रुस र जर्मनीको बिचमा तथा चेकोस्लोभाकियाको उत्तरमा पोल्यान्ड भन्ने एउटा देश छ । त्यस देशको उत्तरमा बाल्टिक सागर पर्दछ । त्यस देशको पूर्वी सीमामा रहेको जामोस्क सहरमा सन् १८७१ मार्च ५ को दिन एक बालिकाको जन्म भयो ।
बालिकाको नाम रोजा लक्जेम्वर्ग राखियो । रोजा लक्जेम्वर्ग पछि गएर पोल्यान्ड र जर्मनीका मात्रै होइन सर्वहारावर्गका एक अन्तर्राष्ट्रिय नेतृ र अग्रदूत हुनुभयो ।
रोजा जन्मनुभएको बेलामा जामोस्क सहर रुसको कब्जामा थियो । त्यसबेला रुसको राजालाई जार भनिन्थ्यो । राजा जार र रुसी सामन्तहरू रुसी किसान, मजदुर र जनतालाई सा¥है शोषण, अन्याय र अत्याचार गर्थे । तिनीहरू अरु देशमा समेत आक्रमण गरेर ती देशका जनता र मुलुकहरूलाई पनि आफ्नो कब्जामा राख्थे । यसकारण, रुसी आक्रमण र थिचोमिचोको विरोधमा पोल्यान्डलाई कब्जा गरेको थियो ।
रोजा परिवार
रोजाको बुबा काठको व्यापारी हुनुहुन्थ्यो । उहाँको व्यापार र प्रभाव पोल्यान्डदेखि जर्मनीसम्म थियो । रोजाका बुबा शिक्षित हुनुहुन्थ्यो । उहाँले जर्मनीको राजधानी बर्लिन र ब्रोभवर्गमा गएर अध्ययन गर्नुभएको थियो । साहित्य, कला, संस्कृति र राजनीतिमा समेत उहाँ चाख राख्नुहुन्थ्यो । रुसी राजा जार र सामन्तवादको विरोधमा रुसी जनताको सङ्घर्ष र आक्रमण एवम् थिचोमिचोको विरोधमा रुसबाहिर भइरहेको रुसी साम्राज्यवादविरोधी सङ्घर्षप्रति उहाँ सहानुभूति राख्नुहुन्थ्यो ।
रोजाकी आमा पनि पढेलेखेकी महिला हुनुहुन्थ्यो । उहाँ धार्मिक र साहित्यिक किताबहरूमा चाख राख्नुहुन्थ्यो । जर्मनियाली (जर्मन) भाषा र पोनियाली (पोलिस) भाषाका किताबहरू पनि चाख मानेर पढ्नुहुन्थ्यो । तर, रोजा परिवार जातले यहुदी थियो । यहुदी जातिलाई रुस र युरोपमा हेला गरिन्थ्यो । सन् १८७३ तिर रोजा परिवार जामोस्कबाट वार्शामा बसाइ स¥यो । वार्शा पोल्यान्डको राजधानी हो । त्यसबेला रोजा भर्खर तीन वर्षकी हुनुहुन्थ्यो । रोजाका पाँच भाइबहिनी थिए । रोजा सबभन्दा कान्छी हुनुहुन्थ्यो ।
विद्यार्थी जीवन
पाँच वर्षको उमेरमै रोजाको पढाइलेखाइ सुरु भयो । घरको प्रारम्भिक शिक्षामा उहाँले पोलियाली भाषा सिक्नुभयो । पोल्यान्डमा जर्मनी जातिका मानिसहरू पनि भएकाले वार्शामा जर्मनियाली भाषा प्रचलित थियो । रोजाको घरमा पनि जर्मनियाली भाषा बोलिन्थ्यो । रोजाले सानै उमेरमा जर्मनियाली भाषा सिक्न थाल्नुभयो । घरको प्रारम्भिक शिक्षापछि रोजा वार्शाको एक स्कूलमा भर्ना हुनुभयो ।
रोजा सा¥है हिस्सी परेकी, जाँगरिली र सा¥है चलाख (तीक्ष्ण) केटी हुनुहुन्थ्यो । उहाँ आफूभन्दा ठुलाबडाबाट छिट्टै सिक्नुहुन्थ्यो । पढाइलेखाइमात्रै होइन, अरु काममा पनि उहाँ ठुलाबडाको अनुकरण गर्नुहुन्थ्यो । उहाँले घरकै आमाबाबु र दाजुभाइहरूसँग पनि लेखेरै चिठीको जवाफ माग्नुहुन्थ्यो । सानैदेखि उहाँले आफ्नो मनको भावना लेखेर प्रकट गर्न र जर्मनियाली भाषाको किताबलाई पोलियाली भाषामा उल्था गर्न सिक्नुभयो । बिस्तारै लेख्ने बानी बस्दै गयो । उहाँले कविताहरू पनि लेख्न थाल्नुभयो । उहाँको पहिलो कवितालाई स्थानीय बालबालिकाहरूको मासिक पत्रिकाले छापेको थियो ।
असन्तोष र विरोधको बीउ
त्यसबेला आजजस्तो भइसकेको थिएन । साधारण जनताले पढ्न पाउँदैनथे । स्कूलहरूमा रुसी हाकिमहरूको केटाकेटीहरूले बाहेक साधारण जनताका छोराछोरीहरूले पढ्न सा¥है कम मौका पाउँथे । त्यसमा पनि यहुदी जातिलाई अझ गा¥हो पर्दथ्यो । विद्यार्थीहरूमा असन्तोष थियो र स्कूलका अधिकारीहरूप्रति विरोधको भावना राख्थे । रोजा पनि विद्यार्थीहरूको त्यस सङ्घर्ष र विद्रोहमा खुब चाख राख्नुहुन्थ्यो । रोजा पढ्नलेख्नमा सा¥है तीक्ष्ण हुनुहुन्थ्यो र उहाँले स्वर्ण पदक पाउनुभएको थियो । तर, अधिकारीहरूप्रति विरोधी भावना राख्ने भएकोले उहाँलाई स्वर्ण पदक दिइएन । सन् १८८७ मा अर्थात् १६ वर्षको उमेरमा उहाँले माध्यमिक स्कूल पूरा गर्नुभयो । हाइस्कूलदेखि नै उहाँको मनमा पक्षपात र थिचोमिचोविरोधी भावना उठिसकेको थियो ।
रुस र पोल्यान्डको राजनैतिक स्थिति
सन् १८६९ मा रुसी जारहरूको विरोधमा पोल्यान्डका जनताले विद्रोह गरे । त्यस विद्रोहले गर्दा जारतन्त्रले किसानहरूलाई बाध्य भएर मोहियानी हक दिनुप¥यो । तर, मोहियानी हक दिँदैमा व्यापक जनताको गरिबी हट्ने थिएन । सामन्ती र साम्राज्यवादी शोषणले जनता चुसिँदै थिए । जनता निरङ्कुश राजतन्त्र र सामन्तवादलाई फ्याँक्न चाहन्थे । युवाहरूमा क्रान्तिकारी भावना फैलिदै थियो र ठाउँठाउँमा गुप्त सङ्गठनहरू बन्न थालेको थियो ।
रुसका शिक्षक, डाक्टर, लेखक तथा बुद्धिजीवी समुदायले किसानहरूलाई जारको विरोधमा उठाउन चाहन्थे । सन् १८७४ तिर सहरमा बस्ने सयौँ युवाहरूले किसानहरूबिच सङ्गठन गर्न थाले । तिनीहरू आफूलाई नरोदनिक अर्थात् ‘जनता’ भन्थे । नरोदनिकहरू किसानहरूलाई उठाउन सफल भएनन् । धनी किसान र जमिनदारले तिनीहरूलाई पुलिसको हातमा सुम्पिदिन्थे । किसानहरूलाई उठाउने योजना असफल भएपछि तिनीहरूले राजा जारलाई मारेपछि माथिल्ला शासकहरू डराउनेछन् र सत्ता कब्जा गर्न सजिलो हुनेछ भन्ने तिनीहरूले सोचेका थिए । यसकारण, तिनीहरूले ‘नरोदनाया बोल्या’ (जनताको इच्छा) भन्ने एक सानो गुप्त सङ्गठन बनाए । अलेक्जेन्डर जेल्याबोभ (Alexander Zhelyabov) र सोफिया पेरोभ्स्काया (Sofia Perovskaya) त्यसका नेताहरू थिए । १ मार्च १८८१ को दिन नरोदनाया बोल्याले राजा जार अलेक्जेन्डर दोस्रोको हत्या गरे । त्यसको ठाउँमा जार अलेक्जेन्डर तेस्रो राजा भए । धेरै नरोदनिकहरू पक्राउ परे । दमन र अत्याचार घट्नुको सट्टा झन् बढ्यो । नरोद्निकहरू बहादुर र क्रान्तिकारी थिए । सन् १८८७ मार्चमा नरोदनाया बोल्याले राजा जार अलेक्जेन्डर तेस्रोलाई पनि मार्ने कोसिस गरे । लेनिनका दाजु पनि सदस्य थिए । उनीमाथि राजालाई मार्ने षड्यन्त्र गरेकोमा फाँसीको मुद्दा लाग्यो र ज्यान सजाय भयो ।
त्यसबेला रुसमा प्लेखानोभ नामका एक समाजवादी नेता थिए । सन् १८८३ मा उनले अरु साथीहरूसँग मिलेर स्वीजरल्यान्डको प्रमुख सहर जेनेभामा पहिलो रुसी माक्र्सवादी सङ्गठन स्थापना गरेका थिए । त्यस सङ्गठनले समाजवादको स्थापनाबाट मात्रै मजदुर र कामदार जनताको समस्या सुल्झिन्छ भनेर प्रचार ग¥यो । त्यस सिद्धान्तअनुसार रुसको कलकारखानाहरूमा स–साना सङ्गठनहरू बन्न लागेका थिए । लेनिन पनि त्यस सङ्गठनको सदस्य हुनुहुन्थ्यो ।
रुसी जार साम्राज्यवादले पोल्यान्डमा पनि कलकारखाना बढाउँदै पुँजीवादको विकास गर्दै थियो । मजदुरहरूलाई दिनको १५–१६ घण्टासम्म काम गराउँथ्यो । तर, ज्याला भने सा¥है कम दिइन्थ्यो । मजदुरहरूलाई स–साना कुरामा पनि मारपिट गरिन्थ्यो र कोर्राको भरमा काम लिइन्थ्यो । मजदुरहरूलाई बस्ने राम्रो प्रबन्ध थिएन । बेलायत, फ्रान्स र जर्मनीमा ठुल्ठुला मजदुर आन्दोलनहरू भइसकेका थिए । रुसमा पनि माक्र्सवादी मजदुर सङ्गठन सुरु भइसकेको थियो । यसकारण, पोल्यान्डका युवाहरूको ध्यान पनि माक्र्सवाद र मजदुर वर्गमा गयो ।
पोल्यान्डमा मजदुर आन्दोलन
बेलायत, फ्रान्स र जर्मनीको मजदुर आन्दोलनबाट प्रेरणा पाएर लुडविग वारिस्कीले पोल्यान्डमा पनि मजदुरहरूको सङ्गठन सुरु गरे । वारिस्कीले आफ्ना साथीहरूसँग मजदुर सङ्गठनहरूमा समाजवादी विचारको प्रचार गर्न थाले । सन् १८७७ मा त्यस सङ्गठनले मजदुरहरूको हडताल ग¥यो । सरकारले त्यस सङ्गठनलाई जरैदेखि उखेल्ने विचार गरेर एकै वर्षभित्र १२० भन्दा बढी सदस्यहरूलाई पक्राउ ग¥यो । मुद्दा चलाएर तिनीहरूलाई ठुल्ठुला सजाय दिइयो । दमनले सही र युग सुहाउँदो विचार डब्दैनथ्यो । सरकारको अत्याचारले सङ्गठनका कार्यकर्ताहरूलाई झन् सतर्क र खप्पिस बनायो । आखिर सन् १८८२ मा ‘सर्वहारा मजदुर’ भन्ने एक क्रान्तिकारी पार्टी स्थापना भयो ।
पोल्यान्डमा महिला मजदुरहरूलाई कलकारखानामा भर्ना गरिँदा नाङलो राखेर जाच्ने नियम थियो । महिलाहरूको बेइज्जतीलाई सर्वहारा मजदुर पार्टीले विरोध ग¥यो र त्यस नियमको विरोधमा हडतालको आह्वान ग¥यो । त्यस हडतालमा ६ हजार मजदुरले भाग लिए । सरकारले हडताललाई सा¥है निर्दयतापूर्वंक दबायो तर पनि मजदुरहरूको माग पूरा गर्न बाध्य भयो र महिला मजदुरहरूलाई नाङ्गो राखेर जाच्ने नियम खारेज भयो । यसप्रकार ‘सर्वहारा मजदुर पार्टी’ ले आफ्नो स्थापनाकालदेखि नै सरकारी अत्याचार र पुलिससँग भिडन्त गर्दै अगाडि बढ्यो । सरकारी अत्याचारले मजदुर आन्दोलन दुबेन । बरु मजदुर नेताहरूको त्याग, सक्रियता र सङ्गठन गर्ने योजनाले गर्दा मजदुर आन्दोलन सशक्त ढङ्गले अगाडि बढ्यो ।
सन् १८८५ सम्ममा त्यस सङ्गठनका ४ जवान सदस्यहरू झु्ण्ड्याएर मारिए, २११ जवान सदस्यले देश निकालाको सजाय पाए र २३ जना सदस्यले धेरै वर्षको कारावासको सजाय पाए । सङ्गठनका नेता लुडविग वारिस्की पनि पक्राउमा परे र उनलाई पनि ज्यान सजाय हुने भयो । तर, उनले अदालतमा बहसको सिलसिलामा सा¥है तर्कपूर्ण र जीउँदो बयान दिए । उनको तर्कपूर्ण बयानले अन्याय र अत्याचारको जगमा अडेको त्यो न्यायालयका न्यायाधीशहरूको नैतिक साहस नै एक हात तल झ¥यो । विवेक र न्यायको नैतिकता पुँजीवादी न्याय व्यवस्थामा बत्ती बालेर खोज्नुपर्ने हुन्छ । यसकारण, लुडविग वारिस्कीलाई १६ वर्षको जेल सजाय दिइयो । उनी जेलमै सहिद भए ।
साम्राज्यवादी रुसी सरकारले पोल्यान्डका जनताको क्रान्तिलाई दबाउन र सर्वहारा मजदुर पार्टीलाई निर्मूल गर्न अनेक उपाय ग¥यो । बिहानको सूर्यसमान उक्त पार्टीलाई दबाउन असफल भयो । पोल्यान्डका सयौँ नेता र कार्यकर्ताहरू मारिए, थुनिए र देश निकाला गरिए तर पोल्यान्डका जनता डबेनन् र क्रान्तिको ज्वाला निभेन । मार्टिन कैस्पूर्जाक भन्ने एक मजदुर सदस्यले पार्टीको झन्डालाई माथि उचाल्दै अगाडि बढे ।
राजा पार्टीमा सामेल
जहाँ दमन हुन्छ त्यहाँ विद्रोह हुन्छ । रुसी साम्राज्यवादले पोल्यान्डका जनतालाई जति दुबाउँदै गयो उति नै त्यहाँका जनतामा देशभक्तिको भावना जाग्दै गयो । परतन्त्रता, गरिबी र असमानताको एकमात्र औषधि समाजवादी क्रान्ति हो भन्ने भावना प्रचार हुँदै गयो । क्रान्तिकारीहरू १६–१७ वर्षकी किशोरी रोजाकहाँ पुगे । रोजाले क्रान्ति र समाजवादी सिद्धान्तको अध्ययन गर्नुभयो । रातदिन क्रान्ति र समाजवादबारे सोच्न थाल्नुभयो । उहाँले जीवनमा नयाँ ज्योति देख्नुभयो, त्यो हो सर्वहारा मजदुर पार्टी । धेरै सोच विचार र अध्ययनपछि क्रान्ति गर्ने अठोट गर्नुभयो । उहाँ पार्टीमा सामेल हुनुभयो ।
पार्टीमा सामेल भइसकेपछि रोजाले माक्र्स र एङ्गेल्सका रचनाहरू अध्ययन गर्नुभयो । अध्ययन जति गहिरिँदै गयो उति नै क्रान्तिप्रतिको विश्वास बढ्दै गयो । उहाँले सङ्गठनको गतिविधिलाई तीव्रता दिँदै जानुभयो । गतिविधि बढ्दै गएपछि सुराकी वा गुप्ति पुलिसको आँखा रोजामाथि पनि पर्न थाल्यो पार्टी रोजाजस्तो प्रतिभावान् र सक्रिय कार्यकर्तालाई गिरफ्तार गराउन चाहँदैनथ्यो । यसकारण, पार्टीले रोजालाई लुकीछिपी काम गर्ने निर्देशन दियो । रोजाले अब भूमिगतरूपमा काम गर्न थाल्नुभयो ।
रोजा विदेशमा
सन् १८८९ को वर्ष थियो । रोजा भर्खर १८ वर्षकी किशोरी हुनुहुन्थ्यो । पुलिसको गतिविधि चर्को हुँदै गयो । यसकारण, पार्टी रोजालाई बचाउन विदेशमा पठाउन चाहन्थ्यो तर पासपोर्ट (राहदानी) बिना विदेश जान सा¥है गा¥हो कुरो थियो । मजदुर नेता मार्टिन कैस्पूर्जाक उहाँलाई स्वीजरल्यान्डको जुरिचमा पठाउन चाहन्थे । यसकारण, रोजा गुप्तरूपले पोल्यान्ड र जर्मनीको सीमाको एक गाउँमा पु¥याइनुभयो । त्यस ठाउँमा क्रिश्चियन धर्मको एक पादरी रहन्थ्यो । पार्टीका एक साथीले पादरीसँग भेटे । उनले रोजा यहुदी हुन् र क्रिश्चियन हुन चाहनुहुन्छ तर, उहाँका आमाबाबु धर्ममा कट्टर भएको बताए । रोजाले पनि आफूले धर्म परिवर्तन गर्न चाहेको तर परिवारले साथ नदिएको भनी दुःख मनाउ गर्नुभयो । पादरीले रोजाप्रति विश्वास गर्दै सहयोग गर्ने बाचा ग¥यो ।
पादरीहरू धर्मका प्रचारकहरू मात्रै होइनन् जासुसी, काला व्यापारी, राजनैतिक दूत र सल्लाहकारको काम पनि गर्छन् । यसकारण, तिनीहरू लुकीचोरीको काममा पनि खप्पिस हुन्छन् । उक्त पादरीले रोजालाई गाडाको तल लुकाएर सीमापारि पु¥याइदिने बन्दोबस्त गरिदियो । रुसी साम्राज्यवादी पुलिसको आँखा छलेर रोजा भएको गाडाले सीमा पार ग¥यो । क्रान्तिको निम्ति रोजा जुरिचमा पुग्नुभयो । त्यसबेला जुरिच रुस र पोल्यान्डका देशभक्तहरूको केन्द्र थियो । रोजाले आफ्नो जीवनलाई पूर्णरूपले क्रान्तिको निम्ति अर्पण गर्नुभयो । यो उहाँको जीवनको महत्वपूर्ण समय थियो ।
समाजवादविरोधी ऐनमार्फत जर्मनीबाट निकाला
जुरिचको चिया पसलहरूमा बसेका युवा, विद्यार्थी र राजनैतिक कार्यकर्ताहरू क्रान्तिको विषयमा चर्काचर्का बहस र छलफल गर्थे । तर, ती सबै चियागफमै सीमित हुन्थे । रोजा आफूलाई यस्ता पसले बहस र छलफलमा मात्रै अल्झाई राख्न चाहनुहुन्थ्यो । उहाँ आफ्नो सारा शक्तिलाई राजनीतिक गतिविधि र क्रान्तिमा लाग्न चाहनुहुन्थ्यो । त्यसैबेला रोजाको परिचय एक नाउँ चलेको समाजवादी लेखक लुवेक (Karl Lubeck) सँग भयो । लुवेक शारीरिकरूपले अस्वस्थ हुँदै गएका थिए । लुवेक लेखहरू लेखेरै आफ्नो जीविका चलाउँथे । रोजा उनकै घरमा डेरा लिएर बस्नुभयो र जर्मनीका मजदुरहरूको किताब र लेखहरूबाट लुवेकलाई सहयोग गर्न थाल्नुभयो । लुवेकको नाउँबाट छापिएको लेखमा पैसा पनि राम्रो पाउने भएकोले रोजाले पनि लुवेककै नाउँबाट लेखहरू छपाएर जीविका चलाउन थाल्नुभयो ।
प्राध्यापकसँग छलफल
रोजा भर्खर १८–१९ वर्षकी हुनुहुन्थ्यो । क्रान्तिको निम्ति सांस्कृतिक स्तरलाई अझै उठाउन आवश्यकता थियो । यसकारण, रोजाले जुरिच विश्वविद्यालयमा राजनीतिशास्त्र अध्ययन गर्न थाल्नुभयो । रोजा अध्ययन गर्ने कलेजमा राजनीतिशास्त्रका प्राध्यापक जुलियस थिए । तर, उनको दृष्टिकोण पुँजीवादी थियो । यसकारण, रोजाले कक्षामै प्राध्यापकको पुँजीवादी दृष्टिकोणलाई खण्डन गर्नुहुन्थ्यो । प्राध्यापकलाई आच्छुआच्छु पारिदिनुहुन्थ्यो । कक्षामा वादविवाद छेडे पनि प्राध्यापक भने रोजामाथि सहानुभूति राख्थे, किनभने रोजाको मेहनत र जानकारीसँग उनी परिचित थिए । रोजा ठुलाबडा नामी विद्वान र उसको विचारलाई गहिरोसँग बुझ्न चाहनुहुन्थ्यो । तथापि ठुलाबडाको अगाडि लत्रिने र विचारै नगरी पछि लाग्ने स्वभाव रोजामा थिएन ।
रोजा राजनीति र क्रान्तिलाई सहयोग पु¥याउन विश्वविद्यालयमा भर्ना हुनुभएको थियो । उहाँको ध्यान विश्वविद्यालयको कक्षामा भन्दा मजदुर आन्दोलनमा थियो । त्यसबेला जुरिचमा रुस, पोल्यान्ड र अरु देशका माक्र्सवादीहरूको खुब आवतजावत हुन्थ्यो । रोजा तिनीहरूसँग सिद्धान्त र राजनीतिबारे छलफल गर्नुहुन्थ्यो र आफ्नो राजनैतिक दृष्टिकोणलाई गहिरो र व्यापक बनाउनुहुन्थ्यो । त्यसबेला रुसी माक्र्सवादी ज्योर्ली भालोन्टिनोविच प्लेखानोभ, भेरा जासुलिच र एरोड त्यहाँ सक्रिय थिए । भेरा जासुलिच रुसी महिला माक्र्सवादी थिइन्, सारा युरोपका क्रान्तिकारीहरूमाझ उनी चर्चित थिइन् ।
रोजाले विश्वविद्यालयको अध्ययन, राजनैतिक छलफल र जनकारी तथा मजदुर आन्दोलनमा मात्रै आफूलाई सीमित राख्नुहुन्थ्यो । समय पाउनासाथै उहाँ भौतिक विज्ञान र जीव विज्ञानबारे पनि अध्ययन गर्नुहुन्थ्यो । बिरुवा र पशुपंछीको अध्ययनमा उहाँ सा¥है चाख राख्नुहुन्थ्यो । त्यसबेला आडम स्मिथ र रिकार्डो पुँजीवादी अर्थशास्त्रका अग्रदूतहरू मानिन्थे । रोजाले ती बेलायती पुँजीवादी अर्थशास्त्रीहरूका रचनाहरू पढ्न थाल्नुभयो र पुँजीवादको जरोसम्म पुग्नुभयो । त्यसपछि माक्र्स र एङ्गेल्सका रचनाहरूलाई अझ गम्भीररूपले अध्ययन गर्नुभयो । पुँजीवादी अर्थशास्त्रको ज्ञानले पुँजीवादी अर्थतन्त्रबारे माक्र्स र एङ्गेल्सको आलोचनात्मक दृष्टिकोण बुझ्न सजिलो बनाइदियो । यसरी रोजा एक सचेत र गम्भीर माक्र्सवादी बन्दै जानुभयो ।
– विश्वका क्रान्तिकारी महिलाहरूबाट