अनिल दमाई
यतिबेला प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचनको मुखैमा छौं। उम्मेदवारहरुले मतदाताहरुको घर घरमा पुगेर अ आफ्नो दलको घोषणा पत्र लिएर आफु र आफ्नो दललाई मत मागिसकेको छन। अब मतदाताहरुले पनि सबै दलको घोषणा पत्र अध्ययन गरेर के सही के गलत भन्ने कुराको अन्तिम निर्णय गर्दैछन।
निर्वाचन एक विश्व विद्यालय हो । चुनावमा फरक दलका उमेद्वारहरुले आफ्नो घोषणा पत्रको बारेमा बताउँछन। मतदाता भनेका विश्व विद्यालयका विद्याथीहरु जस्तै हुन्छन् । विश्व विद्यालयमा विद्यार्थीहरुले बिभिन्न बिषयको ज्ञान लिन्छन त्यसरी नै मतदाताहरुले फरक फरक पार्टीके विचार बुझ्ने अवसर पाउँछन् । उमेद्वारहरुले पनि आफ्ना मतदाताहरुलाई आफ्नो दलको घोषणा पत्रमा बारेमा बताउनु पर्छ। मतदाताहरुलाई आफ्नो प्रभावमा पार्न झुट र भ्रामक कुराहरु गरेर ढाट्नु हुदैन जसरी शिक्षकले सबैलाई बरोबर समाजलाई सभ्य र असल नागरिक बनाउने शिक्षा दिइरहेका हुन्छ। जसरी शिक्षालाई समाज रुपान्तरणको मेरुदण्डको रुपमा लिइन्छ त्यसरी नै चुनावको समयमा देश र जनताको पक्षमा काम गर्ने, आफुले जे प्रतिवद्धता गरेको छ सोही अनुसार काम गर्नेलाइ र हाम्रोलाई भन्दा राम्रो, असल र इमान्दार जनप्रतिनीधि छानेर मत दिनु पर्दछ।
यद्यपि, कुन चुनावमा कुन मुद्धा लिएर मतदाताका विच जाने भन्ने कुराको समेत सामान्य ज्ञान नभएका व्यक्तहरु उमेद्वार बनेका छन। प्रतिनीधि सभाको चुनावमा मतदाताहरुका विच के कस्ता मुद्धाहरु छलफल र बहसमा लैजाने, स्थानीय तह र प्रदेशको चुनावमा के कस्तो मुद्धा उठाउने भन्ने विषयबारे न्युनतम ज्ञान भएको उमेद्वारहरुमात्र असल जनप्रतिनीधि बन्न सक्छन। तर सबै चुनावमा बाटो बनाउने, कुलो बनाउने, विद्यालय, आमा समूह, क्लवको भवन बनाउने, खेल मैदान बनाउने, सिंचाई र विजुलीको कुरा गरेर मतदाताहरुलाई भ्रम फैलाउनेहरु नै सही उमेद्वार भन्ने भ्रम छरिरहेको अवस्था छ। अहिलेसम्म चुनाव जितेर गएका दल र दलका उमेद्वारहरुले यसरी खेलेआम ठगिरहेका छन। उक्त भ्रम चिर्नु आजका नयाँ र पढेलेखेका युवा पुस्ताहरुको अनिवार्य कर्तब्य र जिम्मेवारी हो।
अहिले हुन लागि रहेको चुनाव भनेको प्रतिनीधि सभा सदस्यको लागि हो। आफ्नो क्षेत्रबाट चुनाव जित्ने उमेद्वारले हाम्रो समाज, देश र जनताको पक्षमा कसरी आवाज उठाउँछन या कानुुन बनाउँछन त भनेर छलफल र बहस गरिनु पनेै हो। मैलै मत दिने दल र दलको उमेद्वारको घोषणा पत्रमा कृषि उत्पादन र बजारीकरणमा कस्तो नीति ल्याउँछ ?परराष्ट्र नीति कस्तो छ ? देशमा रोजगारी श्रृजना गर्ने, देशको आर्थिक अवस्था सुदृद्ध गर्ने, राष्ट्रिय पूँजीको संरक्षण, प्रबर्द्धनमा कस्तो नीति छ भन्ने कुराको अध्ययन गरिनु र गराइनु पर्थ्यो।
यसैगरी देशको शिक्षा र स्वास्थ्य नीति कस्तो हुने, शिक्षा र स्वास्थ्यमा राज्यको कस्तो भूमिका हुने, देशमा बढ्दो बेरोजगारीको समस्या समाधानमा कुन दलले कस्तो नीति ल्याउने छ, ठूलो उद्योग र कलखाना कसको स्वामित्वमा हुने, स साना घरेलु उद्योगहरुको संरक्षण र प्रबर्द्धनको नीति कस्तो हुने जस्ता बिषयहरु लिएर मतदाताहरुका बिचमा जानु पर्नेमा फलना क्याम्पस, फलना स्कुल, फलना कुलो, फलना बाटो, फलना पुल बनाइने भनेर मतदाताका बिचमा जानु भनेको जनता तथा मतदाताहरुलाई सरासर ठुग्नु हो। गलत र र झुटको पुलिन्दा हो। उक्त बाचा र योजना भनेको स्थानीय तहको निर्वाचनका उमेद्वारहरुले व्यक्त गर्ने हुन। यसले समाजलाई सही दिशातर्फ डोर्यादैन।
दलहरुको पटक पटक सरकारमा गएर प्रधानमन्त्री, उपप्रधानमन्त्री र विभिन्न मन्त्री भएकका छन। तर ती दलहरुसंग देशको स्पष्ट खाका छैन। विद्यमान कुन कुन कानुन र नीतिले देशलाइ अगाडि बढ्न दिएका छैन । के कस्ते कानुन बनाएर देशलाई समृद्धि तर्फ लैजान सकिन्छ र जनताको आधारभूत आवस्यकता पूरा गर्न सकिन्छ अनि जनताको सरकार भएको अनुभूति कसरी दिने भन्ने स्पष्ट नीति छैन। चुनाव जित्नका लागि अनेक हठकण्डा अपनाउने दलहरुबाट भ्रमित छन मतदाताहरु ।दलहरुले सत्यता भन्दा झुटहरु फैलाइरहेका छन र त्यसमा जनताले विश्वास गर्दै आइरहेका कारण हामी पटक पटक रेइरहेका छौं । त्यही रुवाईको आँशुमा मज्जाले पौडिन पाइरहेका छन् शासक दल र तिनका उमेद्वारहरु । तर हाम्रो रुवाइको आँशुमा पौडिरहदा हामीलाई बिजाइरहेको छ कि छैन ? जनताको मत लिने तर बारम्बार जनतालाइ विश्वासघाट गर्ने शासक दलहरूलाइ मत दिएर पछुटाउनु पर्ने हुन्छ । अफूले छानेके प्रतिनिधिले अफ्ने इच्छा विपरीत काम गरेके अवस्थामा अफ्ने मतके दुरूपयेग मात्र हेइन त्ये मतदान अत्मघाती साबित हुन्छ ।
आफुले दिएको मतले चुनाव पछि पछुताउन नपरोस। हुल र सस्तो लोकप्रियताको आधारमा होइन दलहरुको घोषणा पत्रहरुको तुलनात्मक अध्ययनका आधारमा मत दिने बानीको अभासको शुरुवात गारौं। जित्नेलाई होइन जिताउनृु पर्ने दल र दलका उमेद्वारहरुलाई मतदान गरौं। चिया गफ तथा चौतारी गफ र छलफलहरुमा जित्दैन भनेर र होइन, जिताउनु पर्छ भनेर जिताउने पर्ने दल र दलका उमेद्वारहरुको घोषणा पत्रको बहस छलmिल गर्ने बानीको बिकास गरौं। चुनाव पछि पछुताउन होइन, गर्व गर्ने दल र दलका उमेद्वारहरुलाई मतदान गरौं।
तसर्थ, अब स्पष्ट नीति र योजना भएका दल र दलका उमेद्वारहरुसँगसँगै हातमा हात काँधमा काँध मिलाएर जाने साहस नेपाली मतदाताहरूले गर्नु अवश्यक छ । अफूले मतदान गरेको दल या उम्मेदवारले पाँच वर्षसम्म गरेको काममा अफ्नो विमति राख्नु नपर्ने गरी नेपाली मतदाताहरूले मतदान गरेको अवस्थामा देश समृद्ध हुने बाटेमा लाग्ने छ ।