१९ बैसाख,काठमाण्डौ
बैसाखको दोश्रो सातातिर बैसाख १७ गते अर्थात अप्रिल २९,२०२०मा पृथ्वी नै ध्वस्त गर्नेगरी बिभिन्न अडकलवाजीका ग्रह,तारा यस्तै खस्ने र ब्रम्हाण्डको एउटा भाग पृथ्वी यो ब्रम्हाण्डबाट नस्त हुने भन्दै बिभिन्न सामाजिक संजालहरुमा हल्ला फैलिएको थियो । यो हल्ला एक्कान दुक्कान गर्दै मैदान नै बनाए र कतिले बिश्वास गरेर आफ्ना आफन्तहरुलाई अव यतिनै रैछ बाच्ने भन्दै भन्न पनि बेर लाएनन ।उक्त हल्लालाई निराधार भएको भन्दै नासोले बैसाख १५ गते २७ अप्रिल,२०२० मा प्रेस बिज्ञप्ती नै जारी गरेको थियो तर सामाजिक संजाल प्रयोग गर्नमा २४ सै घण्टा ब्यस्त हुने र सामाजिक संजालका हिमाइतीहरुले उक्त हल्लाबारे बास्तबिकता बुझ्न एक पटक ‘इन्टरनेसनल एष्ट्रोनोमिकल सर्च कोलाबोरेशन(ई.ए.एस.सी.) र नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)को साइट खोलेर हेर्ने र अध्ययन गर्ने हिम्मत नै गरेनन बरु उनिहरुले नै बेतुकको हल्ला फैलाएर मानिसहरुलाई संत्रास बनाए ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सन २०१६ देखि संचालन गर्दै राष्ट्रिय क्षुद्रग्रह खोज अभियान मार्फत नेपाल िबिधार्थी तथा शिक्षकहरुले पहिचान गरेका ७ सय ५८ वटा क्षुदग्रह्रहरुले प्रारम्भिक पहिचान गरेको एक प्रेस बिज्ञप्ती मार्फत जानकारी दिएको छ।सोसाइटीले बिज्ञप्तीमा ७ सय ५८ क्षुद्रग्रहहरु पहिचान भएका मध्ये ७ वटा ग्रहले अस्थाई पहिचान पाएको जानकारी गराउन पाउदा निकै हषिर्त भएको ब्यक्त गरिएको छ।उक्त सबै अस्थाई पहिचान पाउने क्षुद्रग्रहहरुलाई नेपाली बिधार्थी तथा शिक्षकहरुले पत्ता लगाएका हुन ।
अहिले सम्म अस्थाई पहिचान पाउने सफल क्षुद्रग्रहहरु २०१८ वाईएस४ (2018 YS4), २०१९ एई१८ (2019 AE18), २०१९ जेएफ६० (2019 JF60), २०१९ केबि१५ (2019 KB15), २०१९ केके१८ (2019 KK18), २०१९ केडब्ल्यु९ (2019 KW9) र २०१९ केके५ (2019 KK5)। यी सातमध्ये पहिलो छ वटा क्षुद्रग्रहहरु मेनबेल्ट एस्टेरोइड (Main Belt Asteroid) हुन् भने अन्तिम सातौं एपोलो समुहको नियर अर्थ एस्टेरोइड (Near Earth Asteroid/ Apollo Group) हो । यी क्षुद्रगृहहरु कक्षा ८ देखि स्नातकोत्तर गर्दै गरेका विद्यार्थी एवं माध्यमिक तथामा शिक्षणरत शिक्षक/शिक्षिकाहरुले पत्ता लगाएका हुन् ।
बिज्ञप्तीमा यस्तो छ
मिति: वैशाख १८, २०७७
प्रेस विज्ञप्ति
राष्ट्रिय क्षुद्रग्रह खोज अभियान सम्बन्धमा!
नेपाल एष्ट्रोनोमिकल सोसाईटीले सन् २०१६ देखि नेपालमा संचालन गर्दै आएको राष्ट्रिय क्षुद्रग्रह खोज अभियान मार्फत नेपाली विद्यार्थी तथा शिक्षकहरुले हालसम्म ७५८ (सात सय अन्ठाउन्न) वटा क्षुद्रग्रहहरुको प्रारम्भिक पहिचान (Preliminary Status) गरिसकेको जानकारी गराउन चाहन्छौं। यी ७५८ प्रारम्भिक पहिचान भएका मध्ये हालसम्म ७ (सात) वटा क्षुद्रग्रहहरुले अस्थाई पहिचान (Provisional Status) पाइसकेको यहाँहरु माँझ जानकारी गराउन पाउँदा निकै हर्षित छौं। यी सबै अस्थाई पहिचान पाउने क्षुद्रगृहहरु नेपाली विद्यार्थी तथा शिक्षकहरुले सन् २०१८ र २०१९ मा पत्ता लगाएका हुन्।
हालसम्म अस्थाई काम प्राप्त गर्न सफल क्षुद्रगृहहरु यसप्रकार छन्: २०१८ वाईएस४ (2018 YS4), २०१९ एई१८ (2019 AE18), २०१९ जेएफ६० (2019 JF60), २०१९ केबि१५ (2019 KB15), २०१९ केके१८ (2019 KK18), २०१९ केडब्ल्यु९ (2019 KW9) र २०१९ केके५ (2019 KK5)। यी सातमध्ये पहिलो छ वटा क्षुद्रग्रहहरु मेनबेल्ट एस्टेरोइड (Main Belt Asteroid) हुन् भने अन्तिम सातौं एपोलो समुहको नियर अर्थ एस्टेरोइड (Near Earth Asteroid/ Apollo Group) हो । यी क्षुद्रगृहहरु कक्षा ८ देखि स्नातकोत्तर गर्दै गरेका विद्यार्थी एवं माध्यमिक तथामा शिक्षणरत शिक्षक/शिक्षिकाहरुले पत्ता लगाएका हुन् ।
राष्ट्रिय क्षुद्रग्रह खोज अभियान अन्तर्गत भाग लिएका विद्यार्थीहरुले अमेरिकाको हवाईस्थित १.८ मीटर को टेलिस्कोपले खिचेका तस्विरहरुमा आफ्नो इन्टरनेटसहितको कम्प्युटरमा दिईएको सफ्टवेयर मार्फत खोजि गर्नु पर्ने हुन्छ । यी तस्विरहरु अमेरिका स्थित हाम्रो सहकर्मी संस्था ‘इन्टरनेसनल एष्ट्रोनोमिकल सर्च कोलाबोरेशन-ई.ए.एस.सी.’ ले प्रदान गर्दै आएको छ । सन् २०१८ देखि हामीले क्षुद्रग्रह खोज तालिम संचालन गरे संगै कार्यक्रम थप प्रभावकारी भन्दै गएको देखिएको छ। ईच्छुक जो कोहीले हाम्रो खोज टोली बनाएर अभियानमा भाग लिन आवेदन दिन सक्छन। अभियानमा भाग लिन कुनै शुल्क लाग्दैन । प्राप्त आवेदनहरुमध्ये प्रत्येक यस वर्ष देखि प्रत्येक अभियानमा १५ टोली समावेश गरिदै आएका छौं।
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी
राष्ट्रिय क्षुद्रग्रह खोज अभियान अन्तर्गत भाग लिएका विद्यार्थीहरुले अमेरिकाको हवाईस्थित १.८ मीटर को टेलिस्कोपले खिचेका तस्विरहरुमा आफ्नो इन्टरनेटसहितको कम्प्युटरमा दिईएको सफ्टवेयर मार्फत खोजि गर्नु पर्ने हुन्छ । यी तस्विरहरु अमेरिका स्थित हाम्रो सहकर्मी संस्था ‘इन्टरनेसनल एष्ट्रोनोमिकल सर्च कोलाबोरेशन-ई.ए.एस.सी.’ ले प्रदान गर्दै आएको छ । सन् २०१८ देखि हामीले क्षुद्रग्रह खोज तालिम संचालन गरे संगै कार्यक्रम थप प्रभावकारी भन्दै गएको देखिएको छ। ईच्छुक जो कोहीले हाम्रो खोज टोली बनाएर अभियानमा भाग लिन आवेदन दिन सक्छन। अभियानमा भाग लिन कुनै शुल्क लाग्दैन । प्राप्त आवेदनहरुमध्ये प्रत्येक यस वर्ष देखि प्रत्येक अभियानमा १५ टोली समावेश गरिदै आएका छौं।
बैसाख १८ गते अर्थात अप्रिल ३०,२०२० का दिन जारी गरिएको बिज्ञप्तीमा ती क्षुद्रग्रहहरुलाई हेर्नको लागि राष्ट्रिय क्षुद्रग्रह खोज अभियान अन्तर्गत भाग लिएका विद्यार्थीहरुले अमेरिकाको हवाईस्थित १.८ मीटर को टेलिस्कोपले खिचेका तस्विरहरुमा आफ्नो इन्टरनेटसहितको कम्प्युटरमा दिईएको सफ्टवेयर मार्फत खोजि गर्नु पर्ने उल्लेख गरिएको छ। ती क्षुद्रग्रहका तस्बीहरुलाई अमेरिका स्थित नेपाल एस्ट्रोनोमिकल सोसाइटीको सहकर्मी संस्था ‘इन्टरनेसनल एष्ट्रोनोमिकल सर्च कोलाबोरेशन(ई।ए।एस।सी।’ ले प्रदान गर्दै आएको छ । सन २०१८ देखि नेपाल एस्ट्रोनोमिकल सोसाइटीले खोज तालिम संचालन गरे पछि कार्यक्रम अझ प्रभावकारी बन्दै गएको समेत बिज्ञप्तीमा उल्लेख छ ।बिज्ञान तथा कुनै महत्वपुर्ण बिषय र तथ्यहरुबारे अनुसंन्धानमा सहभागी हुन चाहने कुनैपनि ब्यक्ति तथा समूहले भाग लिन आवेदन दिन सक्ने र अनुसंधनात्मक अभियानमा भाग लिन कुनैपनि शुल्क नलाग्ने उल्लेख गर्दै बिज्ञप्तीमा आवेदकहरु मध्ये यस बर्ष देखि हरेक अभियानमा १५ टोली समाबेश गरिदै आएको बताइएको छ ।