
२६ माघ, काठमाडौं/अर्जुबहादुर तामाङ
आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान (एनएफडिन)को आयोजनामा नेपाल आदिवासी ज्ञान सम्मेलनमा विभिन्न विषयमा बहसका चरणहरु सञ्चालन भइरहेको भएका छन।
“ज्ञानको साझा, सम्पदाको संरक्षण, भविष्यको निर्माण” भन्ने मूल नारासहित काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा आयोजना भइरहेको कार्यक्रममा नेपालका आदिवासी जनजातिको मौलिक ज्ञान, संस्कृति, परम्परा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न विभिन्न चरणमा देशका विभिन्न क्षेत्रबाट सहभागी र प्रतिनिधित्वहरुसँग बहस भएको छ ।
पहिलो चरणको बहसमा ‘स्वायत्तता, विरासत, र परम्परागत सरकार (Autonomy, Heritage and Customary Governance) शिर्षकमा डा. बालकृष्ण माबुहाङले सहजीकारण गरेका थिए । पहिलो चरणको बहसमा वर्दिया नगरपालिकाकाका पूर्व प्रमुख दुर्गा थारु, काठमाडौं महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोल, सुर्खेतका राउटे संघ संरक्षक दिपक राउटे, सुनचरी गाउँपालिकाका अध्यक्ष धन बहादुर पुन मगर, सिक्किमका महेन्द्र गुरुङ रहेका छन् ।
आदिवासी जनजाति बाहुल्यतामा प्रभावित रहेको यो ठाउँमा प्रतिनिधि कसरी सम्बोधन गर्नुहुन्छ भन्ने विषयमा काठमाडौं महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलले आदिवासीहरूका लागि यो प्रश्न नयाँ नभएको उल्लेख गर्दै मृत–अमृत जस्तो स्वायत्तता हामीभित्रै रहेको बताउनु भयो ।
नीति तथा कार्यक्रम बनाउँदा महानगरपालिकाले नेपालको पहिचान बोकेर बनाएको डंगोलले बताउनु भएको थियो । ‘विशेषगरी नेवारी घरको चर्चा गरिन्छ । काठमाडौंको पहिचान नै नेवारी घर, संस्कृति, गुठी र यहाँका जनता भएको र धेरै सामाजिक नीति–नियमहरू अभ्यास गरिँदै आइरहेको कार्यबाहक प्रमुख डंगोलले बताउनु भयो । यस्तै डंगोलले बसाइँसराइ भइरहेको कारण सामुदायिक संस्कृति जस्ता मूल्यहरू हराउँदै गएको यसको अन्त्य गर्न नसकिरहेको समेत स्विकार गर्दै सामाजिक संरचना भत्किएको र पुननिमार्णका लागि योजना तर्जुमा समेत भएको वहाँले बताउनु भएको थियो। शहरीकरणका कारण मूर्त सम्पदाहरू लोपोन्मुख अवस्थामा पुगेका बताउदै ती सम्पदाहरुलाई जीवित राखिराख्न हरेक वर्ष गुठी, गुठियार तथा समुदायलाई महानगरले सम्मान गरिँदै आएको कार्यबाहक प्रमुख डंगोलले बताउनु भयो।
यस्तै भौगोलिक हिसाबले विकट सुनचरी गाउँपालिकामा मगरहरुको बाहुल्यता रहेको उल्लेख गर्दै उक्त गाउँपालिकाका अध्यक्ष धन बहादुर पुन मगरले मगरको बाहुल्यता भएकै कारण खाम भाषामा केन्द्रित शिक्षामा जोड दिइएको बताउनु भएको थियो । खाम भाषामा स्थानिय पुस्तकभन्दा पनि व्यवहारिक शिक्षाको कक्षा सञ्चालन गरेको र कतिले नबुझेको अवस्था पनि भएको उल्लेख गर्दै अध्यक्ष पुन मगरले स्थानिय आदिवासीको संस्कार संस्कृति सरक्षण, विकास र विस्तारमा सरकारले ध्यान पुर्याउनुपर्नेमा जोड दिनु भएको थियो ।
यसैगरी मगरहरुको र आदिवासीको कला ,संस्कृति, भेषभूषाको संरक्षण गर्नका लागि सुनचरी प्रज्ञा प्रतिष्ठान पनि स्थापना गरेको बताउदै वर्षमा दुई पटक आफ्नो जातित्व भेषभूषामा स्थानिय सरकारको सभामा उपस्थित हुनाले भेषभूषा पनि संरक्षण र प्रवद्धनमा सहयोग पुगेको बताउनु भएको थियो। यसैगरी मगरहरुले आफ्नो भेषभूषाका लागि कच्चा पदार्थ र दिनचर्यामा प्रयोगमा आउने मौलिक भाङ खेतीलाई सरकारले प्रतिबन्ध लगाएको कुरामा असन्तोष जनाउदै रैथाने थोकमा प्रतिबन्ध लगाउँदा आदिवासीको आर्थिक विकासमा पनि सरकारले अंकुश लगाएता पनि हाल वैद्यानिक रुपमा गाजाँ खेति गर्न आदिवासीले पाएको पुनले बताउाु भयो ।
सिक्कमबाट आउनु भएका पाहुना महेन्द्र गुरुङले पनि आफ्नो क्षेत्रमा आदिवासीको शिक्षा र संस्कृति सम्वर्द्धन र पर्बर्द्धनमा स्थानीय सरकार समावेश भएको बताउदै गुरुङ भाषा कक्षा १२ सम्मनै अध्यापन गराउन त्यहाँको शिक्षा प्रणाली रहेको पाहुन गुरुङले बताउनु भएको थियो। यसका साथै पसल गर्ने साहुदेखि त्यस क्षेत्रमा रहेका सरकारी निकायका माथिल्लो स्तरका व्यक्तिहरुले अनिवार्य रुपमा हप्ताको एक दिन आफ्नो जातिको पोशाक लगाउने गरेको अनुभव पाहुना गुरुङले सुनाउनु भयो।
‘लोकतन्त्र, विविधता, समावेशी र संघियता (Democracy ,Diversity,Incusion and Federalism) शिर्षकमा दोस्रो चरणको कार्यक्रममा मल्ल के सुन्दरले मध्यस्तत गर्नु भएको थियो। मल्ल के सुन्दरले कार्यक्रममा नेपाल बहुराष्ट्रिय हो या होइन, संघियता राष्ट्रका लागि उचित हो कि होइन र संघियतामा छ छैन जस्ता विषयको बारेका बहसमा चर्चा गर्नु भएको थियो । बहसमा लेखक कैलाश राई, प्रा करण खनाल, पदम सुन्दास, सोदन शाह, साजन राजी र महेन्द्र गुरुङ रहेका थिए ।
दोस्रो चरणमा गरिएको बहसमा लेखक कैलाश राईले लोकतन्त्र आएको ३५ वर्ष बितिसक्दा पनि नेपालमा अझै लोकतन्त्रको अभ्यास नभएको उल्लेख गर्दै निवार्चनका पाँच मुख्य विषयवस्तुमा निवार्चन, बहुमत, सरकार, संसद र शासन भएको बिचार व्यक्त गर्नु भएको थियो। प्रजातन्त्रको अभ्यास प्रक्रियामा रहे पनि लोकतन्त्रको मर्म भने गुमेको बताउदै लेखक राईले सरकार बनाइएका तर नागरिकसँगको दूरी भने अझै कायम रहेको सबै जातजाति, धर्म–संस्कृति विचार गर्ने राज्य मेरो लागि र राज्यको लागि हामी भन्ने सोंचको बिकास हुन नसकेको बिचार व्यक्त गर्नुभएको थियो।
यसैगरी तेस्रो चरणको कार्यक्रममा आइपिएस युथ जेनजी र समकालिन राजनितीका बारेमा दिपक थापा,अनुसन्धानकर्ता प्रकृति ढकाल जेनजी अभियानकर्ता सनकिन राई र युजिन राजभण्डारीहरुले विमर्श गर्नुभएको थियो।
कार्यक्रमको चौथो चरणमा डा.जनक राईले सहाजीकरण गर्नु भएको थियो। डा.सन्दिप राईले खाद्य सुरक्षा भएपनि संप्रभुता नभएको बताउदै आफ्नो संस्कृति र पहिचान आधारमा खाद्यान्न उत्पादन गर्नुपर्नेमा जोड दिनु भएको थियो । कृषिविद डा. सुजाता तामाङले सामुहिक खेती उत्पादन गर्नुपर्नेमा जोड दिदै वन र कृषिको नीतिका कारण सामुहिक खेती अभ्यास समाप्ति गरिएको बताउनु भयो। लेखक झलक सुवेदीले भने प्राकृतिक स्रोतको आधारमा सामुहिक खेती प्रणाली खस आर्यको प्रवेशपछि हस्तक्षेप भएको उल्लेख गर्दै जमीनमाथिको स्वामित्व राज्यले तय गरेपछि पनि सामूहिक खेती प्रणाली अन्त्य भएको बिचार व्यक्त गर्नुभएको थियो।