय विपत व्यवस्थापन अन्तर्गत तयारी तथा प्रतिकार्य योजना निर्माण गरिनेछ र प्रत्येक वडामा खुल्ला क्षेत्र एवं आपतकालिन केन्द्र स्थापनाको लागि सम्भाव्य क्षेत्र पहिचान गर्ने र त्यसलाई कार्यान्वयनमा जोड दिइनेछ ।
३. विपदका तिनै चरण समेट्ने गरी एक विपद व्यवस्थापन प्रणाली निर्माण गरिनेछ । ठूला मैदानहरु र सामाजिक सामुदायिक हलहरुलाई विपद आई परेको खण्डमा वसोवास गर्न मिल्ने किसिमको आश्रय स्थलको रुपमा विकास गरिनेछ । गाउँकार्यपालिकाको कार्यलयमा एक विपद व्यवस्थापन इकाई गठन गरी विपद समन्वय अधिकारी समेत तोकिनेछ । विपदमा उद्दारको लागि आवश्यक सामाग्री खरिद गरी अत्यवाश्यक वस्तुको संग्रह गर्ने कार्य गरिनेछ । प्रत्येक टोल टोलमा युवा, स्वंयसेवक, शिक्षक, वुद्धिजिवी, स्वास्थ्यकर्मी सहितको विपद व्यवस्थपन इकाई गठन गरी गाउँपालिकासंग प्रत्येक्ष सम्पर्कमा राखिनेछ ।
४. स्थानीय विपद व्यवस्थापन आकस्मिक कोषलाई निरन्तरता दिइनेछ ।
५. गैडहवा गाउँपालिकालाई क्रमशः फुस (खर) को छानो रहित गा.पा. बनाउन गाउँपालिका वस्ती सुधार कार्यक्रम संचालन गरिनेछ । यसको लागि आ.व. ०७७-०७८ मा फुसको छानो भएका अतिविपन्न परिवारको लागि आवश्यक बजेट विनियोजन गरी फुसको छानो हटाई टिनको छानो लगाउने कार्यलाई निरन्तरता दिइनेछ ।
६. वर्षायाममा नदीको अधिक जल प्रवाहबाट हुने नदी नजिकका बस्तीहरुको जोखिम न्यूनिकरण गर्न पूर्व चेतावनी प्रणाली जडानका लागि संघ र प्रदेश सरकारसंग समन्वय गरिनेछ । नदी कटानको समस्या न्यूनिकरण गर्न वैज्ञानिक नदी व्यवस्थापन प्रणालीहरुको अवलम्वन गरिनेछ । जोखिम पूर्ण बस्तीहरुको पहिचान गरी विशेष सुरक्षा निगरानीमा राखिनेछ । तटबन्ध र पर्खाल निर्माण गरी जोखिम न्यूनिकरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
घ.३. फोहर मैला तथा ढल व्यवस्थापन
१. निषेधित क्षेत्र भित्र फोहोर फाल्ने कार्यलाई निरुत्साहित गर्नुको साथै अटेर गर्नेलाई कारवाहीको दायरामा ल्याइनेछ ।
२. गाउँपालिका क्षेत्रमा सरसफाई अभियानको रुपमा संचालन गर्ने, आफ्नो घर टोल क्षेत्र सरसफाई राख्न अभिप्रेरित गर्ने र प्रतिस्पर्धात्मक चेतनामुलक कार्यक्रमहरु संचालन गर्न टोल विकास समिति मार्फत सम्पूर्ण टोल बासीहरु तथा स्थानीय संघ संस्थाहरुलाई परिचालन गरिनेछ । वर्षको एक पटक सरसफाई सप्ताह कार्यक्रमलाई सञ्चालनमा ल्याइनेछ ।
३. जसले फोहोर गर्छ, उसैले सफा गर्नु पर्छ भन्ने नीतिलाई अवलम्वन गरिनेछ ।
४. ढल व्यवस्थापन कार्यलाई सहज बनाउन प्रत्येक नयाँ सडकको दायाँ बायाँ नाली निर्माणलाई अनिवार्य गरिनेछ । सडक कालोपत्रे तथा स्तरोन्नती कार्यमा समेत नाली निर्माणलाई समावेश गरिनेछ । फोहोर मैला व्यवस्थापन कार्यका लागि ल्याण्ड फिल साइड (ीबलम ँष्िि क्ष्तभ) को खोजि तथा अध्ययन गरी डि.पि.आर. तयार गरिनेछ ।
ङ.संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन
ङ.१.सुशासन प्रबद्र्धन
१.गाउँपालिकामा सेवा प्रवाहको समग्र पक्रिया सहितको नागरिक वडापत्र पुस्तिका प्रकाशन गरी सबै नागरिकहरुको हातहातमा वितरण गरिनेछ । सेवा प्रवाहका सन्दर्भ प्राप्त हुन आएका सुझाव सल्लाह एवं गुनासो र उजुरी सुनुवाईको व्यवस्था तथा सेवा प्रवाहको जानकारी गराउन सुचना अधिकारीको व्यवस्था गरी थप प्रभावकारी बनाइनेछ ।
२. कर्मचारीहरुलाई कार्य सम्पादन मुल्याङ्कन मापदण्ड तयार गरी २०७६ साल अनुसारको स्थानीय भत्ता÷प्रोत्साहान भत्ताको व्यवस्था र स्वास्थ्यकार्मीहरुलाई जोखिम भत्ता तथा प्रोत्साहन भत्तालाई निरन्तरता दिइनेछ ।
३. जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास गरी सेवा प्रभावलाई गुणस्तरिय जनमैत्री बनाइनेछ र जनप्रतिनिधी तथा कर्मचारीहरुको क्षमता विकासको लागि उचित तालिम प्रदान गरिनेछ ।
४. सुशासनका आधारभुत पक्षहरु उत्तरदायित्व, जवाफदेहित, पारदर्शिता, जनसहभागितालाई प्रवद्र्धन गर्दै सेवाग्राहीहरुलाई सुशासनको अनुभुती दिर्लाइनेछ ।
५. राज्यको चौथो अंग मानिएको पत्रकारीता क्षेत्रको विकासमा विशेष ध्यान दिइनेछ । गाउँपालिकाको समग्र विकास र गतिविधिको वारेमा स्थानीय छाप माध्यम तथा स्थानीय एफ.एम. हरुबाट जानकारी गराई परदर्शिता अभिवृद्धि गरिनेछ ।
६. कर्मचारी र जनप्रतिनिधिले अबलम्बन गर्ने आचार संहिता तयार गरी लागु गरिनेछ ।
७. सेवा प्रवाहलाई व्यवस्थिता बनाउन वडा कार्यालय नभएका स्थानमा वडा कायालर्य भवन निर्माण र गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।
८.गाउँपालिका भित्र रहेका एवं यस गैडहवा गा.पा. भित्र कार्यक्रम संचालन गर्ने गैर सरकारी संस्थाहरुले गाउँसभा हुनुपुर्व आफ्नो बजेट तथा कार्यक्रम गाउँसभामा पेश गर्नु पर्ने र कार्यक्रम संचालन गर्नु पुर्व यस गाउँपालिकाको अनिवार्य सहमती लिनुपर्ने व्यवस्थालाई कडाइका साथ लागु गर्ने नीति लिइनेछ ।
९.स्थानीय तहबाट प्रदान गर्ने सेवाको गुणस्तर सुधार गर्दै सेवा प्रक्रियालाई सरलीकृत गर्ने र सेवामा जनताको पहुँच अभिबृद्धि गर्ने नीति लिइनेछ ।
१०.सार्वजनिक परीक्षण, सामाजिक परीक्षण र सार्वजनिक सुनुवाई जस्ता क्रियाकलापहरुको माध्यमबाट पारदर्शिता अभिवृद्धि गर्दै लगिनेछ ।
११.संगठनात्मक सुशासन एवं कार्य संचालनलाई व्यवस्थित गर्न विद्युतीय हाजिरीलाई निरन्तरता दिंदै कार्यालयहरुलाई प्रविधि मैत्री बनाउन जोड दिइनेछ ।
१२.योजना तथा कार्यक्रमहरुको भुक्तानी दिनुभन्दा पहिले जाँचपास तथा फरफारक समिति बनाई जाँचपास तथा फरफारक गर्ने परिपाटी बसालिनेछ ।
१३.स्थानीय सरकार र प्रदेश तथा संघीय सरकारको स्वीकृत वार्षिक योजना तथा कार्यक्रमको सार्वजनिक गरी वार्षिक योजना तथा कार्यक्रम कार्यन्वयन प्रक्रियाको सुरुवात गरिनेछ ।
ङ.२. कानुन र न्याय
१. असहाय र अन्यायमा परेकाहरुलाई निशुल्क कानुनी परामर्श दिने र न्याय दिलाउन सहयोग गरिनेछ ।
२. घरदैलोमै न्याय भन्ने मान्यतालाई अंगिकार गरी न्यायिक समितिलाई थप शशक्त र व्यवस्थित बनाइनेछ ।
३. गाउँपालिकालाई आवश्यक पर्ने कानुन, नीति नियम, कार्यविधि निर्माण गरिदै लगिनेछ ।
ङ.३. योजना छनोट तथा कार्यान्वयन
१. योजना छनोट प्रक्रियालाई बटम अप एप्रोच (Buttom up Approach) नीति अपनाइनेछ ।
२. उत्कृष्ट कार्य सम्पन्न गर्ने उपभोक्ता समितिलाई सम्मान कार्यक्रम थालीनेछ ।
३. गाउँपालिकामा संचालन हुने योजनाहरु समयमै सम्पन्न गर्न, गुणस्तरमा वृद्धि गर्न योजना तथा कार्याक्रम कार्यान्वयन समय तालिकामा निर्माण गरी सो अनुसार कार्यान्वयन गरिनेछ ।
४. जनप्रतिनिधि सहितको संयुक्त अनुगमन टोल गठन गरी गाउँपालिकाको समग्र विकास योजनाहरुको अनुगमन र मूल्याङ्कन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइनेछ ।
ङ.४. सुरक्षा व्यवस्थापन
१.सूरक्षा निकायसंगको समन्वय र सहकार्यमा “सुरक्षित गैडहवा” कार्यक्रम अगाडि बढाइनेछ । सामान्य सुरक्षा व्यवस्थापन कार्यका लागि नगरप्रहरी गठन र परिचालन गरिनेछ । लागुपदार्थ, धुम्रपान, मद्यपान र मनोद्धिपक पदार्थ सेवनलाई निरुत्साहित गर्न आवश्यक कार्य अघी बढाइनेछ ।
ङ.५ राष्ट्रिय र अन्र्तराष्ट्रिय सहयोग, सहकार्य, समन्वय र सम्बन्ध विस्तार
१. गाउँपालिकाको समग्र विकासलाई केन्द्रमा राखी राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा पालिकाहरुसंग भगीनी सम्बन्ध र सरकारी, गैरसरकारी संघ संस्था बीच संस्थागत सम्बन्ध विस्तार गरिनेछ ।
२. राष्ट्रिय र अन्र्तराष्ट्रिय सरकारी, गैरसरकारी संघ संस्थाको सहयोग लिने दिने र संस्थागत सम्बन्ध विस्तार गरी आर्थिक तथा प्राविधिक सहयोग लिई सम्बन्ध विस्तार गर्ने नीति लिईनेछ ।
३. गाउँपालिकाको पर्यटन, शिक्षा, खेलकुद, स्वास्थ्य, संस्कृति, कृषि लगायत एकीकृत विकासमा अन्य संघ संस्थासंगको सम्बन्धलाई थप संस्थागत गरी समन्वय र सहकार्य गरिनेछ र त्यस्ता संस्थासंग प्राविधिक तथा सांस्कृतिक सहयोग आदान प्रदान गरिनेछ ।