२ पुस, कञ्चन ।
जगिलाल थापा ।
समय बिज्ञान र प्रविधीले डोरिरहेको छ। विश्वको कुनै एक कुनाबाट सम्प्रेषित सूचनाहरु क्षण भरमै विश्वभर रहेका मानिसहरुको हात हातमा पुग्छ। विज्ञान र प्रविधिको यो युगमा ईश्वर र राजाको महिमा गाएर सपथ खानेहरु देश र जनता विरोधी हुन। उनिहरु पुर्ण रुपमा धोकेवाज हुन।
विज्ञान र प्रविधिको यो युगमा ईश्वर र राजाको महिमा गाएर देश विकास हुने भए अहिले सम्म नेपालीहरुको जिवन निकै सुखमय हुने थियो । परिवारको खुशीका लागि परिवारकै माया र ममतालाई चटक्कै छोडेर खाडीका देशहरुमा भौतारिनु पर्ने थिएन । अहिले सम्म देशको विकासले संसार ढाक्थ्यो ।
नेपाली जनताको सांस्कृतिक स्तर कुनै ईश्वरको नाममा पुजा अर्चना गरेर उठ्ने पनि होइन । ईश्वरको नाउँमा शपथ लिनुको अर्थ हो नेपाली जनताको नाम भजाएर सांसद, मन्त्री र सरकारी उच्च ओहोदामा पुगेका नेपाली जनताकै ठगहरु हुन, नेपाली जनताका शत्रु हुन।
२०४६ सालको जनआन्दोलनले स्थापित गरेको बहुदलिय प्रजातन्त्रमा सांसद र मन्त्री बनेकाहरुले पटक पटक ईश्वरको नाममा सपथ खाए तर जनताको जिवन स्तर जन जर्जर बन्दै गयो । तिनै जनताले ईश्वर र राजाको महिमा गाएर सांसद र मन्त्री बनेकाहरुलाई हरेक बर्ष सत्तो सराप दिदै आइरहेका छन।
देश र जनताको नाममा सपथ खाई सांसद र मन्त्री बनेका देशहरु उत्तर कोरिया, क्यूवा,भेनेजुएला लगायत देशहरु आफुलाई बिश्वको शक्तीशाली भन्ने देशहरुलाई खाएको गास ओकलम कि निलम बनाइरहेको छन। ती देशका जनताहरु मृत्यु कि समाजबाद भनेर स्वाधिनताको लागि संघर्ष गर्दै आइरहेका छन। देश र जनताको नाममा सपथ खाएको चिन सन २०३० सम्म विश्वको शक्तीशाली देशोन्मुख छ। तर बर्षौंदेखि ईश्वरको नाममा सपथ खाएर सांसद र मन्त्री बनेको हाम्रो देशमा सांसद र मन्त्री पश्चात तिनैहरुको कुनै मान सम्मान छैन। किन भने उनिहरुले देश र जनताको जिवन स्तरमा आमुल परिवर्तन आउने कुनै काम पनि गरेन । सांसद र मन्त्री बने पछि देश भुले जनता भुले।
राजतन्त्र हटेर गणतन्त्र आएपछि बनेका राष्ट्रपति, प्रधानमन्त्री,सांसद र सरकारी उच्च ओहोदामा पुगेका सार्वजनिक व्यक्तिहरुले नै राजा रजौताहरुले जस्तै मन्दिर धाउने, मन्दिर र देवि देवताहरुको अनावरण र शिलन्यास गर्नु खोला तर्यो लौरो बिस्र्यो भन्ने उखान सावित हुन्छ। जव चुनाव आउछ तव उनिहरुलाई ईश्वर होइन जनताको भोट चाहिन्छ । जनताको एक भोटका लागि के के गर्दैनन।।।। त्यतिबेला कुनै ईश्वर चाहिदैन। यदि ईश्वरकै नाममा सपथ खानु छ भने ईश्वरसंग भोट माग्नु। ईश्वरकै पुजाआज गर्नु पर्ने तर जनता विरोधीहरुले आफ्नो स्वार्थका लागि जनतालाई अनेक सपनाहरु बाँडछन। जनताको घर घरमा गएर ढोग्छन। जसरी ईश्वरलाई पुजा गर्दा भेटी चढाउछन त्यसरी नै चुनावका बेला साडी, घडी, साइकल, टोपी, टिशर्ट, कम्प्युटर, ल्यापटप लगायत सरसामान चढाउछन। यतिमात्रले पनि नपुगेर यदि मैले जितेर मन्त्री बने भने जागिर दिलाइदिउला, विदेश पठाइदिउला भनेर भाकल गर्छन। तर चुनाव जितेपछि संसद भवनमा छिर्नु अगाडी आफुलाई मत दिएर जनतालाई सम्झिदैनन। त्यतिवेला ईश्वर सम्झिन्छन र भन्ने छन तिम्रै कारण म सांसद भएं । अव बन्ने सरकारमा पनि मन्त्री हुन पाउँ भाकल गर्छन।
जव सांसद र मन्त्री बनेर संसद अनि मन्त्रालय पुग्छन तव देश र जनताको नममा खानु पर्ने सपथ ईश्वरको नममा खान्छन र देश र जनतालाई ठूलो धोका दिन्छन। ईश्वरको नाममा सपथ खानेहरु देश र जनताका महा शत्रु हुन । समाजमा अहिले पनि अन्धविश्वास, कुरीति, विसङ्गगति र विकृति कायम भइरहनुको कारण सामन्ती समाजकै अवशेष हो । देश र जनता भन्दा ईश्वर र राजालाई ठूलो ठान्नेहरुकै कारण समाजमा अझै पनि अन्धविश्वास, कुरीति, विसङ्गगति र विकृति कायम हिदै आएको हो । किन भने ती नेता, सांसद, मन्त्री लगायतले समाजमा कुरीति तथा कुप्रथा यथावत राख्न चाहन्छन् । उनीहरूले सर्वसाधारण जनतालाई धर्म कर्ममा अल्झाएर शोषण र शासन गरिरहेका हुन्छन् । सामन्ती सरकारले जनतालई राजनीतिक चेतना र वैज्ञानिक शिक्षा दिने काम गरेन । ईश्वर नै संसारका स्रष्टा हुन्, यो संसार ईश्वरको कृपामा अडेको छ, ईश्वर नै सबथोक हुन् भनी उनीहरू पाठ घोक्छन् र अरूलाई घोकाउँछन् । त्यही भएर पञ्चायती व्यवस्था अन्त्य भएको दशकौँ पछि पनि संसद्मा सांसदहरूले ईश्वरको नाउँमा शपथग्रहण गरिरहे ।
संसदमा सांसद,मन्त्रीहरुले ईश्वरको सट्टा देश र जनताको नाउँमा शपथ खानु पर्ने आवाज उठाउने दल पनि नभएको होइन। ईश्वरको नाउँमा शपथ खान मिल्दैन भनी दल र तिनका सांसदहरुले पटक–पटक संसद्मा आवाज उठाउँदा कम्युनिस्ट र प्रजातान्त्रिक भनिने दलका नेताहरू मुसुमुसु हाँसेर बसे । देश र जनताको नमममा सपथ गर्नु पर्छ भन्ने दल र सांसदहरुलाई गिज्याए ।त्यसैको प्रतिफल जनताले अहिले भोग्दै आएका छन ।