युवराज संग्रौला
जताततै एकताको कुरा, एउटै चिन्हमा तीन/चार पार्टीले चुनाव लडने कुराले सामाजिक संजाल "तंरगीत" छ। गजब छ। तर सबै कुराको सार एउटै छ, त्यो हो "बस मानिस, झन्डा, नेताहुने अभिनेता, र चिन्ह भए पुग्छ। बिचार र बिचारलाई लागु गर्ने योजना कतै चाहिदैंन।" राजनीति अतृप्त आत्माहरुको भिड हो? नेपालमा आज यहि अवस्था देखिन्छ।
१. किन राजनीति आज यस्तो अभिशप्त भयो? पश्चिमी उदारवाद त्यसै पनि नासिंदै थियो, स्वयं पश्चिममा। तर दक्षिण एसियामा त त्यस्को चिरहरण नै भयो। किन?
क. मैले २०७२ मा संबिधान बन्दाका समयमा दर्जनौं अन्तर्वार्ता र लेखबाट उठाएको कुरा हो, "बेलायतबाट भारत र भारतबाट नेपालले अनुदानमा पाएको बर्तमान संसदीय व्यवस्था "दलतन्त्र" हो जहाँ अल्पमतले बहुमत माथी शासन गर्छ, र यो कुलीनहरुको सुरक्षित घरमा गरीबले बुझेर वा नबुझी वा थोरै रकममा दुई मध्य एज कुलीन छानेर आफुलाइ भरीया बनाइ रहेने कागजमा पांच बर्षका लागि छाप लगांउछ।" आज छिचिमिरा जस्ता "हावामा उडेका मानिस यहि लोकतन्त्र नामको यहि मायावी दलतन्त्रमा एकता गर्दै छ्न र फुटदैपनी छ्न। यो भ्रमले हरेकलाइ ग्रस्त बनाएको छ।
२. युरोपमा धार्मिक कट्टर्वाद र निरंकुश राजतन्त्रका विरुद्ध "नागरिक स्वतन्त्रता" का पक्षधर कुलीनहरुले उदारवादको दर्सन अगाडि सार्दा, दलहरूको परीकल्पना गरे र उस्तै सोछ भएका एउटा दलमा संगठीत भए। एउटा सामाजिक संझौता गरे। त्यो हो "बहुमत प्राप्त गर्नेले सरकार चलाउने र अल्पमतले विपक्षका रुपमा बिरोधि बेन्चमा बस्ने।" यो उनीहरुको उदारवादको न्युनतम मापदण्ड थियो। तर "बेलायती उपनिवेशले ल्याइदिएको भारतको लोकतन्त्रमा ८९% भोट अरुमा बांडिएर ११% अल्पमत ल्याउने बहुमत त बन्यो नै, त्यसमा पनि नेपाल आइपुग्दा त "दुई ठुला दलले नै गठबन्धन बनाए।" यो दलतन्त्र आज देशको लोकतन्त्र बनेको छ। यस्ले हिजो गरेको भ्रस्टाचार र पदको दोहन गरेर लुटेको मोजका लागि "आज अनेक छिचिमिरा" कम्युनिस्टका नाममा, जातका नाममा, राजाका नाममा, भूगोलका नाममा मात्र "होइन संसदका सिटमा पुग्नमात्रै पनि एकता गर्दैछ्न। यो अवस्था भनेको "नागरिकको राज्यमा स्वामीत्वको अन्त र लोकतन्त्रका नाममा निरंकुशतन्त्रको उदयको ब्याड हो।"
३. यो अशिष्ट राजनीति अराजकता हो र " राजनीति नागरिकको सुख र समृद्धिको संयन्त्र हो भन्ने मान्यताको पतन हो।" यो राजनीतिमा दर्शन, बिचार र कार्यक्रम हुन्छ भन्ने बोध र चेतनाको पतन हो। यो राज्यमा नागरिक मालिक हो र जनतानै देश हो भन्ने राजनीति मान्यताको पतन हो। यो "राजनीति कुसंस्कार र अनैतिक्ताको भन्डार हो भन्ने मान्यताको संस्थापन हो। र, अहिले भैरहेका बिचारहिन एकता यिनै बिकृतिका परीचायक हुन।"
४. आजको विषम राजनीति अराजकता, जेन्जी आन्दोलन पछि देखिएको सामाजिक र राजनीति भांड्भैलो, र आर्थिक बिसर्जनको अवस्थामा "बिकृत संसदिय खेल" होइन, चाहीएको सोच र गन्तब्य त (क) देशभक्त नागरिकहरु र समाजको आमूल रुपान्तरणका पक्षधरहरुको एकताबाट सामाजिक समता निर्माण र देशको भुराजनितीलाइ जोसुकैको प्रभुत्वबाट जोगाउनु हो, (ख) त्यो एकताबाटै देशको समतावादी समृद्धिको व्यापक अभियान सुरु गर्नु हो। तसर्थ आज राजनीतिका फोहोर बजारमा देखिएका स्थापित मालीक र कथीत विकल्पलाई एउटा बिम्बबाट हेर्दा देखिने रुप हेरौ,
"केही पहिला देखि शिकार गर्दै मोटाएका शिकारीहरु फोहोर दलदलमा खसे र गन्हांउदै सडकमा घरतिर हिंडे। उनिहरुलाइ गिज्यांउदै राम्रा सुट र टाइ लगाएका अर्काथरी शिकारी पनि त्यही बाटोमा हिंडे। उनिहरु कोहि गन्हांउदै र कोहि बास्ना छर्दै हिडिंरहेका छ्न। उनिहरुको गन्तव्य एउटै हो "सत्ताको सफलता र मोज।" नागरिकले खोजेको त "दिसान्तर" हो जहाँ प्रत्येक मानिसले आफ्नो स्वतन्त्रता, सहभागीता र शासकको उत्तरदायीत्वको माहौलमा आफुलाइ देशको मालीक महसुस गरोस।
आज नेपाल हिलो लागेका मानिस र आयातीत लुगा लगाउने को "राम्रो भन्ने प्रतिस्पर्धाको राजनीतिमा निर्वाचन आयोगमा नाम लेखाउने खेलको तमासा बनेको छ। नागरिकले।खोजेको "उस्को सर्बोच्चता वा नागरिक सर्बोच्चता हो।" उस्ले खोजेको एकता हो परीवर्तनका लागि। उस्ले खोजेको देशको सुरक्षा हो "कुनै झुठो नाम होइन।" बिचारले नामको प्रतिनिधित्व गर्छ, नामले बिचारको होउन।
युवराज संग्रौलाको फेसबुबाट साभार