अन्ना लुइस स्ट्रङ
(पश्चिमी सञ्चारमाध्यमहरूमा तिब्बतसम्बन्धी विषयलाई निकै गलत ढङ्गले प्रचार हुँदै आएको छ । ‘चीनले स्वतन्त्र तिब्बतमाथि कब्जा जमाएको’, ‘चिनियाँ जनमुक्ति सेनाले तिब्बतीहरूमाथि दुव्र्यवहार गरेको’, ‘तिब्बती जनताका नेता दलाइ लामालाई पदच्युत गरेको’ जस्ता समाचार उनीहरू प्रचार गर्छन् । के साँच्चै ‘स्वतन्त्र’ तिब्बतमाथि चीनले कब्जा जमाएको हो ? तिब्बती स्वर्गलाई जनमुक्ति सेनाले नर्क बनाएको हो ? जनताको शासनविरुद्ध असफल विद्रोह गरेर दलाइ लामा भागेका हुन् कि उनलाई पदच्युत गरिएको हो ? आदि प्रश्नका विस्तृत उत्तर प्रसिद्ध अमेरिकी महिला पत्रकार अन्ना लुइस स्ट्रङको पुस्तक
‘ध्जभल क्भचाक क्तययम ग्उ ष्ल त्ष्दभत’ मा पाउन सकिन्छ । यो पुस्तक सन् १९६० मा प्रकाशित भएको हो ।)
“जाम्बाबाहेक तपाईँहरूले अन्य खाद्यान्न प्राप्त गर्नुभएको छ कि ?” – हामीले सोध्यौँ । “हामीले याकको घ्यू पाउँथ्यौँ तर त्यो शुद्ध घ्यू होइन । घ्यू निकालेर माथिल्ला मानिसलाई दिइसकेपछि, मालिकका मठहरूमा लामाहरूलाई घ्यूको चिया दिएपछि फाल्नुपर्ने बाँकी भाग दासहरूलाई दिइन्थ्यो । यस्तो घ्यू पनि हामीले महिनामा डेढ पाउन्डमात्रै पाउँथ्यौँ, त्यो पनि सधैँका लागि होइन । तिनीहरूले धेरै पटक प्रयोग गरिसकेको चियापत्ती हामीलाई दिइन्थ्यो । नयाँ वर्षको चाडमा हामीले केही मासु र तरकारी पाउँथ्यौँ । पहिलो पाँच दिनसम्म हामीलाई दिनको दुई छाक खान दिइन्थ्यो । खानामा मासु धेरै दिदैनथ्यो । यस जग्गामा २३ नानसाम परिवार थिए र २३ परिवारका लागि याकको एउटा खुट्टा दिइन्थ्यो । कहिलेकाहीँ भेडा वा गाई मरेमा हामीलाई दिइन्थ्यो । अन्यथा वर्षभरि त्यही जाम्बामात्रै दिइन्थ्यो ।”
“हामीले कहिल्यै मालिकबाट पैसाको सिक्का पाएनौँ तर हामीले बिहे गर्न वा बिदा लिनका लागि मालिकको स्वीकृति लिन सिक्का र हाता (ज्बतब) (वा नेपालीमा खादा (ऋभचयmयलष्ब िक्अबचा)) दिनुपथ्र्यो । हामीले आफ्नो अनुरोध राख्नको निम्ति चुरोट तथा चिया र हाता राख्नुपथ्र्यो । हामीले मालिककहाँ काम गरेर पर्याप्त खाना नपाएकोले हामीले बढी खाद्यान्न प्राप्त गर्ने प्रयास गर्यो । हामीले मालिकका कारिन्दासित हामीलाई केही जग्गा खेतीका निम्ति उपलब्ध गराउन आग्रह गर्यो । नानसामलाई यो अधिकार थिएन किनभने तिनीहरूले सबै दिन मालिककहाँ काम गर्नुपथ्र्यो । हामीले हाता दिएर तीनपल्टसम्म अनुरोध गरेपछि हामीलाई चार केस जग्गा कुतमा दिइयो ।”
“हामीले अढाइ केस जग्गाको कुत ति¥यौँ । तर, वास्तवमा यो कुत दर बढी थियो । मालिकहरूले नक्कली मापदण्ड प्रयोग गर्थे र मालिकलाई नमुना अन्नका रूपमा पठाएको अन्नलाई उनी आफै राख्थे । यसरी वास्तवमा हामीले चार केस अन्न तिरेका थियौँ । हामी दिनभर मालिकका लागि काम गथ्यौँ र राति आफ्नो जग्गामा काम गथ्यौँ । कहिलेकाहीँ हामीलाई साथीहरूले मद्दत गर्थे र अलि सजिलो हुन्थ्यो । हामीले आफ्नो जग्गा खन्नका लागि एउटा जनावरलाई ३० तेल (त्बभकि) (लगभग ६० सेन्ट वा पैसा) दुई दिनको लागि तिर्नुपथ्र्यो । राम्रो बाली हुने बेला हामीले एघार केस अन्न र नराम्रो बाली हुने बेला ६–७ केस र औसत बाली ९ केस हुन्थ्यो । बाली हाम्रो काममा पनि भरपर्छ र हामीसँग थोरैमात्र काम गर्ने समय हुन्छ । त्यसैले कुतदर औसत बालीका आधारमा तिथ्र्यौँ । बीउ र खनजोत राम्रो भएको बेला बाली बढे पनि, नराम्रो बाली हुँदा ऋणमा समेत डुबिन्थ्यो ।”
डेड्जीका श्रीमान्ले उनको विशेष कथा सुनाए । “एकपल्ट खेमेईकी छोरी त्यहाँ बस्न आइन् । तिनीसित जनावरको छालाबाट बनेको राम्रो चकटी थियो । हराउला भनेर मैले त्यसलाई दोस्रो तलामा राखिदिएँ । घरको पहिलो तलामा गोदाम र नोकरहरूका कोठाहरू थिए भने दोस्रो तलामा माथिल्ला दर्जाका कारिन्दाहरू बस्थे । दुई वा तीन महिनापछि कारिन्दाले मलाई बोलाएर त्यो चकटी र अरु ऊनका कपडाहरू पनि हराएको तथा ती सामानहरू मैले नै चोरेको आरोप लगायो । दिनभरि मलाई बाक्लो÷ग¥हौँ कोर्राले पिट्यो र आरोप स्वीकार्न भनियो । मैले त्यो चकटी कारिन्दा वा मुखिया आफैले चोरेको हुनुपर्छ भन्ने सोचेर आरोप स्वीकारिन् ।”
“मैले आरोप नस्वीकारेपछि मलाई कारागारमा हालियो । हरेक जमिनदारहरूको आफ्नो छुट्टै कारागार बनाइएको हुन्छ । प्रकाश नछिर्ने, माटो र ढुङ्गाले बनाएको छिँडीको त्यस्तो कारागार सुविस्ताको थिएन । तिनीहरूले फेरि कारागारबाट निकाले र फेरि कोर्रा लगाए । तीनपल्टसम्म यसो गरे र पछाडिको मासुको छाला उप्किञ्जेल कुटे र छाडे । आरोप नस्वीकारेपछि मलाई अदालतमा लगियो र पोताला दरबारको कारागारमा नौ महिना थुनियो । कारिन्दाले मेरो घरमा ताल्चा लगायो, मेरी श्रीमती र ७० वर्षकी मेरी आमालाई विनाकुनै आरोप कोर्रा लगाएर घरबाट निकाली अदालतमा ल्यायो । पोताला कारागारबाट छुटेपछि मेरो सम्पत्ति केही बाँकी रहेन ।”
“हामीले भू–दासहरूको कथाहरू सुनेको यो पहिलो पल्ट हो” – मसँगै डेड्जीको घर हेर्नलाई गएका प्रतिनिधिहरूले प्रतिक्रिया जनाए । “१९५५ मा हामी तिब्बतमा छँदा हामी सिपाही र जमिनदारहरूसित मात्रै कुराकानी गथ्यौँ किनभने त्यसबेला पेचिङको सम्झौताले सत्तामा खान्दानीहरू नै थिए ।”
अहिले कसरी बस्नुभएको छ भन्ने प्रश्नमा डेड्जीले जवाफ दिइन्, “हामीले राम्रो जीवन पाएका छौँ, धन्यवाद भलाइको निम्ति कम्युनिस्ट पार्टीलाई । अहिले हामीले बीउको लागि ब्याज तिर्नुपर्दैन । बीउ माग्नको लागि हाता पनि दिन परेन । विद्रोही खेमेई भारतमा भागेपछि उसको जग्गाको यो वर्षको बाली हामीहरू सबैको हुनेछ । तिनको ४७५ केस (७९ एकड) जग्गामा हामी सबैले मिलेर खेती गरेका छौँ र बाली पनि सबैलाई बाँड्नेछौँ । हाम्रो जग्गाको बाली पनि राम्रो भएको छ । बाली भित्रिएपछि हामीसँग पर्याप्त अन्न हुनेछ ।”
“यस्तो राम्रो जिन्दगी हामीले आठ वर्षअघि नै पाउनेवाला थियौँ तर जमिनदारहरू र कासागले यसमा व्यवधान खडा गरेबाट यतिका वर्ष लाग्यो । अहिले पनि हाम्रो जिन्दगी धेरै राम्रो भएको छैन । हामीले घ्यूको चिया खान सक्दैनौँ । घ्यूको चिया खान पाउने दिन हामी शान्तपूर्वक आरामले बिनाकुनै डरले पिउनेछौँ ।”
“केन्द्रीय सरकारले विद्रोह दवाएपछि तिनीहरूको कोर्रा र यातना दिने औजारहरूलाई कामदार जनता आफैले बिगारे । कारागारमा छँदा मलाई हात च्यापेको काठको विशेष प्रकारको औजारलाई मेरै हातले ध्वस्त पारेँ ।”
“अहिले म जमिनदारहरूले कम्युनिस्टहरूका बारेमा सुनाएका कथाहरू झूटो भएको सम्झिरहेको छु । तिनीहरू कम्युनिस्टहरूले घोडाको र कुकुरको मासु खाने, स्वास्नीहरूलाई लुटेर लाने, बालबच्चाहरूलाई आमाबाबुभन्दा अन्त लाने झूटो कुरा बताएका थिए । जनमुक्ति सेनाले पहिलोपल्ट राजमार्ग बनाउँदा जमिनदारहरूले त्यो हानहरूको भलाइको लागि गरेको बताए । तर कामदार जनताले राजमार्गबाट धेरै फाइदा पाए । त्यसपछि जिन्दगी धेरै राम्रो भएको छ । मेरा छोराछोरीहरू दुवै प्राथमिक विद्यालयमा पढ्दै छन्” – डेड्जीका श्रीमान्ले बताए ।
डेड्जीले एउटा भनाइ राखिन्, “पहिले हाम्रो शिरमाथि सूर्य चम्किरहेको हुन्थ्यो तर त्यो जमिनदारको लागि हुन्थ्यो । अहिले हामीले हाम्रै लागि चम्केको सूर्य पाएका छौँ । ल्हासामा तयारी समितिमा पर्यवेक्षकका रूपमा बस्दा मैले सुनेँ, “अब कोही पनि भूदासहरू छैनन् नोकरहरू पनि छैनन्, सरकारले खान्दानीहरूको श्रीसम्पत्ति किन्नेछ र जोताहा किसानहरूलाई दिनेछ । यो वर्षको विद्रोही खान्दानीको अन्नबाली पनि अन्न छर्नेहरूले नै पाउनेछन् ।” मैले हाम्रो किसान सङ्गठन नै सरकार हुनुपर्छ र जनता स्वयम्ले आफ्नो स्वतन्त्रता र आफ्नै कानुन बनाउनुपर्छ भनेर पञ्चेन एर्डेनी आफैले घोषणा गरेको सुनेँ ।”
आँखाभरि आँसु बगाउँदै डेड्जीले भनिन्, “पार्टीले गरेको भलाइका कारणले मात्रै आज म सुकुलमा यस सुख्खा÷नभिजेको घरमा बस्न पाएँ । यहाँबाट मलाई कसैले पनि बाहिर निकाल्न सक्दैन ।”
अँध्यारो कोठामा डेड्जीको कुरा टुङ्गिँदा नरुने मानिसहरू कोही रहेनन् ।
डेड्जीको घर हेरेपछि हामी अन्य प्रकारका भू–दासहरूको घर पनि हेर्न गयौँ । त्यस क्रममा हामी पूर्वडुइचुन र हाल जग्गासम्बन्धी किसान सङ्गठनका अध्यक्ष पर्वु (एबचदग) को घरमा गयौँ ।
उनको घर डेड्जीको भन्दा राम्रो गोबरको भण्डारणको लागि नभई घरकै लागि बनाएको, माटो र ढुङ्गाले बनेको र शिशाको झ्याल भएको सानो थियो ।
त्यहाँ एउटी आँखा नदेख्ने, अशक्त र दुर्वल उमेर ढल्केकी आइमाई बसेकी थिइन् । मैले पर्वुको आमा होला भन्ने अनुमान गरेँ तर पर्वुले तिनी उनको जहान हो भन्ने सुनाउँदा म छक्क परेँ । पर्वुले तिनीसित बिहे गर्दा तिनी एक साइबा थिइन् । अन्धो भएपछि तिनले श्रम गर्न सकिनन् र तिनले साइबा अधिकार गुमाइन् । एउटा आँखा फूलो परेर नदेख्ने भएसम्म पनि तिनले सक्ने काम गरिन् तर दुवै आँखा नदेख्ने भएपछि पर्वुले सो जग्गामा काम गर्ने इच्छा गरे पनि जमिनदारका मुखियाले जग्गा नदिने निर्णय गर्यो ।
पर्वु पञ्चेन एर्डेनीको क्षेत्रमा रहेको ताशी ल्हुम्पो (त्बकजष् ीजगmउय) मठसँग सम्बन्धित थिए । तिनले आफ्नो छुट्काराका निम्ति वार्षिक रूपमा कर तिरिरहेका थिए । पर्वुका एक छिमेकीका अनुसार पर्वु पहिले लामा थिए, तिनले बिहे गर्नका लागि मठ छोडेका थिए । तर, पर्वुले आफू भागेको कुरामात्रै बताए ।
उनी कुम्तान (प्गmतबल ःबलयच) जग्गामा बस्थे । उनले तासी लुम्पोलाई क्षेत्रीय कर तिरिरहेका थिए† अन्न र केही उला (गबि) वा बेठबेगारी वा झारा घर र जग्गाको लागि खेमेईलाई तिरिरहेका थिए । बितेका केही महिनासम्म पनि तिनले करहरू अन्न तिरिरहेका थिए । अहिले उनी स्वतन्त्र छन् र जग्गाको किसान सङ्गठनका अध्यक्ष छन् ।
पर्वुले आठ केस (१ र २ तीन एकड) जग्गा खेती गरे । आठ केस (२१६ पाउन्ड) बीउ छरे र ३२ केस अन्न फलाए । उनले आठ केस अन्न कुत तिरे । यो कुत त्यति धेरै पनि देखिँदैन, जम्मा अन्नको एकचौथाइ भाग हो । तर, जमिनदार अन्न दिँदा एउटा नाप र अन्न कुत लिँदा अर्कै नाप प्रयोग गर्थे । कुत तिर्दा नाप्ने नाप वा पाथी साधारण केभन्दा केही बढी अन्न अट्ने ‘ठुलो के’ पाथी हुन्थ्यो । बाली काट्ने बेलामा मालिककहाँ नमुना अन्न पठाउनुपथ्र्यो र नमुना अन्न फिर्ता आउँदैनथ्यो । पर्वुले बताएअनुसार मालिकले बीउ दिँदा पनि चर्को ब्याज लगाउँथ्यो र मालिकसँग ऋण लिएको अन्न र खेतीका औजारहरूमा पनि उच्च ब्याज तिर्नुपथ्र्यो ।
बाली काटेपछि पूरा ऋण पनि तिर्न सकिँदैनथ्यो । ‘खलिहान (बाली सुकाउने ठाउँ) सकेपछि अन्न पनि बाँकी रहँदैन’ भन्ने भनाइ नै चलेको थियो ।
पर्वु अन्नबाहेक पराल बेचेर केही पैसा कमाउँथे र दुई खच्चरलाई खुवाउँथे । उनले खच्चरको गोबर जम्मा पार्दै सुकाउँथे र बाल्नका लागि ऊर्जाको रूपमा बेच्थे । यसबाट उनले मठ र खेमेइलाई कर तिर्थे । उनले खेमेईलाई साइबाको बेगारी पूरा गर्न वा उला झारा तिर्नुपर्दैन तर डुइचुनको केही निश्चित झारा तिर्नुपथ्र्यो । उनले जमिनदारका लागि बाली काट्ने समयमा तीन दिन, खाडल खन्न दुई दिन र बाढी पहिरोको समयमा विनाज्याला लामो समयसम्म काम गर्नुपथ्र्यो ।
जनावरहरू पालेकोमा पनि केही झारा तिर्नुपथ्र्यो । पर्वुका दुइटा खच्चरहरूले बाली काट्ने समयमा दुईदिन काम गर्नुपथ्र्यो र नयाँ वर्षको चाडमा तिनीहरूले इन्धनलाई ल्हासामा पु¥याउनुपथ्र्यो । जमिनदारले केही अस्थायी श्रम पनि लाद्न सक्थ्यो । गएको शरद् ऋतुमा विद्रोहीहरूले लोकामा हत्या र लुटपाट मच्चाइरहँदा खेमेईले ल्हासामा भएको आफ्नो श्रीसम्पत्ति लोकाका भूदासहरूले ल्हासाको आधा बाटो पु¥याउनुपर्ने र बाँकी आधा बाटो कुम्तान (प्गmतबल) का भूदासहरूले पु¥याउनुपर्ने गराए । उनले आफ्नो अन्नको सुरक्षा गर्न त्यसो गरेका थिए ।
“यदि तपाईँसँग चल्लाहरू छन् भने प्रत्येक कुखुराको ५ वटा अण्डा वर्षमा धेरै पटक जमिनदारलाई दिएर श्रम तिर्नुपर्छ” – पर्वुले बताए ।
“यदि डुइचुनले यी सबै भुक्तानीहरू गर्नुपर्छ भने डुइचुन बन्नु राम्रो कि नानसाम ?” – मैले सोधेँ ।
पर्वुले बताए, “प्रमुख भिन्नता भनेको स्वतन्त्रताको मात्रा हो । मसँग दुईवटा खच्चरहरू छन् । ती मेरा आफ्नै खच्चर भए पनि मैले मालिकलाई झारा तिर्नुपर्छ । भाडादर उच्च छ र बाली भिœयाउनेबित्तिकै तिर्नुपर्छ तापनि मालिकले मलाई समय–समयमा श्रम गराउँछ । तापनि मैले आफ्नो कामका लागि समय मिलाउन सक्छु । तर, नानसामका लागि यो सम्भव हुँदैन । उसको सबै समय मालिकको लागि बित्छ ।”
पर्वुको घरभन्दा पारिपट्टी न्गोजु (ल्नयवग) नामका साइवाको घर छ । न्गोजुले बताएअनुसार उनको घरमा काम गर्नसक्ने चार जना हुर्केबढेका कामदारहरू भएकाले घर ठुलो भएको हो । तिनीहरूले १० केस (१२÷३ एकड) जग्गा पाएका थिए । यसको बदलामा तिनीहरूले मालिककहाँ वर्षभरिका लागि एकजना ज्यामी पठाएका थिए । तिनका दुवै छोरा साना भएकाले दुईजनाले मात्र काम गर्ने समयमा तिनीहरूसित अहिलेको आधामात्रै जग्गा थियो र श्रम पनि आधामात्र दिए पुग्थ्यो । मालिककहाँ काम गर्ने आफ्नो छोरालाई पनि तिनले नै ख्वाउनुपथ्र्यो किनभने तिनलाई त्यहाँ जग्गाको भुक्तानीका निम्ति श्रम गर्न पठाइएको थियो ।
“तपाईँले आधामात्र श्रम दिँदाखेरि कुन दिन मालिकका लागि काम गर्ने भनेर कसले छुट्याउने ?” – मैले सोधेँ ।
“मालिकले छुट्याउँछन्” – न्गोजुले बताए । “तर, त्यहाँ एउटा परम्परा छ । बाली काट्ने बेलामा मालिकले सबै दिन उसैकहाँ काम गर भन्न पाउँदैन, पाँच दिन मालिककोमा काम गर्ने र ५ दिन भूदासहरूको आफ्नै काम गर्ने चलन छ । मालिकले सधैँ त्यसो गर्दैन । यदि उसलाई श्रम चाहियो भने उसले माग गर्दछ र त्यसपछि भूदासले केही पनि गर्नसक्दैन । त्यसैले परिवारमा ४ जना कामदारहरू हुनु राम्रो हो र तीमध्ये एकजनालाई मालिकहाँ पूरा समय काममा पठाउन सकिन्छ ।”
न्गोजुको डबलीमा अन्य किसानहरू पनि आए र विभिन्न प्रकारका भूदासहरू र तिनीहरू कसरी आए भन्नेबारेमा छलफल सुरु भयो । तिनीहरूले बताए – “साइबा पुस्तौँ पुस्तादेखि भूमि÷जग्गासँग जोडिएका छन् । नानसाम पनि पहिलेदेखि थिए तर तिनीहरू सधैँ जग्गासँग जोडिएका हुँदैनन्, तिनीहरू बेचिन र अरुलाई दिएर पठाउन अथवा मालिकको छोरीको बिहेमा दाइजोको रूपमा सँगै लैजान सकिन्थे । डुइचुनहरू धेरैजसो स्थानीय बासिन्दा होइनन् तर कहींबाट नराम्रो मालिकबाट भागेर यहाँ आएका थिए, नयाँ मालिकको खोजीमा ।”
त्यसैले डुइचुनहरू दासप्रथाप्रतिको असहमतिको सुरुवातजस्तै देखिन्छ, सानो र अलिकति माथिको स्वतन्त्रताको सुरुवात । भूदासहरू आफ्नो घर र साथीभाइहरू छोडेर पुनः पक्राउ र कोर्रा लगाउने जोखिम बोकेर मृत्युको समेत पर्वाह नगरी धेरै टाढा अर्को राम्रो मालिकको खोजीमा भाग्छन् । यदि तिनलाई पुरानो मालिकले भेटाएमा फिर्ता लानसक्छ । त्यसैले धेरैजसो पुरानो मालिकले तिनलाई छुट्कारा दिन क्षेत्रीय कर स्वीकार्ये । तिब्बतमा डुइचुनहरू बढ्दै गइरहेका थिए ।
एकप्रकारको भूदासलाई अर्को प्रकारको भूदास बनाउने कुरामा छलफल मोडियो । यदि कोही भागेको भूदासलाई मालिकले पक्रेमा तिनलाई डुइचुनबाट नानसाममा झार्नसक्छ । यदि त्यो मानिस बलिया छन् र फेरि पनि भाग्नसक्छ भन्ने लागेमा त्यसलाई डुइचुन नै बनाइराख्छ ।
नानसाम पनि एकप्रकारको दास नै हो । तर, आफ्नो पुर्खा साइबा वा डुइचुन भए पनि पछिको छोराछोरी वा सन्तान नानसाम पनि हुनसक्छ । डुइचुन वा साइबाले जमिनदारसित लिएको ऋण तिर्न सकेन भने जमिनदारले तिनीहरूसित भएको घर, खच्चरहरू र कुखुराहरू कब्जा गर्छ र तिनीहरूलाई नानसाम बनाउँछ कोही पुस्तौँपुस्तादेखि नै नानसाम पनि हुन्छन् उनीहरूले बताए ।
“म पहिले खेमेईको स्वामित्वको जग्गाको साइवा थिएँ । केही विवाद भएपछि खेमेईका मुखियाहरूले केही भू–दासहरूलाई अर्कै जग्गामा सारे । अर्को जग्गामा मेरो भूअधिकार थिएन । त्यसैले तिनीहरूले मलाई नानसाम बनाए । तर, पछि मसँग केही बचत भयो र खेमेईले मलाई फेरि साइबा बनाए र एक टुक्रा जग्गा दिए” – उपस्थितमध्ये एकजनाले बताए ।
“तपाईँले कसरी बचत गर्न सक्नुभयो ?” – मैले सोधेँ ।
“जनमुक्ति सेना यो क्षेत्रमा आयो । गोबर जम्मा गरेर तिनीहरूलाई बेचेँ र प्रशस्त पैसा कमाएँ । त्यसबाट मैले एउटा कानमा लगाउने ढुङ्ग्री किनेँ । मलाई मालिकको घरमा बोलाइयो । त्यहाँ जाँदा मैले त्यो ढुङ्ग्री लुकाएँ । त्यसैले खेमेईका ज्वाइँले मलाई भनेको नमान्ने भन्दै कोर्रा लगाऊ तर मलाई थाहा थियो, ऊ मेरो ढुङ्ग्री हात पार्न यसो गर्दै थियो । त्यसपछि उसले भन्यो, “अब म तिमीलाई फेरि साइवा बनाउँछु र तिमीले तिम्रो पैसा मेरो जग्गामा लगाऊ । उसको मतलब यदि मसँग पैसा भएमा खच्चर र बीउमा लगानी गर भन्ने हो ।”
बचतबाट माथि उठेका नानसामको असाधारण कथाबाट सबैजना प्रभावित भए । अरुहरूले सोचे यदि उनी पहिले नै साइवा नभएका भए खेमेईले तिनलाई नानसामबाट साइवा बनाउने थिएन । ‘नियमित नानसाम’ लाई विरलैमात्र उठ्न दिइन्छ । साइबा वा डुइचुनहरू माथि उठ्न र झर्न सक्ने बाली काट्ने बेलामा तिनीहरूको आम्दानीमा भर पर्छ । साना केटाकेटीहरू धेरै भएका साइबा सजिलै ऋणमा डुब्छन् र तिनीहरू नानसाममा झर्छन् ।
थोरै साइबा – मुस्किलले सयमा तीनजनाले साइबा बन्नु राम्रो हो भन्ने सोच्छन् । केहीले अन्य भागेर आइपुगेका अपरिचितलाई आफ्नो घरमा बसाउने र तिनलाई मालिककोमा तिनीहरूको काम गराउँथे । यस्तो विशेषता देखाउने साइबा मालिकको मुखिया वा कारिन्दा बन्ने दाउमा हुन्छन्, अरु भूदासहरूलाई चुसेर आफूमाथि उठ्छन् ।
स्रोत : तिब्बतका भू–दासहरू उठ्दा