सन् १९१७ को अक्टोबर क्रान्तिपछि सोभियत सङ्घको स्थापना भयो । लगत्तै दर्जनौँ देशले रूसमाथि आक्रमण गरे । अर्थतन्त्र जर्जर भयो । अर्थतन्त्र उठाउन सन् १९२५–२६ मा सोभियत कम्युनिस्ट पार्टी (बोल्शेभिक) ले समाजवाद निर्माणको कार्यक्रम अगाडि सार्यो । यो कार्यक्रम लागु भएपछि कृषि अर्थतन्त्र युद्धभन्दा पहिलेको स्थितिमा पुग्यो । कृषि उत्पादनमा १०३ प्रतिशत वृद्धि भयो । औद्योगिक उत्पादन पनि युद्धभन्दा पहिलेको स्थितिमा पुग्यो । तर, युद्धभन्दा पहिलेको अर्थतन्त्र पुनःस्थापना गरेर मात्र पिछडिएको र गरिबीबाट पीडित देशले समाजवादको निर्माण गर्न सम्भव थिएन ।
रूसजस्तो एकै देशमा पनि समाजवाद निर्माण गर्न सकिन्छ भन्ने लेनिनको ठम्याइ थियो । राज्यसत्ता कब्जा गरिसकेपछि देशको आर्थिक जीवन नै महत्वपूर्ण हुन्छ । आधुनिक र अगाडि बढेको प्रविधिको आधारमा देशको अर्थतन्त्रलाई प्राथमिकता दिने, समाजवादी उद्योगको निर्माणबाट कृषिलाई प्राविधिकरूपले व्यवस्थित गर्ने लेनिनको योजना थियो । किसानहरूलाई सहकारी संस्थाहरूमा सङ्गठित गर्ने र पिछडिएका स–साना निजी खेतीलाई ठुला सामूहिक समाजवादी खेतीमा बदल्ने, देशलाई आर्थिक सुरक्षा प्रदान गर्ने, सुरक्षित र बलियो देश निर्माण गरी सोभियत सङ्घलाई सारा संसारको समाजवादी सङ्घर्षको आधार बनाउने योजना लेनिनको थियो ।
समाजवाद निर्माणबारे लेनिनको यही योजना र निर्देशनलाई स्तालिनले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल बनाउनुपर्ने बताउनुभयो । घरेलु परिस्थितिलाई अनुकूल बनाउनुको अर्थ भूमि, कलकारखाना, मिल, बैङ्क, यातायातका साधनलगायत उत्पादनका साधन र सेवालाई मजदुर र किसानको वर्गीय एकताबाटै राष्ट्रियकरण गरी पुँजीवादलाई आर्थिकरूपले उल्टाउनु हो ।
अन्तर्राष्ट्रिय परिस्थितिलाई अनुकूल बनाउनुको अर्थ पुँजीवादी देशहरूबाट चारैतिर घेरिएको सोभियत सङ्घलाई विजयसम्म पु¥याउन पुँजीवादी हस्तक्षेपको खतरालाई पराजित गरी अन्तर्राष्ट्रिय सर्वहारा क्रान्ति अघि बढाई केही देशमा समाजवादलाई विजयी बनाउनु हो । आर्थिक र प्राविधिक पछौटेपनको ठाउँमा समाजवादको निर्माणको निम्ति औद्योगिक आधार र राष्ट्रिय अर्थतन्त्रलाई समाजवादी नीतिमा डो¥याउनुपर्ने स्तालिनले बताउनुभयो ।
सन् १९२५ को मे महिनामा स्तालिनले लेनिनवादी नीतिलाई स्पष्ट पार्दै उहाँले समाजवाद निर्माणको निम्ति साढे १ देखि २ करोड औद्योगिक मजदुर, मुख्य मुख्य रूसी प्रदेशमा विद्युतीकरण, सहकारीको आधारमा कृषिको सङ्गठन र अति विकसित धातु उद्योगको आवश्यकता पर्ने औँल्याउनुभयो । यस्तो घरेलु स्थितिले अन्तर्राष्ट्रिय स्थितिलाई पनि अनुकूल बनाउँथ्यो ।
उद्योगमा हातहतियार उत्पादन, रेलमार्ग, मालवाहक गाडी र ट्याक्टर आदिबाट यातायातको विकास, खेती र सेनाको निम्ति घोडापालनमा जोड तथा सारा जनताको सैनिक तालिममा ध्यान दिइयो ।
सन् १९२५ डिसेम्बरमा भएको बोल्शेभिक पार्टीको १४ औँ महाधिवेशनले रूसलाई कृषिप्रधान देशबाट औद्योगिक देशमा रूपान्तर गर्ने निर्णय ग¥यो । त्यो पुँजीवादी विश्व अर्थतन्त्रको पिछलग्गू बनेको रूसलाई स्वतन्त्र औद्योगिक अर्थतन्त्रमा पु¥याउने अठोट थियो ।
समाजवादी औद्योगीकरणको निम्ति पुराना कारखाना र उद्योगलाई पुनः सञ्चालनमा ल्याउने, नयाँ–नयाँ यन्त्र जडान गरेर स–साना उद्योगको विकास गर्ने तथा ठुला उद्योगका विविध शाखालाई अगाडि बढाउने काम भयो । उपकरण, मोटर, रसायन, विमान र नयाँ रक्षा उद्योगको विकास गरियो । जारशाही रूसमा यस्ता उद्योग थिएनन् ।
पुरानो पुँजीवादी व्यवस्थामा उपनिवेशहरूको शोषण र लुट, लडाइँमा विजय प्राप्त गरी असुल गरिने क्षतिपूर्ति, विदेशी ऋण र मजदुर–किसानको शोषणबाट औद्योगिक विकास गरिन्थ्यो । सोभियत सङ्घको औद्योगीकरणलाई ‘बहुमत कामदार जनताको प्रभावशाली अर्थतन्त्रको निम्ति सङ्घर्ष गर’ भन्ने नाराबाट अघि बढाइयो । आन्तरिक आम्दानी र बचत, राष्ट्रियकरण गरिएका उद्योग, राजकीय व्यापार, ऋण र बचत, बैङ्कमा जोड दिइयो । अनुत्पादक सरकारी खर्चमा कटौती गरियो ।
सन् १९२६ मा अन्नको मूल्य तल झर्यो; व्यापारमा धेरै वृद्धि भयो; उद्योगमा ५० प्रतिशत वृद्धि भयो । सन् १९२४ मा युद्धभन्दा पहिलेको तुलनामा आधा मात्र धातु उद्योग बाँकी थिए । त्यहाँबाट सुरु गरेर २ वर्षभित्रै धातु उद्योगले फड्को मा¥यो ।
पुरानो योजनालाई व्यवस्थित गर्न र नयाँ निर्माणको निम्ति पहिलो वर्षमा साढे ३८ करोड रुबल लगानी गरिएकोमा सन् १९२६ मा ८१ करोड १० लाख रुबल लगानी गरियो । सन् १९२५ मा इस्पात कारखाना, तामा उद्योग र संसारको सबैभन्दा ठुलो कोइलाको विद्युत् आयोजना स्थापना गरियो । सन् १९२६ को मजदुर दिवसमा तासकन्ट (Taskant) र इरेभान (Erevan) मा गरी २ ओटा जलविद्युत् आयोजना सुरु गरियो । सन् १९२६ जुलाइमा पहिलो विद्युतीय रेलले बाकुको तेल खानीलाई ट्याक्टर कारखानासँग जोडिदियो ।
सन् १९१८ मा लेनिनले सारा रूसको विद्युतीकरण गर्ने कल्पना गर्नुभएको थियो । सोहीअनुसार सुरु भएको भोल्खोब (Volkhob) जलविद्युत् आयोजना सन् १९२६ डिसेम्बरमा चालु भयो । त्यो वर्ष सुख्खा क्षेत्रलाई नयाँ रेलमार्गले जोड्यो, नयाँ कल–कारखाना, उद्योगधन्दा, खानी, विद्युत् केन्द्र र रेलका बाटाहरू खुले । राष्ट्रिय अर्थतन्त्रमा उद्योगको उत्पादन ४२ प्रतिशत पुग्यो । त्यो वृद्धि अघिल्लो सालको भन्दा १८ प्रतिशत बढी थियो । त्यो वृद्धिदर त्यसबेला सबभन्दा अगाडि बढेका पुँजीवादी देशहरूको भन्दा कता हो कता उच्च थियो । त्यसै वर्ष उद्योगहरूमा मजदुरहरूको कार्यदिन ७ घण्टामा झारियो ।
सोभियत सङ्घका रूसी भाषा नबोलिने गणराज्यहरूमा पनि औद्योगीकरण थालियो; कृषिलाई आत्मनिर्भर बनाइयो र सांस्कृतिक स्तरमा ध्यान दिइयो । सन् १९२६–१९२७ मा २ करोड विद्यालय स्थापना भए । एउटा पनि प्राविधिक विद्यालय नभएका गणराज्यमा ४ उच्च शिक्षालय र ३० प्राविधिक शिक्षालयहरू स्थापना गरिए । पछि परेका भेगमा त्यहीँकै मातृभाषाका पाठ्यपुस्तकबाट अध्यापन सुरु भयो ।
सन् १९२५–२७ सम्ममा मध्य एसियाका गणराज्यहरूमा भूमि व्यवस्था र जलस्रोतको उपयोग गरी १ लाख किसान परिवारलाई सामन्ती सम्बन्धबाट मुक्त गराइयो । तिनलाई ३ लाख हेक्टर भूमिमा कपास उत्पादन गर्न दिएर कपडा मिलहरू चलाइयो ।
पहिलो पञ्चवर्षीय योजना
संसारमा पहिलोपटक सोभियत सङ्घमा योजनाबद्ध आर्थिक विकास गर्न पञ्चवर्षीय योजना लागु भयो । सन् १९२८–१९३३ सम्म ६४ अर्ब ६० करोड रुबल पुँजी लगाउने निर्णय भयो । यसलाई निम्नानुसार विभाजन गरिएको थियो –
१) उद्योग र विद्युत्मा – १९ अर्ब ५० करोड रुबल
२) यातायातमा – १० अर्ब रुबल
३) कृषिमा – २३ अर्ब २० करोड रुबल
देशभर विशालकाय औद्योगिक निर्माण सुरु भयो । सन् १९२७ मा थालेको Dniper जलविद्युत् केन्द्र चालु भयो । ५० मिटर लामो र ६० मिटर अग्लो अत्यन्त ठुलो बाँध बनाएर पूरै नदीमा जहाज चलाउन सकिने बनाइयो । ठुलठुला झरनालाई बिजुलीमा परिणत गरियो । देशको चारैतिर कच्चा फलाम खानी उत्खनन क्षेत्र, रेल कारखाना, नयाँ इस्पात उद्योग एवम् रासायनिक कारखानाहरू स्थापित भयो । करोडौँ मजदुर ‘इज्जत, गौरव, साहस र वीरताको विजय’ को नाराका साथ मानव इतिहासमा पहिले कहिल्यै नभएको औद्यागिक निर्माणको सङ्घर्षमा जुटे ।
पछि परेको र धनी किसानको नियन्त्रणमा रहेको कृषि प्रणालीलाई जवाफ दिनु थियो । स–साना टुक्रामा छरिएका खेतखलियानमा नयाँ–नयाँ ट्याक्टर र यन्त्र प्रयोग गर्न गा¥हो हुने भएकोले ठुलठुला आकारका खेतमा सामूहिक खेती र राजकीय खेतीमा जोड दिइयो । सन् १९२८ मा १३ लाख ९० हजार हेक्टर र सन् १९२९ मा ४२ लाख ६२ हजार हेक्टर जमिनमा सामूहिक खेती गरियो । त्यो वर्ष राजकीय खेती र सामूहिक खेतीबाट ६४ लाख टन खाद्यान्न उत्पादन भयो । त्यसमध्ये २० लाख ८० हजार टन खाद्यान्न बजारमा लगियो । यस्तो प्रगतिले गर्दा अन्य गणराज्य र प्रदेशका मध्यम किसानहरू पनि सामूहिक खेतीप्रति आकर्षित भए । त्यो वर्षको ठुलो परिवर्तन र उपलब्धि त्यही थियो ।
कृषिमा समाजवादी पुनःगठन गर्नु गा¥हो काम थियो । सन् १९२९ मा निजी खेती गर्ने २५ करोड किसानमध्ये ३५ प्रतिशत गरिब किसान, ६० प्रतिशत मध्यम किसान र ४–६ प्रतिशत धनी किसान थिए । गरिब किसानहरू युद्धअघिको अवस्थाभन्दा आधा घटे । तर, साना निजी खेती नै बढी हुनाले गाउँले भेगमा पुँजीवादलाई उन्मूलन गर्न सकिएको थिएन । यसकारण, धनी किसानलाई नियन्त्रण र उन्मूलन गर्ने नीतिअनुसार करको दर बढाइयो । राज्यलाई तोकेको मूल्यमा खाद्यान्न बेच्नुपर्ने, तिनीहरूको खेतमा सीमाङ्कन गर्ने, ज्यामी लगाउन नपाउने जस्ता ऐन बनाइयो । सन् १९२९ को अन्त्यतिर सामूहिक खेती र राजकीय खेतीको वृद्धिले धनी किसानहरूलाई कडीकडाउ गर्ने नीति छोडियो ।
सन् १९३१ सम्ममा ठुलो सङ्ख्यामा ट्याक्टरको उत्पादन भयो । राजकीय र सामूहिक खेतीको सङ्ख्या अत्यन्त बढ्यो । कुनै भेगमा सन् १९३२ मा सामूहिक खेती सुरु भयो भने केही क्षेत्र सन् १९३३ अर्थात् पहिलो पञ्चवर्षीय योजनाको अन्त्यतिर मात्रै सामूहिक खेतीमा सामेल भए ।
सन् १९३० मा रूसको इतिहासमा पहिलोचोटि औद्योगिक उत्पादन आधाभन्दा बढी पुग्यो र कृषि उत्पादन त्यसको दाँजोमा कम देखियो । त्यसै अवधिमा ४०–५० प्रतिशत किसान सामूहिक खेतीमा सामेल भए । त्यसबेला सामूहिक खेतीको क्षेत्रफल ३ करोड ६० लाख हेक्टर थियो । ३ वर्षमा ४० गुणाले उत्पादनमा वृद्धि भयो ।
सन् १९३१ फेब्रुअरीमा स्तालिनले भन्नुभयो, “अगाडि बढेका देशहरूभन्दा हामी ५० देखि १०० वर्ष पछाडि छौँ, त्यो दूरीलाई हामीले १० वर्षमा घटाउनुपर्छ, नत्र तिनीहरूले हामीलाई समाप्त पार्नेछन् ।”
उहाँले भन्नुभयो, “बोल्शेभिकहरूले हत्याउन नसक्ने कुनै किल्ला छैन । खास गरेर पहिलो पञ्चवर्षीय योजनामा भारी उद्योग र मेसिन निर्माण उद्योग तथा अत्याधुनिक उपकरण र उत्पादन प्रविधिमा जोड दिइयो ।”
पहिलो पञ्चवर्षीय योजनाको अवधिमा ८० देखि ९० प्रतिशत किसान सामूहिक खेतीमा सामेल भए । फलाम र इस्पात उत्पादन गर्ने ५ वर्षको लक्ष्य ३ वर्षमा पूरा भयो । मोटर, ट्याक्टर, बाली काट्ने यन्त्र, भूमिगत रेलको बाटो आदिमा प्रगति भयो । छोटकरीमा, युद्धभन्दा पहिलेको तुलनामा औद्योगिक उत्पादन ८ गुणा बढ्यो ।
दोस्रो पञ्चवर्षीय योजना
सन् १९३७ को आधाआधीसम्म पुँजीवादी देशका उद्योगहरू सन् १९२९ को तुलनामा ९५–९६ प्रतिशतमा झरे भने त्यही अवधिमा सोभियत सङ्घमा उद्योगको सङ्ख्या ४२८ प्रतिशत बढ्यो ।
सन् १९३७ अप्रिल १ मा अर्थात् ४ वर्ष ३ महिनामा दोस्रो पञ्चवर्षीय योजनाले आफ्नो उद्देश्य पूरा ग¥यो । औद्योगिक उत्पादनमा पहिलो पञ्चवर्षीय योजनापछि नै सोभियत सङ्घले फ्रान्सलाई उछिनेको थियो । दोस्रो पञ्चवर्षीय योजनापछि उसले बेलायत र जर्मनीलाई पनि उछिन्यो । अब संरा अमेरिका मात्रै बाँकी रह्यो अर्थात् सोभियत सङ्घ औद्योगिक उत्पादनमा संसारमै दोस्रो भयो ।
भारी उद्योग, कोइला, पेट्रोल उत्पादन, मेसिन निर्माण र रक्षा उद्योगहरूको विकास शत्रुको पहुँचभन्दा टाढा पूर्वी सोभियत क्षेत्रमा गरिएको थियो । पहिलो योजनाको अन्त्यसम्म सन् १९१३ को जारकालीन रूसको तुलनामा मेसिनरी उत्पादन ३ गुणा बढ्यो । तर पनि यो उत्पादन बेलायतको तुलनामा १० भागको १ भाग, जर्मनीको तुलनामा ८ भागको १ भाग र संरा अमेरिकाको तुलनामा २३ भागको १ भागमात्र थियो । दोस्रो योजनाभित्र सोभियत सङ्घले अमेरिकाको भन्दा दोब्बर मेसिनरी सामान उत्पादन ग¥यो ।
विद्युत् उत्पादनमा सोभियत सङ्घ युरोपेली देशहरूमा १५ औँ स्थानबाट दोस्रोमा पुग्यो र संसारभरिका देशमध्ये तेस्रोमा पुग्यो । ट्याक्टर उत्पादनमा युरोपमा पहिलो र बाली काट्ने यन्त्रमा संसारमा पहिलो बन्यो । त्यस्तै, रेलको इन्जिन निर्माणमा सन् १९१३ को तुलनामा ४ गुणा र मोटर उत्पादनमा ८ गुणा वृद्धि गर्यो । ‘स्तालिन योजना’ नामको उद्योगले सन् १९३२ मा दिनको ५० ओटा मोटर उत्पादन गथ्र्याे । सन् १९३७ मा त्यस उद्योगले दिनको २०५ ओटा मोटर उत्पादन गयो । त्यही अनुसार रूसी सहरहरूमा मोटर, बस र ट्रलिबसको सङ्ख्या बढ्दै गयो ।
सन् १९३७ सम्ममा सोभियत सङ्घ संसारको सबभन्दा एकीकृत कृषि उत्पादक देशमा फेरियो । सन् १९१३ मा १० करोड ५ लाख हेक्टरमा खेती हुन्थ्यो भने सन् १९३७ मा १३ करोड ५० लाख हेक्टरमा खेती भयो । त्यसबेला जमिनदार, धनी किसान र साना किसानहरूले गर्ने खाद्यान्न उत्पादन ६५ लाख टन थियो भने सन् १९३७ मा २ करोड ७३ लाख टन खाद्यान्न उत्पादन भयो । सन् १९३७ सम्ममा १ करोड ८५ लाख किसान परिवार अर्थात् ९३ प्रतिशत खेती सामूहिक खेतीमा समाहित भए । ९९ प्रतिशत खाद्यान्न सामूहिक खेतीबाट उत्पादन भयो ।
तेस्रो पञ्चवर्षीय योजना
तेस्रो पञ्चवर्षीय योजनामा सोभियत सङ्घले प्राविधिक क्षेत्रमा पुँजीवादी संसारलाई पछार्यो । तर, आर्थिक क्षेत्रमा पछार्न बाँकी नै थियो । फलाम र विद्युत्मा पुँजीवादी देशको प्रतिव्यक्ति उत्पादन दरसँग तुलना गर्दा अझ पछाडि थियो । बेलायत र फ्रान्ससँग प्रतिव्यक्ति फलाम उत्पादनमा सोभियत उत्पादन आधाभन्दा कम थियो भने संरा अमेरिकासँग दाँज्दा एकतिहाइ मात्रै थियो । प्रतिव्यक्ति विद्युत् उत्पादनमा फ्रान्सको आधा, बेलायतको एकतिहाइ र संरा अमेरिकाको ५ भागको १ भाग मात्रै थियो ।
साम्राज्यवादी र तिनका गुप्त दलाल एवम् प्रतिक्रियावादीहरूले अनेक आयोजना, खानी, सामूहिक खेती आदिमा विध्वंसक गतिविधि चालु राखेका थिए । पश्चिमी देशहरूले आक्रमण गर्ने छनक देखाएको हुँदा तेस्रो योजनामा मेसिन, तेल प्रशोधन, रसायन, कपडा, कोइला र सिमेन्टलगायत उद्योगको निर्माण पूर्वी र मध्य एसियामा गर्न थालियो । संसारको सबैभन्दा ठुलो जलविद्युत् केन्द्र, इस्पात कारखाना एवम् कृषि उत्पादन बढाउन अत्यन्त लामा–लामा नहरको निर्माणमा ध्यान दिइयो । सन् १९४२ मा तेस्रो पञ्चवर्षीय योजनाले सफलता प्राप्त ग¥यो । सोभियत सङ्घ संसारमा अगाडि बढेको समृद्ध देश बन्यो ।
सोभियत सङ्घले भौतिक संरचना मात्र होइन, शिक्षा र संस्कृतिमा पनि ठुलो फड्को मा¥यो । जारकालीन रूसले २ सय वर्षमा गरेको प्रगतिलाई सोभियत सङ्घले तीनओटा पञ्चवर्षीय योजना अर्थात् झन्डै १५ वर्षमा उछिन्यो । साँच्चै भनौँ भने क्रान्तिको १५ वर्षभित्र अनेक गृहयुद्ध, विदेशी हस्तक्षेप, विध्वंस र घुसपैठ भए । तर पनि दोस्रो योजनासम्ममा ३ करोड ३३ लाख विद्यार्थीले प्राथमिक र माध्यमिक शिक्षा पाए । क्रान्तिअघि सन् १९१४ मा यसप्रकारको शिक्षा पाउने विद्यार्थीको सङ्ख्या ८० लाख मात्रै थियो । सन् १९१९ मा विश्वविद्यालय पढ्ने विद्यार्थीको सङ्ख्या ६ लाख थियो । यो सङ्ख्या क्रान्तिअधिको भन्दा ६ गुणा बढी थियो । यही हिसाबले सबैजसो गणराज्यमा शिक्षा प्रचार भयो र उच्च शिक्षालयहरू पनि खुले । सन् १९३९ मा ४ करोड ७५ लाख विद्यार्थीले विद्यालय र उच्च तहको शिक्षा ग्रहण गर्दै थिए । त्यो भनेको एकचौथाइ सोभियत जनताले प्राथमिक, माध्यमिक र उच्च तहको शिक्षा लिँदै थिए ।
सन् १९३७ को एकै वर्षमा १८ करोड ३० लाख पुस्तक विभिन्न भाषामा छापियो । १११ भाषामध्ये ५९ भाषामा पत्रपत्रिका र पुस्तक छापियो । पुस्तकालय, वाचनालय, मनोरञ्जन क्लब, नाचघर, नाटकघर, सिनेमा हल, रङ्गशाला र खेलमैदानको सङ्ख्या क्रान्तिअघिको तुलनामा १४ गुणा बढी थियो । दोस्रो योजनापछि सोभियत सङ्घमा ९६ लाख बुद्धिजीवी तयार भए । यसरी १५ वर्षभित्रै सोभियत सङ्घ विज्ञान, प्रविधि, कृषि, रक्षा, यातायात, विमान र पानीजहाज तथा जीवनका विविध क्षेत्रमा संसारकै नमुना देश बन्यो ।
साभार : आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास