पोल्यान्डमा समाजवादी पार्टीको स्थापना
सन् १८९२ मा पोली भाषाको ‘कम्युनिस्ट घोषणापत्र’ को संस्करण छापियो । पोल्यान्डमा माक्र्सवादीहरू बढदै थिए । घोषणापत्रको भूमिकामा ११ फेब्रुअरीको दिन एङ्गेल्सले लेख्नुभएको थियो, “एउटा स्वतन्त्र बलियो पोल्यान्डको पुनस्र्थापनाको सवाल पोलीयालीहरूको मात्रै होइन, हाम्रो पनि चासोको विषय हो ।” सर्वहारावर्गको नयाँ पुस्ताप्रति औँल्याउँदै उहाँले भन्नुभयो, “पोल्यान्डको तन्नेरी सर्वहारावर्ग मात्र यसलाई प्राप्त गर्न समर्थन हुनेछ र सोही वर्गको हातमा यो सुरक्षित हुनेछ ।”
पोल्यान्डमा त्यसबेला ‘सर्वहारा–मजदुर पार्टी’ बाहेक ‘कामदार सङ्घ’ भन्ने मजदुर पार्टी पनि काम गर्दै थियो । दुवै पार्टीमाथि रुसी साम्राज्यवादको उस्तै अत्याचार थियो । यसकारण, दुवै पार्टीका नेताहरूले व्यावहारिक गतिविधिमा एकता स्थापना गर्ने कुरो आवश्यक देखे । यसकारण, सन् १८९२ मा दुवै पार्टी मिलेर ‘मई दिवस’ मनाए । १ मईको आन्दोलन सबभन्दा पहिले १८८६ मा संयुक्त राज्य अमेरिकाको सिकागो सहरमा भएको थियो । दिनको ८ घण्टा काम र ज्याला बढाउ भन्ने मजदुरहरूको माग थियो । पहिलो दिन सिकागोका ४१ हजार मजदुरहरूले हडतालमा भाग लिएका थिए र दोस्रो दिन ८१ हजार मजदुरहरूले भाग लिएका थिए । तेस्रो दिन पुँजीवादी सरकारले हडतालीहरूमाथि गोली चलाएर धेरै मजदुरहरू मा¥यो र सयौँलाई घाइते बनायो† हिंसा र गोलमाल भड्काएको आरोपमा ४ जवान नेताहरूलाई फाँसीको सजाय दियो । सन् १८८९ मा पेरिसमा संसारका मजदुरहरूको एक बैठक बसेर मई १ को दिनलाई ‘अन्तर्राष्ट्रिय मजदुर दिवस’ मनाउने निधो ग¥यो । १ मई १८९० देखि संसारमा दिनको ८ घण्टा कामको माग राखेर प्रदर्शन र हडताल सुरु भयो ।
१ मई १८९२ को दिन पोल्यान्डमा देशभरि मई दिवस मनाइयो । त्यस दिवसमा लोद्ज सहरमा मात्रै ६१ हजार मजदुरले भाग लिएका थिए । पुलिसले मजदुर दिवसलाई दबाउन खोज्यो, घमासान सङ्घर्ष भयो । पुलिसको गोलीबाट ४६ जवान मजदुर मारिए र २११ भन्दा बढी मानिस घाइते भए । वार्सा सहरमा मई दिवसमा ८ हजार मजदुरले भाग लिए । मजदुर वर्गको एकता कति बलियो हुन्छ भन्ने प्रस्ट देखियो ।
रुसको साम्राज्यवादको निर्दयी अत्याचारबाट मजदुरवर्गले आफ्नो मुख्य शत्रुलाई चिन्यो । मुख्य शत्रुको विरोधमा लड्न मजदुर एकतालाई बुझ्न थाल्यो र ‘सर्वहारा–मजदुर पार्टी’ र ‘कामदार सङ्घ’ बिचको झगडा पनि टुङ्ग्यो । ती दुवै पार्टी मिलेर ‘पोल्यान्ड समाजवादी पार्टी’ भन्ने नयाँ पार्टी स्थापना गरे र लियो जोगिचेस संस्थापक र एडेल्फ वास्की सम्पादक भएर ‘मजदुरहरूको इच्छा’ भन्ने एक मुखपत्र पनि निकाले । तर, पार्टीको त्यस मुखपत्रको भित्री शक्ति चाहिँ रोजा नै हुनुहुन्थ्यो । त्यस एकता र पार्टी पत्रिकाले पोल्यान्ड हल्लिन थाल्यो र पुराना नेताहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्यो । पदलोलुप र इष्र्यालु ती पुराना नेताहरूले मार्टीन कैस्पुर्जाक र रोजाको पत्रमाथि ‘फूटपारुवा’ को फतुरहरू लगाउन थाले । रोजालाई राजनीतिमा अगाडि बढ्ने प्रेरणा दिनेहरूमा कैस्पूर्जाक पनि एक थिए । पुराना नेताहरूले रोजामाथि अनेक झूटा आरोपहरू लगाउन थाले ।
दोस्रो इन्टरनेसनलमा रोजा
मजदुर र कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय सङ्घलाई छोटकरीमा ‘इनटरनेसनल’ वा ‘अन्तर्राष्ट्रिय’ भन्ने चलन छ । सन् १८४७ मा माक्र्स र एङ्गेल्सले बेलायतमा सबभन्दा पहिले कम्युनिस्ट लिग भन्ने अन्तर्राष्ट्रिय कम्युनिस्ट सङ्घको स्थापना गर्नुभएको थियो । सन् १८४८ र १८४९ मा युरोपका विभिन्न देशहरूमा क्रान्तिलाई दबाइयो । कम्युनिस्ट लिगका थुप्रै सदस्य र समर्थकहरू सहिद भए । सङ्गठनले ठुलो नोक्सान सहनुप¥यो । त्यो कम्युनिस्ट लिगले सन् १८४९ पछि काम गर्न छोड्यो ।
सन् १८६१ मा पनि माक्र्स र एङ्गेल्सको नेतृत्वमा युरोपका विभिन्न देशका मजदुर र कम्युनिस्ट नेताहरू मिलेर एक सङ्घ स्थापना गरे । त्यसको नाम ‘अन्तर्राष्ट्रिय मजदुर सङ्घ’ राखियो र छोटकरीमा त्यसलाई ‘पहिलो अन्तर्राष्ट्रिय भनियो । सन् १८७१ मा पेरिसका मजदुरहरूले बन्दुक बोके र पहिलोचोटि राज्यसत्ता कब्जा गरे । त्यसलाई ‘पेरिस कम्युन’ भनिन्छ । अनुभवको कमी, राजनैतिक र सैनिक विरामले गर्दा ‘पेरिस कम्युन’ निर्दयतापूर्वक दबाइयो । ‘पहिलो अन्तर्राष्ट्रिय’ ले ठुलो नोक्सान व्यहोर्नुप¥यो र पार्टीमा घुसेका अनेक स्वार्थी र फितला तत्वहरूले मतभेद चर्काउन थाले । चमेराहरूबाट पहिलो अन्तर्राष्ट्रियको पवित्रतालाई जोगाउन माक्र्स र एङ्गेल्सले त्यसको सदरमुकामलाई अमेरिकामा सारीदिनुभयो । त्यो सन् १८७६ सम्म चालु रह्यो । कार्ल माक्र्सको मृत्युपछि फ्रेडरिक एङ्गेल्सले सर्वहारावर्गको आन्दोलनलाई बाटो देखाउनुभयो । १४ जुलाई १८८९ को दिन २२ देशका मजदुर पार्टीका ४११ प्रतिनिधि भेला भएर दोस्रो अन्तर्राष्ट्रिय स्थापना गरेका थिए ।
रोजाहरूको ‘पोल्यान्ड समाजवादी पार्टी’ लाई पोल्यान्डका पुराना नेताहरूले विरोध गरे पनि दोस्रो अन्तर्राष्ट्रियको महाधिवेशन भयो, रोजा र एडल्फ वास्कीले पोल्यान्डको मजदुर प्रतिनिधिहरूको रूपमा भाग लिन पाए । रोजा त्यसबेला भर्खर २३ वर्षकी हुनुहुन्थ्यो । शारीरिकरूपले रोजा दुब्ली, पातली र अलि होची हुनुहुन्थ्यो । रोजा बैठकमा बोल्न उठ्नुभयो तर शारीरिक होचोपनले गर्दा उहाँलाई सबै प्रतिनिधिहरूले राम्रो देख्न पाएनन् । यसकारण, उहाँ एउटा मेचमाथि उक्लिनुभयो र बोल्न थाल्नुभयो । उहाँले आफ्नो भाषणमा समाजवादी भनाउँदा पुराना नेताहरूको व्यक्तिगत गालीगलौज र फतुरलाई वास्तै नगरी सैद्धान्तिकरूपले मात्रै बोल्नुभयो । उहाँको सैद्धान्तिक भाषणले विरोधीहरूको एक–एक कुतर्क धुजाधुजा भयो । अन्तर्राष्ट्रियको बहुमतले पोल्यान्डमा रोजाहरूको पक्षमा मत दियो ।
अगष्टको मध्यमा भएको जुरिचको त्यस महाधिवेशनमा २१ देशका समाजवादी मजदुर पार्टीका ४११ प्रतिनिधि उपस्थित थिए । बैठकमा लडाइँको बेला मजदुरवर्गको कर्तव्यबारे ठुलो छलफल भयो । सर्वहारा वर्गको हुकुम र राज्यलाई नै अस्वीकार गर्ने अराजकतावादीहरूले युद्धलाई ठुलो हडतालबाट मात्रै विरोध गर्ने चाहन्थे । बैठकमा माक्र्सवादीहरू बहुमत थिए । त्यस अराजकतावादी विचारलाई बैठकले अस्वीकार गरिदियो । त्यसबेला फेडरिक एङ्गेल्स स्विजरल्यान्डको चुरिभ आइपुग्नुभयो । महाधिवेशनले आफ्नो समाप्त बैठकको अध्यक्षता एङ्गेल्सलाई गर्न अनुरोध ग¥यो । विभिन्न देशका प्रतिनिधिहरू महाधिवेशनमा उहाँलाई स्वागत गर्न पाउँदा सा¥है खुसी थिए । आफ्नो भाषणमा उहाँले माक्र्सको सम्झना गराउँदै महाधिवेशनको विजय र सबै देशका मजदुर वर्गको एकताको महत्वबारे बोध गराउनुभयो । महाधिवेशनपछि उहाँले विभिन्न देशका प्रतिनिधि र पोल्यान्डका प्रतिनिधिहरूसँग पनि हात मिलाउनुभयो ।
राष्ट्रिय नेताको रूपमा
रोजा पोल्यान्डको मजदुर आन्दोलनको अभिन्न अङ्ग हुँदै अगाडि बढ्नुभयो । आफ्नो तर्क शक्ति, सैद्धान्तिक परिपक्वता र राजनैतिक प्रौढतालाई विकास गर्दै उहाँले आफ्नो पार्टी गतिविधिलाई बढाउँदै जानुभयो । बढ्दै गएको गतिविधिले गर्दा धेरै कार्यकर्ताहरू गिरफ्तार गरिए र पार्टीमाथिको रोकलाई रुसी जार साम्राज्यवादले झन्झन् कस्दै लग्यो । सन् १८९६ सम्ममा पार्टीको मुखपत्र ‘मजदुरहरूको इच्छा’ चल्न कठिन हुँदै गयो र अन्तमा बन्द नै भयो ।
सन् १८९९ तिर ‘पोल्यान्डको समाजवादी पार्टी’ लाई रोजा र उहाँका साथीहरूले अन्तर्राष्ट्रिय पार्टीहरू जस्तै ‘सामाजिक जनवादी पार्टी’ को नाम दिए । पुराना नेताहरू रोजाको त्यस कामबाट झनै रिसाए र सन् १८९९ मा बेलायतमा भएको महाधिवेशनमा रोजालाई ‘पुलिसको प्रमुखको विशेष सहुलियत’ प्राप्त भएको फतुर लगाए । तर, सन् १९११ मा भएको महाधिवेशनमा प्रसिया माथिल्लो सिलेसिया, वार्सा आदिका मजदुरहरू र २७ राजबन्दीको तर्फबाट रोजाले समर्थन पाउनुभयो । महाधिवेशनमा रोजाको प्रभाव झन् बढ्यो र पुराना नेताहरूले चित खाए । पुराना नेताहरूले सा¥है तल्लो स्तरका गाली र आरोप लगाउँदा रोजा धैर्यपूर्वक सैद्धान्तिक सङ्घर्षमा सीमित रहनुभयो ।
सन् १८९९ मा जरजिस्की भन्ने एक पार्टी सदस्यले पार्टीको झन्डालाई अझ माथि उठाए । उनकै कोसिस र सक्रियताले पार्टी व्यापक र बलियो हुँदै गयो । रोजा रुस र पोल्यान्डमा मात्रै होइन सारा युरोपमा एक ठुला समाजवादी नेताहरूको रूपमा चर्चित हुनुभयो । पोल्यान्डमा उहाँ २८–२९ वर्षको मात्रै हुनुहुन्थ्यो । उहाँको तर्क शक्ति, सैद्धान्तिक परिपक्वता, राजनैतिक गम्भीरता र सक्रियता नै उहाँको गुण थियो ।
पोल्याण्डमा उद्ययोगको विकास
रुसको उद्योग त्यसबेला छरिएको थियो । फिनल्यान्डको खाडीको वरिपरि भएको, कालो सागर एजोव समुद्रको वरिपरि र अन्यत्र क्षेत्रमा रुसी उद्योगहरू तितरवितर थिए । तर, पोल्यान्डको उद्ययोग एउटै क्षेत्रमा केन्दित भएको हुनाले त्यसका फाइदाहरू पनि उपयोग गर्न पाइन्थ्यो । रुसी उद्योगका मालिकहरू पोल्यान्डको औद्योगिक सामानमाथि रुसी उद्ययोगलाई फाइदा संरक्षणको नाउँमा भन्सार वा करहरू बढाउन चाहन्थो त्यसले रुसी सरकारलाई नै थियो तैपनि पोल्यान्डमा उद्योगको विकास हुँदै थियो । उद्ययोगको विकास सँगसँगै पोल्यान्डमा समाजवादी आन्दोलन पनि अगाडि बढ्दै थियो । रुसी साम्राज्यवादको दमनले उठ्दै गएको समाजवादी आन्दोलन अस्थायीरूपले शिथिल हुनगयो । यसकारण रोजा ‘पोल्याण्डको उद्योगको विकास’ भन्ने रचनाको निम्ति अध्ययनमा लाग्नुभयो ।
समाजवादी आन्दोलनको केन्द्र बेलायतबाट फ्रान्स र फ्रान्सबाट अब जर्मनीमा सर्दै थियो । यसकारण, रोजा त्यहीँ जाने तरखर गर्न लाग्नुभयो । तर, जर्मनीमा पनि रुसी गुप्तचरहरू कम थिएनन् । साथै जारको रुसी साम्राज्यवादी पुलिसको हातमा नलागेका राजनैतिक शरणार्थी वा प्रवासीहरूका पछाडि जर्मन पुलिस पनि कुकुरजस्तै पछि लाग्थ्यो । जर्मन पुलिसको पिछाबाट जोगिन आवश्यक थियो । यसकारण, रोजाले आफ्नो जर्मन साथीको छोरासँग देखावटी वा भूmटो विवाह गर्नुभयो । जर्मन पुलिस जिल्ल प¥यो । रोजाले क्रान्तिको निम्ति विवाहको नाटक गर्नुभयो ।
कार्ल काउत्स्की, अगष्ट बेबेल, क्लारा जेटकिन, फ्रान्स मेहरिंग, विल्हेम लिब्नेख्त र उनका छोरा कार्ल लिब्नेख्त जर्मनीका त्यसबेलाका नाउँ चलेका समाजवादीहरू थिए । रोजाले तिनीहरूसँग आफ्नो विचारलाई अगाडि बढाउनुभयो र सैद्धान्तिक छलफल गर्नुभयो । जर्मनीमा आफ्नो सैद्धान्तिक र राजनैतिक ज्ञानलाई अझै तिखार्ने मौका पाउनुभयो र जर्मनीका पत्रपत्रिकाहरूमा लेखहरू लेख्न थाल्नुभयो । जर्मनीमा हुने मजदुरहरूको सभामा पनि रोजाले भाग लिन थाल्नुभयो र भाषणहरू दिनुभयो ।
युरोपका धेरै समाजवादीहरू रोजाको नाम र लेखहरूबाट परिचित हुन थालेका थिए । उहाँसँग व्यक्तिगतरूपले परिचित नभएका मानिसहरू उहाँ नै रोजा हुनुहुन्छ भन्ने पत्याउँदैनथे । सभाको मञ्चमा उठेर जब उहाँ भाषण दिन लाग्नुहुन्थ्यो अनि सबै दर्शकहरूलाई पत्याउन करै लाग्थ्यो । उहाँ जोशिला र चर्काचर्का कुरा बोल्नुहुन्नथ्यो, बरु हरेक समस्यालाई बिस्तारै व्याख्या गर्दै जानुहुन्थ्यो र विचारधारामा बढी बल दिनुहुन्थ्यो । जर्मनीका मजदुरहरूको समस्याबारे पनि उहाँ परिचित हुँदै जानुभयो र मजदुरहरूको अगाडि समस्या र त्यसको समाधानको बाटोलाई छर्लङ्ग पारिदिनुहुन्थ्यो । जर्मन मजदुर आन्दोलनमाथि रोजाको परिचय र व्याख्याले पुराना जर्मन नेताहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्यो । रोजाबारे तिनीहरूले अनेक टीकाटिप्पणी र विरोध जनाए, घुर्की र धम्की दिए । तर, रोजा नबिराउनू नडराउनू भन्ने उखानजस्तै क्रान्तिको सिद्धान्तलाई लिएर अगाडि बढ्नुभयो । रोजाको तिखो बुद्धिको अगाडि विरोधीहरूले झुक्नैप¥यो र उहाँ अन्तर्राष्ट्रिय क्षेत्रमा झन्झन् चर्चित हुनुभयो ।
रोजा संशोधनवादको विरोधमा
६ मार्च १८९५ मा एङ््गेल्सले माक्र्सको ‘फ्रान्समा वर्गसङ्घर्ष’ को भूमिका लेख्नुभएको थियो । त्यस भूमिकामा सन् १८४८ देखि १८९५ सम्मकै युरोपका क्रान्तिहरू, हारजित र सर्वहारावर्गको भूमिकाबारे लेखाजोखा गर्नुभएको थियो । क्रान्तिको नेतृत्वको प्रश्न, स्थिति, पेरिस कम्युनमा बहुमत भएको ब्लांकीवादी र अल्पमतका प्रुँधोवादीहरूको आपसी झगडा, नगरमा बाधा हालेर लड्ने लडाइँ र हातहतियारको विकास आदि उल्लेख गर्नुभई सर्वहारा क्रान्तिको विशेष तयारी गर्नुपर्ने र अधकल्चो काम गर्नुहुन्न भन्ने खबरदारी एङ्गेल्सले गर्नुभयो । जर्मनी र अरु देशमा मजदुरवर्गले कसरी चुनावलाई आफ्नो प्रचारको सबभन्दा राम्रो साधन बनाएको छ भन्ने बयान यस लेखको मुख्य सार थियो । सैनिक साधन र युद्धका सामग्रीहरूमा धेरै विकास भइसकेको हुनाले मजदुरवर्गले आफूलाई नयाँ ढङ्गले सशस्त्र गर्नुपर्छ र जनतामा सर्वहारा पुँजीपतिवर्गको प्रभाव परेको छ । त्यो सर्वहारावर्गको निम्ति अनुकूल परिस्थिति हो, पुँजीपतिवर्गको साहस झन्झन् घट्दै गएको छ ।
त्यस ऐतिहासिक र अर्थपूर्ण लेखाजोखालाई बर्नस्टिनले एङ्गेल्सले कानुनी सङ्घर्षमा जोड दिनुभएको गलत अर्थ लगाए र पुँजीवादी व्यवस्थालाई नै अगाडि बढाउने वैधानिक बाटो अघि सारे । त्यसको जवाफमा रोजाले भन्नुभएको थियो, “एङ्गेल्सको भनाइ परिपक्व भइसकेपछि अर्थात् पूरा तयारी गरिसकेपछि मजदुरवर्गले जबरजस्ती राज्यसत्ता कब्जा गर्ने कुरामा एङ्गेल्सले कहिले पनि अस्वीकार गर्नुभएको छैन ।”
सुधारबारेको उत्तरमा रोजाले लेख्नुभयो, “सुधार क्रान्ति इतिहासको दराजमा प्रदर्शन गरिएका चिसो वा तातो वस्तु होइनन्, जसलाई इच्छाअनुसार छानेर खान सकियोस् । यी दुवै वर्गीय समाजका फरक–फरक अवस्था हुन्, जो एकले अर्कोमाथि असर पार्दछ । तर, यी दुवै वस्तु आपसमा विरोधी वस्तुको द्योतक पनि हुन् । दक्षिणी र उत्तरी ध्रुवजस्तै अथवा पुँजीपति र सर्वहाराजस्तै ।” रोजाले भन्नुभयो, “आजको क्रान्तिको नियम क्रान्तिकै फल हो । वर्गीय समाजमा नयाँ निर्मिाण गरिने राजनैतिक काम नै क्रान्तिको अर्को नियम हो । सुधार क्रान्तिपछि बिस्तारै हिँड्ने कानुनी गतिविधि र सङ्केत गर्ने कुरा हो । क्रान्तिविनाको सुधारको प्रेरणा शक्ति हुँदैन । इतिहासको हरेक अवस्थामा क्रान्तिपछि सुधारको बाटो अगाडि बढ्छ । त्यसको चाल क्रान्तिबाट ल्याएको प्रेरणा भएसम्म चालू रहन्छ । अर्को शब्दमा क्रान्तिबाट बनाइएको सामाजिक ढाँचाभित्र मात्रै सुधारले विकास गर्नसक्छ । राजनैतिक सत्ता कब्जा गर्ने बाटो छोडेर कानुनी बाटोमा जानेहरूले आफ्नो उद्देश्यलाई स्वीकार गर्छन् ।”
बर्नष्टिन र उनका संशोधनवादी साथीहरूले भने, “क्रान्तिलाई लामो समयसम्म ठुलो इलाकामा फैलायो भने त्यो क्रान्ति हुन्छ ।” रोजाले संशोधनवादीहरूको त्यो तर्कलाई ‘निराधार, असत्यमात्रै होइन, इतिहासविरोधी कुरा’ भनेर छ्यास्नुभयो ।
वर्नष्टिन र उनका मतियारहरू ‘प्रजातन्त्र’ र वैधानिकतामा जोड दिएर भन्थे, “प्रजातन्त्रको मतपत्रमा निरङ्कुश शासकहरूले टाउकोलाई पनि जनताको अगाडि झुकाउने क्षमता राख्छन् । संसद् विधानसभा या प्रतिनिधिसभामा बहुमत आउनासाथै पुँजीवादीहरूले आफ्नो शासन मजदुरवर्गलाई सुम्पिदिनु पर्नेछ, बिनाहिंसा र रगतले समाजवाद कायम हुन्छ । रोजाले त्यस्ता मूर्खतापूर्ण कुरालाई माकुराको जालोजस्तै पन्छाउँदै भन्नुभयो,“मानव समाजको राजनैतिक विकासमा प्रजातन्त्र एक सानो वस्तु हो । तर, पुँजीवाद एक अर्कोमा आधारित छ भन्नु एकदमै विराम हुन्छ ।” पुँजीवादले सधैँ प्रजातन्त्रको लुगा लगाउँछ भन्ने कुराको कुनै अनिवार्यता छैन । आफूलाई फाइदा हुने देखेमा पुँजीवादले निरङ्कुश राजतन्त्रदेखि लिएर पूर्ण प्रजातान्त्रिक व्यवस्थासम्म अपनाउन सक्छ ।”रोजाको भनाइ फ्रान्समा नेपोलियनको बेला र जर्मनीमा विस्मार्कको बेलासँग पूरै मेल खान्थ्यो । पुँजीपतिवर्ग आफूले बनाएको ऐन–कानुन र संविधानलाई ‘आपत्काल घोषणा’ गरेर फिर्ता लिन्छ, कुकुरले चुहाइसकेको ¥याल फेरि चाटेजस्तो ।
– विश्वका क्रान्तिकारी महिलाहरूबाट